निष्ठुरीलाई मैले
-दिलिप योन्जन / अस्टिन, अमेरिका
ब्यार्थै किन माया गरें निष्ठुरीलाई मैले
मनमा बसी मुटु रेटी बैगुनीले अहिले !
————————
जति सियो फाटिरने कस्तो मेरो मन
खुसी पाए दुखि भुल्ने ठुलो रैछ धन
———————————-
जति बिर्सियो उति आउने निष्ठुरीको याद
नशा पिए’नी मेटीन्दैन बैगुनीको प्यास !
—————————–
झर्ने आसु बगिरन्छ दिन रात सधैं
हाँस्दै हेर्छन जोरी पारी भन्दैन बरै
———————————-
कसम किन खाएँ मैले निष्ठुरीको साथ
जन्म२ जिउँला भन्थें उडाई छाडी बास !


