गित चोरिएर चरापनि हैरान
आफ्ना गितहरु चोरीएर हाम्रा गायकहरु हैरान छन् । कोहि गित लेख्छन् अनि त्यसलाई रिमिक्स गरिदिएर अरुले अर्कै बनाइदिन्छ । नाफा रिमिक्स गर्नेले लिन्छ । कोहि ठ्याक्कै नक्कल गरिदिन्छन् । आफुले कति दुख र मेहनत गरेर, कति समय खर्चेर गित लेख्यो, घोक्रो सुकाएर गायो अनि त्यो सुनेर कसैले टपक्क टिपेर रेडियो वा टिभीबाट बजाइदिन्छ । अनि दुख गर्ने त हेरेको हेर्यै । न नाम न दाम । जिवजन्तुमा ?
भाका फिराई फिराई गित गाउने, सुरिलो कण्ठले मन्त्रमुग्ध पार्ने, यस्सो लय हाल्नासाथ वरिपरिका पोथीलाई आकर्षित गरेर आफुतिर तान्ने मिठा गितका धनी चरापनि हैरान रहेछन् अरुबाट आफ्ना गित चोरिएर । मेहनत गरि गरि गित गायो अरुले नक्कल गरेर उस्तै गाइदिन्छ । अनि गित गाउने मूलीलाई परेन त मर्का ?
भाका फिराइ फिराई गाउने भालेका गित गाउन नजान्नेहरुले ध्यान दिएर सुन्छन् । सिकारुहरुलेपनि जान्नेहरुका गित र भाका टिप्ने गर्छन् । कुनै कुनैले त ठ्याक्कै नक्कल गरिदिन्छन् क्षणभरमै । चराहरुमा पोथीहरुले मिठ मिठा गित गाउने, भाका फेरी फेरी सुरिलो कण्ठले गाउने भालेहरु रुचाउँछन् । किनभने यस्ता भालेहरु बढि स्वस्थ हुन्छन् । रोग निरोधक क्षमता बढि हुन्छ । त्यस्ता भालेबाट भविष्यमा जन्मिने बचेरापनि निरोगी हुन्छन् ।
त्यसैले, भालेहरुबिच पोथीलाई फकाउन मिठा मिठा गित गाउने प्रतिस्पर्धा चल्छ । त्यसरि गित नक्कल गरिदिएपछि पोथीहरुपनि झुक्किन्छन् । अनि भालेहरुबिच पोथीका लागि झन बढि प्रतिस्पर्धा बढ्छ । राम्रो गित गाउनकालागि भालेहरुले ब्यायामपनि उत्तिकै गर्नुपर्छ । चराले दिनभर गाएका गित राती निन्द्रामापनि संझि संझी ताल र सुर कण्ठ गर्ने गर्छन् । सिकारुहरुलेपनि दिनबह्र जान्नेबाट सुनेका गितको भाका र लय राती ठ्याक्कै मिलाउने कोसिस गर्छन् ।
एभोलुसन जर्नलका अनुसार प्रतिस्पर्धीहरुले गित नक्कल गरिदिएर निपुँणहरुलाई हैरानै पार्छन् । आफ्ना प्रतिद्वन्दिहरुलाई हराउन केहि चराहरु अझ मिठा मिठा गित गाउन तल्लिन हुन्छन् । बेलायतको अक्स्फोर्ड बिश्व बिद्यालयको एडवर्ड ग्रे ईन्स्टिच्युटका डा. नाताली सेडोन र डा. जोसेफ तोबियासले ब्राजिलको आमेजोन जंगलमा पाइने पेरुभियन वार्बलिङ् आन्टबर्ड (Peruvian warbling-antbird) र येलो ब्रेस्टेड वार्बलिङ आन्टबर्ड (yellow-breasted warbling-antbird.) भनिने चराको गित अनुसन्धान गरेका थिए । ति चराले गाउने समान खालका गितको अध्ययन गर्नु उनीहरुको ध्येय थियो । अनि त्यस्तो समान प्रक्रितिको गितले दुई भिन्न चरामा कसरि प्रतिस्पर्धा गर्छ, कसरि प्रभावकारि भूमिका खेल्छ भनेर थाह पाउनु थियो ।
उनीहरुले के पत्ता लगाए भने उनीहरुको त्यस्तो गितले धेरैनै द्वन्द बढाउने रहेछ । बासस्थानको रक्षा र प्रजननमापनि त्यसले द्वन्द बढाएको बैज्ञानिकहरुले पाए । भिन्न प्रजातीका यि चराबिच प्रजन भएर ठिमाहा बचेरासमेत जन्मिने गरेको पाइयो ।
बैज्ञानिकहरुले गितको संरचना र त्यस गितले संकेत गर्ने कामको बारेमा अध्ययन गरेका थिए । किनभने बैज्ञानिकहरुलाई पहिले नै थाह थियो कि यि दुई भिन्न सामाजिक प्रतिस्पर्धी हुन् ।
बैज्ञानिकहरुले यि प्रजातीको पेरु र बोलिभियामा अध्ययन गरेका थिए जहाँ ति दुबै चराको वासस्थान थियो । ति दुबै खाले चरा बस्ने एकान्त ठाउँमा छानिएको थियो । सर्वप्रथम बैज्ञानिकहरुले दुबै प्रजातीका तिन खालका संकेत अभिलेख गरे- गित, आवाज र शरिरको रंग । १५० वटा चराका ५०४ वटा गित अभिलेख गरियो । दुबै थरीको गितको महत्व थाह पाउन ति गितलाई दुबै प्रजातीका फरक फरक चरालाई सुनाइयो ।
त्यसो गर्दा परिणाम के देखियो भने, दुबै प्रजातीका चराको वासस्थानमा गाउने (वासस्थान रक्षाका लागि अरुलाई संकेत गर्न, लखेट्न, धम्की दिन गाउने) गित समान भेटियो खासगरि ति दुबै बसेको ठाउँमा । यस्तो ठाउँमा गाउने गित दुबैले एक अर्कालाई समान किसिमले धम्की दिनेगरि गाउने रहेछन् । तर वासस्थानको रक्षाका लागि गाउने गित बाहेक आवाज र रंग भने एकदमै फरक पाइयो । उनीहरुले वासस्थानको रक्षाको लागि गाउने गित ढाँचा र प्रयोगमा अलिकति मात्रै फरक पर्ने रहेछ । किनभने करिब ३० लाख वर्ष पहिले तिनको पूर्खा एउटै रहेछ ।


Dear Editor,
Thank you very much for the artical. I enjoyed it. keep post me the nature artical.
thank you so much once again,
Rajenda
मन परो वा परेन:
0
0
[Reply]