फेरी थाङ्नामा सुत्यो माओवादी

सेना प्रमुख कटुवालसित टक्कर परेर सरकार छोडेदेखि माओवादी थाङ्नामा सुतेको सुत्यै भएको छ । सरकारबाट राजिनामा दिएपछि फेरी केहि महिनामै सरकार बनाउन दौडधुप गरेको माओवादी सफल हुन सकेको छैन । जनबिद्रोहको तयारी भनेर शुरु गरेको आम हड्ताल अकस्मात रोकेर थाङ्नामा सुतेको थियो । सरकार, भारतीय, यूरोपेली सरकार अनि मुलत: काठमाडौं केन्द्रित बुद्दीजिवी र ब्यापारीको दबाबमा थाङ्नामा सुतेका थिए उनीहरु ।

सरकारले तुरुन्त राजिनामा नदिए संबिधान सभाको म्याद थप्दैनौं भनेर निकै समय घुर्की लगाए । अन्त्यमा प्रधानमन्त्रीले राजिनामा दिने मौखिक सहमती भएको भन्ने नाममा थपे संबिधान सभाको म्याद एक वर्षको लागि । प्रक्रिया पुर्‍याएर ५ दिन भित्रमा प्रधानमन्त्रीले पहिले राजिनामा दिने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र संबिधान बनाउनकालागि आवश्यक पुराना सहमतीहरु पालना गर्दै जाने भनेका थिए । तर अहिले त एमाले र नेपाली कांग्रेसका नेताले के भन्न थालेका छन् ? शान्ति प्रक्रियासित संबन्धित पुराना सहमती पुरा नभए प्रधानमन्त्रीले राजिनामा नदिने रे ।

एमालेले संबिधान सभाको म्याद थप्नु अघि भएको तिन दलिय सहमती माओवादीले उल्लंघन गरेको आरोप लागएको छ । किनभने माओवादीले यदि प्रधानमन्त्री नेपालले तुरुन्त राजिनामा नगरे अब कांग्रेस र एमालेसित वार्तामै नबस्ने घोषणा गरेको छ भने एमालेले चाहिँ स्थायी शान्ति प्रक्रियाका विषयमा हुने सहमति र राष्ट्रिय सरकार गठन प्रक्रियाको सुरुवात संगसंगै हुनुपर्नेमा जोड दिएको हो । जबकी माओवादीले पहिले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताएको छ । माओवादीको भनाईमा तिन दलबिच सहमतीपनि यहि भएको थियो ।

एमालेका नेता केपी ओलीले त भारतबाट फर्किनासाथ माओवादीले पहिलेका सहमती र शर्त पुरा गरेपछि मात्रै प्रधानमन्त्रीले राजिनामा गर्ने बताएका छन् । उनको भनाईले पनि अब प्रधानमन्त्रीले छिट्टै राजिनामा नदिने संकेत गरेको छ । यसको परिणाम के ? माओवादीले धाक, धम्की र घुर्की लगाउनु । परिपक्क काम नगर्नु । उधारोमा  सहमती गर्नु । जनतालाइ स्पष्ठ नबताउनु ।

कांग्रेस र एमालेले चाहिँ माओवादीले पुराना सहमती पालना गरेपछि मात्रै प्रधानमन्त्रीले राजिनामा दिने सहमती भएको भन्छन् । अनि शान्ति प्रक्रियासित संबन्धित सबै सहमती सँगसँगै पालना गर्ने भन्छन् । उता माओवादी चाहिँ प्रधानमन्त्रीले पहिले राजिनामा दिने सहमती भएको थियो भन्छ । अब कसलाई पत्याउने ? किनभने त्यस्तो महत्वपूर्ण विषयमा कुनैपनि लिखित सहमती गरेनन । उनीहरुले मौखिक सहमती त भनेका छन् तर त्यहि मौखिक सहमतीमैपनि विवाद देखिएको छ । उनीहरुले कुन दलले के कस्ता विषय उठाए । कुन दलको अडान के मा कस्तो थियो । मौखिक सहमती कुन कुन भएको विषयमा भएको हो ? अझैपनि स्पष्ठसित जनतालाई छर्लंग पारेका छैनन् ।

कुनैपनि दललाई जिम्मेवारीबोध छैन, जनतालाई विश्वास दिलाउनुपर्छ भन्ने । त्यसैले गोप्य कोठामा सत्ताका लागि भएका मौखिक सहमती के भए अहिले दलहरुले एक अर्कालाइ दोष लगाएपनि कसरि पत्याउने ? सरकार चलाउने दलहरु त सफल भए नै । तान्द्राङ र तुन्द्रुङ ओल्ट्याङ र पल्ट्याङ गरिगरिपनि एक वर्ष माधव नेपाल प्रधानमन्त्रित्वको सरकार टिक्यो । संबिधान सभाको म्याद थपाउनपनि सफल भए उधारोमै । माओअवादीले उधारोमा आन्दोलन रोक्यो । उधारोमा संबिधान सभाको म्याद थप्यो । उता एमाले र कांग्रेसले भने नगदमा सरकार चलाएका छन् । नगदमा संबिधान सभाको म्याद थपे । अब अझै एक वर्ष टिक्न बेर छैन यहि सरकार । अनि फेरी थाङ्नामा सुतेन त माओवादी ?

  • Balaram Thapa

    माओवादी सबै मोर्चामा असफ़ल हुंदै जानु वा थङ्नामा सुत्दै जानु उसको एकदमै गलत, उग्रवामपन्थी र अपराधिक सोच र व्यवहारको परिणति हो जो हुनै पर्थ्यो । हेर्नु होस​, माओवादी लडाकुहरुको समायोजन​, वाइसियलको अर्धसैनिक संरचना भंग​, कब्जा गरिएका सम्पति फ़िर्ता जस्ता कुरा त ब्रिहत शान्ति सम्झौताका अंग नै हुन​, जो आफ़ैमा अन्तरिम संविधानको अंग पनि हो । माओवादीले चाहिं आफ़ुले गरेको कुनै कबुल पालना गर्नु नपर्ने, उल्टो सम्पति कब्जा बढाउंदै लाने र जबर्जस्ती चन्दा उठाउंदै जाने अनि उसको सनकमा उब्जेको मागहरु चाहिं अरुले खुरु खुरु पूरा गर्दै जानु पर्ने ? यो हुनै सक्तैन । माओवादीले वर्षौं पहेलि गरेको प्रतिवद्धताहरु व्यवहारमै पूर गरोस​, अनि मात्र केहि सोच्न सकिन्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Shahit Sharma Reply:

    100% Agree with you Balaram ji

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Milan Rawal "Unsuccess" Reply:

    Dherai ramro bhannu bhayo Balaram Thapa ji.Yathart yaho ho.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Krishna Nurula Reply:

    Tapai kun kitta ko manish hunuhuncha ya tapaai Bhat nakhane manish hunuhunchha ki? shaathi tapai kasari janataako bhabhanaa maathi boldai hunuhunchha. Ke YCL hatiyaa sahit hindeko chha? ke Nepal ko sambhidaan maa YCL pratibanda chha ? ke kamnist bichaar hunele sangathanik bhayera rajnaitik gatibhidi garna sambhi daan le rokeko chha ? emaali, Male raprapaa, foram , foram nepal etc ……… harule bhatri sanmgadhan khola hune tara maobadhi ke YCL bhigathan nai garnu parne ke YCL lai United Nation le pratibhanda gareko chha? Yedi hatiyaa chha usanga bhane police kanuni dayara maa liyar aaune karbhai garne adhikar panita chha. ra testa aparaadi chhan bhane police waa griha mantralaya le pramaan sahit karbaahi garos tara janataa lai spasta pramaan dinu parchha. Tesaile kirpayaa testa kuraa ko bhram napaalna ra haawaa nalekna anurodh gardachhu.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Bishnu, Pokhara Reply:

    I agree with krishna

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Balaram Thapa Reply:

    क्रिष्णजी, माओवादीलाई वाइसिएल भंग गर्न भनेर कसैले भनेको छैन । वाइसिएलको फ़ौजी संरचना मात्र भंग गर्न भनिएको हो । तपाईं भन्नु हुन्छ – वाइसिएलले हतियार बोकेको भ​ए पुलिस कार्वाही गर्दा भैहाल्छ । माओवादी र उसले जन्माएका, उसको कारण जन्मेका सयौं सशस्त्र अपराधिक समुहहरु अगाडि राज्यको सुरक्षा निकाय र तिनको आत्मबल यति कमजोर भै सकेको छ कि उसका लागि कार्वाही भन्दा आत्मरक्षा बढी महत्वको विषय बनिरहेको छ । कुनै माओवादीले कसैको हत्या नै गरेकोमा कार्वाही गरी पुलिसले पक्र्यो भने सिंगो पार्टी उर्लेर देशै बन्धकी बनाउने अवस्थामा अपराधिक काम गर्ने वाइसिएललाई पुलिस कार्वाही गरिहिंड्नुको कुनै अर्थ छैन । त्यसको फ़ौजी संरचना भंग गर्नुले मात्र केहि अर्थ राख्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    dipendra Reply:

    krishna ji, tapai ko party maobadi lai united nations of America le terrorist ko suchi bata ajai hatayako chaina bujnu bhayo, America matra haina ma pani mero life rahanjel samma tapai ko party maobadi lai terrorist nai bhanchu kina ki jasko karan le 15000 nepali sidha sadha nagarik ko jyan gayo. tapai le thinking garnu bhayako cha 15000 ko jyan janda kunai pani thulo neta kunai party ko marena. marne ankhir garib janata nai pare. ramrari sochnus ani manan garnus.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    dipendra Reply:

    united state of America, mistake sachayako

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    THAPA RAJBARSINGHA / canada Reply:

    100 % agree with you ./…

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Bishnu, Pokhara Reply:

    dipendra ji nepal lae america ko yeuta rajjye ra tyo rajjye ko nagarik tapain aafu lae smajhinu vayo ki kya ho? america ko ho ra? k maerica bina nepal ko vabisye chhaena ra? tapin jasta kawadi dimag hune harule aatankakari vannu vanda utae america tira gayera basera here hunchha nepal aboko 10 years ma kasto hunchha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ujjal nepali

    malai kehi bhannu chhaina nepali naeta haru sabai lai auteai tham ma thuner sambhidhan lakhna lagayar tes pachi chunab garayar matra kehi hola nartra bhane ye kk matra (khana ko kall ) hun.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sarita khanal

    ke ko maobadi thanana ma sutnu maobadi ta sarbahara jantako manmutu ma baseka chhan.thanana ma ta aba haruwa haru sutdai chhan dekhnuvayen May 1 dekhi 8 samma kathamandu ma janta sakne vaye haruwa le dekheun na.
    maobadi le kahillai hardain ra harne pani chhaina.understand

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Shahit Sharma Reply:

    Ha ha Haso uthyo tapai ko kura sunera Mawobadi bhanda aru janata pani baschan Nepal ma Sarbahara ko Mutu ma basna ta bhasan hoina Kam chahincha Imandarita Chahincha Janata Mawobadi ko pakche ma kina thiya bhanne kura ta babahar le parsta pareko cha ni ta

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Balaram Thapa Reply:

    सरिताजी, माओवादीले मे १ देखि ८ सम्म नेपाली जनता विरुद्ध गरेको अपराध स्वीकार्दै कथित “अन्तरक्रिया” का नाममा “माफ़ीमाग्ने कार्यक्रम​” गर्नु परेको कुरा सायद तपाईंलाई थाहा भ​एनछ । मे दिवस र आमहडतालमा राजधानी ल्याइएका मानिसहरु सबै खुसिले आएका हुन कि दशैंका भेडाबाख्रा जस्तै धपाएर ल्याइएका हुन भन्ने कुरा सारा नेपाली जनताले बुझेका छन । एकजना नरपिशाच अपराधीले आमा, दिदी, बहिनी र छोरीलाई समेत बलात्कार गरेछ​, लाएका गहना र पैसासैसा पनि लुटेछ । छिमेकीले थाहा पाएर “थुइक्क पातकी, यस्तो पाप पनि गर्ने हो ?” भन्दा अपराधीले भनेछ “तेरै बाउ पातकी ! तेरै छोरी मातेकी ! मर्द हौ र आँट छ भने तिमिहरुले पनि मैले जस्तै बलात्कार र लूट गरेर देखाओ ।” यस अर्थमा अरुले माओवादीसंग प्रतिस्पर्धा गर्न सक्तैन​, आफ़्नो निहित स्वार्थका लागि मानिसलाई भेडाबाख्रा बनाउने कुरा सोच्न पनि सक्तैन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Anil Reply:

    Balaram ji,

    tapaiko comment sarhai man paryo, specially tapai le diyeko example 100% suits with maobadi.. hahahaha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • शेर्पा जी

    कमुनिस्टका सिदान्त मद्य बिसतारै आपनो चाल चल्नु उनीहरुको सिदान्त मद्यका एक हुन् , प्रचंडे पनि त कमुनिस्ट बाट टुक्रेका एक पात्रnai हुन् ni साएद मन्द बुद्दी सुस्त चालमा चलिरहेका होलान.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Prem Gurung (London, UK)

    Mitra haru, malai lagchha ki, jasari Prithivi Narayan Shah le nepal ekikaran garda pani kati thau ma ladai hardai ani jiddai gareko etihas jagjaher chha. Testai maobadi pani kehi pachhi hatdai ani agadi baddai chha. Tara jit maobadi ko pakka chha karan NC and UML sabai dakchhin panti ma bistarai afai sakindai chha ra ek din PANCHE ko halat ma pugne kura dui mat chhhaina. Tesai le ahile nai marne belama hariyo kankro ko kunai tuk chhaina. Chetana bhaya.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Balaram Thapa Reply:

    प्रेमजी, धेरै मानिसहरु पार्टीहरुको जीत र हारलाई मात्र महत्व दिन्छन र आफ़ुलाई भने बिर्सन्छन । त्यसैले उनीहरु पार्टीका दास हुन । हामीलाई माओवादी वा खाओवादीको जीत होइन​, नेपाली जनताको जित चाहिएको छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bishnu, Pokhara

    अस्तिको सहमतिपछि केहि मान्छेले माओवादी झुक्यो भनेका छन् । वास्तवमा जसको राजनीतिक र नैतिक उचाई छ त्यो नै झुक्ने हो । जो नैतिक र राजनीतिक रुपमा पुरै पतनको अवस्थामा पुगीसकेको छ उसको के उचाई छ र झुक्न त्यसैले बुझईमा पनि पुर्नबिचार गर्नुपर्ने हो कि …… हैन र ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Shahit Sharma Reply:

    Ho yek dam ho ni Mawobadi ko Naitikata ko ta bardan garera saydaya chaina yeti buddi mani hahahahahaha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • THAPA RAJBARSINGHA / canada

    very good analysis …coz on the world only democratic politics being on excellent roadmap….communist and mostly hardliner ?????? this is not a 17 century …….maoist should change their politcal way ,,,,should be on democratic way,,,,,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • chirag

    Yo Ghar jaggaa phirtako mudhalai sarkarle euta aayog banayera khash piditharulai rajyastar batai rahat diyera tungaunu pardachha. yo impossible kuralai jati tankaye pani paar lagdaina. yeti clear kuralai pani kina bujh pachauchhan netaharu, patrakarharu ani comment lekhne mitraharu. ti garib kisaan ra sukambashiko bhanda kina samantaharuko pachhama bahash garinchha? ma ta chhakka parchhu baa.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Observer

    माउबादी थाङ्नामा सुत्यो भन्दा पनि राष्ट्रघाती दलालिहरू धोतीको थङ्नामा सुत्यो नि। अरू गनथनको कुरानै होइन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ball ram jee tapai galat bato ma hununcha mohobadi thak gardi chaa aamala haraua pati ho thukka aamala

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • aamala sarkarma basnuko aucho china

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree