पती पत्नीनै एक आपसमा झुठो बोलिरहेका त छैनन् ?
-राजेन्द्र लाल
भनिन्छ यदि श्रीमान तथा श्रीमतिको सम्वन्ध एक आपसमा विश्वास र सत्यमा आधारित छ भने त्यो सम्वन्ध धेरै मजवुत तथा दिर्घकालिन हुन्छ र कसैलेपनि त्यसको जगलाई हल्लाउन सक्दैन । तर हालै भएको र्सर्वेक्षणवाट महिलाको तुलनामा पुरुषले वढी झूठो वोल्छन् भन्ने तथ्य र्सार्वजनिक भएको छ । अध्ययनका अनुसार सामान्यता एक दिनमा महिलाले दुई चोटी र पुरुषले महिला भन्दा तीन गुणा वढी अर्थात छ देखि सात पटकसम्म झूठो वोल्छन् ।
करीव ३००० महिला तथा पुरुषसँग गरिएको र्सर्वेक्षणमा उक्त तथ्यहरु खुल्न आएको छ । बेलायत बाट प्रकाशित द टेलिग्राफ दैनिकमा हालै प्रकाशित उक्त प्रतिवेदन अनुसार, सामान्यता एक वर्षमा महिलाले ७२८ पटक र पुरुषले करीव १,०७८ पटक सम्म झूठो वोल्छन् । प्रतिवेदन अनुसार सामान्य महिलाको तुलनामा पुरुषलाई झुठो वोलेकोमा अपराध वोधको संभावना पनि कम हुन्छ ।
उक्त अध्ययन अनुसार, ८२ प्रतिशत महिला झुठो वोले पछि उसको आत्माले उसलाई धिक्कारेको हुन्छ, जवकि पुरुष तर्फ यो ७० प्रतिशतमा मात्र लागु हुन्छ । धेरैजसो पुरुष आफ्नो धुम्रपान वा मधपानको आनी वानी तथा प्रेम प्रसंगलाई लुकाउन झूठो वोल्छन् भने महिलाले कहिलेकाहिँ प्रेम प्रसंग लुकाउन र आफूले गरेको सवै ठीकै छ, कुनै गडवड भएको छैन भन्दै झूठो वोल्छन् ।
झुठो वोल्नु एउटा यस्तो मानविय स्वभाव हो जसवाट आफूलाई जोगाउनु उतिनै कठीन छ । तर पनि यो सामाजिक वोलचालको अतिनै महत्वपूर्ण हिस्सा हो । हालसम्म झूठ वोल्नुमा हाम्रो वंशानुगत गुण वा मानव विकासक्रम वा पालन पोषणको देन हो भने पत्ता लगाउन वैज्ञानिकहरु लागिपरेका छन् । आशा गरौं यसवाट पनि भविष्यमा पर्दा हट्ने नै छ । मेरो विचारमा हामी सकेसम्म झूठो नै नवोलौ । जान अन्जानमा यदि झूठो वोली हाले पनि आफनो गल्ती स्वीकार गरेर क्षमा माग्न सिकौं । शायद त्यही नै नयाँ शुरुवात हुनेछ ।
-महिलासँग संबन्धित तलका रिपोर्ट पनि हेर्नुस-
कस्तो छ नेपालमा महिलाको स्थिति
पोषण, खाद्यान्न उपभोग, मातृ शिशु स्वास्थ्य र नेपाल
प्रेमपत्र लेख्ने डरले छोरीलाई स्कूलै नपठाउने ?


दुबैले ढाँट्ने रहेछन् त राजेन्द्राजी, कस्तो चाख लाग्दो रिपोर्ट ।
मन परो वा परेन:
1
0
[Reply]
Haha jhut ta jo pani bolcha hola tara teslai mahasus garna sakna parcha jasto laucah
मन परो वा परेन:
1
0
[Reply]
chaakhlaagdo cha Rajendraji
dhanayabaad
मन परो वा परेन:
1
0
[Reply]
This is right sir, but in our country’s women are same. Educated person are also dominated to women and educate women relize that. This is gradually changing.
मन परो वा परेन:
1
0
[Reply]
यो सत्य कुरा सबैले थाहा पाउनु पर्छ तर सत्यकुरा हाम्रो नेपाली समाजमा पच्चे अबस्थामा छैन त्यसैले पनि ७नतसीमा र ७तिसीमतिले अएकअर्कालाई ढााट्न७३ण्घढस पर्छ ,नत्र घरबार रहंदैन ।
मन परो वा परेन:
1
0
[Reply]