बिदेशमा पिकनिक खाएर वालवालिकालाई शिक्षा

तस्बिर-बिजेन्द्र प्रधान / शैलेन्द्र महर्जन, पेरिस

बिदेशमा बस्ने नेपालीहरुले पिकनिक खान्छन् । नाच्छन् । गाउँछन् । हा हु गर्छन् । रमाईलो मनाउँछन् । यो कुनै ठूलो कुरो होइन । तर यो पिकनिक भने अलि फरक छ । आफुले रमाईलो गर्दा नेपालका वालवालिकालाई पनि शिक्षा दिने । सन् १९९४ देखि नेपालका अनाथ वालवालिकालाई बिभिन्न विद्यालयमा राखेर शिक्षा दिँदै आएको फ्रान्सको एभरेष्ट नेपाल एसोसिएसनले त्यसै गर्छ ।

हिजोपनि पेरिस नजिकैको एउटा पार्कमा त्यसैगरि पिकनिक गरायो। नेपाली र फ्रान्सेली नेपालप्रेमीहरु जमघट भए । नेपाली खाना खुवाए सामान्य दस्तुर लिएर । सबै साथीभाई मिलेर हप्तौं अघिदेखि खाना पकाउने, ठाउँ रोक्ने लगायतका काम गरे बाँडीचुँडी । साथी भाई भेटघाट भयो । दुखसुख साटियो । आफुले रमाईलो गर्दा अवसर नपाएका नेपालका वालवालिकालाई पढाउन केहि रकमपनि जोगियो । आफ्नो देशको बारेमा केहि गरौं भन्ने भावना राख्ने हो भने रमाईलो गरेरैपनि केहि रचनात्मक काम गर्न सकिने रहेछ सात समुद्र पारीबाटैपनि भन्ने यो बलियो उदाहरण हो ।

नेपालप्रेमी फ्रान्सेलीहरुको  नेपाली कार्यक्रममा आकर्षण त हुन्छ नै, वालवालिका पढाउने रचनात्मक काम भनेपछि झन रमाउँछन् ।

नेपालकालागि भनेर खुलेको यो पुरानो संस्था भएकोले स्वदेशीहरु बढि नै हुने गर्छन् यो संस्थाको कार्यक्रममा ।

नेपाली कार्यक्रममा मेहनत गरेर ध्वजा पताका र नेपालका तस्बिर, बुद्यका फोटा अनि नेपाली झण्डा गाडेर नेपालकै झल्को दिने बनाउँछन् । यसले नेपालको यात्रा संझाउने गर्छ फ्रान्सेलीलाईपनि ।

खाना खाइसकेपछि नेपाली गित र न्रित्यको तरखरमा यूवायूवती ।

आआफ्नो रुचिको खेलमा मस्त थिए सबै । कोहि ब्याडमिन्टन त कोहि फूटबल ।

पाकाहरुको भने भिन्नै संसार थियो । उनीहरु पेताङ्क (वा बुल भन्छन् की मलाई अलि धरमर छ है !) खेल्दै थिए । यस्ता फलामका गोला गोला डल्ला समातेर एउटाको डल्लोलाई अर्कोले परैबाट ट्वाक्क हिर्काएर पर पुर्‍याउने र आफ्नो नजिक पार्ने यो खेल फ्रान्समा निक्कै लोकप्रिय छ ।

फ्रान्समा क्यारेमबोर्ड खेल्ने चलन त उति छैन नै, तर यि खेलाडी भने दर्जनौं पटक नेपाल जाँदा जाँदा पारंगत भैसकेका छन् । 

यि मुस्कुराउने हुन् बिजेन्द्र प्रधान । पेरिसमा भएका अधिकांश नेपाली कार्यक्रममा सुन्दर तस्बिर खिच्छन् यी । यहाँ फोटो खिच्ने भनेपछि उनको नाम जोडिन्छ ।

(मैले आजको कार्यक्रमको फोटो पठाइदिन एभरेष्ट नेपालका अध्यक्ष दाई शैलेन्द्र महर्जन र बिजेन्द्र दाईलाई आग्रह गरेको थिएँ । दुबैतिरबाट आए फोटा । तर धेरै फोटोका बिचमा छानेर राख्ने क्रममा यि दुई दाईहरुले खिचेका तस्बिर गोलमाल परेछन् । पछि छुट्याउन सकिन । त्यसको लागि क्षमा चाहन्छु-ददि)

  • Ammar Thapa

    Great work, nice photos. Thanks Dadiji .

    [Reply]

  • Tapta Bhandari

    dadhi ji namaste petang nai bhanchhan r u right;

    [Reply]

  • dhanesh ghale

    malai tittle herda nai comment dina man lagyo!!! bides maa picnic khayara balbalika lai shikchya vaneko rahe6. k balbalika lai shikchya dina picnic nai khanu par 6 ra???? picnice bahek aru kunai programme rakhne or meeting rakhda ramro hunna?? nepali li ko every programme ma khane kam matra !!!so yasto ………………………hataunu par6 hamile!!

    [Reply]


  • khoi ta sachhikai kalakar haru? kina hela gareko ho ra kalakar lai nachne thau nabhayera po nanacheko holani ntra ta sahayog garekai jasto lagthyo? ki pachi bhayera? je hos ramrai cha tara kalakar bhayaer pani kunai kura nahuda manma chisikka lagera matrai k

    [Reply]


  • kunai thau ma panio kalakar ko tasbir nadekhda mana ma lagera hai naramro namannu hola.sunchhumatrai ti kalar ta paris matrai hoina france ko sabai karekram haru sametchan are tara yeha naaako ho ki hajur ko camerale bhetena kunni? hamita nepalka tara pani uni sachhikai kalakar ho jasto lagcha . uni chito dhilo aaye tara yeha dekhiyan tesaile matra.nepali parba ka gagandi dai, ani lyion ka nepali jhanda lagaune bhaneki k. k sachhi kalakarai ho ki k ho uni bhanchu?

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree