संबिधान नबनाई फ्रान्स आउने नेतालाई जुत्ताको माला ?

   (कार्यवाहक राजदूत जिवन प्रकाश श्रेष्ठलाई ज्ञापनपत्र बुझाइँदै)

हामी नेपालीहरुको मन कति दुखेको रहेछ त ? कति रिसाएका रहेछन् हाम्रा नेता देखि ? शान्ति र संबिधान बेलैमा बनोस् भनेर हाम्रा राजनितिक दल र नेतालाई दबाब दिनको लागि ज्ञापनपत्र दिने कार्यक्रम थियो हिजो पेरिस स्थित नेपाली दुतावासमा । ज्ञापनपत्र दिईयो कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठ मार्फत ।

अनि त्यहाँ जनताका अगाडि संबिधान बनाउन गएका नेता भत्ता खाने, संबिधान नबनाउने, बिदेश भ्रमण गरेर पैसो र समय दुबै बर्बाद गर्ने भन्ने कुरो चल्यो । देशमा संबिधान बनाउने मूल कुरो बिर्सिएर देश बिदेश घुम्दै हिँड्ने नेतालाई के गर्ने त भन्ने सल्लाह भयो ज्ञापनपत्र बुझाउन जाने साथीहरुबिच। फ्रान्स आउनेलाई स्वागत नगर्ने, कार्यक्रम गर्न नदिने, सरिक नहुने तिनका कार्यक्रममा। बरु तिरस्कार गर्ने भन्ने साझा सहमती बन्यो । केहिले भने – यदि अब देखि संबिधान नबनेसम्म हाम्रा कुनैपनि सभासद र मन्त्री पेरिस् घुम्न आएभने तिनको घाँटीमा जुत्ताको माला लगाएर तिरष्कार गर्ने ।

कुनै साथीहरुको तर्क चाहिँ कालो झण्डा देखाउने भन्ने थियो । आखिरमा धेरैले जुत्ताको माला लगाइदिने भन्न थाले । जे होस, कुनैपनि नेतालाई अब देखि बहिष्कार गर्ने सहमती भयो । राजदूत श्रेष्ठ मार्फत दुई सय जना भन्दा बढिको हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाइयो। अनि देशको अवस्था अनुसार अब झन ब्रिहद खालको बिरोध कार्यक्रम गर्नुपर्छ भन्ने अनौपचारिक सल्लाह गर्न पनि भ्याइयो । देशको अवस्था अनुसार जस्तो कार्यक्रम गर्नुपरेपनि पछादि नहट्ने भन्ने धेरै साथीहरुको जोड रह्यो । राजदूत श्रेष्ठले हाम्रो ज्ञापनपत्रलाई यथासक्य छिटो राष्ट्रपतीको कार्यालय, सभामुख, प्रधानमन्त्री र तिन प्रमुख राजनितिक पार्टीका कार्यालयमा पुर्‍याइदिने बचन दिए।

-शान्ति र संबिधानकालागि आज पेरिसस्थित नेपाली दूतावासमार्फत  बुझाइएको ज्ञापनपत्र हेर्नुस जस्ताको तस्तै-

                                           मे ७, २०१० (बैशाख २४, २०६७)

सम्मानिय संबिधान सभा अध्यक्ष ज्यू,

संबिधान सभा

संसद भवन काठमान्डौँ

                               मार्फत  

                          नेपाली दूतावास

                          पेरिस, फ्रान्स

 बिषय:  मुलुकको गतिरोध अन्त्य गरी समयमै संबिधान निर्माण गरियोस ।

देश र जनताको भलाइलाई प्रमुख उदेश्य मानेर गरिएको जनआन्दोलन २०६३ को मर्म अनुसार यतिबेला राजनीतिक पार्टीहरुले काम नगरिरहेको अबस्था यहाँलाई बिदितै छ । नया संबिधान निर्माण गरि र एक दशक भन्दा लामो द्वन्दलाई दीगो शान्तिमा परिणत गराउनका लागि देशमा शहिदहरुले गरेको बलिदान, स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुले खेलेको भूमिकापनि यहाँलाई बिदितै छ । बिपरीत सिद्दान्त र उद्देश्य बोकेपनि नेपालीका राजनीतिक पार्टीहरुले साझा र महत्वपूर्ण सवालहरुमा सहमती कायम गरेर अगाडी बढ्ने बुद्दिमत्तापूर्ण निर्णय उतिबेलै गरेका हुन् । संवाद र सहमतीको राजनीति अनुसार नेपालमा संबिधान सभा चुनाबपछि संबिधान लेखनको सबाललाई ओझेलमा पारेर यतिबेला राजनीतिक दलहरु सत्ताकालागि लँडाइ र झै झगडा गरिरहेका छन् ।

जनताले नयाँ संबिधान बनाउनकालागि संबिधान सभामा पठाएका सभासदहरु समेत सँबिधान लेखनलाई भुलेर सत्ताकै खिचातानीमा अल्झिएको देखिएको छ । आ – आफ्ना अडानहरु त्यागेर राजनीतिक पार्टीहरुबिच संबाद र सहमती जरुरी रहेको यस अबस्थामा मुलुकलाई फेरी जबरजस्त द्वन्दमा फसाउने अबस्थाको सृजना गरिएको छ । जसले गर्दा हामी प्रबाशमा रहेका नेपालीहरु अत्यन्त मर्माहत भएका छौँ । देशलाई रगत र तिक्तता तथा संबैधानिक रिक्तता होइन जनमुखी संबिधानको जरुरत छ ।

बिगतमा जस्तै राजनीतिक दलहरुबिच सौहार्दता कायम होस र सहमती अनुसार समयमै संबिधान निर्माण गर्ने बाटो राजनीतिक दलहरुले खोलुन् भन्ने हाम्रो चाहना छ । त्यसैले सम्माननिय संबिधान सभा अध्यक्षज्यूलाई हामीले सम्पूर्ण फ्रान्सबासी नेपालीको नागरिक समुहका तर्फबाट मुलुकमा शान्ति कायम गरि सबिधान निर्माणको मार्ग प्रसस्त गर्न राजनीतिक पार्टीहरुबिच सहमति कायम गरियोस भनि नेपाली दूताबास पेरिस मार्फत यो ज्ञापन पत्र पेश गरेका छौँ ।

यहि ज्ञापन पत्रमार्फत हामीहरु यो कुरा स्पष्ट गर्न चाहन्छौँ कि देशमा नया सँबिधान नबनुन्जेल फ्रान्सको भ्रमण गर्ने  सभासद तथा उहाँका कार्यक्रमहरुलाई हामीले बिरोध र बहिष्कार गर्ने छौँ । हाम्रो चाहना र मर्म अनुसार काम गरिदिनुहुनेछ भन्ने आशा र धन्यवादका साथ ।                                                          

                                                     भवदीय

                                               नेपाली नागरिक समुह, फ्रान्स  

बोधार्थ

 -सम्मानिय राष्ट्रपति ज्यू

राष्ट्रपतिको कार्यालय, शीतल निवास, काठमान्डौँ

 -सम्मानिय प्रधानमन्त्री ज्यू

प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमान्डौ

 -सम्पूर्ण माननिय सभासद

सिंबिधानसभाको कार्यालय काठमान्डौ

 -एनेकपा माओवादी, केन्द्रिय कार्यालय काठमान्डौ

 -नेकपा एमाले, केन्द्रिय कार्यालय काठमान्डौ

 -नेपाली कांग्रेस, केन्द्रिय कार्यालय, काठमान्डौ

  • Tapta Bhandari

    पेरिसमा जहिले पनि केहि प्रोग्राम भयो भने जता पनि ठिक्क हुने हरु को भिड मात्र देखिन्छा

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    sunil hamal Reply:

    thik bhannu bhayo tapta ji.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ekalkate

    ekdam thik bhannu bhyao Taptaji. jataa pani thikka ! kunai aadarshanai nabahako . haha kaslaai bhanan khojnu bhaako bujhinchha !!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Suman Karki

    je gare ramrai gare. teti budhhi ayechha ta yiniharulai.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • पेरिसमा बस्ने नेपाली साथीहरुले नेपाली नेताहरुलाई सुहाउदो कार्यक्रम तयार गर्नु भएछ । पेरिसमा मात्र किन अरु देसमा आउने नेताहरुलाई त्यस्तै गर्दा ठीक नै हुन्छ । अहीले देसको ठुलो काम भनेकै संबिधान बनाउने हो । बिरोध शैलीमा पनि नेपाली मौलिकता झल्केको छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • raju pakhrin

    thikai garechan france ma baseko nepali haru le. aajha yo kura world bhari charera baseko nepali harulai pani bhannu parcha. janata ko pasina bides ma lagera falne kaam ramro haina .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • माकुनेका एजेन्ट

    नेपाली गरिबी जनता माथि अन्याय गरि पैसा टन्न कमाएर धकारेका यी रैथाने, यिनीहरु नै पारसको अगाडी घुडा टेक्ने उर्को पारसको बिरोध गरि हिड्ने ! जब जब नेपालमा समस्या हुन्छ,यिनीहरुको फोटो प्रह्चार प्रसार गर्न यी छेपारोहरु नाटक हेर्न पाइन्छ! नेपाली नेता फ्रान्समा आवुदा चाकडी गरि हिड्ने हरु माकुने समर्थक हुन् ! कसैलाई यिनीहरुले जुत्ता लगावून सक्ने हिम्मत छैन्! बिडम्बना नेपालमा जोरपाटी कुपन्डोलमा जब माउबादीले सान्ती संग जुलुस निकाली हिडेका बेला एमाले समर्थकले माउबादी कार्यकर्ता माथि आक्रमण गरे ! येही कारणले गर्दा यि छेपाराहरुलाइ निबेदन दिन आत आएको हो ! यो माउबादी बिरोध गरेको राजनैतिक हो !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • POUDEL GHANSHYAM

    NEPAL RA NEPALIKO LAGI RAMRO KAM JASLE RA JAHABATA GARE PANI HUNCHHA BYAKTILAI BIRODH GARNAIPARCHHA BHANNE KEHI CHHAINA SATHIHARU…..:)…..:)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • narayan

    lata gada ko des ma je gare pani hune hoina , dui char jana bides ma baseka nepali haru le yasto gardai ma nepal ka neta haru ko bani sudhrine ma dekhdaina , 12 barsa kukur ko puchar dhungro ma hale pani puchar sidha hudaina baru dhungro bangi huncha , ye sabai neta haru kukur ko puchar ho, jun goru aaye pani kanai chireka kharani ghase pani jhola bhireka ………………………………………………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    narayan Reply:

    sorry jun jogi hunu parne ma goru bhayecha tara neta haru lai jogi sanga tulana garnu bhanda goru sanga tulana garna bes hola tara jotne goru hoina aalchi ani kaam chor ra gai ko garvadharan pani garauna nasakne napunsak ( gay) goru.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rajendra lamsal spain

    sathi haru aja desh roi rahe ko bela hami le ek le arka lai tyo pani bidesh ma basrea shngharsh gari rahanu bhaye ka sathi haru lai dos lagaune kam garna tapai hami lai ali kati suhaudaina ki? kina ki jasle jati sakcha teti nai garne ho tes karan 601 jana ko lagi ladau tapai haru le garnu bhaye ko yo program ati nai ramro cha tara frence ma basne sathi haru le france ma nai basne sathi haru ko birodh nagrada dherai ramro hola jasto lagcha malai ta ma ghanshyam ji ko kura ma sahamat chu ra yo kura sansar bhar basne nepali haru lai pani bodh garaunu parne huncha .
    tahnx

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    lati ko poi Reply:

    lau hajur hajur ko jo marji . bhaye pani yaso nepal ka neta haru ko bare ma lekheko ta thikai ho ni hoina ra?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Nisha Bhatarai Reply:

    1 barsh dekhi Makune Sarkar le desh lai bigari hirda kaisaile ujuri nadine. Maobadai le janata ko lagi kehi garn lagda nidedan diyer hidne yi maobadi ka birodhi hun. Bidesh ma nepali kai beijati garer hideko. Maubadi ko santi ryali lai samarthan garchau. Ahile maubadai ka neta France ma aaye ful mala le Lal Salam garne chau. Kasako himat hola jutta ko mala lagawane?.
    Aainda kaisaile pani personal hisab gareko program ma Paris ko Nepali France ko Nepali bhaner sampuran France ma baseko Nepali lai nai tyo dyang rakher lekher boler hidna paudaien.
    Personal program ma personal nam rakher hidne.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prachande ko gunda

    aaba hami mawobadi lai sarkar chalauna diyo bhane hami sambhidhan 1 mahina bhitra ma lekhidinechau .ke garne janata janardan le hami lai pattyauna chhadisake.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • suresh lama tamang

    hey u all guys who are thinking just negative what is the way to make presser for them who r coming abord to visit in govt money ,,do u have any solution?,,,if no mark a name who havent adarsha ,,if no there is good man also its not time to fight each other in paris .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    prachande ko gunda Reply:

    kina nagarne fight peris ma ? nepal ma fight garna hune paris ma nahune kina ho solti? ki timi le peris ko keti takeka 6u?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ujjal nepali

    nepal des ka nalayak 601 lai bides ma basne sabai nepali le yestai programme garera bahiskar garnu parcha. tini haru le khayako sambidhan banaune paise asul upar garnu parcha.yesto news sabai tira failaunu parcha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • SHYAM KAJI

    KARKI JI MAKUN LE RAJINAMA GARYO BHANDEIMA DESH SUDHRINCHHA BHANNA THANE KI KYAHO HAMRO UKHAN JASTO. JUN HATBATA CHHOYEPANI TYAHI NAK BHANE JASTO HO

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree