दूर्घटनाबाट बच्यो देश

हाम्रा नेताको कमजोरी, सफलता, बुद्दिमत्ता, जिम्मेवारीबोध, नालायकीपन जे जे भनेपनि अन्तिम अवस्थामा देखिने हो । यस पटकपनि देखियो । संबिधान सभाको म्याद एक वर्ष थपिने गरि अन्तिम अवस्थामा आएर सहमती गरेका छन् । संबिधनसभाको म्याद सकिन एक घण्टामात्र बाँकी रहँदा दलहरुले सहमती गरे । प्रधानमन्त्री माधव नेपालले राजिनामा दिएर सहमतीको राष्ट्रिय सरकार घोषणा गर्ने माओवादी बुँदामा एमाले र कांग्रेस सहमत भएपछि माओवादीले संबिधान सभा म्याद एक वर्ष थप्न सहमती जनाएको हो ।  त्यसकोलागि भाषा मिलाएर प्रधानमन्त्रीले राजिनामा दिने रे । तिन दलबिच भएको त्यहि सहमती अनुरुपनै मध्यराती संबिधान सभाको म्याद थप गर्ने सरकारी विधेयकको विरोधमा राखिएको माओवादी र सदभावना पार्टीको सूचना फिर्ता लिएको छ । माओवादीका देव गुरुङले सहमति भएकोले संविधान संशोधनको विधेयकविरुद्धको सूचना फिर्ता लिएको घोषणा गरे ।

उनी कुनै शर्त मान्दिन भन्दै सिंह झैं गर्जिँदै थिए । अब राजिनामा दिनै पर्ने हुँदा छोड्नु परेपनि उनलाई मख्ख पार्ने, नझुकेको देखाउन केहि उस्तै भाषा लेखिने होला । माओवादीले पनि प्रधानमन्त्रीले राजिनामा नदिएसम्म संबिधान सभा म्याद नथप्ने भनेको थियो । नेपाली कांग्रेसका आफ्नै शर्त थिए। यि सबैले जिते जसरि भाषा मिलाएर अब सहमती गर्ने भए । जे जसरि गरेपनि राम्रो हो सहमती हुनु । तर बिचमा भड्किन्न भन्ने सुनिश्चितता चाहिँ छैन है !

अब नेपाली कांग्रेस र एमालेले माओवादी समक्ष राख्दै आएका वाइसिएलको अर्ध सैन्य संरचना भंग, जन युद्द कालमा कब्जा गरिएका सम्पत्ती फिर्ता, समायोजन हुने लडाकूको संख्या किटान लगायत माओवादीले राख्दै आएका बेपत्ता हरुको खोजि, घाईते र शहिद परिवारलाई राहत, नयाँ संबिधान बन्ने सुनिश्चितता लगायतका विषयमा प्याकेजमा सहमती गरिने छ ।

हुनत ति सबै विषयमा अहिलेसम्म लिखित गरिसकेका केहि छैनन् । किनभने १२ बुँदे र चौध बुँदे सहमती गरेका हाम्रा नेताहरुले त्यसको पालना गरेनन् । त्यसैले अहिलेको मौखिक सहमतीपनि न लत्याउलान् भन्न सकिन्न । अनि घर भित्रको सहमती गर्न घर बाहिरकाको कुरा धेरै सुन्ने बानी लागेका हाम्रा नेताले फेरी कुनै न कुनै बिदेशीको कान फुकाईमा लागेर मौखिक सहमती नभत्काउलान् भन्नपनि सकिन्न । तरपनि सबै दलमा उस्तै, सबै बिदेशीका कुरा सुन्ने, आफ्नो स्वार्थ भन्दा बिदेशीका स्वार्था हेर्ने नेता मात्रै छैनन् । राष्ट्रिय स्वार्थमा गम्भिर नेताहरु पनि छन् । तिनलाई थाह छ- अहिले सहमती भएन भने देशमा ठूलो संबैधानिक राजनितिक संकट उत्पन्न हुन्छ । त्यो संकट र तिक्तताकाबिच कुनैपनि दलले जित्दैन । जनताको बिजय हुन्न । ति आफुलेपनि जित्दैनन् ।  त्यसैले यो सहमतीलाई कायम राख्नु बाध्यता पनि हो नेताको ।

संबिधान बनाउनका लागि सबै दलका आआफ्नै प्राथमिकता छन् । किनभने तिनले आआफ्नै वर्ग र स्वार्थका हित हेर्छन् । आफ्नै पार्टीको नीति अनुसारको संबिधान बनाउन खोज्छन् । त्यसैले, अहिले सहमती हुँदैमा संबिधान बनिहाल्छ भन्ने निश्चित त छैन नै । तरपनि भविष्यमा समस्या आउनसक्छ भनेर अहिल्यै देशलाई खाडलमा हाल्नु उचित होइन । तत्कालका लागि समस्या हल भए आआफ्ना दलका स्वार्थ त्यागेर दलहरु फेरीपनि सहमतीमा आउन सक्छन् संबिधान बनाउनकालागि । जनताले फेरीपनि हाम्रा दलहरुलाई एउटै निश्चित बिन्दूमा अहिलेझैं मिल्नै पर्ने बाध्य पार्न सक्छन् ।

यो सहमतीले के पनि देखाएको छ भने, यदि हाम्रा राजनितिक नेता र दलहरु पार्टी र नीजि स्वार्थ त्यागेर राष्ट्रिय स्वार्थमा लाग्ने हो भने जस्ता सुकै जटिल समस्याको समाधान गर्नपनि संभव छ । अनि हाम्रा नेताहरु लडाई, झैझगडा, मारपिट, भनाभन गरेपनि अन्तिम अवस्थामा राष्ट्रिय स्वार्थका लागि एकजूट हुन्छन्। बिदेशी स्वार्थलाई कुल्चिएर देशको हित रक्षा गर्न सफल हुन्छन् । छन् ।

त्यसैले अहिले जनताको फेरी एक पटक जित भएको छ । राष्ट्रले जितेको छ । हाम्रा दल र नेता जनता प्रति, राष्ट्रप्रति जिम्मेवार देखिएका छन् ।  यति खेर कोहि हारेको छ भने देशलाई खाडलतिर हाल्न उद्दतहरु हारेका छन् । कोहि निराश भएको छ भने जनताका मौलिक अधिकार बिगतमा झैं  हरण गर्न चाहने तत्व, प्रजातान्त्रिक हक र अधिकार खोसेर एक लौटी राज्य चलाउन चाहने तानाशाहीहरु र मूलुकलाई बिदेशीको सैन्य नाचघरमा फेर्न चाहने जनताका दुष्मनहरु निराश छन् ।

  • Shahit Sharma

    मलाई त यो कुरा पहिला नै लागेको थियो किन कि यो सब जनता लाई भुलाउने खेल थियो नत्र भने कसै लाई जागिर खुवाउन को लागि म्याद थापिदैना भन्ने हरु आफै राजनीति को गुलियो मिठाई मा भुलेको स्पस्ट भयो तर जे होस् देश दुर्घटना हुन बाट बच्यो यसै मा खुसि लागेको छ !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Balaram Thapa

    केहि दिन अघि मैले यही ब्लगमा भनेको थिएं कि माओवादी झुक्छ र नाकले टेकेर संविधानसभाको म्याद थप्न राजी हुन्छ । भयो त्यसै । अब सोच्नु पर्ने कुरा हो – के म्याद थप्दैमा यसै संविधानसभाले जनताले अपेक्षा गरे जस्तो संविधान बन्ला ? के छन बन्ला भन्ने आधार ? मलाई लाग्छ नालायक दलहरुले संविधानसभाको म्याद बढाएर एक वर्ष समय र एक अर्ब रुपैयां बर्बाद मात्र गर्नेछन​, संविधान चाहिं फ़ेरि पनि बन्नेवाला बन्नेवाला छैन । बुझ्नेहरुलाई यो भनाई काफ़ी छ​, नबुझ्नेले प्रश्न गरे हुन्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -राम गुरुङ

    ठिक भन्नु भयो ददिजी। तत्कालकालागि त टर्‍यो कम्सेकम् । भोली पर्सि भनेको अरु उपाय निकाल्ने कोसिस हुन्छ ।पछि समस्या आउँछ संबिधान बनाउन भनेर अहिले नथप्ने ? त्यसो भए त एक दिन मर्ने नै त हो भेर के आजै आत्महत्या गर्ने त ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • शमशेर जिसी/बैतडी

    दधीजि थिक् लेख्नु भो, कम्सेकम् ऐले लाई त बच्यो देश !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree