गजल

-बिष्णु वाग्ले

किचनाश ४, स्याङजा / हाल-पोखरा

क्रान्तिको लक्ष्य विन्दु भेटिएको छैन अझै

 सामन्तिको रजाई मेटिएको छैन अझै

 °°°°°°°°°°°°°°°°°°°

आवाज उठाउँ है गाउँ शहर बस्तीबाट

जनताको कानुन त्यो लेखिएको छैन अझै

 °°°°°°°°°°°°°°°°°°°

नेताहरु कुर्सी खोज्छन जनतालाई नुन छैन

आँफु मात्रै बाँच्ने चलन रेटिएको छैन अझै

 °°°°°°°°°°°°°°°°°°°

पजेरोमा डुल्छन नेता सरकारी ढुकुटीको

भ्रष्टचारी नेताहरु खेदिएको छैन अझै

°°°°°°°°°°°°°°°°°°° 

अन्यायमा परेका छन सोझा सिधा जन्ताहरु

किन होला निरंकुशता फेरिएको छैन अझै

 °°°°°°°°°°°°°°°°°°°

होस गर नेता अब जन्ताको दिन फिर्दै गा’छन

बुझ पचाइ जनादेश टेरिएको छैन अझै

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree