माहुरी देख्ना साथ हात्तीको भागाभाग ?

           हात्ती संरक्षणमा नौलो आयाम

शरिर भयंकर भएर के गर्नु ? सायद हात्तीका कानमै पनि लाख भन्दा बढि माहुरी जस्ता किरा अटाउलान् । खुट्टाले कुल्चिन पाए लाखौं माहुरीलाइ किचिफाँडी बनाइदिन्छन् । तर सिधा उडेर आए ? प्रथ्वीको सबै भन्दा ठूलो जिव थर्कमान् बन्ने रहेछ । माहुरी उडेर आएको देख्यो कि उसले टाङमुनी पुच्छर लुकाउँदै टाप दिने रहेछ । नाथे माहुरी त त्यत्रो जिवका लागि फाईटर बिमानले आक्रमण गर्न आए जस्तो ।

माहुरीहरु नजिक आएको देखेपछि पत्ता लागाउँछन् भन्ने डरले हात्तीहरुले एक्कासी स्वर मधुर बनाउँछन् । माहुरीले टोकेपछि केहि हात्ती भने मात्तिँदै किसानका अन्नबाली तिरपनि भाग्ने गरेको पाईएको छ ।

यसलाइ सहि रुपले सदुपयोग गर्ने हो भने हात्तीको संरक्षण गर्न सकिन्छ नै, हात्तीले वर्षै पिच्छे गर्ने मानविय तथा भौतिक क्षतीपनि न्युन गर्न सकिने बैज्ञानिकहरुले औंल्याएका छन् । हात्ती र मानिसका बिचको द्वन्द नेपाल, भारत, बंगलादेश लगायत अफ्रिकी मूलुकमा नौलो होइन । एउटै भोको हात्तीले बिघाका बिघाका जग्गाको अन्नबाली खाइदिन सक्छ । एउटै रिसाहा हात्तीले एकै रातमा सयौं घर भत्काइदिएर बिल्लीबाठ पारिदिन सक्छ । पारिरहेको छ । नेपालको तराई क्षेत्रका थुप्रै जिल्लामा हात्तीले वर्षेनी स्थानिय मानिसहरु मार्ने गरेको छ । घर भत्काउँछ र सयौं बिघा जमिनको बालीनाली सत्यानाश बनाउने गरेको छ ।

हात्ती तर्साउन आगोका राँका बनाएर मानिसहरु रातभर बस्ने गर्छन् ।  टिन ठटाएर हात्ती तर्साउने कोसिस गर्दै आएका छन् । कहिलेकाहिँ त बिजुली लगाएर हात्ती मार्नेपनि गर्छन् स्थानिय किसानहरुले । त्यसरि न त सबै खेतीको सुरक्षा गर्न सकिन्छ न त हात्ती नै डराएर सधैं भाग्ने गर्छ ।

अब भने ति सबै झमेला लिनु पर्दैन । त्यस्तो जोखिम उठाउनै पर्दैन । बैज्ञानिकहरुले माहुरीबाट हात्ती लखेट्ने गज्जबको जुक्ति निकालेका छन् । हात्ती आउने बाटोमा खेती भन्दा करिब १० मिटर परै मसिना डोरीहरुमा माहुरीका घार राखिदिने । जब हात्ती बालीनालीमा नपुग्दै त्यो तार वा डोरीमा ठोक्किन्छ अनि डोरी हल्लिन थाल्छ । डोरी हल्लिन थालेपछि माहुरीहरुलाई दख्खल पर्छ र उडेर हात्तीतिर रिसले हानिन्छन् । त्यो देख्नासाथ हात्तीहरु डरले थर्कमान हुँदै मसिनो स्वर निकालेर भाग्न थाल्छन् । माहुरीको अवाज सुन्दापनि बैज्ञानिकहरुले हात्ती भागेको पत्ता लगाएका छन् । यसलाई सजिलै, न्युन खर्चमा प्रयोग गर्न सकिने र यसबाट धनजनको क्षती र हात्ती संरक्षण समेत गर्न सकिने बैज्ञानिकहरुले औंल्याएका छन् ।

केहि बैज्ञानिकहरुका अनुसार माहुरीले टोकाईका कारण हात्तीहरु डराउने गरेका हुन् । माहुरीहरुले कलिलो छालामा टोक्छन् र त्यहिँ खिल छोड्छन् । त्यहि खिलको कारणले गर्दा हात्तीहरुलाई निकै पछि सम्म पिडा भैरहन्छ । त्यसको दुखाईले हात्तीलाई ज्वरोसमेत आउन सक्छ ।

  • Balaram Thapa

    तराईवासीका लागि सार्र्है उपयोगी कुरा ।

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree