बिपत्तिमा परेकालाई सहयोग नगर्ने ?

flood-victims.jpgकोशीको बाँध फुटेर सयौं  नेपाली बगे । हजारौ बस्तुभाउ र करोडौ करोड धन सम्पत्तिको नोक्सान भएको छ । लाखौ मानिसको अवस्था नाजुक छ । अझै कयौ‌ परिवारको अवस्था अज्ञात छ । सारा गुमाएर बाँचेकालाई पनि भोलीको भविष्य संझिएर निन्द्र लाग्दैन । कोही अस्पत्तालमा छन त कोही सहयोगको याचाना गरिरहेका । त्यसैले अहिले पूर्वी नेपालमा परेको दुख र पिडा सानो होइन । यस्तो बेला राज्य र नागरिकको सबै शक्ति, समर्थन र सहयोग पिडितलाई राहत दिन खर्चिनु पर्ने हो । तर नेपालका नेताहरु न हुन, जहाँ, जहिले, जसरिपनि र जुन घटनालाई पनि राजनीतिसँग मिसाउँछन । बिपतमा परेर रोइरहएका मानिसको दुख र पिडाबाटपनि राजनीतिक फाइदा लिन खोज्छन । आज राजधानीमा भएको एक कार्यक्रममापनि त्यसै गरे नेपाली कांग्रेस, एमाले र माओवादीका नेताहरुले । माओवादी र एमाले बिगतको सरकारले भारतसित घुँडा टेकेर मनलागि कोशी संझौता गरेकाले यस्तो दुख आइलागेको भनेर काँग्रेस तर्फ चोर औंला देखाउने । नेपाली कांग्रेस चाहिँ लौ त्यसो भए कोशी संझौता रद्द गरेर नेपालको हित हुने गरि नयाँ सम्झौता गरेको हेरौंन त भन्ने । राहत को जुन मुल पक्षनै ओझेलमा ।
यो कुरालाई यहिँ थाँति राखेर अब लागौ‌ न हामी आफुले के गर्न सकिन्छ भन्ने तिर । पिडितहरुलाई सहयोग गर्न कति सक्ला यो सरकारले त हेर्नै बाँकि छ । तर प्रधानमन्त्रीले राम्रो सक्रियता र आशा देखाएका छन । कोशी बाँधबारे भारतसँग नयाँ ढंगले अगाडि बढाउनेपनि भनेको सुनिएको छ। ति पछिका कुरा भए । तत्कालकालागि चाहिएको चाहिँ आर्थिक सहयोग हो । प्रधानमन्त्री स्वयंले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूदायसँग सहयोगको आव्हान गरेकालेपनि ठुलो सहयोगको आवश्यकता छ भनेर बुझिन्छ । त्यसैले अब बिदेशमा बस्ने तपाइ हामी सबै नेपालीले कसरि के कति सहयोग गर्न सकिएला त ?

एउटा नेपालीको घर आँगन उजाडिएका बेला, रोइरहेका बेला, बिपत्ति परिरहेका बेला अर्को ठाउँमा बस्ने नेपालीको मनपनि खुशि हुन्न नै । हुनु हुँदैनपनि । त्यसैले कोशी बाँध कसले किन गरायो, सरकारमा को छ भन्ने कुरातिर नसोचि जति सकिन्छ सहयोग उठाउन तिर लागौ‌ । बाढी पिडितहरु अधिकांश तराइमुलका छन । यो बेला सहयोग गर्ने हो भने तराइलाई बिपत पर्दा अन्य ठाउँका नेपालीको मन पनि पग्लिन्छ भन्ने देखिन्छ । यसले हामी मधेश, तराइ, पहाड र बिदेशमा बस्ने नेपालीको भावनालाई एकिक्रित गराउँछ । अहिले सहयोग गर्नुको सकारात्मक पाटो यो पनि हो । बिदेशमा बस्ने नेपालीहरु आफ्नालागि कमाउने, मोज मस्ति गर्ने मात्रै होइन आफ्नो मात्रिभूमिमा आइपरेको आपत बिपतमा साझेदार बन्छन भनेर देखाउने अवसर पनि हो यो ।

अहिले बिदेशमा बस्ने नेपालीहरुको सबै भन्दा ठुलो र सशक्त संस्था भनेकै एन आर एन हो । त्यसको जति पहुँच र बिस्तार नेपालीहरुबिच अन्यको छैन । एन आर एनले चाहेको खण्डमा तत्कालै सँसारभरिका नेपालीसँग सम्पर्क हुन्छ । त्यसैलेपनि अहिले नेपालमा आइपरेको यो संकटका बेला एन आर एनले ढिलो नगरि सहयोग गर्न थालिहाल्नु पर्छ । मुलरुपमा त एन आर एन आफैँ जाग्नु पर्‍यो र अन्य नेपाली संस्थाहरुलाईपनि जगाउनुपर्‍यो । कुनै ठाउँमा सुति बसेका भए त्यस्ता संस्थालाई उठाएर सहयोग जम्मा गर्नतिर लाग्नु सबै नेपालीको कर्तब्य हो । के छ त तपाइंको बिचार सहयोग गर्ने होइन ? (फोटो साभार-विक्ली नेपाल) ।

  • Kiran

    NRN ko kam ra majhiko sallaha ekai din hunchha
    arthat sabai dubisakepachhi, birami marepachhi ausadhi dinchhan NRN le

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Harihar Aryal, Paris

    Very positive articale and encouriging proposition, thanks Dadijee.
    While you speak the NRNA, Nirmal, the youth representive of the NRNA NCC France has already launched the flood victime help proposal yesterday throught the e-mail among the NRNA France. It is a very good initiative. Every Nepali should come jointly to help our brothers-sister in Nepal.Your role is the most important in this stage because you wrote , you have media information , a way of quice circulation; so pl, let us go ahead. Dadijee, make a concrite appeal for fund raising in France.
    Thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • दुर्गा

    यो किरण भन्ने मान्छे को त हेराइनै भ्रम्पूर्न छ
    एन आरएन नाया सम्स्था भएरपनि थुप्रै सहयोग गरिरहेरहेको छ नेपालमा
    बिपत्तिमा परेकालाई एन आर एनले सहयोग गर्छ नि किन गर्दैन
    एन आरएन सबैको लागि हो
    झन दुखमा पाउने नेपालीकोलागि त अझ बडि गर्छ
    दुर्गा, दुबाई

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -नेवाबिक्रम केसी

    सापकोटाजी
    नमस्कर्
    मत अर्जेन्टिनामा छु ।
    मलाईपनि एक दिनको तलब दिएर सहयोग गर्न मन लाग्यो । तर यहा एन आर एन गथन भएको जस्तो लागेन। मैले कसरि सहयोप्ग दिने होला ? बैकमा पथाउन महगो हुने रैछ।
    अब मैले कसरि सहयोग गर्ने ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shrestha

    sapkotaji tapaiko tyasto pathaune interest cha bhane tapaile nepalma tapaiko familylai pathauda tyasma katauti garera kunai sansthama adjust garauda better holani hainara ….mero pani same case maile kapada pathauna lagda direct nasakera aru sanga adjust gardai chu ra aru sathi harulai pani sake samma help garna utsuk garauna huna agraha gardachu…

    (श्रेष्ठजी, हामीले आफ्नो तर्फबाट त पठाइ नै हाल्छौ। र यहाँ के कसरि उठाउने भनेर सल्लाह पनि हुँदै छ अन्य साथीभाइसँग । नभएपनि कुनै साथि भाइलाई तिरिदेउ उद्दार कुद्दार कोषमा भनेरपछि दिनपनि सकिन्छ नै । तपाइँको प्रयास सफल होस ! धन्यावाद, ददि सापकोटा) ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree