हङकङलाई पछार्‍यो नेपालले

-जय आले / कुवेत
 

३१ मार्च २०१० बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमा नेपाल र हङ्गकङ्गबीच भएको एसिसि एलाइट ट्रफी कुवेत २०१०, क्रिकेट म्याचमा नेपालले टस जितेर पहिलो ब्याटिङ्ग गर्‍यो । ५० ओवरमा ७ विकेट गुमाएर २३६ रन बनाउन सफल भई हङकङलाई ११८ रनको भारी अन्तरले पराजित गरेको छ । जसमा महेश २, अनिल ७२, पारस १, सरद ४, शक्ती ६५, आलम ३१, बसन्त १०, दीपेन्द्र २८ नट आउट र बिनोद ११ (रन बनाइ) नट आउट रहेका थिए । यसैगरी हङकङले २३७ रनको लक्ष्यलाई टार्गेट गर्दै ३२ ओभरमा ११८ रन बनाई अल आउट भएको छ । आजको खेलको मेन अफ द म्याच अनिल मण्डल भएका छन ।

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree