एउटै जिवमा दुई वटा लिंग !
एउटै लिंग हुँदा त कति दुख दिन्छन् भालेहरुले पोथीलाई । एउटै लिंगको आवश्यकता पुरा गर्नका लागि त कति बलात्कारका घटना सुनिन्छन् मानव देखि चरा र अन्य जनावरसम्म । झन एउटै जिवमा दुई वटा लिंग भए के हालत होला ? तर फेला परेको छ दुई वटा लिंग भएको जिव । ति दुई वटा लिंगको काम के होला ? कसरि प्रयोग गर्दो हो ? कसरि तह लगाउँदो हो ?
बैज्ञानिकहरुले दुई वटा लिंग भएको गोहोरो (बैज्ञानिकहरुले भने छेपारो वर्गमा राखेका छन्) फेला पारेका छन्। बैज्ञानिकहरुका अनुसार यसका भालेहरुमा मात्रै दुई वटा लिंग हुन्छन् । त्यस्तो लिंगलाई बैज्ञानिकहरु हेमिपेन (hemipenes) भन्ने गर्छन् । यस्तो लिंग केहि सर्प र छेपारामापनि पाइने बैज्ञानिकहरुको भनाई छ ।
दुई वटा लिंगलाई यस्ता जिवले पालै पालो प्रयोग गर्ने रहेछन् । एउटा केहि भयो भने अर्को जगेडा ! कस्तो मस्ती है ? कहिलेकाहिँ चाहिँ बल्छि जस्तो गरेर अड्काउन प्रयोग गर्ने रहेछन् । जसले गर्दा संभोग गर्ने बेला पोथीलाई नियन्त्रणमा राख्न भालेलाई सजिलो हुन्छ ।
पूर्ण रुपमा हुर्किएको मान्छेको उचाई जत्रै लम्बाई भएको दुई वटा लिंग भएको गोहोरो बैज्ञानिकहरुले फिलिपिन्समा फेला पारेका हुन् । भारानुस बितातावा (Varanus bitatawa) नाम राखेका यो गोहोरो फिलिपिन्सको लुजोन टापूमा फेला परेको हो । मासु नखाने यो जिव पूर्ण रुपमा फलफूलमा निर्भर रहने बताइएको छ ।
(जिवजन्तु संबन्धि अन्य चाखलाग्दा लेख रचना पढ्न प्रक्रिति, जिवजन्तु शिर्षक श्रेणीमा जानुहोस) ।

