अस्तव्यस्त बनाउने प्रचण्डको यो गोप्य आदेश
काठमाडौं । एकीकृत माओवादीले गर्न लागेको ’विद्रोह’ संबन्धि केही सैद्धान्तिक र केही व्यावहारिक योजनाबारे जनआस्था साप्ताहिकले सुइँको पाएको छ । सैद्धान्तिक योजना अर्न्तर्गत व्रि्रोह आवश्यक छैन भन्नेहरूलाई पार्टीबाट कारबाही गर्ने, बिद्रोहलाई बाध्यात्मक कदम ठानी विजयसम्म पुर्याइ छाड्ने र बिद्रोहपछि एकलौटी सत्ता टिक्न नसक्ने भएकाले संयुक्त मोर्चाका आधारमा सरकार सञ्चालन गर्ने रणनीति माओवादीले अख्तियार गरेको बुझिएको छ भने व्यावहारिक योजनामा चाहिँ राजधानीलाई अस्तव्यस्त बनाइने उल्लेख छ । माओवादी पार्टी सूत्रले जनआस्थालाई दिएको जानकारीअनुसार केन्द्रले जारी गरेको र्सर्कुलरमा तीनवटा ‘असाधारण प्रश्नहरू’ उठाइएको छ ।
पहिलो असाधारण प्रश्न- विद्रोह अहिलेको आवश्यकता हो कि रहर हो ? भन्ने छ । विद्रोह अहिलेको रहर नभएर आवश्यकता बनेको र माओवादीले विद्रोह नगरे प्रतिविद्रोह हुन्छ भन्ने निष्कर्ष समेत निकालिएको छ । अहिले जसले विद्रोह आवश्यक छैन भन्छ, त्यसलाई दक्षिणपन्थी अवसरवादी भन्दै पार्टीबाट गलहत्याउन र्सर्कुलरमार्फत कडा निर्देशन गरिएको स्रोत बताउँछ ।
त्यसैगरी, दोस्रो असाधारण प्रश्नमा भनिएको छ- ‘विद्रोही जित्न सकिन्छ कि सकिँदैन ?’ यसबारे माओवादी नेतृत्वको निष्कर्ष छ, जित्न सकिन्छ । किनभने यसका लागि आधार तयार भइसकेको छ । पहिलो, निष्क्रिय मतदाता मात्रै होइन, कि भौतिक रूपमै लड्न सक्ने जनताको अपार र्समर्थन र शक्ति पार्टीको पक्षमा छ । दोस्रो, दशौं हजारको लडाकुदस्ता पार्टीसँग मौजुद छ । तेस्रो, सत्ताधारीमा चरम बिखण्डन एवं संकट छ र चौथो, अन्तर्राष्ट्रिय समुदायलाई पनि तटस्थ राख्न सकिने अवस्था देखिएको छ । यी चार कारणले गर्दा विद्रोहका लागि वस्तुगत एवं आत्मगत अवस्था विद्यमान रहेको निष्कर्षमाओवादीले निकालेको सूत्र बताउँछ ।
१९ हजार जनसेना, साढे १३ हजार सहिद परिवार, साढे चार हजार बेपत्ता परिवार, एक लाख वाइसिएल, १० हजार जनयुद्धका घाइते, एक लाख होलटाइमर र तीन लाख पार्टी सदस्यलाई माओवादीले आफ्नो शक्तिको स्रोत मानेको छ । यीमध्ये एक व्यक्ति बराबर चार परिवार आफ्नो प्रभावमा रहेको ठहरसहित माओवादीले निष्कर्षनिकालेको छ- ‘अब हामीले जित्छौ, फर्किने कुरा छैन । अहिलेको सेनाको नेतृत्व पनि लुते छ, दलका कार्यकर्ता रक्षात्मक अवस्थामा छन्, शासकमा आफैभित्र अन्तरविरोध छ । दलहरूमा ठूलो संकट छ, उनीहरूकै दलित र जनजातिले माओवादीका एजेन्डालाई र्समर्थन गरेका छन् । जनयुद्धमा ब्याटल लडेका अधिकांश लडाकु बाहिरै छन् । वाइसिएल भंग पनि भन्ने मात्रै हो, गर्ने होइन । कब्जा गरिएको सम्पत्ति पनि फिर्ता हुँदैन ।’
त्यसैगरी, भारतले प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप गर्न नसक्ने, तत्काल अमेरिका पनि नआउने अनि युरोपियन युनियन र अनमिनले पनि न्युट्रल बसेर सहयोग पुर्याउने निष्कर्षमा माओवादी पुगेको बताइन्छ । चीनले माओवादीको आन्दोलनलाई र्समर्थन नगरे पनि सरकारमा गएपछि भने र्समर्थन गर्ने वचन दिएको दाबी माओवादी नेताहरूको छ । अमेरिका आर्थिक मन्दीमा फसेको, उत्तर कोरिया, अफगानिस्तान, इरान, इराक, आदि मामिलामा अल्झिएको र उसले माओवादी आन्दोलनलाई दक्षिण एसियाको चुनौती भने पनि सीधै हस्तक्षेप गर्न नसक्ने तथा भारतले पनि सीधै केही गर्न नसक्ने, हदै भए नाकाबन्दीसम्म गर्न सक्ने निष्कर्ष माओवादीको छ । तर, भारतमा पनि गोर्खाली फौज छन्, भारतीय सहरका प्रत्येक महलमा चौकीदारी गर्नेहरू माओवादीमा संगठित छन् । यस्तो वेलामा धनीदेखि उच्चपदस्थको भान्छामा समेत पहुँच भएका व्यक्तिलाई आन्दोलित गरेर भारतलाई दबाब दिन सकिने विश्वास पनि माओवादी नेताहरूको छ । भारतले हस्तक्षेप गरे यतैबाट हजारौं र्समर्थक पठाएर दिल्लीमा विरोध प्रदर्शन गरी उसलाई दबाब दिने नीति अख्तियार गरिने भएको छ ।
माओवादीले र्सर्कुलर गरेको तेस्रो असाधारण प्रश्न हो, ‘ विद्रोह जितेर त्यसलाई टिकाउन सकिन्छ कि सकि“दैन ?’ विद्रोहपछि माओवादी एक्लैले सरकार चलाउने नभएर कांग्रेस, एमालेलगायतका दलको संयुक्त मोर्चा र गठबन्धनकै आधारमा माओवादी नेतृत्वको सरकार बन्ने र त्यसलाई टिकाउन सकिने निष्कर्ष माओवादीले निकालेको बुझिएको छ । तर, त्यो गठबन्धन हुने वेलामा कांग्रेस-एमालेमा नयाँ ध्रुबिकरण भइसक्ने उसको विश्लेषण छ । यसरी विद्रोहलाई अहिलेको बाध्यात्मक आवश्यकता भन्दै विद्रोह जितिने र त्यसलाई टिकाउन पनि सकिने सैद्धान्तिक निष्कर्षमा माओवादी पुगेकाले अबको आन्दोलन माधव नेपालले राजीनामा दिएर मात्रै नरोकिने माओवादी नेताहरूले कार्यकर्तालाई आश्वस्त पारेका छन् ।
माओवादीले घोषणा गर्ने विद्रोहका केही चुनौती पनि छन् । जस्तो कि यो किसिमको आन्दोलनमा छापामार युद्धजस्तो हानि सकेर सुरक्षित स्थानमा र्फकन सकिँदैन। एकपटक विद्रोह भनेर सडकमा आइसकेपछि त्यत्तिकै हारेर र्फकनु भनेको पनि प्रतिगमनका लागि ठाउँ छाडिदिनु सरह हुनेछ ।
यसरी हुँदै छ विद्रोहको तयारी
वैशाख १८, मई दिवसको अवसर पारेर माओवादीले मेचीदेखि महाकालीसम्मका मानिस राजधानीमा उतार्दै छ । नेवाः राज्यसमितिलाई सबै मान्छेको व्यवस्थापन गर्न जिम्मा दिइएको छ । तर, व्यवस्थापन एक साताको गरिए पनि आन्दोलनमा आउनेलाई एक महिनाका लागि मानसिकता बनाउन भनिएको छ । माओवादीका अधिकांश पार्टी कमिटीमा मंसिरदेखि लेबी उठ्न सकेको छैन । अहिले अन्तिम धक्का भनेर कार्यकर्ता परिचालन भएपछि सो लेबी असुल हुने, कर्मचारीसित एक महिनाबराबरको चन्दा माग्न पाइने र व्यापक रूपमा चन्दा उठाउने मौका पनि उसलाई मिलेको छ । यसले पार्टीभित्र बढ्दो चरम आर्थिक संकटलाई पनि र्टार्ने उनीहरूको अनुमान छ ।
राजधानीका पार्टीप्यालेसहरू, सिभिल होम्सका घर, अपार्टमेन्ट र कतिपय क्लब माओवादीले बुकिङ गरेका छन् । बुकिङ गरिएका स्थलमा कम्बल र कार्पेट किनेर थुपार्न थालिएको छ । राधास्वामी, सत्संग भवन र स्कुल-कलेजमा पनि मानिस राखिने भएको छ । गोठाटारमा कृपालुजी महाराजको कार्यक्रमका लागि टाँगिएको टेन्टमा हजार जना माओवादी कार्यकर्ता बस्ने भएका छन् ।
राजधानीमा बाहिरबाट तीन लाख ल्याउने भनिए पनि जिल्लाको कार्यक्रममा समेत सहभागी हुनुपर्ने भएकाले एक लाख मात्र राजधानी भित्र्याइने भएको छ । सोमबार राति ११ बजेसम्म एक सय १५ गाडी मानिस राजधानी आइसकेका छन् । उपत्यकामा पनि घर-घरबाट मानिसलाई प्रदर्शनमा उतारिने भएको छ । बाहिरबाट आएका मानिसलाई चाहेको ठाउँमा १० मिनेटमा जम्मा हुन सक्नेगरी राखिने भएको छ । उनीहरूलाई माघ १९ मा जसरी मोबाइल र ल्यान्डलाइन अफ हुन सक्ने भएकाले सामूहिक रूपमा बस्न भनिएको छ ।
प्राप्त जानकारीअनुसार १८ वटा आर्कबाट आज बुधबारदेखि घरदैलो र जनपरिचालन गरिने भएको छ । सबैतिरबाट सिंहदरबार घेराउका लागि मानिसलाई केन्द्रित गरिनेछ । १९ गतेदेखि कर्मचारीलाई कार्यालय बन्द गर्न लगाउने र चालकहरूलाई हाकिमका गाडी नचलाउन उर्दी गर्ने योजना छ ।
काठमाडौं र पोखरामा कूटनीतिज्ञ तथा पर्यटक बढी हुने र उनीहरूबाट गलत सन्देश बाहिरी दुनिया“मा नजाओस् भन्नका लागि आन्दोलन शान्तिपूर्ण बनाउन जोड गरिने, तर वैशाख १८ पछि पनि सरकारले नचेते वीरगञ्ज, भैरहवा, नेपालगञ्जलगायतका नाकाबाट तेल आदि सामग्रीको ढुवानी रोकेर अप्ठ्यारो बनाउने योजना माओवादीले बनाएको बुझिएको छ । काठमाडौंमा क्यासिनो मजदुर, ट्याक्सी ड्राइभर, सुरक्षा गार्डहरू, माइक्रो ड्राइभर आदिलाई चाहेका वेलामा बोलाएर सडक जाम गर्ने र भिआइपी मुभमेन्ट रोक्ने र अस्तव्यस्त बनाइदिने योजना रहेको स्रोत बताउ“छ ।
त्यसैगरी, प्रहरी-सेनालाई नबिच्काउने, सकेसम्म कन्भिन्स गर्ने, प्रदर्शन अत्यन्तै शान्तिपूर्ण गर्ने, बिबिसी, सिएनएन आदिका रिपोर्टरलाई आफ्नो नजिकमा राख्ने नीति माओवादीले लिएको छ । यसैबीच, हिजो साँझ केही छानिएका सञ्चारकर्मीहरुसँग कुरा गर्दै चिनियाँ राजदूत छिउ गो हुङले जसको भए पनि आफूहरु वैधानिक सरकारको पक्षमा रहेको बताएका छन् ।
(आज बुधबारको जन आस्था सप्ताहिकबाट) ।


Is this news or only views of journalist? Hard to believe easily! But somehow looks potential.
Janaaastha dramatizes every current issues for better sale. anyway interesting story to read.
मन परो वा परेन:
0
0
[Reply]
bhanna sajilo cha bidroh. garna garo cha. 2/4 saya berojgaar lai bas chadhaera, katilai jagir dinchu bhanera , katilai jagga dinchu bhanera bus truck haru jabarjasti kabjaa garera maobadile bidroh bhaneko cha. suddha sattaa paraptiko andolan ho bhanne thaha huda hudai kohi janata yo andolan ma hunechainan. fagat ycl ladaku ra ali ali karyakarta hunechan bas. ani yo bidroh 15 din chup lagera chhodi diyo bhane tuhiera jaancha.
मन परो वा परेन:
0
0
[Reply]
भूकम्प, सुनामी, आँधीवेरी, बाढीपहिरो, जंगलीआगो बडो शक्तिशाली हुन्छन । तर तिनले विध्वंस गर्ने बाहेक अरु केहि गर्दैनन, गर्नै सक्तैनन । माओवादी पनि त्यस्तै शक्ति हो । त्यसले पनि ध्वंस बाहेक अरु केहि गर्दैन, गर्नै सक्तैन । हो ध्वंस पछि परिवर्तन अवश्य आउंछ । तर के परिवर्तन हुन्छ भनेर संधै भूकम्प, सुनामी, आँधीवेरी, बाढीपहिरो आओस भनेर कामना गर्ने ? आफ़्नै घर, शहरबजार, गाउँवस्तीमा आगो लगाएर खरानी घस्ने ?
परन्तु याद रहोस, प्राक्रितिक विपत्तीलाई रोकन छेक्न सकिन्न तर आततायी नरपशु सिर्जित विपत्तीलाई रोक्न सकिन्छ । मात्र साहसको आवश्यकता छ ।
मन परो वा परेन:
0
0
[Reply]
Yo mawobadi ko sapana kaile pura hudaina aba sabai janata yak jut bhayara mawobadi ko partikar garna parcha
मन परो वा परेन:
0
0
[Reply]