अर्को लफडा: बेपत्ताको खोजी कि घरजग्गा फिर्ता ?
संबिधान सभाको म्याद त थपियो तर नयाँ लफडा शुरु भएको छ फेरी तिन दलबिच- प्रधानमन्त्रीले तत्कालै राजिनामा दिने कि पूर्व सहमती पालना भएपछि मात्रै राजिनामा दिने ? पूर्व सहमती के हुन् ? एमाले र नेपाली कांग्रेसका पूर्व सहमतीमा माओवादीले वाईसियल बिघटन गर्नुपर्ने, जनयुद्दकालमा कब्जा गरिएका घर जग्गा फिर्ता गर्नु पर्ने छन् । तर माओवादीका मागका संबन्धमा भने मेडियालेपनि त्यति चर्चा गरेको सुनिन्न ।
जनयुद्द कालमा माओवादीले कानुनलाई उल्लंघन गर्दै मान्छे मार्यो । सुराकी । जासुसी । प्रतिक्रियावादी । जनबिरोधी । राष्ट्रघाती । जनताको दुस्मन । अनेक नाममा जनताको हत्या भयो । दोषी र निर्दोष छुट्टिएनन् । उता एमाले र नेपाली कांग्रेसले किलोसेरा टु लगायतका अनेक नाममा हत्या गरे जनताको । कानुन बनाएरै हत्या गरे । जनताका घर घरमा गएर हत्या गरियो माओवादी समर्थकका नाममा । यसरि दुबै पक्षका जोड्दा १३ हजार भन्दा बढि नागरिकको हत्या भएको छ । नेपाली कांग्रेस र एमालेले कब्जा गरिएका घर जग्गा फिर्ता दिनु पर्ने माग बढिनै उठाउने गरेको देखिएको छ । प्रश्न उठ्छ-के ब्यक्तिको हत्यारा पत्ता लगाउनु, तिनलाई कारवाही गर्नु र बेपत्ताको खोजि गर्नु भन्दा महत्वपूर्ण हो घर जग्गा फिर्ता ?
किन त्यो विषय बढि उठाइरहेका छन् कांग्रेस र एमालेले ? किनभने जनयुद्द कालमा सबैभन्दा बढि घर जग्गा कब्जा नेपाली कांग्रेस र एमाले निकटकाको गरेका छन् माओवादीले । माओवादीले भन्ने गरेका शामान्त र धनीमानीको बाहुल्यतापनि तिनै पार्टीमा छन् । सयौं बिघा जग्गा कब्जा जमाएर बस्ने जमिनदारपनि तिनै पार्टीमा छन् । कतिपय त कांग्रेस र एमालेका नेताको समेत कब्जामा परेको छ घर जग्गा । त्यसैले उनीहरुले घरजग्गा फिर्ता गर्नुपर्ने माग जोडतोडका साथ उठाइरहेका छन् ।
उता माओवादीले भने जनयुद्दकालमा हत्या गरिएकाको छानबिन र बेपत्ताको खोजिलाई प्राथमिकता दिएको छ । किनभने आफैंले खोसेर खेती गर अनि खाउ भन्दै दिएको जमिन अब कसरि फिर्ता देउ भन्ने ? गरिबलाई बाँडेको जग्गा जमिन तिनलाई कुनै ब्यवस्था नगरेसम्म माओवादीले फिर्ता दिन सक्ने अवस्था छैन । जनयुद्द कालमा मारिएका अधिकांश मानिस माओवादीका छन् । त्यसमा कानुन बनाइ बनाई तत्कालिन सरकारले हत्या गरेको छ । त्यसको छानबिन गतिलो ढंगले भएर तिनमाथि करवाहि हुने अवस्थामा अहिलेकै राजनितिक दलका टाउकेहरु पर्छन् । उच्च सैनिक अधिकारी, प्रहरी अधिक्रित र अहिले पार्टी हाँकिरहेका, बहालवाला मन्त्रीहरुनै पर्छन्। त्यहि भएर उनीहरु यो मागलाई प्राथमिकतामा पार्न चाहन्नन् । त्यसैले माओवादी, नेपाली कांग्रेस र एमाले तिनै दलले आआफ्नै माग लाई प्राथमिकतामा राखेका छन् ।
तर हत्या र हिंसा तत्कालिन सरकारले मात्रै गरेको छैन। दमन र बेपत्ता गर्ने काम सरकारी पक्षबाट मात्रै भएको छैन । माओवादीले पनि निकैको हत्या गरेका छन् । बेपत्ता हुनेमा माओवादी पक्षबाट पनि छन् । त्यसैले देशमा यत्रो राजनितिक परिवर्तन पछि कम्तिमा पनि बेपत्ता नागरिकको खोजि हुनुपर्छ । हत्या भएकाको छानबिन गरिनुपर्छ । नागरिकको सुरक्षा र बाँच्न पाउने अधिकारलाई घर जग्गा र सम्पत्ती बाँडफाँडसित तुलना गर्न मिल्दैन, पाइँदैन । त्यसैले, वाइसियल वा कुनै राजनितिक पार्टीको संगठन भंग गर्ने वा राख्ने, सम्पत्ती फिर्ता दिने वा नदिने भन्दापनि पहिले अब बेपत्ता नागरिकको खोजि गरिनुपर्छ। कुनैपनि पक्षबाट भएका हत्या, बेपत्ता र अपहरणको छानबिन गरेर उचित कारवाहि गरिनुपर्छ । चाहे त्यो माओवादीबाट होस् वा अन्य पार्टीको सरकारबाट । त्यसैले पहिलो प्राथमिकता पाउनुपर्छ ।


Sahi kura garnu bhayo Dadi ji Yo NC ra YML le afno sampati ko matra khoji garni tara Mwobadi le mareka sarbasadharn ko Awaj ko barema sartha narakhni Chor Neta Murabad!!!
मन परो वा परेन:
0
0
[Reply]
murdabad vanepani chor vanepani biralo le dudh chorna chhodeko hoina kyare. bepattal lai khojera k painchha ra gharjaghha firta gare ta sarkar dhalepani moj garna ta painchha hoina? NC ra UML ta aajaka shosak ho ra parapurba kaal dekhi ka hun ajhai pani janta ko ghaito ma gham kin nalageko hola !
मन परो वा परेन:
0
0
[Reply]