गजल

-प्रकाश सापकोटा / बनेपा, काभ्रे

ट्रङ्कलमा कुराकानी ठेट हुन्न तिम्रो-मेरो

झट्टै आऊ नत्र अब भेट हुन्न तिम्रो-मेरो

++++++++++

ऐलेसम्म तिम्रै लागि उघारेर राखेको यो

दिलभित्र पस्ने मूलगेट हुन्न तिम्रो-मेरो

++++++++++

आफैं पनि आलेटाले गरी बस्यौ भनेदेखि

पिरतीको मजा भरपेट हुन्न तिम्रो-मेरो

++++++++++

समयको बेग छोपी आईपुग्यौ भने मात्र

भावीको यो लेखा केरमेट हुन्न तिम्रो-मेरो

++++++++++

ट्रङ्कलमा कुराकानी ठेट हुन्न तिम्रो-मेरो

झट्टै आऊ नत्र अब भेट हुन्न तिम्रो-मेरो

-हालः दोहा, कतार

  • Prakriti

    फूल थुंगा उपहार ल्याउदैछु पर्खनू है
    झट्टै भेट गर्न भनी आउदैछु पर्खनू है

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree