माइतीनै भुल्नेगरि बेल्जियममा मनाए तीज

-पुरुशोत्तम सुबेदी (तस्बिरपनि), बेल्जियम

तिज आयो भन्छन सबै माइत जान्छन

मै चेली अभागिनी कसका माइत जाम ।

nepali-womens-celebrating-teej-in-europe-nepalplus.jpg

साँच्चैनेपालमा नेपाली नारीहरुको दु:ख बेदना पोख्ने एउटा बिश्राम स्थल तिजको दिन पनि हो । यो दिन नेपालका सबै नारीहरु आफ्नो माइतीमा रमाउन चाहन्छन । त्यसैले होला, जहाँ जहाँ नेपाली नारीहरु पुगेका छन त्यहाँ त्यहाँ यो पर्वपनि सँगै लगेका छन । नेपाली वस्ति झ्यांगिदै जाँदा यो पर्वपनि भित्रिएकै छ । भौगोलिक सिमाले तिजको नाच र गीतलाई छेक्न सकेको छैन । अहिले बेल्जियममा हरेक नपाली हिन्दू नारीहरुले आफ्ना माइती नै बिर्सनेगरी तिज मनाएका छन । घरैमा सहि नाचगान घन्किएकै छ । राता पहिरन सजिएकै छन । गरगहनाले स्थानपनि पाएकै छन । दहरपनि पाकेकै छ । तिज आउनु भन्दा दुई हप्ता अगाडि देखी सुरु भएको तिजको चहलपहलमा आर्थिक मजबुत र बेल्जियम बसोबासको स्थाइ अनुमति पाएका नारीहरुले आफ्नो घरमा बोलाई मिठा मिठा परीकारहरु खुवाउने र मिलेर नाचगान गर्ने गरेका छन । अस्ति आइतवार अगष्ट २४ को दिन बेल्जियम स्थित हिमालय रेस्टुरेन्टमा धुमधामकासाथ नेपाली हिन्दू नारीहरुले तिज मनाए सबै एक ठाउँमा भेला भएर । बाँकि तस्बिरहरु हेर्न भित्र जानुहोस …….

nepali-womens-in-europe.jpg

         (साँच्चिकै माइती संझेर त होइन आँखा पुछेको ?)

nepali-womens-living-in-belgium-nepalplus.jpg

           (स्वदेशको जमघटभन्दा केहि कम छ त ?)

nepali-womens-living-in-belgium-nepalplus-2.jpg

                          (अब चाहिँ दहर खाले पालो)

(सूचना-अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता स्रोत उल्लेख नगरि पठाउनु, झुक्क्याएर बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु र स्पष्ठ नपारिकन एउटै रचना बिभिन्न ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचना मान्य छैनन ।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुका लागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ ।-नेपालप्लस) ।

  • Keshav,Japan

    आफूलाई त तीज आयो कि आउँदै छ थाहा नै भएन |तर मरिजाने जिन्दगीमा नाच्नुस-नचाउनुस्,हाँस्नुस्-हसाउनुस्,मनमा भएका तीता,मीठा अनि सुख-दु:ख मज्जाले लेन देन गर्नुस् भूगोलको जुनसुकै ठाँउमा भएपनि |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sanu nepali

    नेपाली दिदी बहिनी हरू लाई बधाई छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Moti

    Purshotam Ji,
    Bedeshma pani nepali chelile tij manayeko picture herna paunda khusi
    lagyo. Tapailai yeuta kura bhanna man lagyo ki nepali didi bahiniharu
    job garne silsilama tyo thauma pugeko hoki afantale invite garera
    gayeko hola.

    Pokhara
    Now- Iraq

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • surya sharma

    बिदेशमा बसेर पनि आफ्नो देश अनी पर्व को बारेमा गरेको अनुभुती र सम्झना को म हार्दिक सम्मन गर्दै जहाँ गएपनी आफ्नो सस्कृतिलाईनभल्नु पर्छ हामीले भन्दै तपाईंहरुलाई पनि तिज को हार्दिक शुभकामना दिन चाहन्छु ल ।- सुर्य शर्मा , रियाध

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • पुरुशोत्तम सुबेदी - बेल्जियम

    मोती जि खास गरी युरोपमा नेपाली चेलीहरु काम नै गर्ने उद्देश्यले कमै आउने गर्छन् । लोग्नेहरुले स्थाइ बसोबास को लागि पाएको कागजबाट नेपाली नारीहरु अथवा उनका श्रीमती यहाँ आएका हुन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सार्थक दोहा-कतार

    ल ल बधाई र शुभकामना छ नेपाली चेलीवेटी हरुलाई तिजको !!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • This news heading is completely misleading. There are still few days for Tij festival. Dear writer, please mind your news heading!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dipendra Prashad Sharma

    I

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • krishna sharma K.S.A. (BAT)

    very nice

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • naresh

    nepali didi bahini laibadhai ma naresh saud bombay

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • BISHNU KHANAL

    HAPPY TEEJ 2066 ALL NEPALI WHO LIVE IN BELJIUM.
    FROM NEPAL BISHNU KHANAL

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree