टाउकामा भारी आफु भन्दा ठूलो

तस्बिर-मनोज कुमार श्रेष्ठ / सोलुखुम्बु

सोलुखुम्बु जिल्ला मेरो, मुक्ली पर्‍यो गाउँ

बोक्नुपर्छ भारी मैले, यस्तै पर्‍यो ठाउँ

——————-

एकाबिहानै उठ्यो अनि, के को लेखपढ गर्नु

गाई भैसीलाई दाना पानी, घाँस पराल छर्नु

——————-

टाउकामा बोक्यो भारी, आफु भन्दा ठूलो

हाम्ले टाउको खाली राखे, बल्दैन चुलो

——————-

रहर त कसलाई लाग्थ्यो, बाध्यताले हो नी

दुख पर्‍यो भन्दै हामी, कोसित पो रुनी ?

——————-

दूर्गमका दुख पीडा, यस्तै हुने रैछन्

दुख पिर गरिवी’नी, हाम्रै लागि रैछन्

——————-

यसै गरि चलि आ’छ, अबपनि चल्छ

बोक्दिन यो भनौं त, बिकल्प पो काँ’छ ?

(म साहित्यकार त हैन नै, तरपनि मनोज श्रेष्ठले पठाएको फोटो क्याप्सन हेरेर तस्बिरसँग मिल्ने गरि म आफैंले बनाएको हुँ यो कविता । यसमा कुनै छन्दसँग सरोकार राखिएको छैन)

  • -Krishnamuni

    kasto daami photo ani geet kasto chatta mileko . maile mane la geet lekhne ra photo kichne dubailaaii .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -राम गुरुङ

    ददीजी
    होइन तपैइ जे पनि आउँदैन भन्नुहुन्छ तर जेपनि कति राम्रो लेख्नुहुन्छ ? छन्द मिलेको यति राम्रो कविता कसरि लेख्नुभयो ? त्योपनि फोटोहेरेर । तपाईले त जुनसुकै बिधामा पनि लेख्न सक्नुहुन्छ जस्तो लाग्यो । साच्चै फोटो र कविता कति मिलेको । अब देखि यस्ता सामाग्रि राख्ने गर्नुपर्‍यो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ramesh Malla

    hera bicharaa, uf kasto dukha. k garne nepali netaale yastai raakhne bhaye haamro deshkaa janalaaii sadhai. bicharaa tyo babauko ta taauko bhandaapani dekchi thulo raichha . thanks nepalplus.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • hirachan

    ekdam sundar tasbirmaasadhyai mitho kawita, Dadijipani kabi raichha yaar !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bijay ram tamang

    matching bhayako 6 thanks……………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • dhari ramro kabita

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree