उपत्यकाका घर घरमा वाईसिएल

                    माकुनेलाई राजिनामा गराईने

भोलीको कार्यक्रमलाई सफल बनाउन भन्दै माओवादीको युवा संगठन वाईसिएलका सदस्यहरु आज काठमाडौंका ठाउँ ठाउँमा छरिएका छन् । पूतली सडक, मंगल बजार, मैतीदेवी, सिनामंगल, सुन्धारा, वागबजार लगायतका ठाउँमा आज बिहानै वाइसिएलका सदस्यहरु स्थानिय जनताका घर घरमा पुगेका छन् । उनीहरुले हातमा यहि पोष्टर लिँदै स्थानिय जनतालाई भोलीको प्रदर्शनमा भाग लिन निमन्त्रणा गरेका छन् । स्थानिय जनताका हात हातमा यहि पोष्टर थमाउने र भित्ता भित्तामा यहि पोष्टर टाँसिदिने गरेका छन् । आज उपत्यकामा हरेक स्थानियका घर घरमा पुगेर भोलीको प्रदर्शनामा सहभागि हुन आव्हान गरिने कार्यक्रम माओवादीको छ । यो कार्यक्रममा माओवादीका नेतासमेत सहभागि हुनेछन् ।

 माकुनेलाई राजिनामा गराईने

आजै एमाले पार्टी पोलिटब्युरो कमिटीको बैठक बस्दै छ । बैठकले प्रधानमन्त्री माधव कुमार नेपाललाई राजिनामा गर्न लगाएर माओवादीसित सहमतीको प्रयास गर्ने निर्णय गरेको छ । तर माधवकुमार नेपालले भने पद बाट आफुले राजिनामा दिँदैमा अहिलेको समस्या नसुल्झने भन्दै कुर्सीमा टाँस्सिरहन खोजेको संकेत गरिसकेका छन् ।

  • Shahit Sharma

    La la je je garni ho ghara tara koi pani namara chor ho

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • mohan raj baral

    aandolan saphal sunupar6 satta ko lagi matrai aandolan nahosh hamro desh lai parbhartan chahiyeho 6 teso ko lagi maobadi nai chahin6

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • birkhabahadur

    होश मा आऔ ……………………………….

    हामि ले बिधान को शाशन लाइ मात्र समर्थन गर्नु पर्छ; नेपालि जनता प्रचण्ड का दास होइनन, हतियार होइनन, हामि स्वतन्त्र जनता हो, प्रचण्ड लाइ प्रधान मन्त्रि हुन मन लाग्यो भनेर हामि ले प्राण को आहुति दिनु पर्ने कुनै कारण छैन; यो व्यक्ति को दासत्व हो; आज सडक बाट कसैले हिंशा को आधार मा सट्टा कब्जा गर्छ भने भोलि अर्को ले पनि त्यहिँ गर्छ; यो नै संस्कार बन्न सक्छ तेसो भए संबिधान सभा किन चाहियो? प्रचण्ड लाइ प्रधान मन्त्रि बन्न मन लागे संदाद बाट बहुमत लिएर आउनु पर्छ

    अहिले नेपाल मा राजा छैन, सबै जनता मात्र छन्, जनता मात्र छन्, त्यसैले जनताको बिरोध मा बिद्रोह हुदैन, त्यो पनि लोकतान्त्रिक सरकार को बिरुद्ध मा; यो कुनै अंतर्रास्त्रिया शक्ति ले स्वीकार गर्दैन, यो बिद्रोह ले प्रचण्ड को सरकार भयो भने पनि नेपाल आतंकबादी देश को सुची मा जान्छ किनकि जनता लाइ त्रसित पारेर शक्ति मा जाने भनेको आतंग्क्बादी नै हो

    हे युवा दाजु भाइ दिदि बहिनि हो; यो हिंशा भनेको कुसंक्सार हो, यसलाई त्याग गरौ, कसैले हामि लाइ आफ्नो व्यक्तिगत स्वार्थ को लागि भिर बाट धकेल्दै छ र उ चाहि हेलिकप्टर बाट तमाशा हेरी रहेको छ

    होश मा आऔ ……………………………….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nim

    हिजो बन्दुक,बारुदको भरमा सत्ता मिल्छ भन्ने सोचले माओबादीले जनयुद्द नामको लडाई लडी दस हजार जनताको रगत पिउन सफल भयो अब फेरी केवल एउटा कुर्चीको लागि यो नौटंकी गर्दै छ यिनीहरुलाई कुर्ची मात्र चाहिएको हो अरु सोच माओबादीमा भएको पाईदैन राम्रा सोच हुन्थ्यो भने माओबादी बाट रबिन्द्र,मनि थापा,मात्रिका,जस्ता नेतालेबिद्रोह गर्ने थिएनन् र भर्खरै एक बरिस्ठ नेत्री ओमकला गरमजा मगरले पार्टी त्याग गरिकी छिन एसरी हुदैछ माओबादीको राजनीति

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • danger

    iniharu panchayati kal ka netahulai kk thaha kamunist krantikari kasto hun6 bhanera

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree