कांग्रेस र एमाले चाहिँ कसरि नागरिक पार्टी ?

सरकार परिवर्तनको बहस चलिरहेको छ । यति बेला माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालले तु राजिनामा दिएर सर्वदलिय राष्ट्रिय सरकार गठनको बाटो खोल्नुपर्ने शर्त राखेको छ । माओवादीले आम हड्ताल फिर्ता लिए नयाँ सरकारका बारेमा बाटो खोल्न सकिने अभिब्यक्ति दिएका कांग्रेस एमालेले भने नयाँ नयाँ शर्त तेर्स्याइरहेका छन् । उनीहरुको एउटा शर्त छ- माओवादी सरकारमा जानु पहिले वा सरकारको नेत्रित्व गर्नु पहिले उ नागरिक पार्टी बन्नुपर्छ ।

कांग्रेस र एमालेले भनेको नागरिक पार्टी कस्तो हो ? संबिधान सभाबाट जनताको मत लिएर आएको पार्टी माओवादी नागरिक पार्टी नहुने । कांग्रेस र एमाले चाहिँ नागरिक पार्टी हुने ? के अवगुण छन् माओवादीका नागरिक पार्टी हुन नसक्नुमा ? के के गुणले युक्त छन् एमाले र कांग्रेस अनि मधेशी जनअधिकार फोरम (प्रजातान्त्रिक) नागरिक पार्टी हुनुमा ?  के एमाले र कांग्रेस साँच्चै नागरिक पार्टी हुन् त ?

नेकपा माओवादीका बारेमा त यहाँ बहस गर्नै परेन । २०४६ सालको परिवर्तन पछि सबैभन्दा लामो समय सत्तामा बस्यो नेपाली कांग्रेस । त्यसपछि एमाले । कांग्रेसले सत्तामा बस्दा नेपाली जनतालाई दियो के ? देश कंगाल बनाएको कसले हो ? भ्रष्टाचार, घुसखोरी, सांसद किनबेचको संस्क्रिति भित्र्याउने कांग्रेस र एमाले हुन् कि होइनन् ? टनकपुर संझौता भन्दै सन्धि गरेर देश बेच्ने काम कांग्रेसले गरेको हो कि होइन ? नाताबाद र क्रिपाबादको संस्क्रिति भित्र्याउने कांग्रेसको सरकार हो कि होइन ?

भ्रष्टाचारीहरुलाई आम माफी दिने, जनताको हत्या गर्ने, आफ्नै पार्टीको सरकार छँदा छँदै मध्यावधी चुनाब घोषणा गरेर प्रजातान्त्रिक संस्कारलाई चुनौती दिने, देशको सम्पत्ती स्वाहा पार्ने काम कांग्रेसले गरेको हो कि होइन ? प्रहरी र प्रशासनलाई आफुखुशि प्रयोग गरेर खत्तम बनाउने काम कांग्रेस र एमालेले गरे कि गरेनन् ?

अनेक अनेक नाममा ऐन र कानुन बनाएर जनताको हत्या गर्ने काम कम्युनिष्ट नामको एमालेले गर्‍यो कि गरेन ? वर्षै पिच्छे महँगी बढाएर जनतालाई चुस्ने काम एमालेले गर्‍यो कि गरेन ? चप्पल लगाउन नपाउने नागरिकलाई नांगै राखेर करोड पर्ने पजेरो चढ्ने एमालेका नेता हुन् कि अरु कुनै दलका ? महाकाली शन्धी गरेर भारतसित बोराका बोरा पैसा (यो मलाई एमालेका हालका ग्रिहमन्त्री भिम रावलले खुदै भनेका हुन् पेरिस आएका बेला, केहि नेपालीकाबिचमा) लिने काम एमालेले गरेको कहाँ गयो ? भोजपुरबाट चप्पल पड्काउँदै राजधानी छिरेका प्रदीप नेपालको राजधानीमा करोडौ पर्ने गगनचुम्बी घर बनाउने पैसो पनि नागरिकलेनै दिएका हुन् की ?

झापा आन्दोलन हुँदा बस्ने ठाउँ सम्म नभएर अर्काको घरमा कोच्चिएका केपी ओलीको आलिशान महल कसरि ठडियो  राजधानीमा ?  सूदूर पश्चिमबाट नांगो खुट्टा राजधानी छिरेका भिम रावलले कसरि जोडे करोडौको सम्पत्ती ? सांसद बन्नु अघि गोरखामा खुर्सानी बेच्दै हिँड्नाले खुर्सानी माईला नाम पाएका कांग्रेस नेता चिरन्जिबी वाग्लेको अरब नाघ्ने सम्पत्तीको स्रोत के हो ?

नागरिक पार्टी हुन के हुनु पर्छ ? के हुन् नागरिक पार्टीका सिमा ? नागरिकले ल्याएका अधिकारलाई हिन्दू राज्य बनाउँछौं भन्दै भारतसित गुहार माग्ने बिजय गच्छेदार शैली ? कि कांग्रेस नेता खुमबहादुर खड्काको हुंकार ? नागरिकले के चाहन्छन् नेता र पार्टीबाट ? के एमाले, कांग्रेस, सद्भावना, माले पार्टीले नागरिकका चाहना अनुसार काम गरेका छन् ? के यिनले जनताका पिर मर्का बुझेका छन् ? नागरिकले चाहे अनुसार देश चलाएका छन् ?

नागरिकको मन र मस्तिस्कमा बसेका हुँदा हुन् त किन यि पार्टीको साख किन गिर्दो छ ?  आम नागरिकले नचाहेर, मिल्काएकाहरुले सरकारको ताला चाबी लिनु नागरिक पार्टी हुनु हो ? के नागरिकहरु हरुवाले देश चलाओस् भन्ने चाहन्छन् ? पासपोर्ट काण्ड, चिनी काण्ड, मल र मट्टीतेल साराका सारामा कमिसन खाएर सरकार चलाउनु नागरिक पार्टी हुनु ? कांग्रेस, फोरम, एमाले, माले यि सारा पार्टीले के चाहिँ गतिलो काम गरेका छन् नागरिक चाहना अनुसार ? नागरिकको भावना अनुसार ? यि कसरि हुन्छन् नागरिक पार्टी ? वर्षौंदेखि नागरिकलाई ढाँट्दै, छल्दै, लुट्दै, दुख दिँदै, ठग्दै र निचोर्दै आउनेहरुनै नागरिक पार्टी ?

अहिले आम नागरिक के चाहन्छन् ? देशको पूनर्संरचना होस् । देश अग्रगमनतिर लागोस । गणतान्त्रिक संबिधान बनोस् । दलहरुमा प्रजातान्त्रिक संस्कारको बिकास होस् । दलहरु मिलुन् । देशका जनताका समस्या हल हुने गरि दिर्घकालिन शान्ति होस् । जनताले रुचाएकाहरुले सरकार चलाउन् । अब आर्थिक क्रान्ति होस देशमा ।

तर के हाम्रा दलहरुले त्यसै गरिरहेका छन् ? सबै आआफ्नो स्वार्थमा चलिरहेका छन् । नागरिकको मनोभावना बुझ्न नसक्ने पार्टी नागरिक पार्टी हुन्छ ? आम नागरिकका चाहना, आम नागरिकको मतलाई कुल्चिएर शासन गर्ने पार्टी नागरिक पार्टी हुन सक्छन् ? त्यसैले अहिले संसदमा कुनैपनि पार्टी चोखा छैनन् । कोहि नागरिक पार्टी बन्न सकेका छैनन् । लौ त नागरिक पार्टी हुँ भनेर दाबी गर्नेले उदाहरण दिउन् त ति कसरि नागरिक पार्टी भए ?

  • Narayan sharma magragadi 5 bardiya

    Wah! Dadi ji mero bhanai pani tehi ho. yeha maobadilai matra galat najirle herne lai chotilo jhapad dinu bho.yo lekh sahit ji harule jo maoko matra khilli udau6n uha haru le ramro sanga aakha chyatera padhnu paryo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Shahit Sharma Reply:

    Nikhil ji ra Nava ji le di saknu bhayako cha Answer hernos ta narayan ji

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • राम गुरुङ

    ददिजी कस्तो यथार्थ ! कति सटिक लेखाई ! यसको चित्तबुझ्दो हिसाब ले लौ खण्डन गरुन् त एमाले, कांग्रेस, फोरम र माओवादीलेपनि । हो कुनै पार्टी नागरिक पार्टी बनेको छैन मेरो देखाइमापनि ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • शमशेर जिसी/बैतडी

    कस्तो मन मा आएको तार कतै पढ्न नपाएको? लेख्न नजानेको विषय लेख्नु भयो
    एकदम सहि कुरा हो यो एमाले र कांग्रेसपनि ठगा हुन् के को नागरिक पार्टी ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Nikhil

    दधि जी, सबै पार्टी मा राम्रा र नराम्रा दुवै खाले मनिष हरु हुन्छन, अरु पार्टी र माओबादी मा केहि कुरा को फरक छ ,
    १, माओ बादी मा वाई स्याल छन् जो सर्ब साधारण को घर को बाख्रा पाठा जंगल को स्याल ले चोरे जस्तो धन सम्पति चोर्छन लुटेर लिन्छन , कहिले कहिले फकाएर पनि लिन्छन , तेस्तो अरु पार्टी मा छैन,
    २, माओबादी मा अर्को डाका समूह पनि छ तेस्लाई हामि ल डाका भनेर चिन्छौ जो सिविर मा राखेका छन् तिनी हरु को काम भनेको सरकारी सम्पति मा तलब को नाम मा र नेपाली जनता को खुन पसिना को कमाई मा डाका गर्नु हो,
    ३, अर्को माओबादी किन नागरिक पार्टी होइन भने जसलाई नेपाली जनता ले यिनी हरु चोर हुन शोसक हुन् गुण्ड हुन् समाज का किरा हुन् भनेर चिनेको छ तिनी हरु लै धमा धम आफ्नो पार्टी मा पर्वेश गराएको छ तेसैले यो मावो बादी नागरिक पार्टी होइन यो भारत को दलाल पार्टी हो जो नेपाल मा अशान्ति फैलाएर भारत् लाई नेपाल मा निम्तो दिदैछ जुन कुरा नेपाल का सर्व साधारण समेत ले बुझी सकेका छन्,
    ४, येसरी सबै ले मावोबादी हरु नागरिक होइनन भनेर जान्दा जान्दै पनि पैसा खाएर माओबादी हरु को गुण गाउने लेख प्रकासित गर्दा लेखक को ईमान्दारिता माथि नै प्रश्न चिन्ह खडा हुन जान्छ, …………………………………………………………………………………………………… निखिल

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    shiva Reply:

    निखिल भाई लाई भन्नु पर्ने सबै कुरा लेखकले भनि सकेको छ! हो मा मान्छु मावोबादी मा भएका ति वाईसिएलहरु मा कुना नराम्रा प्रब्रिदी को पनि छन् अनि सतप्रतिसत मावोबादी ठिक हो भन्ने पनि मेरो भनाई होइन!तर तिम्रो त्यो माकुने अनि त्यो खुर्साने बिद्याको पति कहीले ओलिहरुले चाही के नै गरेर देखाए त नेपालि जनता लाई?अनि मावोको लडाकुलाई दिएको भत्ता सरकार ले दिएको हो उनीहरुले लुटेको हो भनेर कसरि भन्ने?अनि त्यो ईतिहास मै नभएको जम्बो मत्रिहरुले बिना काम सुति-सुति खाएको भात्ताचाही कहाँ बाट आयो त?????त्यसैले भाईलाई एउटा सल्लाहा आकाश तिर फर्केर कहिल्यै नथुक्नु नै बेश होला!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prachande ko gunda

    yemale ra congress ta maobadi bhanda pani jhan khattam gunda pati hun ,maobadi le nimukha ra garib gaule lai asmbodhan gareko 6 tara ye yemale congress ta kebal paisawal ko chakari gardai des ma updrao garaune taskar ko languati dhoyera baseka 6na , mero bichar ma maobadi ko sarkar aahile naya nepal ko mag ho ani sandarvikata pani ,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prachande ko gunda

    aaba hami sabai yuba saktiek bhayera yemale ra congres ka thotra ra bichar sakti nabhayeka namarda marne bela bhayeko daat jhareka naga napunsak bramachari neta haru jo aajhai samm aafno ghar basauna sakeka 6inan testa le nepal ko ke gati parlan lai kosi ma badi aayeko bela ma agera bagaunu parcha ani thik huncha .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prachande ko gunda

    yo susill koirala lai kina aajhai congress ko vice president banayera rakheka ? hera ta tesle boleko kasle understand garna sakcha hola hay bhagaban. khali tho tho tho matrai bhancha toy pani bidesi diplomat haru sanga barta gareko re haaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa. aaba yo bhanda badi hasaune kura ke hola ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nava kranti

    यथेस्ट उदाहरण छन जस्ले माओवादी नागरिक पार्टी होइन भनेर प्रमाणित् हुन्छ:
    १ रामहरी श्रेष्ठको हत्या नागरिक पार्टीले गर्न सक्दैन।
    २ निर्मल र पुषकर जस्ता युवाको हत्य नागरिक पार्टीले गर्न सक्दैन।
    ३ प्रचन्ड थैव को हत्या नागरिक पार्टीले गर्न सक्दैन।
    ४ सार्वजनिक र कोही ब्यक्तिको सम्पती माथि जबर्जस्ती कब्जा नागरिक पार्टीले गर्न सक्दैन।
    ५ गरीब किसानले फलाएको धान कोही नागरिक पार्टीले लुट्न सक्दैन।
    छ ज्युंदै मानीस लाई बस भित्र थुनेर कोही नागरिक पार्टीले आगो लगाइ आम हत्या गर्न सक्दैन।
    - आफ्नो आलोचना गरेको भरमा उमा सिंह जस्ता पत्रकारको हत्या नागरिक पार्टीले गर्न सक्दैन।
    - कुनै नागरिक पार्टीले ‘सत्ता कब्जा’ भन्ने शब्द प्रयोग गर्नै सक्दैन।
    -कुनै नागरिक पार्टीले आफ्नो पार्टीमा नछिरे ज्यान मर्ने धम्की दिनै सक्दैन।
    - कुनै नागरिक पार्टीले चन्दा आतंक मचचाउन सक्दैन।
    - कुनै नागरिक पार्टीमा वाइसिएल जस्तो ज्यानमारा संगठन हुँदैन।

    अझ अरु कती छन कती छन यस्ता उदाहर्ण दधी जि, के तपाईं अझै माओवादीलाई नागरिक पार्टी भन्न सक्नुहुन्छ? तपाईं एकपटक माओवादीको अलोचन गरेर लेख लेख्नुस् अनी तपाईंको मोबाईलमा ज्यान मार्ने धम्की आउन सुरु भाईहाल्छ र् तपाईंले पनि बुझ्नु हुन्छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Shahit Sharma Reply:

    100% with you Nava ji

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    nava kranti Reply:

    thank you sahit g. saacho kura kunai pani maobadika lathait harulai man pardaina hernu na.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेकाली Reply:

    यी सबै कर्तुत गर्न उक्साउने कुन कुन पार्टी हुन् नि नव जी ? देशको अनौ कस्ले समातेका थिए त्यतिबेला ? एकहोरो खोइरो खन्न सुहाउदैन ल तपाईं सर्वसाधारण नागरिक हुनुहुन्छ भने । पार्टीको झोला बोकुवा हो भने ठिकै हो हरेक घटना परिघटना जता मोडे पनि हुन्छ । ददी जीले अहिलेको सवेदनशिल अवस्थालाई नियालेर लेखे जस्तो लगेको छ । अनौठो परिपाती छ नेपालमा, सरकार र ढिकुटीको चाबी हुनेले प्रतिपक्षी संग शर्त राख्छन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    nava kranti Reply:

    ye! yo sab garna arule uksaaera po gareko lekali g? prachanda ra baaburamko dimaag le hoina raicha. sachchaa naaagarik bhaeko hunale nai maobad ra usko atank ko khilaaf ma chu. jo yasko samarthan garera hincha tyo chai pakkai jhola bokuwa ho.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Narayan sharma magragadi 5 bardiya

    Wa navaji kya congres ra uml lai ta dudh le nuhaidinu bho hagi yehata dadhi jile ta pahilo harafmai mao.lai nagarik parti bhayena bhani saknu bha6 uhaleta mao nagrik parti bhayena la thik6 tara yemale ra n.c. Kasari nagarik parti huna sak6n nagrik parti huna k garnu par6 bhanera darho tarka dinu bha6 k ti tarkako khandan garera matra uml ra n.c.lai dudhle nuhaidine kam garnu hola arko kura maoko kina utpati bho yo desma bhanera kahilei b4 garnu bha6 yinai uml ra n.c.ko chartikalale garda tapaile mathi diyeka point ka babjutpani jantale maolai thulo parti banayeka hun aaja yeti huda hudai pani tapai n.c.ra umlko dhoti nai sughnus tapai haru jasta vijilantele nai yo deslai yogati ma puryau

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Shahit Sharma Reply:

    Narayan ji kati mito bhasa use garnu bhayako ho ahaa sunam sunam lagyo ni ta do you know Vijilantle men?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    nava kranti Reply:

    maile maathi lekheko kartoot haru nc ra uml le gareka chhainan. tyaskaaran ma spasta ra daro sanga bhanchu nc ra uml naagarik party hun. tyati matra nabhai maobadi bahek raprapaa, forum, nemakipa, aru sab party naagarik party hun. kinaki yinle maobadi jasto janatako hatya gardainan. maobadilai usko kartoot baata chokhyaauna saya wota dadhi g harule kutarka garun mero brahma le swikaar garna sakdaina.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • जगेन्द्र छन्त्याल

    भित्र ढिंडो बाहिर भात,बुझें साहेप तिम्रा बात!भाइ तपाईको लेख पढेर धेरै कुरा बुझें।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • जगेन्द्र छन्त्याल

    नेपालका राजनीतिक दलहरु दल नभै कसैका दलालहरु हुन् भन्ने बुझें भाइ!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • BishnuHari

    Malai chai bahat chitta bujhyo la…..
    Yo lekh ko feelings bujhne kosis garau ta sathiharu…. Yo lekhle mawobadilai ramro bhaneko chhaina sathiharu… baru ti bharsta neta haruko parlilaai matra gali gareko chha…. yek patak pheri dohoryayera padanus ta

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree