नयाँ नेपाल

-केशव पुन

रुने मन रोइरह्यो कहिल्यै थाकेन
सम्झाउन खोजे कति केही लागेन
देशको हालत बिग्रिरह्यो हिजो भन्दा आज
बिदेशमा नेपाली हुँ भन्न पनि लाज |

ठूला ठूला कुरा गर्छन्, तारा यिनले झार्छन
एकान्तमा पाए भने बाजी यिनले मार्छन्
कसको कुरा पत्याउनु, कसको विश्वास गर्नु
जनताले परिरा’छ भोक भोकैमा मर्नु |

कांग्रेसको त कुरै छोडौ, एमाले नी त्यस्तै
नँया चाहे जनताले, माओ पनि उस्तै
दुई लाखको ओच्छ्यान चाहियो पचास हजार कोट
के भनेर माग्छन यिनले अब फेरी भोट |

लाग्दैन कि लाज यिनलाई शरम लाग्दैन कि
आफ्नै साथी कहाँपुगे होश जाग्दैन कि
टाउको फुटछ नेपालीकै ढुङ्गा हाना-हान
अझै कति गर्छौ हरे ! खुट्टा ताना-तान ?

महँगिले टुप्पी नाघ्यो के ले किन्ने नून-घीउ
हरको लुगा फाटिसके के ले छोप्ने जीउ
ओखतिको त कुरै छोडौं छैन गेडो अन्न
नेताहरु उक्साउँदै छन हाम्लाई जोगी बन्न |

प्रजातन्त्र आको पनि भयो यत्रो साल
कमाउनेले कमाइ गए नपाउनेको यो चाल
अशान्तिले सीमा नाघ्यो यस्तो बेहाल
यही तालले त के बन्ला र नँया नेपाल ?!       

कुँहु-७ (म्याग्दी )
हाल, जापान   

(सूचना-अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता स्रोत उल्लेख नगरि पठाउनु, झुक्याएर बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु र स्पष्ठ नपारिकन एउटै रचना बिभिन्न ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचना मान्य छैनन ।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुका लागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनु भन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस-नेपालप्लस) ।
 

  • Sagarika

    Nice poem. go on all the best

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सौरभ क्षेत्री

    आहा ! कति मिठो कविता । एक्दम राम्रो लाग्यो केशवजी। एक दुइ वटा हरफमा चाहि अलि सरर नगए जस्तो लाग्यो है बरु ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • मोहन ढकाल

    प्यारो साथी ठीक छ तपाईंको कबित तर हेर्नुस्| आसबदी हुनुहोस् मवोबादी ले केही गर्छ नेपालको लागि| अनी तपाईंको भाबनालाई म अत्यन्तै कदर गर्छु तर तपाईंले भन्नुबयको दुई लाख को बेड र पक्षस हजर को कोट ।।।। त्यो त हेर्नुस् पोजिसन को कुर। हो यार भाईहाल्छनी। यदी प्रचन्ड अन्द कम्पनी ले पनि केही गरेन भने तपाईं र म पार्टी स्तपना गर्नु पर्छ ok boss ।

    आसा छ you will mail me. on this mail id:-MDhakal@agilitylogistics.com

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • अब दोस्त जापान गएर बस्ने अनी नेपालको पिर गर्ने यो अली सुहाएन है दोस्त, अब बाहिर बसेर फोहोर छ भन्न सजिलो हुन्छ तर भित्र पसेर सफा गर्न गाह्रो हुन्छ दोस्त, अब अरुलाई गाली गर्न छोडेर पहिला एइना हेर्ने हो कि?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • pradeep pavel

    kabita ramro lagyo, kabitama deshprem ko bhab dekhinchha. badhai chha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Keshav,Japan

    प्रभात जी,
    हामी कुन अवस्थामा छौ,हाम्रो देशको स्थिती कस्तो रहेछ अनि हाम्रा नेताहरुको चरित्र कस्तो छ त ? भन्ने कुरा ऐनामा हेरे जसरी हेर्नको लागि बिदेशमा पो आउनु पर्दो रहेछ त मित्र ! गर्नेलाई गाह्रो छ भन्ने कुरालाई म पनि नकार्न सक्दिन | नेपाल भित्रै बसे पनि बिदेशमा बसे पनि हामी सबै नेपाली हौ | राम्रो कामको समर्थन गर्नु र नराम्रो कामको बिरोध गर्नु तपाईं हाम्रो कर्तब्य हुन आउँछ | जे जस्तो भए पनि प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद |
    -केशव पुन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Pun ji
    thanks for great poiem!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • how nice poem ! thanks for u. keep it up.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • हाइ केशब जि नमस्ते,
    अब मैले के मात्र भन्न खोजेको हो भने नेताहरुलाई किन गाली गर्ने, तिनिहरुलाई नेता बनाएको हामीले नै हो अनी हामी आँफैलाई गाली गरौ भन्न मात्र खोजेको हो नि, अनी दोस्त अर्को कुरा कती नेपाली ईन्टरनेट को पहुचमा छन त्यो पनि ख्याल गर्ने हो कि, जस्तो अरु कुरा छोड्दिउ बेकार किन बादबिवाद गर्ने, जे होस् कलम चलाई राख्नु, एही छ मेरो शुभकामना।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Keshab ji, kabita ekdam ramro chha nepal ma jun jogi aye pani kan chirekai hun6, bhikh magne tarika matra farak ho, aba hamile dherai b4 garnu parne samaya aako6, kabita ko lagi dherai2 dhanyabad. keep it up. Mitra

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • nice poem . ramero 6

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • NEW NEPAL

    love the beautiful nation nepal to make beautiful ntion there must b umpire and say POLITICS IS FOOTBALL GAME SO FAIR PLAY PLZ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree