ढोकैनिर आइपुग्यो भूकम्पको भय
(२८ अगस्ट २००८ मा “ढोकैनिर आइपुग्यो भूकम्पको भय” शिर्षकमा यो लेख अहिले समय सान्दर्भिक देखिएकाले फेरी प्रकाशित गरिएको हो-नेपालप्लस) ।
(चित्रमा हेर्नुहोस त, भारतिय महादिप देब्रेबाट दाहिने तिर सर्दै गएको छ। तिब्बती पठारभने दाहिनेबाट देब्रेतिर । एक दिन यि दुइको जम्काभेट हुन्छ। जोडले ठोक्किँदा ए उटा तल पर्छ अर्को माथि । तिनै दुई भूखण्ड ठोक्किँदा भूकम्प जाने हो । र यि उभिएर ब्याख्या गर्ने चाहिँ फ्रेदेरिक पेरिय ) ।
देशमा राष्ट्रिय बिपतीको बेला छ अहिले । लाखौ मानिस घरबारबिहिन भएका छन । हामी नेपालीका लागि यो दुख, यो बिपत्ती र संकटनै काफी छ । तर यहि बेला देशमा भयंकर ठूलो भूकम्प गएर हजारौं हजार घर भत्किए, लाखौ मानिस पुरिए, करोडौ करोड धनमालको क्षती भयो भने के गर्ने ? तर हामीलाई नचाहिएर के गर्नु ? नचाहेरै पो के गर्ने ? प्राक्रितिक बिपत्ती त्यस्ता कुरा ख्याल नगरि आउँछ । न गरिब हेर्छ, न असहाय । नेपालको भूकम्प संबन्धि आधिकारिक अध्ययन गरिरहेको फ्रान्सको संस्थाले नेपालमा कुनैपनि बेला १९९० सालको भन्दा ठूलो भूकम्प जान सक्ने संभावना रहेको बताएको छ । उसले नेपाल सरकारलाई सचेत गराउँदै आएको छ । तपाइँहरुलाई जानकारि नहुन सक्छ, फ्रान्सको देपाख्तमँ आनालिज सुरभेइयँस अन्भिरोन्मँ भन्ने संस्थाले अनुगमन गर्ने गरेको छ हाम्रो भूकम्प संबन्धि क्रियाकलापको । त्योपनि गत २५ वर्षदेखि । नेपाल र फ्रान्सबिच सञ्चालित सबैभन्दा पुरानो परियोजना नै यहि हो । त्यसका प्रमुख ब्यक्ति हुन फ्रेदेरिक पेरिए । उनीसँग मेरो करिब १० महिना पहिले उनैको कार्यकक्षमा भेट भएको थियो । उनी हरेक नेपालीको ढोका ढोकामा भूकम्पको जोखिम आइपुगेको बताउँदै थिए । उनले नेपालमा कुनपनि बेला १९९० सालको भन्दा धेरै गुणा शक्तिशाली भूकम्प जान सक्ने बताए । उनले त्यसरि जानसक्ने बैज्ञानिक कारणहरु सचित्र देखाएका थिए । उनीसँगको भेट र उनले दिएका बिभिन्न तथ्यहरुबारे कुनै बेला अलि बिस्तारमा छुट्टै ब्लग लेखौंला नै । अहिले भने भूकम्प किन र कसरि जान्छ फोटो बाँकि फिचर हेरौं——-
(त्यसो त, लाखौं वर्ष पहिले हाम्रा महादेशपनि यसरि निकै टाढा थिए । अथवा करिब दुई करोड वर्ष पहिले टेथ्य भनिने समुद्रले भारतिय महाद्विपिय पट्टिका (इन्डियन कन्टिनेन्टल प्लेट) लाई यूरासियाको पट्टिकाबाट छुट्याएको थियो । अहिले के भए ? तलको फोटो हेर्नुस)
(लाखौं वर्षको अन्तरालमा बिस्तारै सर्दै सर्दै ति यसरि जोडिए । हाम्रो देशपनि अघिल्लो तस्बिरमा झैं भारतको छेउबाट सरेर अन्तै पुगे बरु सुख पाउँथ्यो कि ! )
(भारतिय पठारको जमिनको पाप्राहरुको बनावट महासागरिय माटो र पत्रले बनेको छ । माथिल्लो आवरणको केहि भाग जसलाई भूतत्व पट्टिका (टेक्टोनिक प्लेट) भनिन्छ, त्यो लेदो परेको छ । त्यहि भाग एक अर्कामा घस्रिने र चिप्लिने गर्छ जसले गर्दा भूकम्प पैदा हुन्छ । ति भूतत्व पट्टिकाहरु प्रिथ्वीको भित्रि भागको गतिशिलताका कारण हलचल गर्छन । त्यसले ड्याङ जस्तो परेको महासागरिय ढिस्को (ओसेयानिक रिजेज) जस्तो भार र महासागरिय सुरुङ जस्तो भाग (ओसेयानिक ट्रेन्चेज) मा पट्टिकाहरु निर्माण गर्न भूमिका खेल्छन )।
(भारतिय पट्टिकाको उत्तरतर्फ लगाताररुपमा वार्षिक पाँच से.मी. भन्दापनि बढिका दरले स्थानान्तरण भइरहेको छ । यसो हुँदा प्रथ्वीका पत्रहरु सरेर माथिल्लो तहमा चिरा पर्ने र चट्टानहरु धकेलिने गर्छन । ठक्कर खाएको माथिल्लो भाग उठ्ने गर्छ । यसैले गर्दा अग्ला हिमालहरु बन्ने गर्छन )।

(अर्थात, भारतिय उपमहाद्विप र तिब्बती पठार बिपरित दिशाबाट भेट भएर ड्ड्याम्म जुध्दा एउटा भाग धसिन्छ र अर्को भाग यसरि उठ्छ । शक्तिशाली भए माथि उठ्छ, कमजोर भए धसिन्छ) ।
(भूकम्पको जोखिम त संसारमा जहाँपनि हुनसक्छ । जतिखेरपनि जान सक्छ । तर यो रातो भएका ठाउँ भने अति जोखिमपूर्ण हुन । तत्कालैपनि जान सक्ने र ठुलो क्षति बनाउन सक्ने । ल हेर्नुस है त नेपाल कहाँनिर पर्छ ?) ।
(नेपाल विश्वमै अति जोखिमपूर्ण ठाउँमा छ भूकम्पको । भूकम्पको जोखिमबाट बच्ने सबैभन्दा उत्तम उपाय नेपालमा भुइँ तले घर मात्रै बनाउने हो । ठुलै गएपनि भुइँतले घरलाई त्यति क्षति गर्दैन । हामीले संबन्धित निकाय र सरकारलाई सचेत गराउँदै आएको हो । तर जति भनेपनि मान्ने होइन । कसैले सुन्दैन । तिन, चार, पाँच, छ र अहिले त सात तले घर बनाउँछन अनि भूकम्प गयो भने हामीले के गर्ने ? फ्रेदेरिक पेरियको गुनासो हो यो) ।
(भूकम्पको भविष्यवाणी गर्न अझै सफल भएका छैनन वैज्ञानिकहरु । तर प्रयासहरु संसारभरिनै जारि छन । पेरिए नेपालको माटो, ढुँगा, बालुवा, गेगर र चट्टानहरु फ्रान्सको प्रयोगशालामा ल्याएर अध्ययन गर्छन । भुकम्प कहिले, कसरि, कत्रो जाला पत्ता लगाउन सकिन्छ कि भनेर ) । सबै तस्बिर म आफैँले खिचेको हुँ ।
(मित्रहरु, अलि सभ्य भाषामा लेखौं है प्रतिक्रिया ? तपाइँले प्रतिक्रिया दिनु भनेको अरुले पढुन भन्ने होइन र ? त्यसैले नबिर्सनुहोस, जति सभ्य भाषामा लेख्यो तपाइको प्रतिक्रिया उति धेरैले पढ्छन । र कुनै ब्यक्ति विशेषलाई गाली गर्नुभन्दा संबन्धित लेखका बारेमा बहस चलाउनुहोस । ब्लगको मजा भनेकै बहस, छलफल र वादविवाद गर्नु हो स्वच्छ तरिकाले। भूकम्प संबन्धि आफ्ना धारणा, ज्ञान, जानकारिहरु भए यसमा राख्न नबिर्सनुहोला है त ?-नेपालप्लस) ।










I am totally agree with Peria.
Our country lies in very risky zone in the sense of earthquake.
मन परो वा परेन:
4
0
[Reply]
I am totally agree with Peria.
Our country lies in very risky zone in the sense of earthquake, so we have to prepare how to safe from the incomming earthquake hazard.
मन परो वा परेन:
4
0
[Reply]
o….god……….sabdhan…sabai…nepali.haru…
मन परो वा परेन:
4
0
[Reply]
अरु त तेस्ताइ हो भारतसँग नेपाल छुटिए त हाईशुख हुन्थ्यो ।
मन परो वा परेन:
6
0
[Reply]
अनी भुकम्प गयो भने कहाँ कहाँ जान्छ रे तनी ? अन्त जहाँ गएपनी पोखरामा चाँही नजाओस सके सम्म नेपालमा नै नजाओस भन्ने हो के रे ।
मन परो वा परेन:
2
0
[Reply]
जानकारीका लागि अझै दिदै गर्नुहाेला
मन परो वा परेन:
3
0
[Reply]
I think there might be big earthquake in between dasain and tihar in kathmandu this year. this is my feeling with no scientific base. so i urge all concerned authority and public to be prepared and do everything they can so we can save lives.
मन परो वा परेन:
1
1
[Reply]
ppp Reply:
March 16th, 2011 at 8:22 pm
सिंहदरबार भित्र, बानेश्वोर भित्र र बालुवाटार भित्र त दिन को दिन नै गएको छ नि भूकम्प…… यो भन्दा ठुलो भूकम्प नेपालमा कहिले पनि जादैन…..ढुक्क हुनुभए हुन्छ पाठकहरु….
मन परो वा परेन:
1
0
[Reply]
thanks……….a lot…………….
मन परो वा परेन:
1
0
[Reply]
very very good this history.
मन परो वा परेन:
1
0
[Reply]
prevention is well -worth than cure that is our literal saying and we do believe so.But earthquake can neither be created nor prevented by humanbeing self nontheless we could prevent loss of life and property caused by earthquake by awaring people introducing some use full thigs and tasks should be done while earthquake occurs.we should aware people about how does earthquake occurs?what is this?what could be done while it occurs?small one floored light house for residing.hiding underneath the table,chair and strong frame of doors and windows whatsoever could be found .Making sure small tourch ,little bottle of pure water and if possible mobile phone should be contained in a small bag all the time which is easily approachible to all family members.Introducing some drama and demostration with in community what sould be done while earthquake comes,being always alert about it and explaining to other people about it…..etc.Ramsharan timilsina queensland australia.
मन परो वा परेन:
2
0
[Reply]
umesh khanal Reply:
January 14th, 2010 at 7:17 am
earthquake ma mobile ke kam hola , loadshedding huda ta mobile nachalne nepal ma , bhukampa gaye pachi dhayak saraha.
मन परो वा परेन:
0
0
[Reply]
thankyou dai malai bukha lago
मन परो वा परेन:
0
0
[Reply]
Very informative article. Thanks Dadhi jee.
मन परो वा परेन:
1
0
[Reply]
अब earthquake साची आयो भने त टुडिखेल तिर कुद्नुपर्ला नि कसो
मन परो वा परेन:
1
0
[Reply]
I am totally agree with Peria.
Our country lies in very risky zone in the sense of earthquake, so we have to prepare how to safe from the incoming earthquake hazard.
मन परो वा परेन:
1
0
[Reply]