प्रचण्ड पत्नीसँगको अन्तर्वार्ता
चितवन, सुन्दरपुरकी सीताको भाग्यमा श्रीनगरका छविलाल जुरेका रहेछन। १५ वर्षकै कलिलो उमेरमा उनीहरूको विवाह भयो, पञ्चेबाजा घन्काएर। छविलालभन्दा सीता छ महिना जेठी हुन। ब्राह्मण परिवारमा हुर्केर पनि उनीहरू दुवै कम्युनिस्ट पार्टीमा लागे। छविलाल कालान्तरमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डका रूपमा चिनिए भने ५३ वर्षीया सीता पौडेल पार्टीको सल्लाहकारका रूपमा। त्यसो त कम्युनिस्ट पार्टीका सर्वोच्च कमान्डरकी श्रीमती पनि प्रख्यात भएको इतिहास छ। जस्तो माक्र्सकी श्रीमती जेनी माक्र्स , माओकी श्रीमती याङ काइ हुई उच्च नेतृत्वसँगै जोडिएको नाम हो। यद्यपि सीताको नाम त्यसरी जोडिएको छैन। पार्टी कार्यकर्ताहरूको बुझाइमा कास्कीको ह्याङजा गाउँमा जन्मिएर उनले एक कक्षाको पनि औपचारिक शिक्षा लिने मौका पाइनन तर व्यावहारिक कामले कोहीभन्दा कम छैनन। पार्टीभित्र विभिन्न विवाद चल्दा उनले त्यसलाई साम्य पार्न मध्यस्थकर्ताको भूमिका खेलिन। त्यसैले पार्टीले उनलाई केन्द्रीय सल्लाहकारमा चयन गरेको छ। गत साउन ४ गते भक्तपुरमा सीता पौडेलसँग अन्तर्वार्ता लिने अवसर जुर्यो, जहाँ उनका पुत्र प्रकाश तथा माओवादी नेतृ हिसिला यमी सँगै थिए।
विवाह कलिलै उमेरमा गर्नुभा रैछ, अहिले भएको भए बालविवाह मानिन्थ्यो होइन ?
(हा … हा.. हा … हाँस्दै) अहिलेको भए त्यसै भनिन्थ्यो होला।
मागी विवाह हो ?
हो , मागी विवाह नै हो ।
विवाहभन्दापहिले उहाँलाई देख्नुभएको थियो ?
नाइँ , कुरा चलेपछि मात्र देख्या हुँ । त्यतिबेला गाउँ वा खोलाटोलामा जातभातको चलन थियो। त्यही सिलसिलामा विवाह भएको हो ।
त्यतिबेला कस्तो महसुस गर्नुभयो ?
पत्तै भएन , विवाह गर् याजस्तो देखिन्थ्यो। साथीहरू विवाह गर्नुपर्छ भन्थे तर विवाह गरेर के गर्ने, कसो गर्ने, केही मेसो थिएन ।
उसोभए पञ्चेबाजा घन्काएर विवाह गर्नुभयो रु ?
अँ , धुमधाम साथ पञ्चेबाजा बजाएर भएको हो । जेहोस् त्यतिबेला गाउँमै नभएको विवाह भएको हो ।
तपाईंको पढाइ नि ?
अहँ , कत्ति पनि पढेकी छैन । सायद म पोखरामै भइदिएको भए पढ्न पाउथेँ होला । मेरा साथीहरूले सात आठ कक्षा पढ्या छन् । चितवनमा आएपछि वस्तु चराउने
, थारू साथीभाइहरूसँग खेल्ने काम भयो । स्कुल धेरै टाढा थियो । बुवाआमाले पढाउन नखोज्या भने होइन । छोरो भैदिया भए जसरी पनि पढाउनुपर्छ भन्ने हुन्थ्यो होला । छोरी भएको नाताले त्यसो भएन । अर्को , ठाउँ र वातावरणले पढ्ने मौका मिलेन ।
तपाईं कत्ति पनि नपढेको मान्छे , पढेको केटासँग विवाह हुँदा अप्ठ्यारो मान्नुभएन ?
त्यतिबेलासम्म उहाँले पनि खासै पढ्नुभएको थिएन । उहाँ दस कक्षा पढ्दै हुनुहुन्थ्यो , विवाह गरेपछि काठमाडौँ पढ्न जानुभयो । त्यस्तो कुनै अप्ठ्यारो भएन ।
तपाईंहरू पुरानो इष्टमित्र पनि हो ?
केही न केही त जोडिएको हो । चितवन बट्यौनी गाविसको सुन्दरबस्ती हाम्रो माइती थियो , उहाँ श्रीनगरको । हिडेर जाँदा १५ मिनेट लाग्थ्यो ।
उहाँ काठमाडौं गएर पढ्न थालेपछि के गर्नुभयो
?
सुरूका दिनमा गाउँका महिलाले जे गर्थे त्यही गरियो । १२ वर्षसम्म सगोलमा बस्यौं । ०३५ सालमा परिवारबाट छुट्टियौं। ०३८ सालमा प्रकाश जन्मियो । त्यसअघि तीन छोरी जन्मिसकेका थिए ।
भनेपछि छोरो पाउने अभिलाषा धेरै ढिलो पूरा भयो , होइन ?
हाँस्दै , मलाई त त्यस्तो केही लाग्दैनथ्यो । सासूलाई नाति नै चाहिन्छ भन्ने थियो । मैले त छोरीहरू भएपछि परिवार नियोजन गर्ने भनेकी थिएँ । उहाँले पनि हुन्छ -हुन्छ भन्दाभन्दै छोरो पनि जन्मियो । प्रकाश जन्मिएपछि त उहाँ भूमिगत भैहाल्नुभयो ।
तपाईँ पनि भूमिगत हुनुभयो ?
त्यस्तै मान्नुहोस ।
तपाईँ राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
छोरी पनि भइयो , बुहारी पनि भइयो, महिलाको पीडा पनि भोगियो। ०३५ सालमा अमिक दाइ (हाल उप -प्रधानमन्त्री) की श्रीमतीले कक्षा लिने कुरा चल्यो । ठीकै छ , त्यसमा जाऊ न त भन्नुभयो । त्यतिबेला घरबाट निस्कन गार् हो थियो । त्यहाँ गएपछि दिदीको भाषण सुनेर निकै प्रभावित भएँ । त्यसपछि अब आन्दोलन गर्नुपर्छ भन्ने अठोट लिएकी हुँ ।
श्रीमान् राजनीतिमा लागेका बेला कुनै गुनासो गर्नुभयो ?
मैले पढ्न पाइन , दुःख पाएँ भन्ने कुरामा उहाँसँग झगडा गरिन । तर, कयौं कुरा पार्टीसँग सम्बन्धित हुन्छन् नि, त्यहाँ महिलाले खेल्ने भूमिकामा मेलै संघर्ष गरेकी हुँ ।
कस्तो खाले संघर्ष ?
पार्टीभित्र गडबड हुने बेलामा पार्टी फुट्न आँटेको बेला सक्दो भूमिका खेलें । रोल्पामा पार्टीको मिटिङ बसिरहेको थियो
, भारतबाट त्यहाँ जाँदा केही गडबड भएको पाएँ । अनि ल है, पार्टी कुनै पनि हालतमा फुटाउन हुन्न भनेर जोडदार कुरा रा राखें। तपाईं दायाँ -बायाँ गर्न पाउनुहुन्न भनेर उहाँलाई पनि भन्थें (हिसिलातिर इंगित गर्दै) । यस्तै कुरामा झगडा हुन्थ्यो, अरू व्यक्तिगत कुरामा होइन । एउटा कुरा त बाल्यकालमा विवाह भयो, हिँजोआजको जस्तो श्रीमान्-श्रीमतीको व्यवहार पनि भएन । प्रचण्डसँगै जन्मियाजस्तो, सँगै हुर्कियाजस्तो , जन्मदेखि नै सँगै रहेजस्तो फिलिङ हुन्छ मलाई, उहाँलाई पनि ।
तपाईंहरूबीच पारिवारिक कुरामा कहिल्यै झगडा भएन ?
पारिवारिक कुरामा , बूढाबूढी सँगै बस्दा त्यस्तो झगडा हुँदैनथ्यो । कहिलेकाहीँ ठाकठुक त भैहाल्छ । आफैभित्र द्वन्द्व हुँदा बेलाबेलामा सोचाइ परिवर्तन हुने भएको अवस्थामा दुई जनामा झगडै हुदैन भन्ने होइन ।
श्रीमान् - श्रीमतीबीच झगडा हुँदा धेरै दिनसम्म नबोलेको कुनै घटना छ ? कहिलेकाहीँ विवाद भए होलान तर आधा घन्टाभन्दा बढी नबोलेको रेकर्ड छैन । उहाँको स्वभावले पनि त्यसो गर्न दिँदैन । बरू मलाई रिस उठ्लाजस्तो हुन्थ्यो ।
तपाईंको बाल्यकालमै विवाह भयो, उहाँले कृषिमा स्नातक गरेपछि वा पछि पार्टीको नेता भएपछि तपाईंलाई छोड्ने त्रास भैरहन्थ्यो कि ?
बाल्यकालमै विवाह भयो । त्यसपछि आमाले खेल्ने भूमिका पनि खेलियो । छोराछोरीलाई पढाउँदा गहना बेचेर , दुनियाँ सास्ती खाएर जीवन यापन गरियो । यस्ता कुरा केही न केही त थाहा भैहाल्छ । यस्तो शंका न पहिले भयो , न पार्टीमा लागेपछि भयो न अहिले छ ।
तपाईंसँगै भूमिगत हुनुभएको हो ?
उहाँ ०३८ सालमा भूमिगत हुनुभयो । उहाँ सुरूमा नारायणगढमा बस्नुहुन्थ्यो । त्यो सबैका लागि पायक ठाउँ थियो । सबैतिरका साथीहरु त्यहाँ आउँथे । उनीहरूलाई खाना पकाएर ख्वाउनुपथ्र्यो । ०४३ सालदेखि म पनि भूमिगत भएँ । ०४६ सालतिर प्रजातन्त्र आएपछि काठमाडौँ गएँ । जनयुद्ध सुरू नहुँदासम्म केटकेटीहरू काठमाडौंमै थिए । त्यतिखेर जेठी छोरीको विवाह भैसकेको थियो , माहिली छोरी पढ्दै थिइन् । त्यहाँ खर्चबर्च चलाइन्थ्यो । जनयुद्ध सुरू भएपछि केटाकेटी राख्नै गार्
हो भयो । त्यतिखेर प्रहरीले स्कुल रस्कुलमा दाहाल नाम गरेका केटाकेटी खोज्दै हिँड्न थालेपछि सुरक्षाका लागि भए पनि सँगै लगियो । पछि छोरीहरूको १० /१० कक्षा पढ्दापढ्दै विवाह गरियो भने छोराले १२ कक्षासम्म पढ्न पायो ।
जनयुद्धसुरू गरेपछि काठमाडौँबाट कतातिर लाग्नुभयो ?
यतातिर नजाऊँ कि क्या हो । यो प्राविधिक कुरा पर् यो ।
एक्कासि भूमिगत हुँदा निकै अप्ठ्यारो भयो होला होइन ?
अप्ठ्यारोको त कुरै नगरौं । उकाली -ओराली त कति गरियो, गरियो ।
नेपालका कति जिल्ला घुम्नुभयो ?
त्यसको त मेसै पाइन । जहाँ
-जहाँ उहाँ जानुहुन्थ्यो, त्यहीँ गइयो ।
अहिले पार्टीमा के हुनुहुन्छ ?
केन्द्रीय सल्लाहकार छु।
यतिका वर्ष भूमिगत हुँदा पनि सल्लाहकारमा सीमित रु यो पद त कुनै जिम्मेवारी नदिएर थन्काइने पद होइन र ?
मेरो काम आन्तरिक सल्लाह दिने हो । यसलाई जतातिर बंग्याइदिए पनि भयो । कहाँ के बिगि्रएको छ , पार्टीकै सल्लाहअनुसार मिलाउने काम हुन्छ ।
प्रचण्ड र बाबुरामबीच धेरै पटक खटपट भैसकेको छ , अहिले दुवै यहाँ हुनुहुन्छ । तपाईँहरू पनि झगडा गर्नुहुन्थ्यो ?
किन झगडा गर्ने रु उहाँलाई पनि सोध्नुहोस । मैले भन्थें
, खबरदार, यसमा तपाईंको पनि हात छ, दायाँ- बायाँ गर्नुहुन्न । यद्यपी बाहिर जति कुरा आयो, उहाँहरूबीच त्यस्तो वैमनश्य भने थिएन । उहाँहरू (प्रचण्ड र बाबुराम) बीच छलफल पनि हुन्थ्यो , सँगै बस्नुहुन्थ्यो । हामी एकै ठाउँमा खाना खान्थ्यौं ।
तपाईंको विचारमा जनयुद्धले नेपाली महिलालाई के दियो ?
नेपालमा सामन्तवाद , पितृसत्तावाद थियो, अहिले हाम्रो पार्टीमा ४० प्रतिशत महिला सक्रिय छन् । त्यो हेर्दा महिलाको स्तर धेरै बढेको छ र पार्टीको माथिल्लो तहमा उहाँहरू पुग्नुभएको छ ।
तपाईं जनयुद्धमा लागेपछि पढ्न जान्नुभयो रे , हो ?
पढ्न अलिअलि आउँथ्यो । भूमिगत भए पनि अध्ययनलाई बढाउँदै लगें । पत्रिका पढ्छु । कहाँ हाम्रो राम्रो कुरा छ , त्यो पढ्छु ।
नराम्रो पढ्नुहुन्न ?
पढ्न त पढिन्छ , तर त्यति ध्यान जाँदैन ।
सामान्यतया कम्युनिस्ट पार्टीमा सर्वोच्च कमान्डर भनेपछि श्रीमती पनि उत्तिकै प्रख्यात हुने चलन छ । तपाईँ आफूलाई कस्तो महसुस गर्नुहुन्छ ? मलाई घमन्ड छैन । मलाई लाग्छ , पहिले गाउँमा जस्ती थिएँ, त्यस्तै छु । म यी जनता , यी महिलालाई कहिल्यै भुल्दिन । त्यो व्यवहारले देखाउने कुरा हुन्छ । यद्यपि श्रीमान् सँगै हिँड्दा मैले पाएको सम्मान देखेर खुसी लाग्नु स्वाभाविक हो । तपाईहरु धेरै समयसम्म भारतमै बस्नुभयो ?
करिब आठ वर्षजति नेपाल आउने -जाने क्रम चलिरहन्थ्यो ।
आफ्नो
छोराको विवाह पार्टीका प्रभावशाली नेताकी छोरीसँग धुमधामका साथ गराउनुको कारण ?
त्यस्तो केही होइन । उनीहरू आफैंले एक -अर्कालाई मन पराएका हुन् । हामी विवाह गर्छौं भने । ठीकै छ भनियो । अनि पार्टीले स्वीकृति दिएको हो ।
अहिलेका केटाकेटी बढी प्रेम विवाह गर्छन् , यसमा तपाईँ के भन्नुहुन्छ ?
राम्रो लाग्छ । तपाईँहरूलाई लाग्ला , यो पढेलेख्या नभएकी महिला हो, परम्परावादी होली भनेर । खासगरी मलाई मिलाएर भन्न त आउँदैन तर आधुनिक हुनुपर्छ , नयाँ हुनुपर्छ । नयाँ नीति हुनुपर्छ भन्ने मेरो मान्यता हो । प्रेम विवाह सोचेर, पाको भएर गर्नुपर्छ, उमेर पुगेर गर्दा यही नै राम्रो हो ।
तपाईँलाई पनि कसैले प्रेम प्रस्ताव गरे होलान् नि ?
नाइँ
, कहाँ राख्ने ? हरे, त्यो बेलामा प्रेम भनेको थाहै थिएन । त्यसमा पनि बाहुनका छोराछोरीले । एकैपटक आफ्नै बूढासँग प्रेम भयो हा … हा.. हा.. (हाँस्दै ) ।
सबै छोराछोरीको विवाह गरियो , जीवनमा धेरै दुःख पनि गरियो । धर्मकर्म गरौं, तीर्थधाम जाऊँजस्तो लाग्दैन ?
के को तीर्थ ? त्यसै तीर्थजस्तो हुन्छ हामीलाई त । जिन्दगीभर तीर्थ गए जस्तो भएको छ । ५३ वर्ष भइयो, घुमिएकै छ, यही हो तीर्थ हाम्रा लागि । धर्मप्रति त पहिलेदेखि नै पटक्कै विश्वास लाग्दैनथ्यो मलाई ।
बाहुनकी छोरी तथा बुहारी भएर पनि त्यस्तो कट्टर किन ?
बुवा १४ वर्ष बर्मा पुगेर आउनुभाको मान्छे । घरमा आमाले पूजाआजा गर्नुहुन्थ्यो । बुवाले हकार्नुहुन्थ्यो , ए बूढी ढुंगा पुजेर पनि धर्म हुन्छ र रु बुवाको त्यस्तो कुरा सुनेर होला, मलाई सानैदेखि धर्मप्रति आस्था जागेन ।
खाना आफै पकाउनुहुन्छ ?
आफ्नो कोठा भएको ठाउँमा भाँडा छन् भने पकाउँछु ।
कस्तो खानामा रुचि लाग्छ ?
दाल , भात, तरकारी । प्रायः साग पकाइन्छ । माछा-मासु पनि खाइन्छ ।
गाईको मासु खानुहुन्छ होइन ?
त्यो भने अहिलेसम्म खाइनँ । नखाएको कुरो कसरी भनूँ ? कसैलाई मन लाग्छ खान्छन्
, कसैले खाँदैनन् । यसमा कुनै करकाप हुँदैन ।
राँगाको नि ?
त्यो त २२ र२३ वर्षदेखि नै खान थालेको हो । बादलजीको विवाहदेखि सुरू गरेको । उहाँको विवाहमा हामीलाई भोज खान बोलाउनुभयो । त्यतिबेला बाटामा राँगो काटेको देखिपछि घरमा दुईरचार छाक भात खाँदैनथ्यौं । देख्दै घिन लाग्ने , त्यतिखेर पनि खान मन त लाग्या थिएन। उहाँहरूले खाएपछि अरूले खान हुने, मैले मात्र किन नहुने भनेर खाइयो । त्यसपछि उहाँहरूले भन्दा बढी खाएँ । अहिले भैंसीको मःम खान्छु ।
तपाईँ महिला भएर घर , परिवार, सासू - ससुराको सेवा गर्नुपर्नेमा अध्यक्षसँग बस्न थाल्नुभयो । यसले पारिवारिक कर्तव्य निर्वाह गर्न पाइन भन्ने लाग्दैन ?
व्यक्तिगततिर गइन म । यो पाइन , त्यो पाइन भनेर पनि कहिल्यै भनिन । पार्टीमा लागिसकेपछि व्यक्तिगत कुरातिर त्यति ध्यान गएन । यो कुरा उहाँहरूलाई पनि थाहा होला ( हिसिलातिर लक्षित गर्दै) । बाल्यकालमा सासू -ससुराको स्याहार गरियो । पार्टीमा लागेपछि परिवारभन्दा पनि पार्टीकै चिन्ता लाग्न थाल्यो । पार्टीलाई कसरी जोगाउने हो , उहाँ (अध्यक्ष) लाई कसरी बचाउने हो भन्ने कुरामै लागियो ।
तपाईँहरू यत्रो वर्ष भूमिगत हुनुभयो , कुनैबेला संयोगले जोगिएको अनुभव छ कि ?
त्यस्तो त कति परियो -परियो । डेढ वर्षअघि रोल्पा गएको बेला हामीहरू बसेकै घरमा सेनाले बमबारी गर् यो ।
भारतमा पनि अप्ठ्यारो हुन्थ्यो होला
?
भारतमा त कति हुन्थ्यो भनेर साध्य छैन । अर्काको देशमा बस्या छ , त्यही पनि खोजिराख्या छ । नेपालमा झोलामा टाउको ल्याऊ र झोलाभरि पैसा लिएर जाऊ भनेर मूल्य तोक्या छ । भारतमा कतिखेर के हुने हो , डरैडर थियो । मलाई पनि खुबै टेन्सन हुन्थ्यो ।
जनयुद्धमा लागेर निजी जिन्दगी नै दुःखैदुःखमा गएजस्तो लाग्दैन ? जिन्दगीको त कुरै छोडौं । हाम्रो पीडा भन्नुहोस् त, यहाँभित्र खुसी पनि छन्, धेरै कुरा भोगियो । घरपरिवार पूरै छताछुल्ल हुँदोरहेछ । सम्पत्तिको नाममा चितवनमा एक कठ्ठा जमिन छ । त्यो पनि कहाँ छ , पत्तो छैन ।
अहिले वार्ता भैराख्या छ , यसले कस्तो मोड लेला ?
वार्ता निकासतिर जालाजस्तो लाग्छ । जनता हाम्रो पार्टीले सफल होस् भन्ने चाहन्छन् । यहाँ षड्यन्त्रको तानाबाना पनि बुनिएजस्तो छ
, सबैभन्दा दुष्ट त अमेरिका रै छ । अमेरिकाजस्तो संसारको अपराधी देश अरू कोही लाग्नछाड्यो मलाई त । संसारमा नभएका पढे -लेखेका मान्छे र धनी देश भन्छन्, दुनियाँ गरिब जनतालाई मारेर ध्वंस बनाउँदै हिँड्छन् भने यी कस्ता मानव रु अझ संकटकालमा सबैभन्दा रिस अमेरिकामाथि थियो । नेपाली जनताको शान्तिको चाहना अमेरिकाले भाँड्न खोजेको छ , त्यसैगरी केपी ओलीहरूले वार्ता हुँन दिदैनन् कि भन्ने चिन्ता छ । जसरी पनि वार्ता सफल हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
उसो भए दीर्घकालीन निकास हुन्छ ?
हुनैपर्छ ,यदि भएन भने यस्ता केपी ओलीहरूलाई जनताले छिनोफानो गर्नेछन् । फेरि आन्दोलनबाहेक विकल्प छैन । देश डुब्न लागेको बेलामा अझै पनि नेताहरू गम्भीर हुँदैनन् भने जनताले त्यसै छोड्दैनन।
तपाईं अहिले सासू हुनुहुन्छ , जनयुद्धमा १५ हजारभन्दा बढीको बिचल्ली भयो । हजारौं निमुखा सुरक्षाकर्मीका पत्नी विधवा भए । तिनमाथि दया लाग्दैन ? किन नलाग्नु ? दया मात्र होइन, हामी रातका रात नसुत्या बेला पनि छ । हाम्रा पीडा भन्नुहुन्छ भने यति मार्
यो उति मार् यो भन्दा निकै पीडा हुन्थ्यो । शाही सेनाका अबोध जवानहरू मारिँदा तीनका परिवारले के गर्लान् , तिनीहरूमा कति पीडा भयो होला भनेर चिन्ता हुन्थ्यो ।
माडीजस्ता धेरै घटना गराएर थुप्रै निर्दोष मानिसको ज्यान पनि लिनुभयो नि ?
माडीको कुरै नगर्नुहोस् । माडीले कति दिन , कति हप्ता हामीलाई टेन्सन गरायो , मुडअफ गरायो । त्यत्रा जनतामाथि त्यस्तो हुनु दुर्भाग्य हो , ठूलो भूल हो ।
तपाइ रुनुहुन्छ ?
रोइन्छ कुनै बेला । चिने -जानेका साथीहरू पर्दा रुन्छु । अहिलेसम्म सबैभन्दा बढी पीडा भएको घटना लिस्नेको हो । जुन बेला सबै पत्र-पत्रिकाले आठ, नौ सय माओवादी मरे भनेर प्रचार गर्
यो । रेडियो नेपालले पनि त्यस्तै भन्यो । त्यतिबेला फोन थिएन, सेटलाइट फोन पनि थिएन । मान्छे पठाउनुपथ्र्यो , अनि मात्र सही सूचना आउँथ्यो । अलि गार् हो थियो । ५र ६ दिनसम्म प्रस्ट कुरा नआउँदा उहाँलाई पनि निकै टेन्सन भयो । मलाई पनि त्यतिखेर खान मन लागेन , निद्रा पनि लागेन । जब बीबीसीले, सेनाले जे भन्या हो, त्यो उल्टो रै छ भन्यो अनि हामीलाई ठूलो राहत भयो । यस्ता थुप्रै घटना छन , जतिबेला हामी रोएका छौं । विस्तारै बानी पर्दै गयो । युद्ध हो , यस्तो हुन्छ । युद्धमा अघि बढ्नका लागि थुप्रै कुरा सहनुपर्छ भन्ने लाग्यो, त्यसरि नै चित्त बुझाइयो ।
प्रचण्ड र बाबुरामका छोराछोरी भारतमा सेभ गर्ने र अन्य गरिबका छोराछोरीलाई मर्न पठाएको भन्ने आरोप पनि छ नि ?
त्यो झूटो कुरा हो । हामीले छोराछोरीलाई पढाएर ठूला -ठूला स्कुलमा राख्या त होइन । जहाँ गए पनि पार्टीकै काम गरिरहेका छन उनीहरू ।
सबै जनताले सैन्य तालिम लिनुपर्छ
, आम समुदायलाई मिलिसियाकरण गराउँदै लाने भन्ने माओवादीको नीति छ । तपाईंले हतियारसम्बन्धी कुनै तालिम लिनुभएको छ ?
नाइँ लिएको छैन । युवावस्थ्ाामा पड्काउने बेलामा त्यो हामीसँग थिएन । अहिले छ , तर पड्काइएको छैन।
महिलालाई आरक्षण दिनुपर्छ भन्ने नारा आएको छ, तपाईंको धारणा के हो ? आरक्षण भनेको के हो , मैले बुझेकी छैन। महिलालाई यति चाहिन्छ भनेर तौलिने कुरा होइन। त्यो त महिलाले प्रयास गरेर धेरै लिनुपर्छ जस्तो लाग्छ । महिलाले कस्सिएर आफ्नो माग राख्नुपर्छ।
अन्तमा , जनयुद्धमा राज्य र माओवादी दुवैतिरका मानिसको ज्यान गयो । तिनको भविष्यप्रति माओवादीको के सोच छ ?
भोली सत्तामा पुगेपछि तिनीहरूलाई हेर्नुपर्छ जस्तो लाग्छ । द्वन्द्वमा पीडा पाएकाहरू केही अभिजात वर्गका होलान् त्यो छुट्टै कुरा हो । नभए धेरैजसो सामान्य परिवारका पुलिस , सिपाहीका परिवारले बढी दुःख पाएका छन। तिनीहरूमाथि मानवीय व्यवहार गरिनुपर्छ, उचित व्यवस्था गरिनुपर्छ। जनयुद्धमा पुलिस, सिपाहीका परिवारले बढी दुःख पाएका छन।
(यो कान्तिपुर प्रकाशनको नारी पत्रिकाले लिएको अन्तर्वार्ता हो भाद्र २०६३ मा । अहिले उनका पती प्रचण्ड देशको प्रधानमन्त्री भएकाले रोचक होला भन्ने ठानेर यहाँ साभार गरिएको हो । तस्बिरपनि नारी मासिककै हो-नेपालप्लस) ।


dherai rochak antawaarta.antawaarta line ra dine dubailai dhanyabaad 6.
मन परो वा परेन:
0
0
[Reply]
antarbarta…dherai…ramro…keep….doing…it…………
मन परो वा परेन:
0
0
[Reply]
सबै पढे-लेखेका मान्छे मात्र असल अनि बुद्दिजिवी हुनसक्दैनन |वाध्यता र परिस्थिती को जन्जिरले बाँधिनु पर्दा शैक्षिक योग्यता हासिल गर्नु त टाढाको कुरा हो साधाहरण लेख-पढ गर्न नसक्नेहरुको जमात ठुलै छ हाम्रो समाजमा |स्वच्छ भावनाले समाजको,देशको सेवा गर्नु भनेको घर खनेर आगन पुर्नु हो | राजनितीको शिखरमा पुगेकालाई बाहिर बाट जति हाइ-हाइ हुन्छ, उसको भित्री खोतल्ने हो भने उसको हालत नाजुक हुन्छ | अझ पुरुषप्रधान समाजमा महिलाको लागि झनै गाह्रो छ | अचानोको पीर खुकुरीलाई थाहा हुँदैन,अचानोलाई मात्र थाहा हुन्छ | आफुले राजनीति नगरे पनि राजनैतीक पारिवारिक पृष्ठभूमीमा हुर्केको हुँदा अति नजिकबाट यसको असर भोगेको छु | ठीक त्यही अनुभवको सम्झना गरायो यो अन्तर्वाताले | कुनै पनि एउटा सफल पुरुषको पछाडि एउटी सफल नारीको हात हुन्छ,प्रचन्ड त्यसैको प्रतिफल हुन | यस अर्थमा उनी औपचारिक शिक्षा बाट बन्चित रहेतापनि, उनको योगदानलाई कुनै पनि असल शिक्षित नागरिक भन्दा कम आक्न हुँदैन | सिद्दान्त र विचार फरक हुन सक्छ, तर राम्रो कामको लागि तारिफ गर्नै पर्छ |
मन परो वा परेन:
0
0
[Reply]
केशवजी,
तपाइको भावना कति मिठो, कति राम्रो । साँच्चिनै अधिकाँश नेपालीले यस्तै सकारात्मक सोचिदिए नेपाल कति माथि पुग्दो हो ! महिला र पुरुषबिचको भेद कति सम्म हुँदो हो ! समाजका जटिलता मिटिदा हुन । महिला प्रतिको आदर कति चुलिँदो हो । धेरै धन्यावाद तपाइलाई केशवजी ।
मन परो वा परेन:
0
0
[Reply]
VERY VERY GOOD
मन परो वा परेन:
0
0
[Reply]
Thank you, Nepal plus lai
Interview ,Really interesting.
मन परो वा परेन:
0
0
[Reply]
Thank you, Nepal plus lai,
Touch this word………..
आरक्षण भनेको के हो , मैले बुझेकी छैन। महिलालाई यति चाहिन्छ भनेर तौलिने कुरा होइन। त्यो त महिलाले प्रयास गरेर धेरै लिनुपर्छ जस्तो लाग्छ । महिलाले कस्सिएर आफ्नो माग राख्नुपर्छ।
Interview ,Really interesting & it can encourage us
मन परो वा परेन:
0
0
[Reply]
मलाई त सार्है राम्रो लाग्यो सिता अन्टिको अन्तर्वाता
मन परो वा परेन:
0
0
[Reply]
Thanks alot for NEPAL PLUS ati nai Rochak lagyo antarbarta . aagami din haru ma pani yestai rochak samagri paskane kosis garnu hola.
मन परो वा परेन:
0
0
[Reply]
Dherai ramro bichardhara rahechha . hamro deshma padhelekheko bhanaudo mahila harulai yesto bichar ra sahas kamai hunchha
मन परो वा परेन:
0
0
[Reply]
मलाई त सार्है राम्रो लाग्यो सिता अन्टिको अन्तर्वाता
मन परो वा परेन:
0
0
[Reply]
जस्ले जे सुकै भने पनि जति आसा गरे पनि म अहिले नै नेपालको भविस्य प्रती आशावान हुन सकेकी छैन नव PM को कुर्सी नै उपेन्द्र याधवलाई परराष्ट्र मन्त्री बनाउने सर्त मा सुदको आसिर्बादले पाइएको हो भन्ने कुरामा कसैलाई पनि संका छैन होला।उपेन्द्र जस्तो भारतीये पिट्ठुलाइ जाना जान परराष्ट्र मन्त्रालय दिनु नै अहिले बनेको मन्त्री मण्डलको ठुलो त्रुटी हो जस्लाई आज सबैले नजर अन्दाज गरी रहेका छन।कोशी बांध को समस्या पनि कुनै अचानक आएको दैबी प्रकोप मात्रा नभई यो पनि भारत सरकारको अद्रिष्य चाल हो भन्ने लाग्छ मलाई ,पहिलो सरकारको पालमा हजारौ ले नागरिकता पायो अब फेरी कोशीको पानी छाडेर हजारौ लाई नेपाल छिराउने चाल चलेको भारतले पछी उतै फर्काउने भने पनि ति हजारौ अब शायदै भारत फर्केलान।अनी फेरी ति हजारौले नेपालीको छातीमा टेकेर नेपाल मा अझ कती ताण्डव गर्ने नै छन्।त्यो भारतीये अधिकारीलाई सस्पेन्ड गरेको पनि म कुट्छु तं रुये जस्तो गर भनेको मात्र होला तिनिहरुको त्यो लापर्वाही सब माथि कै आदेसले भएको हुनपर्छ ।अब उपेन्द्र भारत जादैछ उस्को स्वागत को लागि उस्को पालक पिता सुद पहिले भारत पुगी सक्यो अब नेपाल र नेपाली बिरुद्ध त्यहाँ कती षड्यन्त्र गरेर कति षड्यन्त्र लियेर आउने हो हेर्दै जानु होला।नेपालमा सरकार दिगो बन्न दिगो सान्ती हुन भारत ले कहिले दिनेवाला छैन नयाँ सम्बिधान बन्ने त कहिले हो कहिले ?कहिले न थाहा पाउने गरी भित्र भित्र गृह युद्ध गराएर त कहिले कोशी बाध खुलाएर जनता र सरकारअलाई अल्मलाएर सधैं पङु बनाउने कोशीसमा भारतले साम दन्ड भेद सधैं लगाइ रहेको छ र लगाइ नै रहने छ।यदी देशलाई साच्चैं नै माया गर्छ मावोबादिले भने वाइ सि एल को गती बिधी तुरुन्त बन्द गरेर देश मा प्रहरी र सेना को मनोबल बडाएर न्याय कानुन लाई ससक्त रुपमा लागु गराउनु पर्छ सम्पूर्ण नेपाली जनतालाई यकसुत्रमा बाध्ने रास्ट्र्बादी अभियान चलाऊनु पर्छ।
प्रधान मन्त्रिले बिगतको प्रधान मन्त्रिले जस्तै म मेरो पार्टिको मात्र नेता हुँ भन्ने नसोचेर म सम्पूर्ण नेपालीको नेता हुँ भन्ने मानेर नेपाल बचाउ अभियानमा सम्पूर्ण नेपाली लाई एक ढिक्का बनाएर अघी बढेर देखाउन सक्नु पर्छ अनी मात्र नेपाल र नेपालीको भलो हुनेछ।
सबभन्दा पहिले सम्पूर्ण नेपाली र नेपालको प्रतिनिधि हुँ भन्ने देखाउन प्रधानमन्त्री ले कोट पेन्ट त्यागेर नेपाली टोपी सङै नेपाली दौरा सुरुवाल लगाउनु पर्यो।कोट पेन्ट त पश्चीमी पहिरन हो आफुलाई आतंकारी तोकेको मलुकको पहिरन लगाउन सन्कोच नभये पछी आफ्नो देशको पहिरन लगाउन किन सन्कोच मान्ने? कि त्यो सिर को टोपी नि फालेर हयाट लगाउन पर्यो।
मन परो वा परेन:
0
0
[Reply]
very very interesting and good newspaper for nepali people rather than other news paper. Hope in future will get more and more interesting news like the interview of Mrs. Prachand
मन परो वा परेन:
0
0
[Reply]
Sita devi ko Intervew ramro lagyo, nepalplus lai thanks!
But our priminister Mr. Dahal le hamro nepali haruko pahichan lai ra nepali ko sobhiman lai sidhai laat haneko jasto lageko cha kina bhane nepali rastriya posak nalagayera western luga lagayeko kati pani nepalko primister lai suhayeko jasto malai lagdaina arko kura jindagi bhari Bharatiye bistarbad bhandai danka phukne parchanda chin bata farkida airportmai pahilo political tour bharat mai huncha bhanera bhanne k bharat bahek anne desh aafhu khushi nepalko p.m. le jaan paudaina ra? prachanda ko testo niriha boli sunda katakata tyo karantikari prachanda ko political height nai saano bhayera aayeko jasto ani abishwash badeko jasto lagyo sathai tesh kurale mawobadi haru wa prachanda soyem pani bharat dekhi yeti darauda rahechan bhanne pani lagyo ra yiniharu pani bharat kai puchar huna aba dherai baki chaina jasto pani bhan bhairahekocha.
dhanebad
मन परो वा परेन:
0
0
[Reply]
garba lago sadharan padhalekhako vayara pani thulo jimbari linu vayako
मन परो वा परेन:
0
0
[Reply]
thanks nepal plus for interesting interview
mahendra khadka.
from rukum now;kathmandu,nepal
मन परो वा परेन:
0
0
[Reply]
dherai khushi chhu naya nepalko lagi kehi garnu hunchhaki ?
मन परो वा परेन:
0
0
[Reply]
good interview
i like it
keep it up nepalplus
मन परो वा परेन:
0
0
[Reply]
koiuy—
मन परो वा परेन:
0
0
[Reply]
malai sita madam ko antarbata dherai ramro lago kinkee bhandai bye bye gadchhu thank you.
मन परो वा परेन:
0
0
[Reply]
Prachnda patniko Adarsabadi anterbarta ra uhaka anubhaba le Naya samaj ma Nari Chetana ko bhumika nibhaune kam Garne Chha. Uha yeta uneducated nari bhayera pani educated siriman lai sahi bato nirdesan garne juna mahan kam garnu bhayo tyo nai naya samajko goretoma ujalopan lyaune mahan kam bhayeko chha jasto malai lagchha. Yestai anterbarta didai garnu hola dhanebad.
मन परो वा परेन:
0
0
[Reply]
Sita ji,
Ma yati matra sodhna chahanchhu, Desh ko bikash garne kahile ho ?
Sapana ta dherai baadiyo tar government ma gayera garne kaam gareko khoi ta ?
Sampadak yo kura katai kasaiko interview liye Maoist ko commander haru lai sodhi dinu hola ?
Jana yuddha ko sapna le dherai ko jyan gayo dhera bekharbaar bhaye kati ko jindagi barbad bho, tar kehi chhaina je hunu bho bhayo tar desh ko bikaash matra gare dheraile ti pida haru bhulne chhan natra aba leader haru ko mrityu lai dherai parkhanu naparla tyasaile aasha chha maoist leader harule kehi na kehi chadai garlan tar kahile ?
मन परो वा परेन:
0
0
[Reply]
जस्ले जे सुकै भने पनि जति आसा गरे पनि म अहिले नै नेपालको भविस्य प्रती आशावान हुन सकेकी छैन नव PM को कुर्सी नै उपेन्द्र याधवलाई परराष्ट्र मन्त्री बनाउने सर्त मा सुदको आसिर्बादले पाइएको हो भन्ने कुरामा कसैलाई पनि संका छैन होला।उपेन्द्र जस्तो भारतीये पिट्ठुलाइ जाना जान परराष्ट्र मन्त्रालय दिनु नै अहिले बनेको मन्त्री मण्डलको ठुलो त्रुटी हो जस्लाई आज सबैले नजर अन्दाज गरी रहेका छन।कोशी बांध को समस्या पनि कुनै अचानक आएको दैबी प्रकोप मात्रा नभई यो पनि भारत सरकारको अद्रिष्य चाल हो भन्ने लाग्छ मलाई ,पहिलो सरकारको पालमा हजारौ ले नागरिकता पायो अब फेरी कोशीको पानी छाडेर हजारौ लाई नेपाल छिराउने चाल चलेको भारतले पछी उतै फर्काउने भने पनि ति हजारौ अब शायदै भारत फर्केलान।अनी फेरी ति हजारौले नेपालीको छातीमा टेकेर नेपाल मा अझ कती ताण्डव गर्ने नै छन्।त्यो भारतीये अधिकारीलाई सस्पेन्ड गरेको पनि म कुट्छु तं रुये जस्तो गर भनेको मात्र होला तिनिहरुको त्यो लापर्वाही सब माथि कै आदेसले भएको हुनपर्छ ।अब उपेन्द्र भारत जादैछ उस्को स्वागत को लागि उस्को पालक पिता सुद पहिले भारत पुगी सक्यो अब नेपाल र नेपाली बिरुद्ध त्यहाँ कती षड्यन्त्र गरेर कति षड्यन्त्र लियेर आउने हो हेर्दै जानु होला।नेपालमा सरकार दिगो बन्न दिगो सान्ती हुन भारत ले कहिले दिनेवाला छैन नयाँ सम्बिधान बन्ने त कहिले हो कहिले ?कहिले न थाहा पाउने गरी भित्र भित्र गृह युद्ध गराएर त कहिले कोशी बाध खुलाएर जनता र सरकारअलाई अल्मलाएर सधैं पङु बनाउने कोशीसमा भारतले साम दन्ड भेद सधैं लगाइ रहेको छ र लगाइ नै रहने छ।यदी देशलाई साच्चैं नै माया गर्छ मावोबादिले भने वाइ सि एल को गती बिधी तुरुन्त बन्द गरेर देश मा प्रहरी र सेना को मनोबल बडाएर न्याय कानुन लाई ससक्त रुपमा लागु गराउनु पर्छ सम्पूर्ण नेपाली जनतालाई यकसुत्रमा बाध्ने रास्ट्र्बादी अभियान चलाऊनु पर्छ।
प्रधान मन्त्रिले बिगतको प्रधान मन्त्रिले जस्तै म मेरो पार्टिको मात्र नेता हुँ भन्ने नसोचेर म सम्पूर्ण नेपालीको नेता हुँ भन्ने मानेर नेपाल बचाउ अभियानमा सम्पूर्ण नेपाली लाई एक ढिक्का बनाएर अघी बढेर देखाउन सक्नु पर्छ अनी मात्र नेपाल र नेपालीको भलो हुनेछ।
सबभन्दा पहिले सम्पूर्ण नेपाली र नेपालको प्रतिनिधि हुँ भन्ने देखाउन प्रधानमन्त्री ले कोट पेन्ट त्यागेर नेपाली टोपी सङै नेपाली दौरा सुरुवाल लगाउनु पर्यो।कोट पेन्ट त पश्चीमी पहिरन हो आफुलाई आतंकारी तोकेको मलुकको पहिरन लगाउन सन्कोच नभये पछी आफ्नो देशको पहिरन लगाउन किन सन्कोच मान्ने? कि त्यो सिर को टोपी नि फालेर हयाट लगाउन पर्यो।
keshab neupane
iraq
मन परो वा परेन:
0
0
[Reply]
Prachnda patniko Adarsabadi anterbarta ra uhaka anubhaba le Naya samaj ma Nari Chetana ko bhumika nibhaune kam Garne Chha. Uha yeta uneducated nari bhayera pani educated siriman lai sahi bato nirdesan garne juna mahan kam garnu bhayo tyo nai naya samajko goretoma ujalopan lyaune mahan kam bhayeko chha jasto malai lagchha. Yestai anterbarta didai garnu hola dhanebad.
मन परो वा परेन:
0
0
[Reply]
के को तीर्थ ? धर्मप्रति त पहिलेदेखि नै पटक्कै विश्वास लाग्दैनथ्यो मलाई bhannu chai ali bebaharikta ma dekhiyana tapai jasto uchchha odaha ko manchhe le asto kura garda aru hami hindu, muslim baudha ani eshai dharma manne sabaile nai tirtha ani dharma garchhan ani teso vanne ho vane aru haru le ke vannu ., tara tapaiko tala lekhiya ko kura ma vane hami sabaile gahirera sochanu parchha .sabai mahila purush saman ho vanera .
आरक्षण भनेको के हो , मैले बुझेकी छैन। महिलालाई यति चाहिन्छ भनेर तौलिने कुरा होइन। त्यो त महिलाले प्रयास गरेर धेरै लिनुपर्छ जस्तो लाग्छ । महिलाले कस्सिएर आफ्नो माग राख्नुपर्छ।
मन परो वा परेन:
0
0
[Reply]
के को तीर्थ ? धर्मप्रति त पहिलेदेखि नै पटक्कै विश्वास लाग्दैनथ्यो मलाई भन्नु चै अली बेबहारिक मा देखियन तपाईं जस्तो उच्छ ओदह को मान्छे ले अस्तो कुरा गर्दा अरु हामी हिन्दू, मुस्लिम बौध अनी ईशाइ धर्म मान्ने सबैले नै तिर्थ अनी धर्म गर्छन् अनी तेसो भन्ने हो भने अरु हरु ले के भन्नु ., तर तपाईंको तल लेखिय को कुरा मा भने हामी सबैले गहिरेर सोचनु पर्छ ।सबै महिला पुरुष समान हो भनेर .
आरक्षण भनेको के हो , मैले बुझेकी छैन। महिलालाई यति चाहिन्छ भनेर तौलिने कुरा होइन। त्यो त महिलाले प्रयास गरेर धेरै लिनुपर्छ जस्तो लाग्छ । महिलाले कस्सिएर आफ्नो माग राख्नुपर्छ।
मन परो वा परेन:
0
0
[Reply]
It’s really sweet to read this article. I enjoyed while I was reading it. The most thing is that woman empowerment. This cannot be achieved only by saying. This Sita is similar to the Sita of Ramayan. Her heart is so transparent.But the Ram is different. Euta anpadh naari le party ko mediator ko bhumika samhalna sakchin bhane yaha ta lakhau aanpadh naari chan hamro desh mna.Tinlie shakschyar banauna kasari sakincha? Harek nari ko aafnai pida ani bedana cha, tinlie suni dincha kasle? Euta kt Uma Singh, jasle kehi garna lageki thiin, tinilie pani mare bhanepachi kehi hudaina hamro deshmna?
A very good article. I like it. K lekhne bhanera akamakka mna pare.
मन परो वा परेन:
0
0
[Reply]
सिता जी तपाईं को बिचार एकदम राम्रो लाग्यो अती उत्तम बिचार छ हजुर को म पनि चितवन बासी को नाताले आफ्नो जिल्ला बासी एस्तो पाउनु ठुलो कुर हो भन्ने मलाई लाग्दछ
मन परो वा परेन:
0
0
[Reply]
LA LA TAPAIN KO ANTERWARTA TA RAMRO CHHA.TAR HAZZARAUN MANISH LAI TAPAIN HARULE MARNU BHAYAKO CHHA ABA TAPAIN HARU YADI INTERNATIONAL CORT MA GAYARA YUDDA APARADKO JEIL BASNU PARDA KASTO LAGCHHA?MOJ GARNU HOS TAR YAD GARNU PARCHHA, MANISH KO JIWAN KATI KO MAHATWA CHHA. THANKYOU.
मन परो वा परेन:
0
0
[Reply]
ramro chha interview
मन परो वा परेन:
0
0
[Reply]
aafai banayeko jasto chha ta interview haha
मन परो वा परेन:
0
0
[Reply]