सभासद नामका राजनितिक बैमानहरु

दुई वर्षसम्म सभासद् नामका यिनलाई संविधान कस्तो बनाउनुपर्छ भनेर शंका रहेन । प्रान्तीय राज्यको ढाँचाबारे भ्रम थिएन । सेना समायोजनबारे यी झन् प्रष्ट थिए । सिमान्तक्रित समुदायको अधिकार बारे त झन् यीनले भाषण दिँदै हिँडे । यी हरेक विषयमा जनता र अरू पार्टीलाई पाठ पढाउँथे । तरपनि दुई वर्षसम्म संविधान बनाएनन् । राष्ट्रबाट तलव चाहिँ कुम्ल्याइरहे । फेरी संविधान सभाको म्याद एक वर्ष थपे । त्यस पछिपनि संविधान बनाउने समझदारी, छलफल, बहस र ताकेता गरेका छैनन् । त्यो विषयमा तिनको कहीँ कतै सहमति भएको छैन ।

तर विदेश भ्रमणमा सबै सहमत छन् । विदेशी भत्ता थाप्न एकमत देखिएका छन् । मोजमस्तीकालागि विदेश सयर गर्न भने कुनैपनि दलले आनाकानी गरेनन् । नयाँ पत्रीका दैनिकको आजको एउटा खबर हेर्दा यी सबैलाई लुटेरा भन्न मन लाग्छ । देशको यस्तो अवस्थामा थोरै हो र ? २३ जना सभासदको बथान एकैचोटी अमेरिका जान लागेको छ । यिन लाइ के भन्ने ? के यी नेपाली जनताका जिम्मेवार सभासद् हुन् कि राजनीतिक बैमानहरु ?

कस्तो अचम्म जानपनि २३ जना सम्म एकै पटक जाने । सुन्दापनि लाज लाग्ने, यीनले अन्तर पार्टी सम्बन्ध विकास, संघीयता, सीमान्तकृत समुदायको अधिकार, सेना समायोजन (नयाँ संविधानमा सहमति जनाउने) विषयमा अमेरिकीबाट प्रशिक्षण लिने रे । देशभित्र ती कुनैपनि विषयमा यी सभासदहरूले कहिल्यै ज्ञान नभएको बताएका थिएनन् । ती सबैले आ आफ्नो पार्टीका धारणाहरू सार्वजनिक गरिसकेका पनि हुन् । ती विषयमा लिखित दस्ताबेजनै तयार पारिसकेका छन् । संविधान कस्तो बनाउने, सेना समायोजन कसरी गर्ने भन्ने विषयमा यीनले धेरै समय खर्च गरिसकेका छन् । आआफ्ना पार्टीका तर्फबाट मोडेल तयारपनि पारिसकेका छन् । संविधान  बनाउने दुई वर्षको समय कटिसकेपछि अहिले आएर त्यसमा अमेरिकीसित तालिम लिनुको औचित्य के ?

कार्यक्रममा भाग लीनपनि अलि सामान्य, कम पढेका, कम जाने बुझेका सभासद् जाँदै छन् र ? तिनले तालिम लिने भनेको विषयमा अरू दल, नेता, कार्यकर्ता र जनतालाई भाषण दिँदै आएका वरिष्ठ भनिनेहरु नै छन् । माओवादीका सिपी गजुरेल, टोप बहादुर रायमाझी, अग्नि सापकोटा र पम्फा भुसाल, काँग्रेसका अर्जुन नरसिंह के.सी, रमेश लेखक र सुप्रभा घिमिरे, एमालेका प्रदीप ज्ञवाली, लक्की शेर्पा र सपना प्रधान, तमलोपाका हृदयेश त्रिपाठी, सद्भावनाका अनील कुमार झा । के यी नबुझेका सामान्य नेता हुन् ?

अरू त अरुनै भै हाले । अमेरिकालाई गाली गर्ने गर्दैनन् । विदेशी प्रभु भन्दै गाली गर्ने, साम्राज्यवादी भनेर अमेरिकालाई सराप्ने माओवादीहरुपनि भत्ता र तालिम, विदेश सयर र मोज मस्ती पाए कति छिटो सहमत हुने रहेछन् । डलर कुम्ल्याउने र अमेरिका घुम्ने भनेपछि माओवादीहरुलेपनि तुरुन्तै सहमति गर्ने रहेछन् । घुमाई र डलरले गोजी भर्न पाउँदा त साम्राज्यवादीहरुपनि चोखा । साम्राज्यवादीहरू भन्दै जनताका अगाडि गाली गर्ने । अनि तिनैले गोजी भरि डलर दिएर तालिममा बोलाउँदा चाहिँ अन्तिम अवस्थासम्म जनतालाई सूचना पनि नदिइ लुरुलुरु जाने ? त्यस्ता साम्राज्यवादीहरूको शिक्षा क्रान्तिकारीलाई किन चाहियो ? यसबाट देखिन्छ, यी सबैका देखाउने दाह्रा फरक फरक छन् । खाली जनतालाई भ्रम छर्ने अक्किल भने भिन्न । आफ्नो मोजमस्ती, तलब भत्ता लिने र जनता ढाँट्ने बेला यी सब एकजुट हुन्छन् । देश र जनता ढग्ने राजनितिक बैमानहरु हुन् यी ।

  • Sagar Sharma

    This is nothing but “Gundaism”. Absolute Monopoly.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita Sharma

    Sahi kura garnu bhayo dadi ji Desh ra janatalai thagni Baiman haru hun sabai neta lagayet samsad haru

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • राम गुरुङ

    ठिक भन्नु भयो ददीजी । संबिधान बनाउन नसक्ने, नबनाउने, म्याद थपिराख्ने,तलब र भत्तापनि लिने, अरु सबै कुरामा असहमत । पैसा लिने र बिदेश जाने भन्नासाथ सबै सहमत । नैतिकता बहे यि सभासदले हामीले संबिधान बनाउन नसकेकोले त्यो अवधिको तलब र भत्ता लिन्न भनेर राज्यलाई फिर्ता दिन सक्नुपर्छ । लुटेरा नै हुन् ल यिनिहरु ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Akash K.C

    emale ra kangreshle rajnaitik bemaniko khel ahile matra hoina sadhai estai janta mara kam gareka chhan. Maobadile pani ke kati Bemani gaekochha tesko samichha garnuparchha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sonam

    काले काले मिलेर खाउँ भाले !!!
    काकाकु -कांग्रेश , कमुनिस्ट र कुजात सबै मिलेर खाउँ जनताको रगत , समय ./

    यी ब्वासो हरू को चित्र पनि राख्नु भय हुने थियो …………….हामी नेपालि को रगत खाएर कस्तो देखियका होलान !!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sagar Sharma

    काठमाडौ, अषाढ ११ – माओवादीले अमेरिका भ्रमणमा गएका तीन नेतालाई फिर्ता बोलाएको छ ।…Kantipur Daily

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • nepal lai khayer siddhyaye kyare aba bides bata aaune bato pani ta chhodnu vayen ni hoina ra?
    thuekka panimaruwa savasad
    timiharu lai laijane kaal pani kaha gayechha
    yesto durgati pani dekhnu parne ye aankhale

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree