काम पाइनौ बुहारी कुन्नी के …..भनेझैं माओवादी नेत्रीको ताल

हिशिला यमी माओवादीकी हुनहार नेत्री । केन्द्रिय सदस्य पार्टीको । पहिलेकी मन्त्री । अंग प्रदर्शनकी महाबिरोधी । ‘महिला ट्यालेन्ट शो’ कि झन कट्टर बिरोधी । महिलाले अंग प्रदर्शन गरेको बिरोधमा उनले कति पटक धर्ना दिईन् दिईन् । निकै पटक पक्राउपनि परिन् । अहिलेको अवस्था कस्तो छ देशमा ? उनको पार्टीले हिजै मात्र नेपाली कांग्रेसका सभापती गिरिजाप्रसाद कोइरालाको निधन लगत्तै देशमा राजनितिक संकट उत्पन्न हुनसक्ने भन्दै देशभरिका आफ्ना कार्यकर्तालाई सतर्क रहन निर्देशन दिएको छ ।

नेताहरुले वाइसियल र अनमिनद्वारा अयोग्य ठहर्‍याइएकालाई धमाधाम राजनितिक प्रशिक्षण दिइरहेका छन् । जनसेना संयोजन नहुने, संबिधान पनि नबन्ने स्थिति रहेकाले अब देशमा गम्भिर राजनितिक संकट उत्पन्न हुने र त्यो स्थितिमा राज्यसत्ता कब्जा गर्ने भन्दै प्रशिक्षण दिइरहेका छन् । माओवादीका अध्यक्ष प्रचण्ड स्वयंले सकेसम्म अब पार्टीको सम्पूर्ण शक्ति संबिधान बनाउने काममा परिचालन गर्ने भनेकोनै तिन हप्ता जति भैसक्यो । यस्तो बेला देशको सबै भन्दा ठूलो पार्टीको केन्द्रिय सदस्य र एक सशक्त महिला नेत्रीको भूमिका कस्तो हुनु पर्ने हो ? संबिधान बनाउनका लागि कि अनुहार रंगाउने, कोरीबाटी गर्ने ठाउँ उद्घाटन गर्ने ? हिसिला (फोटोमा दाहिनेबाट प्रथम) का लागि ब्युटिपार्लरको उद्घाटन नै बढि महत्वपूर्ण रहेछ ।

सारा नागरिक अब देशमा के हुने भन्ने चिन्ताले छट्पटाएका छन् । सिंगै नागरिक समाज सडकमा उत्रिँदै छ । यस्तो बेला नेताहरुले आफ्नो तर्फबाट संबिधान बनाउनकालागि जे सकिन्छ त्यो भूमिका निर्वाह गर्नुपर्ने हो । अरु केहि नभए महिलाहरुलाई परिचलन गर्न त सकिन्छ । नागरिक समाजका प्रतिनिधी र अन्य सामान्य नागरिक समेतले नयाँ संबिधानकालागि आफ्नो ठाउँबाट पहल गरिरहेका बेला राज्यको तर्फबाट संबिधान सभा सदस्यका हिसाबले तलब लिएकि हिशिला भने ब्युटिपार्लर उद्घाटनमा ? हिजो उनी नेपाली नायिका मेलीना मानन्धर र करिष्मा मानन्धरसित राजधानीको महाराजगञ्जमा एउटा ब्युटिपार्लर उद्घाटन गर्न गएर निकै समय बिताईन् । त्यहाँ महिलाहरु आत्मनिर्भार बन्नु पर्छ भन्दै ब्युटिपार्लरको प्रशंसा गाएर भाषणपनि ठोकिछन् ।

करिष्मा र मेलीना त नायीका भए । उनिहरुकालागि ठिकै होला । तर हिशिला त एक राजनितिज्ञ । वरिष्ठ राजनितिज्ञ । यस्तो बेला ब्युटिपार्लर उद्घाटन गर्दै हिँड्ने ? खोइ देशको चिन्ता ? खोइ त संबिधान बन्दैन कि भन्ने हुटहुटी ? हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको यहि होइन ? एक त ब्युटिपार्लर उद्घाटनमा त्यो स्तरका नेता जानै पर्दैन । गएपनि यस्तो संकटपूर्ण घडीमा त्यो स्तरका नेता के ब्युटिपार्लर उद्घाटनमा पुग्ने हो ? (फोटो कान्तिपुर अनलाईनबाट लिईएको हो)

  • badakaa

    sarkar le ke garer baseko chh ta ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • JHAPENDRA OSTI

    ekdam thik kuraa. garnu bhayo. tytro netaale k byutiparlar udghaatan garna jaane ta ? sundai laaj laagne kura

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Shahit

    कुरा सरकार ले के गरेको छ र म के गर्नी भन्ने होइन मित्र कुरा जिम्मेबार को हो सबै भन्दा ठुलो पाटी अनि जनता को विश्वास म आयको भन्दै कोक्दै हिडेर मात्र हुदैन काम गर्नी बेला मा पनि जिम्मेवार भएर लाग्न पर्यो अनि मात्र ठुलो पाटी को हैसियत देखौन सुहाउछ !!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    badakaa Reply:

    mitra jo jimmewaar chh usalaai jimmewaari dinu paryo ni ta ? jimmewaar bhanne ani jimmewaari nadine yastaa bakamfuse kuraa baat sambidhan banchh ,
    badakaa

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Sahit Reply:

    मित्र जिम्मवार पाएको बेला मा किन भागेको तनि यसले काम गर्न दिएन उसले काम गर्न दियाना भन्दै जसरि आफु सरकार मा हुदा काम गर्न गार्हो भएको थियो तसरी नै अरु लाई पनि गार्हो हुन्छ काम गर्न दिन पर्छ सबै तिर बाट सक्दो सहयोग गर्न पर्छ भन्ने कुरा खोइ बजेको मावोबादी को सरकार हुनी बितिकै चमत्कार हुन्छ भन्ने छ र ? कति दिन छ संबिधान बन्न लाई अहिले ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    badakaa Reply:

    मित्र माओबादी सरकार बाट भागेको होइन , भगाइएको हो .;;; माओबादी सरकार मा गैसके पछि सरकार लाइ चुनौती दिदै हिड़ने कटुवाल लाइ सरकार ले कारबाही गर्यो . आफ्नो माताहक मा रहेको कर्मचारी ले निर्देशन मानेन भने उसलाई कारबाही गर्न पाउने की न पाउने ;;;;;त्यों कारबाही गरि सके पछि president बाट जून कदम चालियो त्यों भनेको कु हो ;;;कु भनेको के हो भन्ने कुरा तपाई जस्तो बिध्वान लाइ थाहै हुनु पर्छ .;;; अनी अर्को कुरा जनता द्वारा लात खाएका हरु बाट सरकार चलाइदै छ ,यस सरकार बाट जनताले के आशा गर्न सकिदैन ….. प्रजातंत्र मा त निर्बाचन नै सबै भन्दा ठुलो कुरो हुन्छ तर जब निर्बाचन मा जनताले हराएका नेता हरुले फेरी राज्य सत्ता चलाउछन भने त्यों प्रजातंत्र हुन सक्दैन .;;;;अरु दल ले आरोप लगाउने गर्छन माओबादी ले सत्ता कब्जा गर्न खोज्दै छ तर बास्तव मा सत्ता त आफु लाइ निकै प्रजातांत्रिक भन्ने दल हरुले गरि सके ;;;;;
    बड़का

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    Milan Rawal "Unsuccess" Reply:

    मित्र Badakaa
    आज नेपालमा बहुदलिय प्रजातन्त्र छ नकी माओवादीको एकदलिय शासन बहुदलको मत्लब त तपाइ जस्तो साइन्तिष्टलाई थाहा नै होला। त्यो संबैधानिक सभामा तपाइको पार्टी माओवादीको दुई चार सिट बढी छ भन्दैमा आफ्नो मरजी जे पनि गर्न पाईन्छ भन्ने भ्रम र अहमताको कारणले माओवादीको सरकार ढलेको हो नकी कसैले ढलायको हो।
    अरको कुरा आजको सरकारमा हरुवा प्रधान मन्त्री हुनु हुन्छ। माधव नेपाललाई प्रधान मन्त्री बनाउने पनि माओवादी नै हो। पार्टीको महासचिव जस्तो मान्छे दुई दुई ठाउबाट हारिसके पछि बिचरा माधव त चुप्प बसेक पो थिए। माओवादीले आफ्नो स्वार्थका लागि वहाँलाई बोलायर सभासदको सिट दियर सम्बैधानिक सभाको अध्यक्ष भनायको होइनर्? माओवादीको स्वार्थी भावनाकै कारणले गर्दा माधव नेपाल प्रधान मन्त्री भयका हुन।
    आज माओवादीहरु हर तरहका गाली गरि रहन्छन। यदि नेपालमा माधव नेपालको आवस्वेक थियन भने किन माओवादीले माथि ल्ययत? किन माओवादीले माधव नेपाललाई हराउने झक्कु सुबेदिलाइ सम्बैधानिक सभाको अध्यक्ष बनायन। अली गहिरियर सोच साथी हरु आज माधव नेपालको आवशेक्ता नेपाल देशलाई पनि छ माओवादीलाई पनि छ। तर जब सम्म माओवादी मेरो गोरुको बह्रै टक्का गर्न छोड्दैन तब सम्म जो आयपनी नेपालको समस्या हल हुण सक्दैन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    sahit Reply:

    Yes milan ji tara mawobadi le sadai afulai tulo banauna bhanda aru kehi jandaina yar

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

  • Rjendra lamsal paris

    dadi ji tapai le ahile samma kun neta muluk ko lagi mari mete ko dekhnu bhaye ko cha ra esto kura lekhi rahanu bhaye ko cha nepal ama ko maya kun neta le gare jasto mannu bhaye ko cha yo ta soja sajha janta lai dar dhamki dekhaune din bhari kam garera ek pet khana napugne nepali lai bheda bakhra banaune chal khel matra ho andolan bhayo janta ka chora apnga bhaye tara euta samman patra ra dosalla odhayera murga banau ne haru ko k kura lekhnu huncha posta bdr bogati ko ek jana chora bahek kun uml nc ra maobadi ka chora chori mare ka chan bhanna saknu huncha muluk ko abstha eka tira cha neta ko chala mala arkai tira. neta haru ek patak south korea gayera herun afhno desh lai rasthapati le bhanda euta kulli kam garne le kati maya garcha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • deepak baniya

    ha hiroen hasnga hasna paeta aru k ni chinta ta

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • thapa rajbarsingha

    mao badi ko kura ,,,haaaaaa …they are….like ….that always always fooling us

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bishnu

    उद्घाटनमा bhanako murka ho jako pani garnu hunchha . kati aabuj bhayako ho ali sochh maanrakera khura garuna ho

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • दूर्जय चेतना

    सही कुरा उठान गर्नु भयो। यस बेला उनी यस्ता कार्यक्रममा देखिनु पक्कै पनि राम्रो हैन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jeevan kunwar

    dadhi sir hajur le arko news dekhnuvako rahenachha Neapl ko prtham rastapati Dr. R. Yadav 4 din gothale sanga aaram garnu vako kura? yestai ho sir nepal ra nepali ko chinta kunai mula lai chhaina 45 years vanda mathiko sabai netalai marepachhi balla kehi hunchha ki?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Milan Rawal "Unsuccess"

    त्यो त माओवादीको निति नै हो कथित जनयुद्धमा अध्यत्मिक बाद्को बिरोध गर्ने मओबादिका प्रचन्ड आफै सत्ता प्रप्तिका लागि भैंसी पुजन गर्न समेत पछि परेनन। हिजो जङलमा बिउटी पर्लर जाने कुरा पनि रहेन। तर आज जनताको भोटले नेत्या भयर कथमाण्डुको ठुला हुला महलमा बस्ने भयपछी मेकअप त गर्न नै पर्‍यो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Milan Rawal "Unsuccess"

    नेता भयर काठमाण्डौ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Muna Magarni

    ke गरुन त बिचरा जन्युद्व देश र जनताको लागि लडेको भए पो त सत्ता मा पुगेर राजस्वमा दाँइ हाल्न पाउने आशामा गरीब का छोरा छोरी लाई हतियार बोकाइ अलपत्र पारेपछी अब के गरेअर टाईम पास्स गर्ने त ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nava kranti

    माओवादी चरम अवसरबादी हुन । उनीहरु जमात हेरेर बोल्छन, कस्तो जमातले के सुन्न चाहेको छ त्यही बोल्ने खुबी उनिहरुमा छ। जयपुरी घर्तीले भोली त्यही ब्युटी पर्लर को बिरोध गर्चिन।हिसिला यमी त्यही श्रिङगार गर्न जानेछिन। माओवादीको जातै यस्तै हो। सबैलाई चेतना भया।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    sahit Reply:

    ha ha sahi kura garnu bhayo yar nava ji

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Balaram Thapa

    मित्रहरु, मलाई पनि केहि टिप्पणी गर्न मनलाग्यो ।

    १. “काम पाइनौ बुहारी (कुकुर्नीको) कुन्नि के जाति कन्या भने झैं माओवादी नेत्रीको ताल​” शीर्षक लेखेको भ​ए अलि बढी सरल र सुबोध हुन्थ्यो होला ।

    २. नेवारीमा हिसिलाको अर्थ हिसि परेकी, चिटिक्क परेकी, नखर्माउली पुतली हो । हिसिला यामी अत्याधुनिक सर्वहारा नेत्री हुन्, आफ़ै सर्वहारा चाहिं होइनन । करोडपति बाबुकि छोरी, खर्वपति पार्टीकी पुलपुल्याइएकी नेत्री हुन । टाइट पाइन्ट लाउनु, ब्युटीपार्लोर धाउनु र बाटोमा हिंड्ने जोसुकैलाई हाई हेल्लो भनेर हात हल्लाउँदै ङिच्च हाँस्नु उनको जन्मसिद्ध अधिकार हो ।

    ३. Badakaa दादाले भन्न खोजेको जिम्मेवारी भनेको माओवादीले सरकारको नेत्रित्व गर्न पाउनु पर्छ भनेको होला । दुई-तिहाई भन्दा बढी बहुमत सहित दिएकै हो, कुकुरलाई घिउ पचेन​, फ़िस्टेले थेग्न सकेन । आफ़्नै मातहतको कर्मचारीलाई आफ़ुभन्दा ठूलो ठानेर तर्स्यो, पौंठेजोरी खेल्दा नसकेर सुरुवाल भिजाउँदै सरकार छोडेरै भाग्यो । Badakaa लाई चेतना भया – संविधान सरकारले बनाउने होइन​, संविधानसभाले बनाउने हो । माओवादीको त्यो जिम्मेवारी कसले खोसेको छ हँ ?

    ४. कटुवाल प्रकरणमा राष्ट्रपतिले लिएको कदम कुकर्मको “कु” होइन​, अरुले गरेको कुकर्मलाई सच्याउन गरिएको सुकर्मको “सु” हो । कुकर्म नं. १ – संयुक्त सरकारमा सहभागी अरु दलहरुले तिब्र विरोध गर्दा गर्दै माओवादी एकलैको निर्णयले कटुवाललाई बर्खास्त गर्नु । कुकर्म नं. २ – त्यसै गरी एकल पार्टी निर्णयले कुलबहादुर खड्कालाई नियुक्त गर्नु । कुकर्म नं. ३ – सेना प्रमुखको नियुक्ती वा वर्खास्ती सम्बन्धमा मन्त्रीपरिषदले सिफ़ारिस गर्ने हो, राष्ट्रपतिले त्यस सम्बन्धी पत्र जारी गरी कार्यान्वयन गर्ने हो । माओवादीले आफ़ैले सिधै बर्खास्ती र नियुक्ती गरी संविधान बर्खिलाप कुकर्म गर्नु । कुकर्म नं. ४ – राष्ट्रपतिले कसैलाई बर्खास्त गरेको होइन, कसैलाई नयाँ नियुक्त गरेको पनि छैन​ । संविधानको संरक्षक र सेनाको परमाधिपतिको नाताले माओवादीले गरेको कुकर्मलाई सच्याएर आफ़्नो गहन जिम्मेवारी पूरा गरेका मात्र हुन । माओवादीले यसैलाई राष्ट्रपतिको गैरसंवैधानिक कदम​, कू एवं सैनिक सर्वोच्चताको अनर्गल प्रलाप अलाप्नु, कथित नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाभिमानको स्याल हुईंय्या मच्चाउनु आदि ।

    ५. हो मिलन रावलजी । संविधानसभाको कोही पनि सभासद प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था भ​ए पछि माधव नेपालले प्रम हुन नहुने किन ? वास्तवमा माकुनेले हारेर पनि जिते, माओवादीले भने जितेर पनि त्यो जित उसको लागि बोकाको मुखमा कुभिण्डो भयो, थेग्न नसकेर हार्र्यो ।

    ६. हुन्छ vishnu जी, भोली पर्सी हाकुचाको भट्टी पसल र मैच्याङको मसाज पार्लोर उद्घाटन गर्न पनि माओवादी नेतानेत्रीलाई बोलाउनु होला ।

    ७. अरु कुरामा अन्य मित्रहरुसंग सहमत ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    badakaa Reply:

    JASLE JE KURA KHOKE PANI MAAOBAADI BINA SAMBIDHAN BANNA SAKDAIN ; YO KURA PANI BUJHI RAKHE HUNCHH;MAAOBAADI JINDABAAD

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Kalpana shrestha

    dhirai ramro ra hbabuk kura.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • kati ramro kam ghurnu bahayak

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree