सरकारका शर्तपछि माओवादीका झन कडा शर्त

माओवादीले आम हडताल फिर्ता लिएपछि अब संबिधान बनाउनतिर दलाहरु लाग्लान भन्ने आसा तुहिएको छ । राजनितिक अवस्था सहज हुनुपर्नेमा त्यसपछि झन जटिल बन्दै गएको छ । माओवादीले आम हडताल फिर्ता लिए माधव नेपालले प्रधानमन्त्रीबाट राजिनामा दिने र सर्वदलिय राष्ट्रिय सरकार बन्ने आशा र विश्वास धेरैले गरेका थिए ।

तर नेकपा (एमाले) र नेपाली कांग्रेसले माओवादीका अगाडि नयाँ शर्तहरु राखेपछि माओवादी झस्कियो । उसले माओवादीलाई साँच्चै राजनितिक रुपमा हरेक शर्तमा कांग्रेस र एमालेले झुकाउन खोजेको बुझेर उपनि नयाँ शर्त सहित अगाडि आएको छ ।  अहिलेसम्म कांग्रेस र एमालेले माओवादी समक्ष शर्ता राख्दै आएकोमा हिजो देखि माओवादीले कांग्रेस र एमालेका अगाडि नयाँ शर्त तेर्स्याएको छ । यि दुबै पक्षका नयाँ नयाँ शर्तले गर्दा राजनितिक अवस्था झन जटिल बन्दै गएको छ ।

माओवादीले आम हडताल गर्दा बरु दलहरुबिच छलफल र बहस भैरहेका थिए सहमतीका लागि । जब माओवादीले आम हडताल फिर्ता लियो त्यो बेला देखि झन प्रमुख दलहरुबिच संवाद समेत हुन सकेको छैन। दुबै पक्ष एक अर्कामाथि आरोप लगाउने र नयाँ नयाँ शर्त राख्नमै ब्यस्त छन् ।

कांग्रेस र एमालेले माओवादी समक्ष शर्त राखे- १२ बुँदे संझौता अक्षरस पालना हुनु पर्ने । जनयुद्द कालमा खोसिका घर जग्गा सबै फिर्त हुनु पर्ने  । माओवादीको अर्ध सैन्य दस्ता का रुपमा रहेको वाईसियल बिघटन हुनु पर्ने । सेना समायोजनको कहिले कति संख्यामा हुने हो स्पष्ठ समय सिमा तोकिनु पर्ने । संबिधान बन्ने समय सहितको बच्न बद्दता र सुनिश्चित हुनुपर्ने । माओवादीले आम हडताल फिर्ता लिए यो सरकारले राजिनामा दिने बताउँदै आएका कांग्रेस र एमालेले  यस्ता शर्त राखेपछि माओवादी झस्कियो । उसले माओवादीलाई राजनितिक रुपमा झुकाउने, नयाँ संबिधान नबनाउने र शान्ति संझौता भंग गर्ने कांग्रेस र एमालेको चालका रुपमा बुझ्यो । अनि माओवादीलेपनि हिजोदेखि कांग्रेस एमाले र सरकार समक्ष नयाँ शर्तहरु अगाडि सारेको छ ।

हिजो माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य ‘किरण’ ले अब माओवादीका सबै जनसेनालाई सुरक्षा निकायमा समायोजन गर्नुपर्ने शर्त राखे । एमालेले वाईसियल भंग गरुपर्ने शर्त माओवादी समक्ष राखेझैं बैद्यलेपनि एमालेले युथ फोर्स भंग गर्नुपर्ने शर्त थपे । बैद्यका यि शर्तले दुई कम्युनिष्ट भनिएका पार्टीहरुबिच थप टकराव देखिने संकेत पनि गरेको छ । अब माओवादीपनि आफ्ना शर्तहरुमा कडारुपमा प्रस्त्तुत हुने छनक यसले देखाएको छ । माओवादीले अहिलेसम्म कडा रुपमा न उठाएको द्वन्दकालमा बेपत्ता भएकाहरुको खोजीलाईपनि शर्तका रुपमा अगाडि सारेको छ । बैद्यले द्वन्दकालमा बेपत्ताहरुको खोजि गर्न राज्यले शक्तिशाली आयोग गठन र द्वन्दपिडितहरुलाइ क्षतीपूर्ती दिनुपर्ने शर्तपनि राखेका छन् ।

बहुमतीय प्रणाली खारेज गरेर सहमतीय प्रणालीमा जानुपर्ने र त्यसैगरि संबिधान संशोधन गर्नुपर्ने  शर्तसँगै माओवादीले माधव नेपालले राजिनामा नदिएसम्म संबिधान सभाको म्याद नथप्ने र यो सरकारसित संवादसमेत नगर्ने अर्को कडा शर्तसमेत तेर्स्याएको छ ।

  • shreeram paudel

    अब यी नेताहरुले देश लाई शान्ति,समृद्ध नेपाल होइन युद्ध थलो बनाउन खोज्दै छन् हे भगवान यी भ्रस्ट नेता लै सदबुध्दी देउ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Lil Tamu

    यो माओबादी हरु लाई जिउदै खाल्डो मा हाल्नु पर्छा आतंकारी हरु लाई जति सभ्य तरिका ले ब्यबहार गरे पनि नहुने. जंगली हरु लाई. जहिले पनि निहु मात्र खोज्छा, सम्भिधन बनाउने तिर ध्यान छैन खाली सत्ता मात्र चाहिन्छा भान्छा आफु लाई नत्र कुनै कुरा मा सहमति हुदैन भान्छा.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Shahit Sharma

    यी नेता हरु ले देश लाई सक्नी भए अब सबै युवा हरु आफ्नो आफ्नो ठाउँ बाट उठेर नेता बहिस्कार गर्न पर्यो हे चोर हो नया पुस्ता लाई देश चलाउन देउ अब तिमि हरु को गाला मा चाउरी परि सक्यो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree