कान्तिपुरलाई आक्रमण गरेर पल्कियो भारतीय काल
निकै पहिलेदेखि सुनिन्थ्यो- कालापानीमा भारतीय सेनाको उपस्थितिबारे मज्जाले बाहिर ल्याइदिएपछि कान्तिपुरलाई भारतीय धम्की आयो । टिस्टा र काँगडापनि नेपालकै हुनुपर्छ भनेर रिपोर्टिङ गर्ने पत्रकारलाई भारतीय दबाब खप्न नसकेर कान्तिपुरले निकाला गर्यो । सिमा अतिक्रमण विरुद्ध कान्तिपुरमा समाचार आएको आयै गरेकाले भारतीय सरकारले धम्कि दियो । राजतन्त्र विरुद्ध वकालत नगर्न चेतावनी दियो भारतले । यस्ता अनेक कथा सुनिन्थे रे रे कै रूपमा । तीनको सप्रमाण पुष्टि त कहाँबाट हुन्थ्यो र ? तर कान्तिपुरकर्मी साथीहरुनै भेट हुँदा सुनाउँथे, त्यसमा वास्तविकता छ । अहिले धेरै पछि भारतले साँच्चै कान्तिपुरमाथि सिधा आक्रमण गरेर त्यसको पुष्टि गरेको छ पत्रीका छाप्ने कागजपनि ल्याउन नदिएर । समग्र नेपाली संचार माध्यममाथि भारतीय काल पल्किएको छ ।
नेपाली संचार माध्यममा गर्व गर्न लायकको प्रकाशन हो कान्तिपुर । यसको प्रभाव, विश्वास र पहुँच प्रशंसनीय छ । नेपाली राष्ट्रियताका पक्षमा होस् वा राजतन्त्रलाई पाखा लगाउन । नेपाली मिडियाको समग्र विकासमै पनि कान्तिपुरले गरेको मेहनत, संघर्ष लगानी चानचुने छैन । स्वार्थ नपर्दा गाली गर्ने तर स्वार्थ पर्दा भारतीय दूतावासमै बैठक गर्ने राजनीतिक दलको जस्तो भूमिकामा यो प्रकाशन देखिएको छैन । एकाध कमजोरी र स्वार्थ जसका पनि होलान् । कान्तिपुरपनि दूधले पखालिएको नहोला । तर समग्र रूपमा हेर्दा नेपाली राष्ट्रियताका पक्षमा कान्तिपुरले धेरै काम गरेको छ । भारतीयहरूलाई टाउको दुखेको मुख्य विषयनै त्यही हो ।
कान्तिपुरको साखलाई कमजोर पार्न भारतीयहरूले अन्नपूर्ण पोष्ट दैनिक चलाए । दि हिमालयन टाईम्स ल्याए । लगानी हाले बालुवामा पानी वर्षाए झैँ । तर कान्तिपुरको लोकप्रियता र विश्वसनीयतालाई त्यसले अलिकतिपनि चुँडालेर लान सकेन । कान्तिपुर हेर्दा हेर्दै देशका चार प्रमुख भन्दा बढि र विदेशबाट समेत प्रकाशन हुन थाल्यो । भारतसितको द्विपक्षीय सम्बन्धका आधार, व्यापार घाटा, असमान सन्धि संझौता, सिमा विवाद, भारतीय थिचो मिचो लगायतका मुद्दा उठाइरह्यो । नेपालको राष्ट्रिय हितमा आवाज उठाइरह्यो । त्यसैको प्रतिफलले नेपाली जनतामा स्थापित भयो, विश्वास जित्यो । जति चम्कियो, जति स्थापित हुँदै गयो भारतीय स्वार्थमा उति धक्का लाग्दै गयो । किनभने कान्तिपुरले उठाएका विषयहरू जनताले विश्वास गर्ने भए ।
भारत नेपालका धेरै नेता, प्रशासक र राजनीतिक दललाई किन्न सफल भएको छ । तर देशमा जनताको विश्वास जित्ने भरोसा, शक्ति र दम्भ त्यस्ता दलको भन्दा कान्तिपुर प्रकाशनको बढि छ । त्यसैले भारतका लागि कान्तिपुर घाँडो भइरहेको छ । नेपालको राजनीतिक, आर्थिक फाइदा, राष्ट्रिय अखण्डता हड्पिने लगायतका थिचो मिचो लाद्न कान्तिपुर घाँटीको गलगाँड भइरहेछ भारतीय शासकहरुकालागि । त्यसैले भारतीयहरूले कान्तिपुर बन्द गराउन पत्रीका छाप्ने कागज ल्याउन नदिएर दुख दिएका छन् । नेपाल र भारतबिचको व्यापार तथा पारवहन सन्धि र संझौता अनुसार भारतीय शासकहरूले कान्तिपुरको कागज एक घण्टापनि रोकेर राख्न पाउँदैनन् । तर दादागिरीको अगाडि कसको के लाग्छ ? नियतनै पत्रीका बन्द गराउने छ ।
दुखको कुरो, राजनीतिक तहबाट यसको जति विरोध गर्नु पर्ने हो उति भएको छैन । भारतीय स्वार्थ र आशीर्वादमा टिकेको माधव नेपाल सरकारले भारत सरकारसित यक्ष कुरा राख्ने आँट नै पो के होस् । आफ्नो राष्ट्रिय स्वार्थको लागि भारतीय दुतावासको मझेरीमा बैठक बस्ने नेतालाई पनि त किन टेरोस् भारतले ?
यसको विरुद्ध जति हाम्रा सञ्चार माध्यम, नागरिक तह र सरोकारवालाले जति आवाज उठाउनु पर्ने हो त्यति देखिएको छैन । तर बुझ्नु पर्ने कुरा के हो भने यो केवल कान्तिपुर प्रकाशन माथिको मात्रै आक्रमण होइन । समग्र नेपाली संचार माध्यम, नेपाली पत्रकार, आम नेपाली भावना र नेपाली राष्ट्रियता माथिको आक्रमण हो । कान्तिपुरमाथि आक्रमण गरेर उसले सम्पूर्ण नेपाली सञ्चार माध्यमलाई तर्साउन खोजेको हो । नेपाल माथिको सोझो दादागिरी हो । यसको डटेर सामना नगर्ने हो भने अब भारतीयहरूले भनेको नमान्दासाथ, भारतको अत्याचार विरुद्ध केही लेख्नासाथ अरू संचार माध्यम माथि पनि हमला गर्छन् । काल पल्कियो, भारतीय काल । सबैले बेलैमा चेतुन् ।


100 % truth,writing ,,,,god will destroy india and inadians soon…..ksmiri and paki enough for them …lets see soon…..
[Reply]
ठिक कुरो सटिक लेखाई ददिजी
[Reply]
yo dosh hami sabai janta ko ho. hami janta dhulmulay. bechar ma paripakka nabhaya ka. bajako sarma janta jani bhayara ho. hami jantalay netalie khabardar garna saknau.
[Reply]
Oee Oli sakchhas bhane idndia sanga kura garera yo problem solve gar natra idndia ko puchhar bhayar kina janchhas?? Nepal la chahiyako bela ma oli kahilei boleko chha? Yo oli lai India khednu parchha kukur lai
[Reply]
yati bhairahada pani hamro makune sarkar ke gari basiraheko chha . hoina ho makunele yo bisayama bharat ta sanga kura garna sakdaina . hami sampuna nepali ra nepal mathi bharatale sayau barsa dekhi harek kurama thicho micho gardai ayako chha sabailai spasta tha chha . ra ahile pani hamro kantipur media mathi yasle acramana gariraheko cchha yo sarai dukhako bisaya ho hamro lagi . ra pani hamro sarkarlai chaso chhaina . bhartle jun kam garyo thik gariraheko chhaina . yasko lagi sampuna nepali le datera sangarsa garnu parchha natra auda din haruma media ma matrai nabhayae yasle harek kurama yastai kisimko kukyat kam garchhha .
[Reply]
तपाइले सहि कुरा बाहिर ल्याउनु भयो. तपाइको कुरामा म सहमत छु.
धन्यवाद.
[Reply]
हे भगवान ! यो भारत को सत्यनास होस् | यसले गर्दा नेपाल र नेपाली हरुले सार्है दुख पाए |
[Reply]