आफ्नै कार्यालयमा छिर्न पाएनन प्रधानमन्त्री !

देशको अर्थिक, सामाजिक र प्रशासनिक चिरफार गरेर त्यसलाई चुस्त बनाउने भाषण धेरै पटक pm-prachand-1.jpgगरे हाम्रा प्रधानमन्त्रीले । प्रधानमन्त्री नहुँदै त धेरैले भन्छन नै । तर प्रधानमन्त्री भएपछिपनि त्यो लगातार दोहोर्‍याइरहेका छन् उनले । उनको पार्टीलेपनि । शासन सत्तामा बस्नु अघि गरेका आश्वासन र बचनलाई शासनमा आएपछि फेरी दोहोर्‍याउनु राम्रो पक्ष हो नै । तर देशको प्रधानमन्त्रीस्वयंकै कार्यालयको हरिबिजोक देख्दा चाहिँ प्रधानमन्त्रीले समग्र देशकै मति कसरि सुधार्लान र भनेर जिब्रो टोक्नुपर्ने हुन्छ। अनि अघिल्ला सरकार कुन बिजोकले चलेका रहेछन् मेसो पनि पाइन्छ । बहुदलिय प्रजातन्त्र आएपछि पटक पटक गरेर १० वर्ष शासन गरेको नेपाली कांग्रेस पार्टीले प्रशासन संयन्त्रलाई कसरि छाडा छोडेछ भन्ने थाह पाइन्छ । साँच्चिकै प्रधानमन्त्री स्वयं आफ्नो कार्यालय बन्द भएर छिर्नै नपाएको समाचार पढ्नु पर्‍यो भने ? हो, हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) एक दिन आफ्नै कार्यालयमा छिर्न खोज्दा पाएनछन । खुला हुनुपर्ने समयमै कर्मचारीहरुले कार्यालय बन्द गरेर कुलेलम ठोकिसकेका रहेछन । अनि प्रधानमन्त्री कर्यालयमा पस्न खोज्दा ताल्चा ठोकिएको देखेपछि ढोकाबाटै फर्किए । 

साँघु साप्ताहिकका अनुसार प्रधानमन्त्री गत हप्ता बाढी पिडित क्षेत्रको भ्रमण गरेर आएपछि आफ्नो कार्यालय छिर्न खोजेका थिए। पौने पाँच बजे प्रधानमन्त्री ढोका अगाडि पुग्दा त कर्मचारीहरुले ताल्चा ठोकेर हिँडिसकेछन । त्यहिँबाट प्रधानमन्त्री फिर्ता भए। नागरिकहरु बाढि पहिरोले सर्वस्व गुमाएर संकट परिरहेको बेला आवश्यक परे चौबिसै घण्टा खोलेर काम गर्नुपर्ने प्रधानमन्त्री कार्यालकै बेहाल हेर्नुस त ! आफ्नै दाजुभाईहरु बिपत्ति परेर रोइरहेका बेला कर्मचारीहरुको हालत ! 

कर्मचारीले त्यसरि मन लागि गरेर हिँड्नुको कारणपनि गज्जबै रहेछ । बिगत दुइ वर्षदेखि ब्रिद्द प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो ओछ्यानमै कार्यालय चलाएका रहेछन । कार्यालयका सहयोगी र कर्मचारीले उनलाई देख्नपनि पाउँदैनथे । आफ्नै बिस्तारालाई कार्यालय बनाएका प्रधानमन्त्री कार्यालय आउँछन भन्ने कुराको हेक्का राख्नपनि बिर्सेका कर्मचारीहरुले । तालिका बनाएर कर्मचारीलाई प्रधानमन्त्रीले काम लगाउने, आफुपनि कार्यालयमा आएर काम गर्ने होइन कि प्रधानमन्त्री आफ्नो कार्यालयमा आउँदापनि कर्मचारीले अचम्म मान्नुपर्ने भएको रहेछ । मस्तले बस्यो, तलब पड्कायो गयो । क्या हाइसन्चो कर्मचारीहरुलाई !

 प्रधानमन्त्रीकै त्यो बिजोग भएपछि मुख्य सचिवलाईपनि के को खाँचो ? उनीपनि घरबाट प्रधानमन्त्रीकहाँ सिधै गएर कार्यालय समयको वास्तै नगर्ने रहेछन । टोपोटसिपोट च्यापेर प्रधानमन्त्रीको ओछ्यानमै पुग्थे रे उनी । प्रधानमन्त्रीलाई हरेक समय कार्यालयमा ब्यस्त देख्नुपर्ने कर्मचारीलेनै देख्न नपाउने रहेछन । अनि हुँदैन त बिजोक प्रधानमन्त्री कार्यालयको ? गर्दैनन त मनपरि कर्मचारीहरुले ? जे होस प्रधानमन्त्रीले आफ्नै कार्यलयका कर्मचारीको मनपरितन्त्र देखेपछि उनकालागि एउटा शिक्षा चाहिँ भयो होला समग्र  देशको प्रशासनिक काम कसरि चलेको छ भनेर भनेर। साँघु साप्ताहिकको तलको समाचारपनि हेर्ने कि ? फोटो साभार-नेपाल साप्ताहिक

प्रधानमन्त्रीकै कार्यालयको हरिबिजोग

(मित्रहरु, अलि सभ्य भाषामा लेखौं है प्रतिक्रिया ? तपाइले प्रतिक्रिया दिनु भनेको अरुले पढुन भन्ने होइन र ? त्यसैले नबिर्सनुहोस, जति सभ्य भाषामा लेख्यो तपाइको प्रतिक्रिया उति धेरैले पढ्छन । र कुनै ब्यक्ति विशेषलाई गाली गर्नुभन्दा संबन्धित लेखका बारेमा बहस चलाउनुहोस । ब्लगको मजा भनेकै बहस, छलफल र वादविवाद गर्नु हो स्वच्छ तरिकाले-नेपालप्लस)

  • jeetsingh..bhandari

    haha..
    yestai…ho…congresi….daka….gundaharu….natra,,,tyasai….desh…ko…halat….yesto….hunthyo….ta……dakaharu…le…lutna…samma…lute…desh…lai…sher…bahadeur…yeklai…15-20….karod…bhrastachar….gari….thagne…daka…ko…katro…san…cha…yestai…ho…daka…haru…ko…charitra….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Min shrestha

    Yo Pradhan mantri le chahi kehi garla jasto chha hai sathi ko kina ki India ma visit garne parampara lai todera China tira lage ani Bahadur haina ta Hamra Pradhan Mantri CHHABILAL ji.

    Mero respect chha uwaha lai.

    MIN

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • justpushpa

    aba herau naya pradan mantri jee le kasari sammalnu huncha aru pahila mantree jee le nepali rastiye posak ko ijat rakera karlaye jada ramro hune thiyoooooooo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rai yang pitang chhu Dharan haal-Oxford

    Giri jale jati sukai naramro kaam gare pani usko hanumaanharule Giri jalai ta sarwagun sampanna mahapurush nai dekhchhan k garnu ra ! yaslai hamile hamro bidambana bhanau wa durbhaagya?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • anoz silwal

    sabhyata bhanne kura kaha chha ra sir sabhya bhasama lekhau bhannuhuncha..nepalima kaha sahansilta ra sochne sakti chha ra ? dekhnubhayena kathit pram girija jyu le kathit sasan chalayebakseka ,,,basabari chappal karkhana, chobar cement factory, judda cement factory. salai udhyog. adi jasta udhyog bandagaribaksi uhale bharat mitrakaha bata import garimarjibaksyo ani deslai kangal , sudan, palesitine ko sapana dekhibaksya……..la bhannus hamro ex pram girijabau lai kasari dilbata sambodan ra respect garne…denmark ko pram lai mukchhadchan ..ramro garne lai chhadchhan bhane naramro garne lai sirji kasari samman garne ho…aja nepal ko isthiti yeha samma lerayebakseka giribabuji lai kasle ridaya dekhi salam garne…mahatma gandi, neilson mandela , Bill clinton lai kasle naramro bhancha sirji….unlai tes sthan ma rakhna mildaina hola?????????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Keshav,Japan

    नेपाल माथि उठन नसक्नुको मूल समस्या नै यही हो | यो वर्षौ देखि चलिआएको परम्परा हो, मानौ हाम्रो अमूल्य सँस्क्रिती | यसलाई जुरुक्क उठाएर फ्याँक्न पनि तेति सजिलो छैन | कर्मचारीतन्त्रको मनपरी, लेख्नेले पनि हदै सम्म लेखे र पढ्नेले पनि आगो बन्दै पढे | तर लेख्ने र पढ्ने काम मात्र भयो, कुनै कार्यान्वयन भएन | समयमा हाजिर नहुनु,पुरा समय कार्यालयमा नबस्नु, तुरुन्तै हुनसक्ने कामलाई पनि हप्तौ जिल्याएर राखिदिनु भनेका सामान्य जस्तै लाग्न थाले | प्रचन्डले यत्ति समस्यालाई हल गर्न सके भने पनि, मान्नुपर्छ कि उनले नेपालको लागि धेरै गरे | प्रचन्डको निम्ती यो पनि एउटा चुनौती हो | आशा गरौ उनले यसका लागि गतिलो उठाउने छन |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सौरभ क्षेत्री

    हेल्लो सर
    मलाई तपाइको ब्लग एकदम मन् पर्यो। पाठक प्रतिक्रियाहरु खुब सभ्य रहेछन्। रिपोर्टहरु धेरै जसो छोटा रहेछन् । छिटै पढेर सकिने । प्रतिक्रियाहरु यस्तै म्ठा आ उन, लेखहरु पठनिय आइरहुन। माओवादीले केही गर्लान कि भन्ने आशा थियो तर छिमेकि देश भारतले उसलाई अहिले देखिनै असफल बनाउन लागे जस्तो छ। सारा नेपालीले राष्ट्रियाको आन्दोलन पो चलाउनु पर्ने दिन आ उने हो कि ! काम गर्नै नदिएपछि जति तगडा भएपनि बिचरा प्रचण्डको के लाग्ला र ?

    शुभेक्षुक

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Keshav,Japan

    माथिको मेरो कमेन्टमा गतिलो कदम हुनुपर्नेमा, कदम छुट्न गएछ | कृपया सच्याएर पढिदिनु होला |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Aashis Thapa

    Sarkari kam kahile jala gham bhanne parampara lai jarai dekhi naukhelesamma Nepal ko halat badaliela jasto chhain. PM le pani uchit kadam chalne bela aaeko chha.
    Aashis Thapa
    UNMIS

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • uddhab niraula Dabai

    Kasari Nepalimaa type garnu sakinchha?

    (१) पहिले यो लिंकमा जानुहोस http://www.nepalplus.com/?page_id=4

    अथवा रोमनबाट नेपालीमा लेख्नुहोस भनेको ठाउँमा। यो त नेपालप्लसको हरेक लेखको पुछारमापनि हुन्छ । त्यसैले त्यहिँ क्लिक गर्दापनि हुन्छ ।

    (२) त्यसपछि रोमनबाट नेपालीमा लेख्नुहोस भन्ने आ उँछ। त्यसको पहिलोहरफमा ” रोमनमा लेख्ने ठाउँ” भन्नेमा क्लिक गर्नुहोस

    (३) त्यसपछि Click here for the old version भन्ने ठाउँमा क्लिक गर्नुहोस

    (४) पुछारमा Basic Conversion भनेको ठाउँको सानो घेरामा क्लिक गर्नुहोस

    (५) Type Here भनेको ठाउँमा क्लिक गर्नुहोस

    (६) टाइप गरेको सामाग्रिलाई सेलेक्ट गरेर कपी गरि ल्याएर नेपालप्लस वा आफुलाई मन लागेको ठाउँमा लगेर पेस्ट गर्नुहोस। खेल खत्तम ।

    (७) त्यसपछिपनि नबुझे फेरी सोध्नुहोस

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gaurav

    प्रधान मन्त्री कार्यालयमा छिर्न नपाएको कथा पढ्दा अचम्म लाग्यो। हुनत अचम्म मान्नु पर्ने के भयो र पहिलेका प्र. म. कहिलै कार्यालय आएको भएपो। खाली खुरापाती गर्दै समय पाएपो। त्यही माथि खन्चुवा नेताहरुको भिड। त्यस माथि सुपुत्रिको रडाको के गरुन बिचरा फेरी आँफै बेला बेला बिचेत भएसी। तै पनि सर्ब मान्य नेता भएरै छाडे क्यारे। गल्ती उन्को मात्रै पनि होइन। दोश्रो पुस्ताले तुहायो उन्लाई क्यारुन बिचरा दोश्रो पुस्ता पनि झर्ला र खाम्ला भन्दा भन्दै कपाल झरी सक्यो तर झर्ने होइन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • पढ्दाखेरि त गज्जब कै लाग्यो तर यस्ता साप्ताहिक पत्रिकाले लेखेका कुरा मा भने पटक्कै विश्वास लाग्दैन ।
    यस्ता साप्ताहिक पत्रिकाले प्राय: अधिकांश ठाउँमा बढाइँचढाइँ नै लेखेको हुन्छ ।

    के हामी पत्याउछौँ त, पत्रिकाले लेख्यो भन्दैमा ??? प्रधानमन्त्री कार्यालयमा छिर्न पाएनन् भन्ने पनि हुन्छ कतै ???
    अब पत्रिका को मुख्य खबर रे फेरी ॒- “प्रधानमन्त्री कार्यालयमा छिर्न पाएनन्” । बडो अचम्म लाग्छ यार, कहिलेकाँहि, पत्रिका को हेडलाइन हेरेर । यो पत्रिका बेच्ने चाल मात्र हो, अनि मलाई लाग्छ यस्ता बकम्फुसे समाचार लेख्नेलाई के पत्रिकाको दर्जा दिइरहेको होला ???

    यो ब्लगचाँहि मलाई अलि पचेन है !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sagarika

    दधी जी हुन सक्छ तपाईंले पनि मेरो कमेन्टस् लाई रोक लगाउनु हुनेछ तर जस्ले जे सुकै भने पनि जति न् अै असा गरे पनि म अहिले नै नेपालको भविस्य प्रती आशावान हुन सकेकी छैन नव प् म् को कुर्सी नै उपेन्द्र याधवलाई परराष्ट्र मन्त्री बनाउने सर्त मा सुदको आसिर्बादले पाइेको हो भन्ने कुरामा कोही पनि अनभिग्य छैन होला।ुपेन्द्र जस्तो भारतीये पिट्ठुलाइ जाना जान परराष्ट्र मन्त्रालय दिनु नै अहिले बनेको मन्त्री मण्डलको ठुलो त्रुटी हो जस्लाई आज सबैले नजर अन्दाज गरी रहेका छन।र कोशी बांध को समस्या पनि कुनै अचानक आएको दैबी प्रकोप होइन यो पनि भारत सरकारको अद्रिष्य छल हो भन्ने लाग्छ मलाई ,पहिलो सरकारको पालमा हजारौ ले नागरिकता पायो अब फेरी कोशीको पानी छाडेर हजारौ लाई नेपाल चिराउने चल् चलेको छ। पछी उतै फर्काउने भने पनि ति हजारौ अब शायदै भारत फर्केलान।अनी फेरी ति हजारौले नेपालीको छातीमा टेकेर नेपाल मा अझ कती ताण्डव गर्ने नै छन्।त्यो भारतीये अधिकारीलाई सस्पेन्ड गरेको पनि म कुट्छु तं रुये जस्तो गर भनेको मात्र हो तिनिहरुको त्यो लापर्वाही सब माथि कै आदेसले भएको हुनपर्छ ।अब उपेन्द्र भारत जादैछ उस्को स्वागत को लागि उस्को पालक पिता सुद पहिले भारत पुगी सक्यो अब नेपाल र नेपाली बिरुद्ध त्यहाँ कती षड्यन्त्र गरेर्‍ कति षड्यन्त्र लियेर आउने हो हेर्दै जानु होला।नेपालमा सरकार दिगो बन्न दिगो सान्ती हुन भारत ले कहिले दिनेवाला छैन नयाँ सम्बिधान बन्ने त कहिले हो कहिले ?कहिले न थाहा पाउने गरी भित्र भित्र गृह युद्ध गराएर त कहिले कोशी बाध खुलाएर जनता र सरकारालाई अल्मलाएर सधैं पङु बनाउने कोशीसमा भारतले साम दन्ड भेद सधैं लगै रहेको छ र लगाइ नै रहने छ।यदी देशलाई साच्चैं नै माया गर्च्छ मावोबादिले भने वाइ सि एल को गती बिधी तुरुन्त बन्द गरेर देश मा प्रहरी र सेना को मनोबल बडाएर न्याय कानुन लाई ससक्त रुपमा लागु गराउनु पर्छ सम्पूर्ण नेपाली जनतालाई यकसुत्रमा बाध्ने रास्ट्र्बादी अभियान चलाऊनु पर्छ।
    प्रधान मन्त्रिले बिगतको प्रधान मन्त्रिले जस्तै म मेरो पार्टिको मात्र नेता हुँ भन्ने नसोचेर म सम्पूर्ण नेपालीको नेता हुँ भन्ने मानेर नेपाल बच्चाउ अभियानमा सम्पूर्ण नेपाली लाई एक ढिक्का बनाएर अघी बढेर देखाउन सक्नु पर्छ अनी मात्र नेपाल र नेपालीको भलो हुनेछ।
    सबभन्दा पहिले सम्पूर्ण नेपाली र नेपालको प्रतिनिधि हुँ भन्ने देखाउन प्रधानमन्त्री ले कोट पेन्ट त्यागेर नेपाली टोपी सङै नेपाली दौरा सुरुवाल लगाउनु पर्‍यो।कोट पेन्ट त पश्चीमी पहिरन हो आफुलाई आतंकारी तोकेको मलुकको पहिरन लगाउन सन्कोच नभये पछी आफ्नो देशको पहिरन लगाउन किन सन्कोच मान्ने? कि त्यो सिर को टोपी नि फालेर हयाट लगाउन पर्‍यो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Roshan khati

    Hami dherai hopeful chau new nepal ka pratham pm prachanda ji saga. desh lai ramro banaunush,tapai ko idea le, junasukai tantra lagauda pani hunchha, janata ko pakchha ma.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सौरभ क्षेत्री

    हरे के कन्त बिजोग सुन्नु परेको ! यो नेपालएे पुन्पुरोनै उस्तो हो जस्तो लाग्यो अब त ! दु:ख का दिन गए भनेको त अब पञ्छ र कांग्रेसले चुसेर लोत परेका नेपालएेलाई माओवादी र फोरमा ज्स्ता नयाँ पार्टीले हड्डिपबी निल्ने भए । माओवादीको साम्यवादअंा पुग्ने बाटो हो यो ।
    छिट्टै आ उछ अब साम्यवाद । साम्यवाद भनेकाइ यस्तै हो भिन्न खाले साम्यवाद, प्रचन्डपथ को साम्यवाद ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree