सास फेर्ने जिब्रोले पो ?
मानव जातीले जिब्रो केका लागि प्रयोग गर्छ ? खाना चाख्न, स्वाद पत्ता लगाउन र गन्ध जाँच्न । तर खाना चाख्न र गन्ध वा वासना पत्ता लगाउन नभएर एक खाले कछुवाले पानी भित्र सास फेर्न पो प्रयोग गर्ने रहेछ । कमन मस्क टर्टल (common musk turtle) भनिने कछुवाहरुको पानी मुनीको आनीबानी गहिरिएर हेर्दा हालसालै बैज्ञानिकहरुले यो तथ्य पत्ता लगाएका हुन् । धेरै कछुवाहरुको मुखमा एक भाग हुन्छ जसले प्राणवायू (अक्सिजन) लाई वरिपरिको पानीबाट तानेर लिन्छ ।
तर कमन मस्क टर्टल भनिने यि कछुवाहरुले भने जिब्रोबाटै अक्सिजन लिने रहेछन् । “जलचरहरुले पानीमा अक्सिजन लिने अंग कहिँ न कहिँ हुन्छ भन्ने त हामीलाई थाह थियो, हामीले त्यसैको खोजि गर्दा अकस्मात पत्ता लगायौं’ अनुसन्धानमा संलग्न अष्ट्रियाको भियना विश्व बिद्यालयका अनुसन्धानदाता इगोन हाईस ले भने ।
उनीहरुले कसरि पत्ता लगाए त यो ? कछुवाका बच्चाहरुले पानी बाहिर आएर आहारा समातेको अवलोकन गरे । किनभने कछुवाहरुले पाखामा कहिल्यैपनि आहारा नखाने भएकोले तिनले आहारालाई घसार्दै पानीमा लैजान्छन् । त्यो गतिबिधि नियाल्दा तिनले मुख र जिब्रो कसरि चलाउँछन्, कसरि खान्छन् भनेर नजिक बाट बुझ्न सहयोग मिल्यो । उनीहरुले के पनि पत्ता लगाए भने, कमन मस्क टर्टलको सानो र कमजोर हुने रहेछ जिब्रोपनि । त्यो जिब्रोको भाग पापीलाय (papillae) भनिने केहि उठेका साना कोषहरुले ढाकिएको हुने रहेछ । तिनै कोषहरुलेनै यि कछुवालाई अक्सिजन तान्न सहयोग गर्ने रहेछन् । बैज्ञानिकहरुका अनुसार हुनत पापिलाय भनिने कोष मानिसमापनि हुन्छन् । तर हाम्रो पापीलायले भने पूर्ण रुपमा फरक काम गर्छन् । ति स्वाद पत्ता लगाउन प्रयोग हुन्छन् ।


नमस्ते दधिजी! धन्यबाद नया कुराको बारेमा जानकारी पाइयो……………!
मन परो वा परेन:
0
0
[Reply]
नाम्स्तेया म सम्सेर अलि दोहा कतार देखि नेपाल प्लुस बर्य
मन परो वा परेन:
0
0
[Reply]