राज्य पुनः रचना र शेर्पा प्रदेशको बहस

-राजधन कुलुङ

अन्तरिम संविधान २०६३ अनुसार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तथापि संविधानसभाले नयाँ संविधान जारी नगेरसम्म संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन भएको मानिन्न । २०६४ चैत्र २८ गते सम्पन्न निर्वाचनबाट गठित संविधान सभाको मुल दायित्व ६० वर्ष पुरानो नेपालीको राजनीतिक आकांक्षा अनुरुपको नयाँ संविधान दिने र राज्य पुनः संरचना गर्ने हो ।

धेरै पटक विभिन्न प्रकृयाबाट निर्माण भएका संविधानहरुले नेपाली नागरिकलाई स्वाभिमान, स्वतन्त्रता, अधिकार र सम्पन्नता दिन सकेन । जनताको अधिकारलाई त त्यसले प्रत्याभूत गर्न सकेन नै, स्वयमु बनाउनेहरुबाट अनेक पटक च्यातिने काम भयो । आफ्नो सहभागिता बिना बनेको संविधानलाई जनताले माया गर्ने कुरा भएन । नेपालीहरु वर्षौंदेखि आफुले बनाएको संविधानबाट शासित हुने प्रतीक्षामा थिए र संविधानसभामार्फत त्यसतर्फ लागेका हुन् ।

नागरिक अधिकार र स्वतन्त्रताको अपहरण कहिल्यै, कसैले गर्न नसक्ने र जनताको नजिक सरकार पुर्‍याउने संविधान नेपालीहरुले चाहाना हो । नागरिकको यही चाहनालाई पुरा गर्ने दायित्व संविधान सभासँग छ । आफ्नो वर्षौंको सपना साकार हुने विश्वासमा २०६५ जेठ १५ गते संविधानसभा गठन हुँदा वास्तवमै नेपालीहरुले आफ्नो शिर उठेको महशुस गरेका थिए । हजारौं वर्षेखि शिर झुकेका आदिवासीहरु, महिला, दलित, पीडित र गरिबहरुले एउटा उज्यालो समुन्नत भविश्यप्रति आशावादी बनेका थिए । साँच्चैको नागरिक हुन पाउने विश्वास जागेको थियो ।

दिनहरु वित्दै जाँदा खुसीहरु कम हुँदै जाने अवस्था आइरहेको छ । नेपालीहरुले राम्रो संविधानसँगै सुन्दर भविश्यको सृजना गर्न पाउने सपनामा कतै तूषारापात हुने त होइन ? भन्ने शंका उब्जेको छ । विशेष गरी युगौंदेखि देशको शासन सत्ताबाट ठगिएका, अपमान पाएका र दोश्रो दर्जाको नागरिक भएर बाँचेका सिमान्तकृत आदिवासीहरुमाथि फेरि खेलवाड हुन थालेको देखिँदैछ ।

यो छोटो लेखमा नयाँ संवधानप्रतिको सम्पूर्ण नभइ राज्य पुनःसंरचनाको चिन्तालाई थोरै बहसमा ल्याउने प्रयास गरिएको हो । हुन त संविधानसभाको आयु अढाइ महिनाभन्दा कम हुँदा बढीरहेको राजनीतिक तिक्तताले नयाँ संविधान नबन्नेसँगै राज्य पुनःसंचना नै नहुने सम्भावना प्रवल बनेको छ । ‘श्वास रहुन्जेल आश हुन्छ’ भने जस्तै पुरा निराशा हुने कुरा पनि भएन । उठाउन खोजिएको कुरा गहन बहस हुनु पर्नेमा विषय नभइ, दलगत झिनाझप्टीमा सबैको ध्यान केन्द्रीत भइरहँदा, माओवादीले बाँडेका र पछि राज्य पुनःसंरचा समितिले सदर गरेको राज्य विभाजनले स्थानीय स्तरमा परेको व्यवहारिक र मानसिक प्रभावका सम्बन्धमा हो ।

अढाइ सय वर्षदेखि एकात्मक रहेको देशलाई संघीयतामा लैजानु पर्ने अनेक कारणहरु छन् । जनताको नजिक सरकार आहोस्, सबै जाति र वर्गको राज्यको श्रोत साधनमा पहुँच पुगोस्, सबै नागरिक बराबर भइयोस्, सम्मान र सम्पन्नता प्राप्त गर्ने अवसरको सृजना होस् भनेर नेपालीहरले संघीयता खोजेका हुन् । नयाँ संविधानको मुल अन्तरवस्तु संघीयतामा कसरी जाने विषयमा तथ्यपूर्ण बहस नभइ केही दल र संविधानसभाले आलोकाँचो पारामा राज्य विभाजनको निर्णयगर्दा त्यसबाट गम्भिर समस्या आउने अवस्था देखिएको छ । सामाजिक सौहार्दता कायम गर्दै सबै समुदायको आत्मसम्मान बढाउन संघीयतामा जाने भनिएको हो । न कि कसैको इतिहास र पूर्खाको विरासतलाई ध्वस्त बनाउन ।

के केलाई पुनः संरचनाको आधार मान्ने विषयमा सबै एकमत नभए पनि धेरैको यसमा साझा मान्यताहरु छन् । जातीय र भाषिक बाहुल्यता, ऐतिहासिक पृष्ठभूमि, प्राकृतिक श्रोतको उपलब्धता, भौगोलिक सहजता र र्सार्मथ्य आदिलाई प्रदेश विभाजनका मुख्य आधार मानिएका छन् । यही आधारमा राज्य पुनःसंरचना गर्ने नेपालका प्राय राजनीतिक पार्टीले बताइरहेका छन् । संघात्मक व्यवस्था भएका अन्य देशहरुको अभ्यास पनि यस्तै रहेको देखिन्छ ।

नेपालमा दलहरुको प्रदेश विभाजन सम्बन्धमा साझा सहमती नहुँदा ठूलो अन्यौल छ । यही अन्यौलताका बीचमा एकीकृत नेकपा (माओवादी)ले जातीयताकै आधारमा १४ प्रदेशको एकलौटी घोषणा गर्‍यो । सबै नेपालीहरु भावनालाई सम्मान नगरी राज्य बाँडिदा थप शंका र जटिलता उत्पन्न भएको छ । यद्यपि एउटा संयोग, पछिल्लो अवस्थामा जातीय आधार नमान्ने विषयमा नेपालका राजनीतिक नेतृत्व एकमत छन् । जातीय राज्यको चर्को पक्षपाती एकीकृत (माओवादी)ले पनि राष्ट्रिय आधारमा संघीयता भनिरहेको छ ।

चर्चा गरौं एकीकृत (माओवादी)द्धारा घोषित र संविधानसभाको राज्य पुनःसंरचना समितिद्धारा अनुमोदित १४ मध्ये शेर्पा प्रदेशको कुरा । पहिले कहिल्यै कसैले नमागेको र आधारसमेत नभएको राज्य कसरी घोषणा भयो ? ऐतिहासिक पृष्ठभूमि, प्राकृतिक श्रोतको उपलब्धता, भौगोलिक सहजता, सामर्थ्य, जातीय र भाषिक बाहुल्यतामध्ये कुन कुन आधारलाई लिएर घोषणा गरिएको हो शेर्पा प्रदेश ? गम्भिर बहसको सवाल हो यो । ऐतिहाँसिक किरातभूमि भित्र पर्ने दोलखा, सोलुखुम्बु, संखुवासभा, रामेछाप र ओखलढुङ्गाको भू-भागबाट टुक्र्याएर शेर्पा प्रदेश बनाइएर के गर्न खोजिएको हो ?

कुनै आक्षेप वा पूर्वाग्रह नराखी बहस गरौं । शेर्पाहरुको नेपालमा इतिहास कति पुरानो हो ? कहिले उनीहरुको यो भूमिमा राज्य थियो ? कसले त्यो राज्य खोस्यो ? यहाँ कुनै आक्षेप वा पूर्वाग्रहको कुरा गरिएको होइन । के किरातहरुले शेर्पाभूमि खोसिएको थिए र ? ऐतिहासिक भू-भागलाई काटेर शेर्पा प्रदेश बनाइयो ? इतिहास हेरौं, घोषित प्रदेशभित्र शेर्पा (भोटे) को बसोबास सुरु भएको ३ सय वर्षे इतिहास सायदै होला । खासमा उनीहरु किरातभूमिमा तिब्बतबाट बसाइ सरेर सत्रौं शताब्दीतिर आएका आप्रवासीहरु हुन् । धेरैले नेपालमा बसोबास गरेका चार पुस्ता पनि भएको छैन । तेन्जिङनोर्गे (जो पर्वतारोहण गाइड वा श शेर्पा काम गर्थे) ले सन् १९५३ मा सगरमाथा चढेपछि शेर्पा शब्दले संसारभर नाम पायो । जसलाई तिब्बतीयनमुलका ठूलो समूहले जातिको रुपमा स्वीकार गरे ।

संघका प्रदेश निर्माण राष्ट्रराज्यको सिद्धान्त आधारमा हो । के शेर्पाहरुको इतिहास, पहिचान र वर्तमान राष्ट्रको रुपमा विकसित भइसकेको अवस्था हो ? केही जातको मनोभावनालाई बल्छि हान्ने मनसायले मात्र प्रदेश घोषण गरिएको छ । प्रदेश विजभाजनको वैज्ञानिक आधारलाई ख्याल गरिएको छैन । यो घोर आपत्तिजनक छ । शेर्पा प्रदेश बनाइएको भूमिमा किरातहरुको इतिहास दुई हजार वर्ष बढि पुरानो छ । सोलुखुम्बुको मात्रै कुरा गर्ने हो भने अहिले शेर्पा प्रदेशमा पारिएका १५ गाविसहरु खालिङ, कुलुङ र थुलुङहरुको भुमि हो । गोरुको फिला/साप्रा र जाँडमा किराती पूर्खाहरुबाट मागेर टाक्सिन्दु, चौंरीखर्क, खुम्जुङ, फाप्लु, गार्मा लगायतका ठाउँमा तिब्बतीय मूलका शेर्पाहरु बसेको धेरै भएको छैन ।

कुरा गरौं किरात र शेर्पा प्रदेशमा प्राकृतिक श्रोत बाँडफाँडको । सगरमाथा, मकालु, ल्होत्से, नुप्से, पुमोरी, चामलाङ, मेरा लगायतका सबै हिमाल शेर्पाको बनाइएको छ । आर्थिक दृष्टिले महत्वपूर्ण पर्यटकीय स्थल जति शेर्पालाई, बाँकी अनुत्पादक क्षेत्र किरातीलाई दिइएको छ । माओवादी घोषणाको प्रदेश विभाजनमा किरातीलाई कतिसम्म हेपिएको र अपमानित गरिएको छ भन्ने उदाहरण सोलुखुम्बुको बुङ र छेस्काम गाविसमा पर्ने मेरा, नौलेख क्षेत्रलाई हेर्दा हुन्छ । ऐतिहासिक महाकुलुङ क्षेत्रको हिमाल छेकेर शेर्पा प्रदेशमा राखिएको छ । जबकी महाकुलुङका ती दुई गाविसमा ९८ प्रतिशत बढी कुलुङहरुको बसोबास छ । समग्र सोलुखुम्बुमा जिल्लामा शेर्पा २० र किराती ३२ प्रतिशत छन् ।

एउटै जिल्ला हुँदा त शेर्पाहरुले सगरमाथा क्षेत्रका लुक्ला, खुम्जुङ, नाम्चेबजार, तेङबोचे, कालापत्थर लगायतका पर्यटकीय स्थलमा किरातीहरुलाई व्यवसाय सञ्चालनमा अघोषित प्रतिबन्ध र नाकाबन्दी लगाएको अवस्था छ । जमिन किन्न त प्रतिबन्धित नै छ । यदि भोलि शेर्पा प्रदेश बनाइएको खण्डमा सगरमाथा त के आफ्नै गाउँको मेरामा गएर श्रम गरिखानसमेत किरातीहरुले नपाउने दिन आउने पक्का छ । त्यतिमात्र होइन गाउँको शिरमा रहेको मुहानबाट पानी र जंगलबाट काठ-दाउरा लिन पाउने छैनन् । एउटै गाविसको शिरमा रहेको वार्ड नं ९ वा ८ शेर्पा प्रदेशमा, पुछारका गाउँ अर्कोमा । यसले कस्तो विकराल समस्या ल्याउँछ भनेर कल्पना गर्दापनि डर लाग्छ । सोलुको मात्र होइन देशको अवस्था उही हो ।

विडम्बना माओवादी अध्यक्ष प्रचण्डले किरातभूमिमा किरातीहरुलाई अपमान गर्दै घोषणा गरेको शेर्पा प्रदेशलाई संविधानसभाको राज्य पुनः संरचना समितिले पनि सदर गर्ने गर्‍यो । किरातीहरुको रगतमा टेकेर देशको प्रधानमन्त्रीसमेत भएका प्रचण्डले शेर्पा र नेवार मात्रै आफुलाई मन पर्ने सल्लेरीको जिविस प्राङ्गणमा बताउँदै सोलुखुम्बुका मुलवासी किरातहरु र अन्य जातिको अपमान शब्दलेसमेत गरेका थिए । इतिहास जस्तो भएपनि शेर्पाहरु पनि यो दशका जनजाति हुन् । उनीहरुले पहिचान पाउनु पर्दछ । तर राज्य पाउने हैसियत र इतिहास उनीहरुको होइन । इलाका स्तरको स्वशासन पाउन सक्छन् तर स्वायत्तता होइन ।

तर आफ्नो अस्मिता र इतिहासमाथि नाङ्गो प्रहार भइरहँदासमेत किराती अगुवाहरुको मन दुखेको छैन । आफ्नो आधा मुटु चिरेरसमेत दिन तयार किरातीहरु सायद दिनमै रमाएका छन् । चोमोलोङमाको फेदमा आफ्नो स्वतन्त्र माटो र अस्तित्व खोज्ने किरात राज्यका पक्षधरहरुलाई यसले पटक्कै छोएको छैन । गोपाल किरातीहरुलाई खोटाङ, उदयपुर र भोजपुरले पुगेको छ । अन्य किराती अगुवा भनौदा त विचरा भइहाले । अरुले आफ्नो धोती फुस्काएर र ध्वजा बनाएर फिर्रफिर्र हल्लाएको देखेर रमाइलो मानिरहेका छन् ।

गोपाल किरातीहरु जस्ता किरातका अगुवा हुँ भन्नेहरुलाई नछोए पनि आफ्नो शिरभूमि र देवता मानेर हजारौ वर्षेखि पूजिएका चोमोलोङ्माहरु अरुको भागमा कसैले पारिदिँदा धेरै किरातीहरुको मन दुखेको छ । आफ्नो भूमिमाथि अरुको मनपरि अंशबण्डा उनीहरुलाई स्वीकार्य पटक्कै छैन । केही भए होलान्, तर सबै किरातीहरु नपुङ्सक छैनन् । नपुङ्सकता देखाइ रहने छैनन् । युगले वीर जन्माउने छ र उसले आफ्नो पूर्खाको नासो पक्कै अरुलाई बाँडीचुँडी लान दिने छैन ।

सबैलाई ख्याल भएकै विषय हो, देश शक्तिशालीहरुको मात्र होइन, आम नागरिकहरुको पनि हो । किरातीहरु एउटा कालक्रममा राज्यबाट आर्थिक, भौतिक, शैक्षिक, साँस्कृतिक रुपले कमजोर बनाइए । पहिले ठूला कुरा गर्ने राजनीतिक पार्टीका नेताहरु पनि उनीहरुलाई जसो गर्‍यो उसै मान्ने सम्झिरहेका छन् । सायद यो उनीहरुबाट भइरहेको गम्भिर भूल हो । अनि चिप्लो नारा सुनेर पार्टीको पछि लागेकाहरुले पनि आफ्नो बारेमा सोँच्नु जरुरी छ । पूर्खाको विरासत र अहिलेको चुनौति बुझ्नुपर्छ । किरातीहरु निर्धा जाती होइनन् । भविष्यमा आउने गाह्रोसाह्रोलाई राजनीति गर्नेहरुले बुझ्नैपर्छ ।

नयाँ संविधान र राज्यको पुनः संरचना सबै आदिवासीहरुलाई पहिचान, अधिकार, स्वाभिमान र आत्मसम्मान दिनका लागि चाहिएको हो । यसले कुनै जाति विशेषलाई नभएको सम्मान र पहिचान दिने र कसैको भएकोलाई पनि नामेट पार्ने होइन । संघीयताले अधिकार, समानता, स्वतन्त्रता, सम्मान र समृद्धि दिन सक्नुपर्दछ । इतिहास एवम् अस्तित्वमाथि हस्तक्षेप गरे सामाजिक विद्रोहलाई बढाउनु हुन्न । संघीयताले विविधतायुक्त नेपालमा दिगो शान्ति र विकास ल्याउन सक्नु पर्दर्छ ।

लेखक नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघका केन्द्रीय सदस्य हुन्

  • Balaram Thapa

    राजधन भाई, शेर्पा र किरातीहरुलाई आपसमा लडाउने यो माओवादी काइदा बकाइदाको छैन र ? तपाईंले प्रचण्डले नेवार र शेर्पालाई बढी मन पराएको उल्लेख गर्नु भयो । यो प्रचण्ड भन्ने जन्तु पींध नभ​एको लोटा हो, आफ़्नो अनुचित स्वार्थ सिद्ध गर्न जसलाई जे भन्दा फ़ुरुङ्ग पार्न सकिन्छ त्यही भन्ने बोका हो । खम्बुवान पश्चिम र गोर्खा-तनहुँ पूर्वको पहाडी भूभाग नेवारहरुको आदिभूमी हो । त्यसको केन्द्र (काठमाडौं उपत्यकाको तीन जिल्ला मात्र​) दिएर बाकी ठूलो भूभागलाई इतिहासमा कहिल्यै नभ​एको ताम्सालिङ्ग बनाइएको छ । तामाङहरु तिब्बतबाट नेपाल प्रवेश गरेको लगभग १२०० वर्ष मात्र भ​एको छ जबकि नेवारहरुको उद्गमकाल अनादि छ । बिचरा तामाङहरुले आफ़्नो राज्यको नाम समेत राख्न जानेका छैनन । कहिले ताम्सालिङ्ग भन्छन्, कहिले ताम्बासालिङ्ग लेख्छन्, कहिले तामाङसालिङ्ग भन्छन । पहिले भ​ए पो ठिक सित भन्न आउनु । तामाङहरु रसिक छन । उनीहरु आफ़ै पनि कथित राज्यलाई “तोङ्बा तानिङ्ग​” भनेर आपसमा जिस्किने गर्छन । यसरि माओवादीले नेवारहरुको ठूलो भूभाग तामाङहरुलाई दिएर नेवार र तामाङलाई पनि लडाउने प्रपन्च रचिएको छ ।

    फ़ेरि कसैले कहिल्यै नमागेको जडान​, सुनकोशी, नारायणी र खप्तड प्रदेश कहाँबाट आयो ? के राज्य पुन​:संरचना गर्ने भनेको माओवादीको सनकी दिमागमा जुन बेला जे आयो त्यही गर्ने हो ? अनि राजनीतिक अग्राधिकार दुई कार्यकाल (भनौं १० वर्ष) को लागि मात्र रे । जातीय राज्य पाइहाले पनि पाउने अल्पसंख्यक जातिले शासन गर्नु पाउनु कता कता बाकि बहुमत अन्य जातिहरुसंग लड्दैमा समय बित्छ । शासन चाहिं केन्द्रले नै गरिरहेको हुन्छ । त्यस पछि भुत्राको जातीय राज्य हुनु ?

    आदिवासी जनजातिहरुलाई मुक्ति दिलाउने नाममा उनीहरुलाई नै उपयोग गरेर उनीहरुलाई नै आपसमा लडाएर समाप्तै पार्न नसके पनि कमजोर पार्ने माओवादीको यो दुष्ट बठ्याईंलाई मान्नै पर्छ । उसले आदीवासी जनजाति भनाउँदाहरुलाई साम्प्रदायीक राजनीति र जातीय राज्यरुपी विषालु चाकु चखाएर निकै मोटो नाकु भिरायो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sherpaji

    कुलुंग जी नमस्कार,
    छोटकरीमा चर्चा गरौ, एकत्रित नेपाली माओबादी बाट गोसित शेर्पा पर्देसका कुरा.
    नेपाल ४ जात ३६ बर्णको फुलबारी हो येस्मा हामी कसैले २ मत बोलेका छैनौ, चाहे त्यो राई, नेवार, लिम्बु, ब्रामण, छेत्री वा अनन्य कुनै… बिबिन्ना पेसामा निर्बर बाएर बाचेका छन् चाहे त्यो तराई मा होस् चाहे पाहड़मा, चाहे तिनीहरु पुर्बी नेपाल बाट आएका हुन् या पश्चिम या कुनै देस ( तपाइले बर्णन गर्नु खोज्नु बाको कुरा देरै अस्पस्ट र अर्थहीन देखिन्छ, मा तपाइलाई एउटा कुरा के बन्छु बन्ने, कुनै पनि कुरा पत्रकारिता मार्फत कसै सामु पुराउनु छ बने किर्पय पहिले तेस बिसयेमा पूर्ण ज्ञान हुन जरुरि हुन्छ हैन बने येसरी अन्दाकारमा जतेरो हानेर सिकार गर्न कोज्नु तपाइको मुर्खता मात्र हो,
    सर्ब प्रथम शेर्पा जाती आजबंदा करिब ५ सय वर्ष बन्द पहिला पुर्बी नेपालको नाम्चे बन्ने गाउ बाट बसोबास गर्दै आएका एक जाती हुन् जुन कुरा तपाई अनददुन्दा १७ औ सताब्दी तिर बनेर खण्डन गर्नु हुन्छ! तेन्जिंग शेर्पाले सगरमाथा चढे पश्चात मात्र यी जातिका नाम शेर्पा हुन आएको बन्ने जुन हावा कुरा तिमीले उल्लेख गरेका छौ सक्बर तिम्रा येस्ता बकबास लाइ पत्रकारितामा उल्लेख गर्नु लाजस्पत देखिन्छ. इतिहास पल्टाएर हेर्ने हो बने तिम्रा जातिहरुलाई लाज लागेर आउनु पर्ने हो जुन लजास्पद जातिहरु शेर्पा जातिहरुबन्दा २००० हजार वर्ष पहिला देखि बसोबास गर्दै आएका छन् तर ५०० वर्ष पुराना यी शेर्पा जातिका अन्तरमा ४००० वर्ष पछाडी पढेका छन्.
    कुरो आयो : शेर्पा जातीहरुले सोलुखुम्बु जिल्ला मात्र नाबयेरा नेपालका बिबिन्ना ठाउमा बसोबास गर्दै आएका थिए र छन् पनि, समय पर्बरता अनुसार शेर्पा जातिहरु नेपालका बिबिन्ना जिल्ला हरुमा समेत बसोबास गर्दै आएका कुरा इतिहास पल्टाएर हेर्दा छर्लंग देखिन्छ, तर राजनैतिक खलबल एबम अरु देरै कारण देखाई शेर्पा जातिहरुलाई जहाँ खेतीपाती थोरै हुने बिर पाह्ड़का जग्गाहरु उपलब्द्दा गराएका बारेमा मैले देरै थोरै बोलिरक्नु पर्दैन होला, उदाहरण को रुमपा सोलुखुम्बु जिल्ला लै नै हेरम,बुंग, छेस्काम,तिगला, सल्ल्यान्न,तथा अन्य देरै गाउहरु छन् जहाँ हर बर धान, मकै कोदो, तथा अनन्य देरै फलफुल हरु लटरम्म फल्चन,पाठक जी मलाई प्रस्ट पारिदिनु तेस ठाउमा कुन कुन जातिका मान्छेहरु बसोबास गरिरहेका छन्, जहाँ वर्ष दिनमा १ पटक खेति गरिन्छ त्यो पनि आलुमा सिमित साएद ति गाउ ठाउको मैले बिस्लेसन गरिरक्नु नपर्ला, ल बन्नुस ति ठाउँ हरुमा शेर्पा जाती बाहेक अरु कुन कुन जातिहरु बसोबास गर्दै आइरहेका छन्? कुरो आयो हिमाली क्षेत्रका बुबाग का बारेमा : आज बन्द्दा ५४ -५५ वर्ष देखि मात्र नेपालमा प्रयटक औना सुरु बएक हुन्, जुन समय बंन्दा पहिला तेस बेगका शेर्पा हरु सिरिप आलुका barma जिबिका चलौथे, तेसबेला कहाँ गए ति किरात, राई , लिम्बु, किन ति बेगमा बस्ने कोस्सिस सम्म गरेनन? र ति ठाउँ हरुलाई जानीजानी लात हाने, तर आज आएर ति खुम्बुका आलुहरु डलरका बौमा बिक्रि हुन थाले, अनि लोब र डाहा हुन थाल्यो तिमीहरुलाई र लाज पनि नमानी यी छेत्रमा हामीलाई पनि प्रबेस गर्न दिनुपर्छ बनि दम्की दिन पछि समेत परेनौ. अर्को कुरा ispasta के छ बने कुनै पनि शेर्पा जातिले सोलुखुम्बुलै शेर्पा सोमित्वको राज्य हुनुपर्छ बनेर कहिँ कतै बासन दिएर कसैलाई लोब्यका चैन्नन, एदी तिमीलाई एस बिसयेमा चासो छ बने किन तिमि प्रस्न उठौदैनौ अपना सबसाद जुन पनि राई नै हुन्, उनीहरुले चाहेका छन् शेर्पा परदेस बनेर किन ? हामी शेर्पा लै कुनै चासो छैन त तिमि राई लिम्बुलाई किन शेर्पा सोमित्त्वको छुट्टै राज्य बनेर बौतारिरहंचौ?किन तिमीहरु का गर्दैलोमा डलर फलेनन? लोब गर्नु पनि तर सिमित म गर्नु ,बुद्दी नै छ बने शेर्पा हरुले जै कर्म -मर्म -इमान्दार का साथ काम गरे सायेद तिमीहरुका जाती पनि संसारले चिनिने छन्.
    एउटा कुरा के सल्ला दिन चाहन्छु बने हावा कुरा गर्न र lekna छाडिदेउ,Congratulation for your ignorance in this mtr

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree