ओलाला ! से कम ल नेपाल !!

हिजो फ्रान्सको राजधानी पेरिसमा नेपाल पर्व मनाइयो । पर्वले झलक्क हेर्दा नेपालको पाटन दरबारमार्ग वा भक्तपुरको कतै चोकतिर पुगेको झल्को दिन्थ्यो । फ्रान्सेलीहरु “ओलाला से कम ले नेपाल (आम्मामा यो त जस्तै रैछ)” भन्दै थिए। काठमाडौंको स्वयम्भूनाथमा झैं सजिएका ध्वजा फर्फराइरहेका थिए । हाम्रा गुम्बा र मन्दिरमा घण्ट बजिरहेका थिए । नेपाली धुनले नेपालका मन्दिरको बिहानीको झल्को दिइरहेको थियो । नेपाली सेल, मम, लड्डु, रसवरी, दाल भात तरकारी फ्रान्सेलीले जिब्रो फड्कारी फड्कारी खाइरहेका थिए । काठमाडौंका गल्लीको कतै स्थानिय रेस्टुरेन्टमा पसेर नास्ता गरे झैं बनाएको थियो सेकुवाले । नेपाली हस्तकलाका सामानका स्टल प्रशस्त थिए ।

नेपाली स्टलमा भाद गाउँले टोपीसहित मुसुक्क मुस्काउँदै आगन्तुकको स्वागतमा एक फ्रान्सेली महिला ।

           स्टलमा नेपाली चिया बेच्दै फ्रान्सेली ।

नेपालका प्रख्यात कलाकार श्यामलाल श्रेष्ठ आफ्ना कलाहरु देखाउँदै । उनलेपनि आफ्ना कलाहरुको स्टल राखेका थिए ।

मेलामा चिठ्ठापनि राखेको थियो । यि नानीहरु त्यहि चिठ्ठा बिक्रि गर्ने कोसिस गर्दै थिए ।

ठ्याक्कै काठमाडौं र पाटनमाझैं कुमारी देखाइएको थियो । यसले अतिनै आकर्षण गरेको थियो नेपाली र फ्रान्सेली दुबैलाई ।

पाका, वालवालिकाहरुले दिन भरिनै विविध न्रित्यहरु देखाईरहेका थिए । फ्रान्सेली र नेपाली हरु त्यसमा कम्मर मर्काई मर्काई नाचिरहेका थिए ।

            त्यो सबै कार्यक्रम हेर्ने फ्रान्सेलीको भिड ।

पेरिसमा नेपाली सांस्क्रितिक ग्रिह बनाउनका लागि आर्थिक रकम जुटाउन र नेपाली संस्क्रितिको प्रवर्धन तथा संरक्षण गर्न नेपाली सांस्क्रितिक ग्रिह, पेरिसले आयोजना गरेको हो । यसका अध्यक्ष हेमन्त उपाध्याय हुन् । वालवालिकाहरुलाई यि न्रित्य सिकाउने तथा निर्देशन गर्ने काम निता श्रेष्ठबाट भएको हो ।

  • Rajendra lamsal

    ramro dherai ramro jun sukai sansar ko kuna ma bhaye pani hami nepali le afno pan birsana hudaina mansion nepal le gare ko karyakram hami sabai ra bideshi haru lai pani gaurab purna cha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Tapta Bhandari

    namaste dadhi ji good and hard work.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • HELLO SIR TAPHI HARULA SARAHI RAMRO

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • THAPA RAJBARSINGHA / canada

    great job …..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Shahit Sharma

    Thanks Dadi ji really nice.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • chitwan

    dadi ji tapailai mero salam

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree