विमानस्थलका भ्यागुताझैं नेपालमा खुट्टा तानातान

नेदरल्याण्डको वागेनेगेन विश्वविद्यालयकी अनुसन्धानदाता र शिक्षिका मात्रै होइनन् आनमारी । नेपालकी एक हितैषी । नेपालकी मित्र । उनलाई आधा नेपाली भने पनि हुन्छ । नेदरल्याण्डमा सानो संस्था खोलेर अवसरबाट वञ्चित नेपाली बालबालिकालाई त उनले पढाएकी छन् नै, विश्वविद्यालयमा बसेरपनि नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा दिइरहेकी छन् उनले । हरेक वर्ष नेपालीहरूको केही दक्ष जनशक्ति तयार बन्छ उनको विश्वविद्यालयबाट । आफ्नो देशका बारेमा उनी कति जान्छिन्, कति बुझ्छिन् कुन्नि ! तर नेपालका बारेमा भने लौ त परे उनले सबै क्षेत्र नियालिरहेकी छन् । सधैँ नेपालमा बसिनरहेपनि खरर बोल्छिन् उनी नेपाली भाषा । उनको त्यही सीपले सायद उनलाई नेपाल र नेपालीसित अझ दह्रोसित उधिनेर राख्न सहयोग दिइरहेको छ ।

नेपाललाई नजिकबाट नियालिरहेका युरोपेलीहरूको खोजीनिती गर्दै पुस्तक लेख्ने धुनमा हिँड्दा केही महिना अघि उनैको विश्वविद्यालयमा भेटिइन उनी । मसँगको भेटमापनि उनी त्यसैगरी खरर नेपाली भाषामै प्रस्तुत भइन् । ‘तपाईलाई अंग्रेजी भाषामा सजिलो हुन्छ की ?’ भनेर सोध्दा पनि उनी ‘होइन होइन, नेपाली भाषामा पनि हुन्छ’ भन्दै थिइन् ।

सन् १९८६ मा  नेपाल टेकेकी उनले त्यो बेला देखि नेपाललाई नियालिरहेकी छिन् । यदाकदा बिराएपनि हरेक जसो वर्ष उनी नेपाल पुग्छिन् । नेपालको धर्म, संस्क्रिति, नेपाली नेता, राजनीति, नेपाली पारा, प्रजातन्त्रपछिको परिवर्तन, महिला र पुरुष बीचको भेद ,जनजातिभित्र घुसेको राजनीति सारा विषय चियाएकी छिन् उनले । तिनै विषयमा गफगाफ हुँदा आनमारीले केही यस्ता विषय सुनाइन जसले गलल हाँसो लगाउँथ्यो । कतै गम्भीर बनाउँथ्यो । नेपालको राजनीतिक परिवर्तन पछिको अवस्थाबारे चर्चा हुँदा आनमारीले पनि हामी अधिकांश नेपालीले झैँ असन्तुष्टि पोखी हालिन् । ‘नेपालको राजनीति किन सहमतीतिर जाँदैन ? ” तपाइले सुन्नु भाको होला सायद तिन वटा भ्यागुतोका कथा” भनेर हाँस्दै सुनाईन-

फ्रान्समा भ्यागुतोका साँप्रा खाने चलन छ ।  माग एकदम चर्को छ । तर पूर्ति कम छ । किनभने यहाँ उत्पादन गर्न श्रम मूल्य महँगो छ । तिनलाई हुर्काउने बढाउने साधन महँगो पर्छ । त्यसैले अहिले एशियामापनि त्यस्ता भ्यागुता उत्पादन गर्छन् र फ्रान्सेली बजारमा पुर्‍याउँछन् । अनि जापान, चिन, थाइल्याण्ड, मलेसिया सबैले उत्पादन गर्छन् फ्रान्स पठाउनको लागि । फरक फरक देशका भ्यागुता फरक फरक डिब्बामा बन्द भएर आइपुग्छन् फ्रान्सको चार्ल्स द गोल विमानस्थलमा । ति फरक फरक प्लास्टिकले बाँधिएका हुन्छन् । किनभने त्यसो नगरे ति भाग्छन् विमानस्थलबाटै ।

सबै देशका भ्यागुताको डिब्बा खोलिन्छन् विमानस्थलमा । नेपालको भ्यागुता किन्न भनेर पनि डिब्बा खोलिने नै भयो । तर त्यो बेला नेपालका भ्यागुताले भने पछाडिबाट खट्टा तान्छन् अगाडिको भ्यागुताको । यो सुनाइसकेपछि आनमारी फिस्स हाँस्दै भनिन्- कहिले काहिँ मलाई हो जस्तो लाग्छ । किनभने नेपालमा कसैले केही गर्न खोज्यो भने अर्कोले बिरोध गर्छ । खुट्टा तान्छ । तर हामी चाहिँ आफ्नो तवरबाट सहयोग गर्छौं । परिवर्तनका लागि प्रयास गर्छौं । केही विद्यार्थी हरेक वर्ष हाम्रो विश्वविद्यालय (दोस्रो तस्बिरमा अरु देशका झण्डासँगै देखिने नेपाली झण्डा उनैको विश्वविद्यालयमा हो) मा आउँछन् । हामी तिनलाई राम्रो शिक्षा दिएर नेपाल पठाउने कोसिस गर्छौ ।

आनमारीले बुझेकी छन्, नेपालीहरू धेरै पढे लेखेका छन् । काम छैन । सकभर बाहिरै जान खोज्छन् । छिटो पैसा कमाउन खोज्ने प्रवृत्ति छ । नेपालीहरू क्रिषिमा काम गर्नुपर्ने हो । तर त्यो गर्न रुचाउँदैनन् । नेपालीको चाख छिटो पैसा कमाउने, धेरै दुख नगर्ने छ । केही भयो भने ल नेपाल बन्द भनिहाल्छन् । बेकारको सानो कुरामा ठूलो टेन्सन । सानो कुरामा रिसाई हाल्ने । बसले पार्किङको थलो नपाउँदा पनि आवेगमा आउने । केही चाहियो भने लौ अब हडताल भन्ने । बन्द गर्न, चिच्याउन पाउँदा, हक र अधिकार माग्न पाउँदा एकदम खुशि देखिन्छन् ।

नेपालका नेतापनि समझदारी गर्दैनन् । कुरा धेरै गर्छन् । आफ्नै स्वार्थ हेर्छन् । कसरी देश बनाउने, कसरी देशको विकास गर्ने भन्ने सोच्दैनन् । नेताहरूलाई सहमति गर्न अलि गाह्रो लाग्छ । नेतापनि आफ्नै स्वार्थ हेर्छन् । त्यही अनुसार काम गर्छन् । सँगै कुरा गर्ने, सँगै कसरी काम गर्ने, देश विकास गरौं भन्ने चिन्तन छैन ।

नेपालमा धेरै अधिकारका कुरा गर्छन् । दायाँ अधिकार, बायाँ अधिकार, पूर्व अधिकार पश्चिम अधिकार । जे मा पनि अधिकार । जहाँ, जसले, जेमा जसरी पनि अधिकार माग्ने प्रव्रिति कतिसम्म बढेको छ भन्ने उनी आफैँले भोगेको एउटा उदाहरण दिनपनि चुकिनन् आनमारी ।

एक पटक मेरो गाडीले एउटा मोटरसाइकललाई ठक्कर दियो । मैले ल मेरो गल्ती भयो, माफ पाउँ । यसलाई मर्मत गरौं भनेँ । उनीहरूले हुन्न कि हुन्न किन हानिस् भनिरहे । यस्तो काम जानी जानी गरिन्न । जहाँ जसलाई पनि पर्न सक्छ । तर उनीहरू त नयाँ मोटरसाईकल नै चाहिन्छ भन्दै थिए । म सँग ५० हजार त थिएन कहाँबाट दिने ? नेपालमा जहाँपनि यसैगरी सजिलोसित पैसा कमाउने प्रव्रित्ति बढ्दो छ ।

के नेपाल सधैँ यस्तै थियो त ? नेपाली यस्तै थिए ? उनको मनले त्यसो भनिहाल्दैन । बरु उनी गत दश वर्षदेखि यस्तो बढिरहेको अनुभव सुनाउँछिन् । आफ्नो असन्तुस्टि, समस्या कसरि, ब्यक्त गर्ने सिक्नुपर्छ कि भन्ने लाग्छ उनलाई । ‘मानव अधिकार त हो नि । अधिकारपनि छ । तर जहाँ पनि अधिकार भनेर आफ्नो इच्छा जबरजस्ती पुरा गर्न खोज्नु अधिकार हो र ? भन्छिन् उनी । 

दशक अघिसम्म यस्ता समस्या बिरलै थिए । भोग्नु पर्दैनथ्यो । नेपालीहरु चोक चोकमा बसेर हाँस्थे । रमाउँथे । सानुतिनु समस्यालाई जटिल नपारी हल गर्थे । ‘ त्यस्तो हाँस्ने, रमाउने मानिस जतापनि रिसाउने ?’ अचम्म मान्दै थिइन ।  शहर बजारमा त मानिस यसै अलि बढि स्वार्थी हुन्छन् । गाउँ तिरपनि त्यस्तो हुन लागेकोमा भने उनलाई बढिनै खल्लो लाग्ने गरेको हो ।

त्यसो त उनको गुनासो राजनीतिक तहको अझ बढि छ । रीतिथिति गतिलो राजनीतिक अवस्थाले पनि बसाल्नुपर्ने हो । नयाँ जोस, नौला आशा, भविष्य प्रति आशावादी, नयाँ नयाँ जोश जाँघर र प्रयोग देखिनुपर्ने हो । त्यस्तो केही देख्दिनन् उनी । ‘ राजनितिक तहमा पनि नयाँ बिचार, नौला योजना, आशा र भरोसा देखिन्न । खोइ भोलि कस्तो होला नेपाल म त यसै भन्न सक्दिन’ निराशा देखाइन् उनले।

उनीसँगै संबन्धित अघिल्लो लेख

पहिले त राजालाई दोष त्यसपछि के गरे त नेताले ?

  • -राम गुरुङ

    कस्तो यथार्थता भन्नु भयो । असाध्यै चित्त बुझ्यो मेडम । सटिक कुरा ददीजीको सलल बगेको कलम, मिठो भाषा । के गर्ने नेपालका नेताले गर्दा विश्वभरिनै बेइज्जत हुने भयो ;

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • शमशेर जीसी

    तपाईसित सहमत मपनि
    साच्चै वास्तविक कुरो अनि छोटो मिठो लेखाई

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Deepak prasai

    aaja pahilo choti thaaha paaye yo site
    asaadhyai raamro laagyo

    kasto raamro kuraa gareko yo maamle
    haamile nepaile bhandaa raamro sita bujhiraichhin yi madamle nepal ta

    k garne haamro netaale gardaa nepalko saaraa sansar bharinai bijeti hune bhayo

    tara netale kahilyai sochdainan

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree