नेपालै नदेख्नेलाई नेपालको यत्रो माया ?

(पिटर र जोयल दम्पती)

जोयल र पिटरलाई नेपाल कस्तो छ थाहै नभएको त होइन नै, तर उनका आँखाले नेपाल देख्न पाएका छैनन् । गोडाले नेपालको धरती स्पर्ष गरेको छैन । नेपाल र नेपालीसित सोझो साक्षात्कार हुने मेसो मिल्न अझै बाँकि नै छ। तर यि दम्पत्ती नेपालबारे अरुलाई चिनाउँछन् । बुझाउँछन् । नेपाल जान हौस्याउँछन् ।

 लियों शहरमा नेपाली कार्यक्रम राख्नु भन्दा एक वर्ष अगाडिदेखि सोलेई भेर् संस्था सित यसबारे छल्फल हुन्थ्यो । त्यसमा मैले प्रत्यक्ष चिनेका जम्मा दुई जना थिए । तर अप्रत्यक्षरुपमा भने संस्थाका ११ जनासितै चिनजान हुन्थ्यो । किनभने नेपाली खाना पकाउने सामान कहाँ किन्ने, कस्तो किन्ने, कति किन्ने, राजदूतको सुरक्षा, सत्कार, खाना कसरि दिने, नेपाली न्रित्य कसरि कुन र कसले देखाउने । सारा विषयमा ईमेलबाट आदानप्रदान हुने गरेको थियो । 

(देब्रेतिरकी हुन् ज्याकलिन र दाहिनेतिर उनैकी साथी । ज्याकलिन सन् १९७६ मा एक पटक नेपाल पुगेकि । अहिलेसम्म नेपाल र नेपालीलाई माया गरिरहेकि छन् । उनकी साथी उमेरमा ६ दशक नाघेकि । रातीसम्म नेपालकालागि भनेर सामान ओसर्दै थिईन् ।)

ज्याकलिन को हो । फँस्वा को हुन् । क्रिस्चिन कस्ता छन् भन्ने मेसो नभएपनि संस्थाका सबै र तिनका वरिपरीका साथीहरुसित निकट भैसकेका थियौं। पूल बनेकि थिईन मारी एडविज, सोलेई भेर् कि अध्यक्ष । रेलबाट ओर्लिनासाथ कार्यक्रम कस्तो होला के होला भन्ने हुटहुटी भैहाल्यो । एड्विज रेल स्टेसनमा लिन आईन् । गाडीमा सिधै लगिन् पियर (फ्रान्सेलीहरु पिटरलाई पियर् भन्ने गर्छन्) र जोयल दम्पत्तीको घरमा । ओहो हो हो !!!! नेपाल कहिल्यै नगएका यि दम्पत्तीको नेपाल प्रेम ! २५० जनालाई खुवाउने सारा सामान राख्ने, थन्क्याउने र काटकुट गरेर सम्पूर्ण तयारी पुरा गर्ने यिनैको घरमा रहेछ । उनीहरु नेपालबारे सुनाउँथे । नेपालका हिमालको ब्याख्या गर्थे । नेपालको भाषा, संस्क्रिति र परम्पराको नालीबेली कहन्थे । लाग्थ्यो-नेपाल र नेपाली यिनको मनमा भित्रैसम्म गडेको छ जहाँबाट यिनलाई झिक्न सकिन्न ।

(कार्यक्रम सकिएको भोली पल्ट हामीलाई संस्थाकी मार्टीन, अध्यक्ष एडविज अनि पियर दम्पत्तीले हाम्रा राजदूतसँगै लियों शहर घुमाउन लगे । यि आमैले मलाई दिनभरी नेपालको प्रसंग सुनाइरहिन् ।)

भोली पल्टसम्म मलाई यि दम्पत्ती नेपाल पुगेका छैनन् भन्ने शंका पनि लागेन । बरु नेपालबारे यति धेरै जानेका, बुझेका, नेपाल र नेपाली भनेर मुर्छा पर्नेहरु कति पटक नेपाल पुगेका होलान् ? सोधें- नेपाल कति पटक जानु भयो भनेर । भने- अहिले सम्म गएकै छैन । अब नोभेम्बरमा जाने हो पहिलो पटक ।

अचम्म लाग्यो । एकै छिन मन धमिलो भयो खुशिले । नेपाल देख्दै नेदेख्नेलाई किन यत्रो बिघ्न माया ? केले तान्यो त्यस्तरी ? यिनलाई भेट्दै नेभेटी नेपालीहरु कसरि सुटुक्कै छिरे हँ यिनको मनभित्र ? नेपाली पारा उहि हो । छलफल, सल्लाह गर्दै सारा खाने कुरा काट्ने, मिलाउने र अरु काम गरियो । बेलुका त्यहाँ काम गर्ने १५, १६ जना सबैलाई खाना खुवाए यिनै दम्पत्तीले ।

(देब्रेतिरकी लिण्डा र दाहिनेतिरकी अर्कि एक स्वयंसेवक र नेपालका अनाथहरुलाई पढाउन सहयोग गर्ने महिला । यि दुबै कहिल्यै नेपाल गएका छैनन् । लिण्डा हातमा नेपालको जानकारी दिने ब्रोसर बसेकी छन् ।)

भोली पल्ट कार्यक्रम हुने हलमा चाँडै पुग्नु पर्छ मुख्य जिम्मेवारी लिने साथीहरु भनेर हामी पहिल्यै पुग्यौं । त्यहाँपनि आए थुप्रै फ्रान्सेली मित्र । सारा सामान आफ्नो गाडीमा बोकेका छन् । गर्मी उखरमाउलो थियो । तप तप पसिना चुहाउँदै टेबल र कुर्सी, डेक्ची र चुलो बोक्ने थिए । हामी मुसुक्क हाँस्दा असाध्यै रमाउँथे । एक जना अर्ध बैशें महिला टेबल उचाल्दै थिईन सकिनसकि एक्लै । छोटो गफगाफ भयो। उनीपनि कहिल्यै नेपाल गएकि रहिनछन् । तर नेपालका लागि भनेर मरी मरी काम गर्ने । नेपालका अनाथ वालवालिका पढाउनका लागि मासिक चन्दा दिँदै आएकी । नेपाल नगएकालाई फोन गरि गरि नेपालबारे सुनाउने रहिछन् ।

अर्की लिन्डा हातमा नेपालको जानकारी दिने ब्रोसर बोकेर नयाँलाई ब्याख्या गर्दै थिईन । गफ गर्दा पो थाह भयो त उनी त कहिल्यै नेपाल गएकै रहिनछन् । लिण्डा र यि दुबै कार्यक्रम सकिएपछिपनि राती ढिलो सम्म नै बसेर निकै सहयोग गरे। उनीहरु नेपालको लागि भनेपछि सधैं त्यस्तै गर्ने रहेछन् । नेपाली कार्यक्रम यस्तो हुन्छ, उस्तो हुन्छ, नेपालीहरु यस्ता हितैषी हुन्छन् भन्दै फुरुंग पारी पारी कार्यक्रममा ल्याउने कोसिस गर्ने रहिछन् ।

कार्यक्रम हुने दिन बिहान यस्सो केहि त खानु पर्‍यो । सोलेई भेर् कि अध्यक्ष मारी क्रिस्चिन काबोले आमाकोमा खाने भन्दै लगिन् । त्यहिँ उनकी बहिनी क्याथ्रिन र भाई पनि थिए । दुबै नेपाल नगएका । नेपाल र नेपालीको बयान गर्न लागिन् ७७ वर्षे ति आमैले । यस्सो सोधे-नेपालका अनाथ वालवालिका पढाउनकालागि अनाथलय खोल्न आफ्नी छोरीलाई प्रेरित गर्ने सायद यिनै आमै हुन् । यिनी नेपाल गईन्, सिंगै नेपाल र नेपालीलाई मनमा राखेर जुरुक्क उचालेर ल्याईन्। त्यसको केहि भाग छोरीको मनमा सारि दिईन । तर होइन रहेछ । आमै त कहिल्यै नेपाल नगएकी । तर नेपाल भनेपछि हुरुक्कै । नेपाल संबन्धि पर्व र प्रदर्शनी हुँदा पाहुनालाई सकिनसकि आफैं खाना खुवाउने । छोरीका लागि मेसो मिलाइदिने । अनि यता फोन गर, उता यसो गर भनेर छोरीलाई सिकाउने, बाटो देखाउने ।

यस्सो सोचें, कति होलान यस्ता मान्छे ? नेपाल न जानु, न देख्नु, न भोग्नु । के ले चासो लागेको होला ? केले तानेको होला ? फाट्टफुट्ट यस्ता मान्छे हुने रहेछन् भन्ने लाग्यो । साथीहरुसित बुझ्दा त अचम्मै परें। यस्ता नेपाल नचिनेर, नदेखेरैपनि नेपाल चिनाउने, नेपालको प्रचार प्रसर गर्ने त भुसुक्कै पो रहेछन् ।

  • Ramesh Khanal

    Merci pour cette article. Je suis tres content de la lire. Pouvez vous ecrir l’addresse electronique de cette organisation?
    Ramesh Khanal
    Katmandou

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • pallav

    सारै खुसि लाग्यो ,,नेपाल अनि नेपालीप्रति येस्तो स्नेह सहयोग अनि माया गर्ने ,,,बिशाल मन भएको दानिहारुलाई हृदय बाट नै धन्यवाद दिन चाहन्छु

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree