के हुन्थ्यो सहमती ? झन भिड्ने मनशाय !
आज तिनै प्रमुख दलका नेतालाई एकै थलोमा बोलाएर सहमती गराउने प्रयास गरेको थियो उद्योग वाणिज्य महासंघले । तर नेताले आआफ्नै डम्फु बजाए । एक अर्कालाई दोष लगाए । उहि बासी अडान तेर्स्याएर हिँडे आफु चोखो बन्ने प्रयास गर्दै । बरु बहस सकिए लगत्तै त झन दुई पक्ष भिडन्ततिरै पो लाग्न थालेको संकेत देखा पर्यो । कारण ? सरकारले मात्रै सुरक्षाका सबै अंगलाई उच्च सतर्कमा राखेकोमा हिजो साँझ माओवादीलेपनि क्यान्टोन्मेटका सबै जनसेनालाई उच्च सतर्कमा बस्न आव्हान गरेर भिडन्त हुन सक्ने संकेत दियो ।
सरकारले माओवादीको आम हडताल हिंसात्मक हुन सक्ने भन्दै सबै सुरक्षाका अंगलाई उच्च सतर्कमा रहन निर्देशन दिएको थियो । नेपाली सेनालाई समेत त्यसैगरि रहन निर्देशन दिएको खबर बाहिर आयो । अनि ? माओवादीपनि के कम ? ब्रिहद शान्ति संझौता अनुसार नेपाली सेनाले जे पनि गर्न हुन्छ भने हामी के कम भन्ने सोचेर होला । हिजो जनसेनाका कमाण्डर नन्द किशोर पुन: ‘पासाङ’ ले हिजो आफ्ना जनसेनालाई रक्षात्मक कारवाहीका सम्पूर्ण उपाय उपयोग गरेर प्रतिरोध गर्न सक्ने अवस्थामा रहन निर्देशन जारी गरे। सरकारले घर बिदामा गएका सुरक्षाकर्मीलाइ फिर्ता बोलाउने र बिदा नदिने निर्णय गरे जस्तै पुनले पनि जनसेनालाई त्यस्तै निर्देशन दिएका छन् आफ्ना जनसेनालाई ।
मई १८ मा गरिने प्रदर्शन र त्यसपछिको आम हड्तालका लागि त्यसरि उच्च सतर्कमा रहन उनले निर्देशन जारी गरे । यसलेपनि देखायो, बाहिर बाहिर दलहरुले सहमती सहमती, हामी हदै लचिलो बन्न तयार छौं भने पनि दुबै पक्ष भिडन्तकै मनशायमा छन् । उनीहरु जनतालाई ढाँट्न मात्रै सहमतीको कुरा गरिरहेका छन् तर चाहेका भने दुबै पक्षले युद्द नै हो । सरकारले भिड्ने मनशायले सुरक्षा अंगलाई बढि उत्तेजित बनाउँदै छ । उता माओवादीले त्यसै गरिरहेको छ आफ्ना वाईसियल र जनसेनालाई ।
पुनले जारी गरेको बिज्ञप्तीमा सिधै भनिएको छ’ ‘सम्भावित घटनालाई मध्यनजर गरी उच्च सतर्कतामा रही, सबै रक्षात्मक उपायहरुलाई भरपुर प्रयोग गरी प्रतिरोधात्मक तयारीमा रही निरन्तर पहलकदमी आफ्नो हातमा राख्न, सबै शान्तिप्रक्रिया विरोधी हर्कतलाई निस्तेज पार्न एवं सूचना संचारलाई चुस्तदुरुस्त बनाई, आफ्ना इलाका र क्षेत्रलाई पहुँचमा राख्न पनि निर्देशन गरिएको छ’ । बिदामा घर गएकालाईपनि तुरुन्त शिविरमा फर्किने निर्देशन दिईएको छ ।
साँच्चै दलहरुबिच सहमती हुने भए, आन्दोलन स्थगित हुने अवस्था रहेको भए यस्तो बिज्ञप्ती जारी हुने थियो ? अहिले दुबै पक्षका बिज्ञप्ती र तयारी अनि सुरक्षा अंगका परिचालन हेर्दा शान्ति संझौता पुरै अवरुद भएर आक्रमण हुन मात्र बाँकि रहेको जस्तो देखिन्छ । पुनले बिज्ञप्ती मार्फतआन्दोलनमा जनसेनाको भौतिक सहभागि नरहने त भनेका छन् । तर शिविरका जनसेना हतियार सहित पक्राउ पर्न थालेका घटनाले त्यस भनाईलाई सत्य मान्न नसकिने देखिँदै छ ।


If the pupils will die in the war Does n’t matter to the leader (There is only Bahunvad) no UML vad no Congressvad no Mavovad only BAHUNVAD
मन परो वा परेन:
0
0
[Reply]
k garne netaaharulaaii janataako matlab nai chhaina
aba ragataamme baanaune bahye deshlaaii Dadiji k garne ?
ma ta royera abseko chhu k garne ? sidhaa saadhaa janataa pisine bhaye he bhagawaan !
मन परो वा परेन:
0
0
[Reply]
ददिजी मेरो बिचारमा अब सबै नेतालाई एकै ठाउ**मा राखेर गोली ठोक्नु पर्छा अनि जनताले रोज्छन को को मंत्री बन्ने, प्रधानमन्त्री बन्ने भनेर
अनि बल्ल शान्ति हुन्छा कि ! एक पटक जनादेश अनुसाराव दुई वर्षा माओवादीलाई सरकार चलाउन दिए के हुने ? एमाले र कांग्रेसको सरकार त दश वर्षा हेरे को हो नी
मन परो वा परेन:
0
0
[Reply]
aba janasenaa ra nepali senaa saalaa damanakari haru milera nepaliko raghat chusa la !! hatyaaraa haru le piunenai bhaye aba hajaarau nepaliko ragat !
मन परो वा परेन:
0
0
[Reply]
Aba nepali janata lai kuna pani neta chaidaina yi sab chor haru afno bhudi matra bharni janata ko chaso khacho kehi chaina din din mahangi badeko cha himsa atyarchar mar kat badeko cha neta haru afno moj masti garda tikai cha aba sabia neta haru lai dosta bhanayara new haru le desh chalauna parcha kunai parti ko hoina yuba neta le desh chalauna parcha.
Hey pasupati nath desh ko rakcha gara ……..chor neta haru lai yautai tau ma dosta parera desh lai bachau
मन परो वा परेन:
0
0
[Reply]
हेल्लो नेपाली हो हाम्रो नेपाल खतरा मा छ
हामी पनि नेपाल जौ नेपाली नेता हरु को
आमा सग सोदु कि तिम्रो आस्ली सिरी मन
को छोरा हो नेपाली नेता हरु हो भनेया नेपाल
खान खा खा खा
मन परो वा परेन:
0
0
[Reply]
कम्युनिज्म पृथ्वी को इतिहास मा ३० वर्षा अघि नै समाप्त भएर गैसकेको असफल राजनैतिक प्रयास हो; माओबाद कम्युनिज्म को अतिबाद हो जसको चिन मा नै अति घृणा को दृस्टी ले हेरिन्छ, चिनिया हरु नाम सम्म सुन्न चाहदैनन्; हामि नेपालि अज्ञानी छौ, विश्वको इतिहास र बर्तमान बुझ्दैनौ, यो माओबादी हरु को सैद्दान्तिक आधार नभएकाले ब्यबहार मा हिशा बाहेक केहि छैन; यो आन्दोलन यसको पतन को सूचक हो, अन्तिम प्रयास, जसको समर्थन न देश ले गर्छ न छिमेकि रास्ट्र ले; त्यसैले यसको सम्पूर्ण तया अन्त हुने निश्चित छ; अब को ५ बर्ष भिन्त्र नेपालि हरु मध्ये एक जना ले पनि आफु लाइ माओबादी सग कुनै किसिम को सम्बन्ध समेत थियो भनेर स्वीकार गर्ने छैन, लौ जा भविष्य वाणी गर्दिए
मन परो वा परेन:
0
0
[Reply]
Shahit Sharma Reply:
April 30th, 2010 at 10:39 am
Great kura garnu bhayo yak dam ho.
मन परो वा परेन:
0
0
[Reply]