सैनिक ब्यारेकबाट घोषणा गर्न खोजेको नयाँ संबिधान ?

बिरालोलाई खास्टोले बेरेर सधैं लुकाएर राख्न सकिन्न । एक न एक दिन उसले म्याउ गरिहाल्छ अनि वास्तविकता पर्दाफास हुन्छ भन्ने भनाई निकै प्रचलित छ नेपाली समाजमा । हाम्रा प्रधानमन्त्री माधवकुमार नेपाल त्यस्तै बिरालो रहेछन् । अहिलेसम्म उनलाई खास्टोले छोपेर राखिएको रहेछ । अहिले आएर उनले म्याउ गरे, थाह भैहाल्यो त्यो संबिधान सभा बिरोधी, गणतन्त्र बिरोधी, जनमत बिरोधी, लोकतन्त्र बिरोधी, प्रजातन्त्रका बैरी बिरालो रहेछ भनेर । अचम्म ! खास्टोपनि उनले म्याउअ ……. गर्दै आफैंले खोलेर आफु संबिधान सभा बिरोधी भएको घोषणा गरेका हुन् ।

संबिधान सभाको म्याद सकिन हप्ता दिनपनि बाँकि नरहँदा सायद उनको पेट पोलेछ, मन पाकेछ क्यारे ! उनले आफु कहिल्यैपनि संबिधान सभाका पक्षमा नरहेको भनाई सार्वजनिक गरे । त्यो वास्तबिकता उनले नर्वेका वातावरण तथा अन्तर्राष्ट्रिय विकासमन्त्री एरिक सोल्हेमसँग हतारमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भेट गर्नासाथ बाहिर निस्किएर पत्रकारहरुसित खोलेका हुन् ।

उनले नेपाली पत्रकारहरुलाई बिना कुनै संकोच, डर र कठिनाई नमानी संबिधान सभा माओवादीको एजेन्डा भएको र उनीहरुलाई चित्त बुझाउनको लागि मात्रै आफुले संबिधान सभा स्विकार गरेको बताए । आफु यस अघि कहिल्यैपनि संबिधान सभाका पक्षमा नरहेकोपनि खुलासा गरे । उनले पत्रकारहरुलाई संबिधान सभा बाहेक अन्य उपायबाटपनि संबिधान सभा बनाउन सकिन्छ भन्ने पक्षमा आफु रहेको स्पष्ठै बताए । माओवादीलाई खुशि पार्दा देश राम्रो हुन्छ भनेर आफुले संबिधान सभा स्विकार गरेको बताएर पत्रकारहरुलाई चकित पारे ।

सरकार, नेपाली कांग्रेस र एमालेले यस अघि संबिधान सभाका बिरुद्द माओवादी रहेको आरोप लगाउँदै आएका थिए । माओवादीले भने सरकारले संबिधान सभा बिघटन गरेर राष्ट्रपतीय शासन वा सैन्य शासन लगाउन चाहेको आरोप लगाउँदै आएको थियो । संबिधान सभा घोषणा हुँदा नेकपा एमालेको महासचिव पदमा थिए प्रधानमन्त्री नेपाल । संबिधान सभा बचाउने, प्रतिपक्षलाई बिश्वासमा लिने र संबिधान बनाउने मुख्य जिम्मेवारीनै राष्ट्रको कार्यकारी प्रमुखका हिसाबले प्रधानमन्त्रीको हो । तर उनी स्वयं संबिधान सभा बिरोधी रहेछन् । उनको भनाईले संबिधान सभा बिघटन गर्ने, संबिधान बनाउन नचाहने एमाले र कांग्रेस हुन्, बर्तमान सरकार हो भन्ने माओवादीको भनाई सहि हो भन्ने तर्कलाई बल मिल्छ ।

संबिधान मस्यौदा समितिको प्रमुख समेत थिए माधव नेपाल । प्रधानमन्त्री नियुक्त हुने अवस्था भएपछि उनले त्यसबाट राजिनामा दिएका हुन् । संबिधान सभा बिरोधी ब्यक्तिनै संबिधान मस्यौदा समितिका संयोजक ! कतो बिडम्बना, जो संबिधान सभाकै बिरुद्दमा छ उसैलाई हाम्रा दलहरुले संबिधान बनाउने जिम्मेवारी दिने ।

संबिधान सभा बाहेक अर्को उपायबाट पनि संबिधान बनाउन सकिन्छ भन्नुको उनको तर्क के हो ? संबिधान त नेपालमा राणा शासनका बेला देखिनै बन्दै आएको छ । पञ्चायती सरकारले बनाएकै थियो । २०४७ सालमापनि बनेकै हो । देशमा सैनिक शासन भएपनि संबिधान बन्छ । राष्ट्रपतीय शासन लागू गरेपनि संबिधान बनाइएला । तर के जनताले चाहेको जस्तो संबिधान थिए ति ? संबिधान सभा बिना जनताले चाहेको लोकतान्त्रिक, गणतान्त्रिक, प्रजातान्त्रिक मूल्य मान्यता, प्रेस स्वतन्त्रता र मानव अधिकारलाई आदर र सम्मान गरिने विश्वब्यापी प्राजातान्त्रिक मान्यताको संबिधान बन्छ ? प्रधानमन्त्रीले बनाउन चाहेको संबिधान कस्तो हो ? कुन वर्गको प्रिष्ठ पोषण गर्ने संबिधान हो ? उनको भनाईले त अब उनी सैनिक ब्यारेक भित्रबाट पो जनताको नाममा संबिधान बनाउने छनक देखियो ।

प्रधानमन्त्री माधव नेपालले चाहेको संबिधान के सैनिक ब्यारेक भित्र बन्दोकका कुन्दाले त लेखिँदै छैन ? बिदेशी दुतावासका अँध्यारा कोठामा  नेपालको राष्ट्रिय अखण्डता समाप्त गर्ने, राष्ट्रियतामाथि बुट बजार्ने, बिदेशी ईशारामा देश चलाउन स्विकार गरिएको संबिधान त बन्दै छैन ? ज्ञानेन्द्रलाई दाम हालेर पाउमै ढोगेका माधव नेपाल कतै राजतन्त्रकै पाउमा पर्ने खालको संबिधान बनाउँदै त छैनन् ?

अब एउटा कुरा के स्पष्ठ भएको छ भने, प्रधानमन्त्री शुरुदेखिनै संबिधान बनाउने पक्षमा रहेनछन् । जनताले यत्रो त्याग र तपस्याबाट ल्याएको प्रजातान्त्रिक हक र अधिकारकै बिपक्षमा रहेछन् । संबिधान सभालाई असफल बनाउन उनी भित्र भित्रै पहिलेदेखिनै लागिपरेका रहेछन् । उनको भनाईले सिंगो एमाले पार्टी र सरकार सञ्चालक दलहरुमाथि पनि शंका उब्जिन्छ, के सिंगै एमाले प्रधानमन्त्री नेपालको भनाईसित सहमत हो ? नेपाली कांग्रेस र अन्य सरकार सञ्चालक दलहरुको उद्येश्यपनि त्यहि हो ? होइन भने उनलाई  तुरुन्त कारवाहि गरेर प्रधानमन्त्री पदबाट खसाल्नुपर्छ । जनता समक्ष स्पष्ठ पारिनुपर्छ । होइन भने संबिधान सभा भंगको जिम्मेवारी र संबिधान नबन्ने दोषको बोरा एमाले, नेपाली कांग्रेस र अहिलेको सिंगो सरकारले बोक्नुपर्छ ।

  • शमशेर जिसी/बैतडी

    यो हरुवा त बिदेशीको सेनाको मान्छेको रैछा
    यसले त खतमै पार्ने भयो देशलाई

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shreya pradhan

    माकुने लाइ तेति गालि गर्नु पर्दैन; कोहि गतिला छैनन; माकुने ले हिम्मत गरेर भने, अरु ले ब्यबहार बाट गरे;
    छट्टु ठग पर्चण्ड ले कुन कुन बेला के के भने भन्ने कुरा को लेखो गर्ने हो भने मानिस पागल हुन्छ;
    जे भये पनि आखै ले देखेको हो तर हामि अन्धो बहिरो र लाटो भयेपछि के गर्नि!

    सर्वाहारा मैला धैला को नेता नेपाल को सबै भन्दा सुकिलो लगाउने, सबै भन्दा महन्गो गाडि चढ्ने, सबै भन्दा महन्गो होटेल मा मोज मस्ति गर्दै हिड्ने, कतै जानु परे हेलिकप्टर भन्दा घटि सवारि नगर्ने, सधै बिदेशि टाइ सुट र गहना ले सुसज्जित, अघि पछि पचासौ रक्ष्यक लियेका, घर पचासौ नोकर चाकर, सुसारे, ढोके पाले ले भरि भराउ भयेका सामन्ति का पनि सामन्ति, राजा का पनि महाराजा छट्टु बाहुन छविलाल नाम भयेका लाइ प्रधान मन्त्रि को जागिर खान मन लाग्यो, क्रान्ति गरे, लाखौ जनता मार्छु भन्दै हिडे र अहिले अन्त्य मा सबै तिर बाट हारेर गलेर असफ़ल भयेर माकुने को चाकडि, भारत को गुलामि खुशामद आदी गर्दै हिडेका छन; यस्ता निक्रिस्ट निर्लज्ज लाइ मुन्टो भुमि मा टेकाइ सिस्नु पानि लगाउनु पर्ने हो

    यस्ता निक्रिस्ट जनावर को प्र म माधव कुमार सग तुलना हुदैन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    prem kdk Reply:

    owahiyat comment nalekhda ramro hola sir.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    simran Reply:

    tapin po janawar jasto dekhinu vayo ta ba……..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Dinesh Swabhiman Reply:

    Shreya Pradhan Jasto Ghinaune manche laai ke jawaph pharkaune?? Hilo ma dhunga handa aaphailaai chitta bhane jasto!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prem (London)

    Shreya pradhan, kun duniya ma chhau? timi ta pakka makune ko haptawari line parechayu. Yad gar timi jasta dalal haru le garda nai desh ko yo halat bhayeko ho. Timi haru jasta ko halat ke hunchha bhanne kehi samaya parkhanu parla. Jyada kukur le jsato nabhukda nai ramro hola. la.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Shahit Sharma Reply:

    tapai pakkha London bata ho ra ? Sida Parchanda saga traning gareko ho kaya ho ??hahahahhaha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    simran Reply:

    tapain ta jhan makune ko sari dhune dobi baera base jasto chha . usaeko nun pani khanele jasto kura garne…..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Sahit Reply:

    Haha yesto kura ma kehi apati lagdina malai tapai haru bolne nahi yasatai ho ni ta Jaya parchada ji ka…………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0


  • Yo makune desh darohi ho, yasko choch hererai thaaha hun6, yasale desh, bidesh bata lot paisa kamaye6, jasto sukai hos desh, yeslai thaha 6 ki aba yesto paisa kamaune chance mildain pheri. yaslaai pahila pani maile sallaha diyeko ho ki taile baru randi khana khol ani lot paisa kama kasaiko gali pani khanu pardain.tehi gar hai mula tapare .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • makune pidit

    प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट जाने बेलामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै आफू संविधानसभाको पक्षमै नरहेको र माओवादीलाई खुशी पार्नका लागि मात्रै संविधानसभाको पक्षमा लागेको अभिव्यक्ति दिएका छन् । उनले संविधानसभाबाहेक अर्कै तरिकाले पनि नयाँ संविधान बनाउन सकिन्छ भन्ने समेत बताएका छन् । प्रधानमन्त्री नेपालको यो भनाइले अन्तरिम संविधान र व्यवस्थापिका संसद एवं सिंगो संविधानसभाको ठाडो बर्खिलाप गरेको छ । यस्ता संविधानविरोधी एवं संविधानसभाविरोधी प्रधानमन्त्रीलाई संसदले तुरुन्त बर्खास्त गर्न सकेन भने नेपालको संसदीय इतिहासमा यो एउटा घीनदाग्दो धब्बाका रुपमा रहिरहने छ ।

    संविधानसभा/व्यवस्थापिकाको बहुमतबाट निर्वाचित प्रधानमन्त्री माधव नेपालले आफू संविधानसभाको पक्षमा नरहेको बताउनु भनेको संविधानसभाको मानहानी गर्नु हो । संसदीय व्यवस्थामा प्रधानमन्त्री जहिले पनि संसदप्रति उत्तरदायी हुनुपर्दछ । यदि उसले संसदको मानहानी र मानमर्दन गर्छ भने त्यस्तो प्रधानमन्त्रीलाई संविधानसभामा उभ्याएर स्पष्टीकरण सोधिनुपर्दछ र आवश्यक परे अविश्वासको तत्काल अविश्वासको प्रस्ताव ल्याई हटाउनुपर्ने हुन्छ । के हाम्रा सभासदहरुले यस्तो संसदीय मूल्यको रक्षा एवं संसदको स्वाभिमान रक्षाका लागि माधव नेपाललाई संविधानसभामा उभ्याउलान् ? के एमाले समर्थित सभासद सुभास नेम्वाङ्गले प्रधानमन्त्रीलाई स्पष्टीकरण माग्लान् ? यो चाँहि हेर्न बाँकी नै छ ।

    प्रधानमन्त्री नेपाल आफैले भनेको, उनी यसअघि संविधानसभाको पक्षमा थिएनन् रे । विगतमा उनी के-के पक्षमा थिए ? यो कुरा त उनले ज्ञानेन्द्रलाई दाम राखेर ढोगेको फोटोले नै स्पष्ट पारेकै छ । हो, विगतमा उनी संविधानसभाको पक्षमा थिएनन् । उनी गणतन्त्रको पक्षमा पनि थिएनन् । संघीयता र धर्म निरपेक्षताको पक्षमा पनि थिएनन् । उनी राजालाई दाम राखेर ढोग्ने अनि बिन्तीपत्र हालेर प्रधानमन्त्रीमा मनोनित हुन पाए पनि हुन्थ्यो भन्ने लोभी र लालची विचारमा मात्रै सीमित थिए । यस्ता गणतन्त्रविरोधी, संघीयता विरोधी, धर्म निरपेक्षताविरोधी तथा संविधानसभा विरोधी माधव नेपाललाई यही कारणले जनताले दुई-दुई ठाउँबाट चुनावमा हराएका पनि थिए । तर, जनताले हराएका मान्छे अहिले प्रधानमन्त्री बनेका छन् । यसबाट उनले जनता र लोकतन्त्रको अपमान त गरेकै थिए, अब संविधानसभाकोसमेत ठाडै अपमान गरेर जनप्रतिनिधिमूलक संस्थाकोसमेत धज्जी उडाएका छन् । उनले जनताले संविधान बनाउन पाउन् भनेर संविधानसभाको पक्ष लिएकै होइन रहेछन्, उनको इच्छा र चिन्तन त अझै पनि राजाको गोडामा दाम राख्ने भन्दा मास्तिर उठेकै रहेन छ । यस्तो संविधानसभा विरोधी व्यक्तिले कसरी संविधानसभामार्फत् नयाँ संविधान बनाउला भनेर विश्वास गर्ने ? त्यसर्थ संविधानसभाले अविश्वास प्रस्तावमार्फत् तुरुन्त माधव नेपाललाई पदच्युत गरोस् र उनको सभासद् पदसमेत रद्द गरोस् ।

    प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट जाने बेलामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै आफू संविधानसभाको पक्षमै नरहेको र माओवादीलाई खुशी पार्नका लागि मात्रै संविधानसभाको पक्षमा लागेको अभिव्यक्ति दिएका छन् । उनले संविधानसभाबाहेक अर्कै तरिकाले पनि नयाँ संविधान बनाउन सकिन्छ भन्ने समेत बताएका छन् । प्रधानमन्त्री नेपालको यो भनाइले अन्तरिम संविधान र व्यवस्थापिका संसद एवं सिंगो संविधानसभाको ठाडो बर्खिलाप गरेको छ । यस्ता संविधानविरोधी एवं संविधानसभाविरोधी प्रधानमन्त्रीलाई संसदले तुरुन्त बर्खास्त गर्न सकेन भने नेपालको संसदीय इतिहासमा यो एउटा घीनदाग्दो धब्बाका रुपमा रहिरहने छ ।

    संविधानसभा/व्यवस्थापिकाको बहुमतबाट निर्वाचित प्रधानमन्त्री माधव नेपालले आफू संविधानसभाको पक्षमा नरहेको बताउनु भनेको संविधानसभाको मानहानी गर्नु हो । संसदीय व्यवस्थामा प्रधानमन्त्री जहिले पनि संसदप्रति उत्तरदायी हुनुपर्दछ । यदि उसले संसदको मानहानी र मानमर्दन गर्छ भने त्यस्तो प्रधानमन्त्रीलाई संविधानसभामा उभ्याएर स्पष्टीकरण सोधिनुपर्दछ र आवश्यक परे अविश्वासको तत्काल अविश्वासको प्रस्ताव ल्याई हटाउनुपर्ने हुन्छ । के हाम्रा सभासदहरुले यस्तो संसदीय मूल्यको रक्षा एवं संसदको स्वाभिमान रक्षाका लागि माधव नेपाललाई संविधानसभामा उभ्याउलान् ? के एमाले समर्थित सभासद सुभास नेम्वाङ्गले प्रधानमन्त्रीलाई स्पष्टीकरण माग्लान् ? यो चाँहि हेर्न बाँकी नै छ ।

    प्रधानमन्त्री नेपाल आफैले भनेको, उनी यसअघि संविधानसभाको पक्षमा थिएनन् रे । विगतमा उनी के-के पक्षमा थिए ? यो कुरा त उनले ज्ञानेन्द्रलाई दाम राखेर ढोगेको फोटोले नै स्पष्ट पारेकै छ । हो, विगतमा उनी संविधानसभाको पक्षमा थिएनन् । उनी गणतन्त्रको पक्षमा पनि थिएनन् । संघीयता र धर्म निरपेक्षताको पक्षमा पनि थिएनन् । उनी राजालाई दाम राखेर ढोग्ने अनि बिन्तीपत्र हालेर प्रधानमन्त्रीमा मनोनित हुन पाए पनि हुन्थ्यो भन्ने लोभी र लालची विचारमा मात्रै सीमित थिए । यस्ता गणतन्त्रविरोधी, संघीयता विरोधी, धर्म निरपेक्षताविरोधी तथा संविधानसभा विरोधी माधव नेपाललाई यही कारणले जनताले दुई-दुई ठाउँबाट चुनावमा हराएका पनि थिए । तर, जनताले हराएका मान्छे अहिले प्रधानमन्त्री बनेका छन् । यसबाट उनले जनता र लोकतन्त्रको अपमान त गरेकै थिए, अब संविधानसभाकोसमेत ठाडै अपमान गरेर जनप्रतिनिधिमूलक संस्थाकोसमेत धज्जी उडाएका छन् । उनले जनताले संविधान बनाउन पाउन् भनेर संविधानसभाको पक्ष लिएकै होइन रहेछन्, उनको इच्छा र चिन्तन त अझै पनि राजाको गोडामा दाम राख्ने भन्दा मास्तिर उठेकै रहेन छ । यस्तो संविधानसभा विरोधी व्यक्तिले कसरी संविधानसभामार्फत् नयाँ संविधान बनाउला भनेर विश्वास गर्ने ? त्यसर्थ संविधानसभाले अविश्वास प्रस्तावमार्फत् तुरुन्त माधव नेपाललाई पदच्युत गरोस् र उनको सभासद् पदसमेत रद्द गरोस् ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • mohan ranabhat

    yo makune chor rastra ghati bharat ko dalal nepal chod, ajhai kati nepali janata ko blood chuschas ? Yaslaaii maaile bhete bhane pani due choti gala ma hanthiya . Yaslaaii kati gali garnu gali pani sakiyo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rai

    CPN (UML) Madahv Kumar Nepal, Vidya Bhandari , Bhim Rawat Murdabad.Rajinama de.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Nikhil Reply:

    Bharatiya dalal Prachande ka gulam haru le yeuta kura clear bujhnu parcha ki Maobadi le Nepal ma shanti huna didaina kina ki tesle Bharat ko Nun khayeko cha……………………Nikhil

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    simran Reply:

    tapin le kaha bata lyeko nun khanu vako chha? ki tapain jogi ho nunae nakhane?
    tapain le ho kura bujhnu parne . abo tapain haru jasta ko din astitoko sankat ma chha …….. yo bujhirakhnus….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Shahit Sharma Reply:

    hey men ali badi khoke jasto lageko chaina ??

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

  • Balaram Thapa

    साँच्चिकै संविधानसभाको आमा एनेकपा माओवादी नै हो, दिल्लीका मालिकले भुँडी बोकेर जन्माउने । त्यसैले माकुनेलाई त्यस बच्चाको के माया ? आफ़ैले भुँडी बोकेर जन्माएको भ​ए पो माया लाग्नु !

    हो कांग्रेस​, एमाले र मधेशवादी पार्टीहरु भारतका खाँट्टी र खुला दलाल हुन्, माओवादी चाहिं गोप्य र क्रान्तिकारी दलाल । खुला दलालले मालिकको खुला सेवा गर्छ​, गोप्य दलालले बाहिर बाहिर गाली गरेरै मालिकको सेवा गर्छ । जो चोर उसकै ठूलो स्वर भन्ने उखान त्यसै बनेको होइन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • MARHATTA

    Janata Ko lagi Pahile Yuddha Gari Sakeko. Jestha Mahina Pacchi Janatale Adhikar Napaye Yuddha SURE.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Dadi Dai, Pleae recorrect your newsline… the concerned person is no more Madhavkumar Nepal, he has become Madhav Kumar India! And you know how he came into power after the assination of Madan Bhandari! No ownder he is in the line of AK47 (akhiri 2047 sambidhan) which was well praised by KP Oli, who would have been nothing but a UML crony under mighty leader like Madan Bhandari. Now MAKUNE is nothing buta puppet managed by some Congress gang and Oli who oils Vidhya to make her do what he wants in government. So MAKUI is just a helpless eunuch, nothing more!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Simran is Right!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • simran

    पूर्व राजा ज्ञानेन्द्रलाई दाम राखेर ढोग्नु, “अब प्रधानमन्त्रि हुने पालो मेरो सरकार” भनि दरबारमा बिन्ति पत्र चढाउनु र अहिले “म संविधान सभाको पक्षमा भएको मान्छे नै हैन” भनि बक्तब्य दिनुले मा कु ने भारतिय दलाल मात्र नभएर कम्युनिष्टको खोल ओढेको राजाबादी ब्वाँसो पनि रहेछ भन्ने प्रमाणित भएको छ । र कठपुतलीहरुले बल्ल आफ्नो वास्तबिक अनुहार देखाउन शुरु गरेका छन् ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dinesh Swabhiman

    भारतले २००७ देखि हस्तक्षेप गर्दैआए पनि अहिले भने घाँटी नै निचुरिदिएको छ। ‘माधव नेपाल जानी जानी बिकेका छन्। नेपालमा भारतले नकिनेका नेता कमै छन्।’ माधव नेपालले प्रधानमन्त्रीको पदबाट राजीनामा दिन नमान्दा नेपाली जनताले अहिलेसम्म प्राप्त गरेका उपलब्धी सबै गुम्ने अवस्थामा पुगेको छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • harihar silwal

    mathi ko samachar ra sabai sathi haruko comment padhe khusi lagyo nepali akhiir nepali nai hun jaslai kunai artha bina ani kunai tathya bina bolna paye huncha tara bastabikta k ho ani tesko result k ho kehi tha 6ena……………….

    madhav nepal pm hun nepal ka ra tehi sambidhan sava ka member harule majority le banayaka pm…………..arko kura yadi sachikai madhav nepal galat thiya ani madhav nepal le chaleka sabai kadam galat thiya vane kina anya party le sath chodenan unko………….bharat ko ashirbad le ani k k k vannu vako re cha khusi lagyo hijo ko prachanda pm vanda rakesh sud sanga vetera matra sahamati jutako kura vulnu vayecha…………..ani arko kura loktantrik paripati ma sambidhan sava bahek aru pani bikalpa huncha sambidhan lekhne…………..afno size barabar ko sit diyara samsad ma layera santi purna rajnitima maobadi lai lyauna afno kunai balidan dina baki narakheko yamale ra teska neta hrulai gali thikai ho sati le sarapeko desh ma valo garne ko valo hunna vanthe tyo satya rahecha……………….. ani arko kura rajalai dam rakhera dhogeko kura nepal adhirajyako sambidhan 2047 le nirdhista gareko rastra pramukh ko pad lai dhogeko ho tyo kanun ra sambidhan namanne lai yesto kura tha hunna………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree