फ्रान्सको लियों शहरमा नेपाल चिनाउँने साँझ
साथीहरु हिजो साँझ यहाँ नेपाली कार्यक्रम गरियो । कार्यकम सकेर बिहान ३ बजे भन्दापनि ढिलो सुतियो। अहिले बिहानको ९ बज्यो। हिंड्न हतार भयो । आज लियों शहर घुम्ने कार्यक्रम छ अनि हिजोको लागि पेरिसबाट आएका मित्रहरुलाइ बिदाई गर्नु पर्नेपनि। कार्यक्रम भब्य गरियो । धेरै विषय छन् लेख्नु पर्ने । आज बेलुका बाट लेख्दै गरौंला । मित्रहरु यति फोटा राख्दा र यि शब्द लेख्दा लेख्दै हिँड्नै हतार भयो, क्याप्सनपनि लेख्न भ्याइन । बेलुका लेखौंला यि तस्बिरका क्याप्सन । अहिले चाहिँ यस्सो केहि तस्बिर हेर्नुस् है त ?

नेपाल झल्काउने तस्बिरहरु राख्ने तयारीमा ।
नेपाली कार्यक्रमका लागि तस्बिरहरु राख्ने, मिलाउने, सुझाव दिएर खटिएका थिए फ्रान्सकालागि नेपाली कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठ र राजदूतपत्नी नीता श्रेष्ठ ।
एउटा स्टलमा नेपाली हस्तकलाका सामाग्रि थिए बिक्रिका लागि । तिनै हेर्न र किन्न झुम्मीएका थिए फ्रान्सेलीहरु ।
कार्यक्रममा पस्ने मूल ढोकैमा यस्ता ध्वजा पताका थिए । त्यसले पस्नासाथै नेपालको झलक दिन्थ्यो ।
दाहिनेबाट क्रमश: क्रिष्चियन, बिमल बस्याल, निजु श्रेष्ठ र जैनु श्रेष्ठ । क्रिष्चियनले प्राविधिक र उद्घोषणको काम गरे। बिमलको “तालको पानी माछीले खानी, पिरिम सित जानी कि नजानी ?” भन्ने न्रित्यले भुतुक्कै बनायो । जैनुको आधुनिक र शास्त्रिय निस्रित न्रित्य अनि जैनुको कूमारी नाचले थपडी र प्रशंसा निकै पायो ।
पत्रकार साथी प्रवेश सुबेदीको ‘बियोण्ड द हिमालया” डकुमेन्ट्रि हेर्नेको भिड।
” अन्नपूर्ण ? हो याँ पर्छ” एक जना फ्रान्सेलीको ब्याख्या आफ्ना मित्रलाई ।
सहभागीहरुको भिड ।
सोलेई भेर् की अध्यक्ष मारी एड्विज (रातो कुर्थामा) र राजदूत पत्नी निता श्रेष्ठ हल मिलाउने क्रममा ।
कार्यक्रमको अघिल्लो दिन हामी पियर (देब्रेबाट तेस्रो) मित्रको घरमा पुगेका थियौं । हिजोको कार्यक्रमको लागि खाना र अरु सबै तयारी गर्ने काम त्यहिँ बसेर गरियो । साँझ त्यहि घरमा खिचिएको हो तस्बिर ।
दिपक महर्जन । काठमाडौंको द्वाकरिकाज होटेलदेखि रेडिसन र तिब्बत सम्म नेपाली खाना पकाउने अनुभव भएका उनले यति मिठो खाना पकाए की फ्रान्सेलीहरु जिल्लै परे। उनलाई साथे दिने थिए उनैकी पत्नी लक्ष्मी, दुतावासका कूक शंकर ।













Bravo pour toute le monde.
मन परो वा परेन:
0
0
[Reply]
Gajjab CHHA.KEEP IT UP.
मन परो वा परेन:
0
0
[Reply]