तेह्र जना उपप्रधानमन्त्री बनाए कसो होला ?

 मन्त्री बनाउँदा बानाउँदा नपुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले एक पटक ५६ सदस्यिय मन्त्रीमण्डल बनाएका थिए क्यारे । त्यति खेर एउटा भनाइ नै प्रचलित भएको थियो-बसमन्त्री, ट्रकमन्त्री, नगरपालीका मन्त्री, गाविसमन्त्री, वालवच्चामन्त्री, रिक्सामन्त्री सबै बनाउने अनि सबैलाई भाग पुग्छ । कोहीपनि सांसद हुँदैन र सबै मन्त्री हुन्छन । अहिलेको मन्त्री मण्डको चाल ठ्याक्कै त्यस्तै भन्न त अहिले नै मिल्दैन नै । छनक भने त्यस्तै त्यस्तै आउन थालेको छ । मर्यादाक्रममा को पहिलो, दोस्रो, तेस्रो भन्ने हानथाप र आआफ्नै दाबीले सत्ता साझेदार तिन दल तिन जना उप प्रधानमन्त्री बनाउन सहमती गरेका छन । तर यो सत्ता सञ्चालनको हद नाटक होइन भनेको ? उप प्रधानमन्त्री पनि तिन जना हुन्छन ? प्रधानमन्त्री भन्दा जटिल हुन्छ उप प्रधानमन्त्री चलाउन ? तिन तिन चाहिने ? होइन हरेक पदमा सबैले दाबी गर्ने हो भने कहाँ रह्यो सहमतीको राजनीति ? कहिपनि सहमति नहुने हो भने त परराष्ट्रमन्त्री, अर्थ मन्त्री, ग्रिह मन्त्री, जलस्रोत मन्त्री सबै तिन तिन बनाए के भो ? आखिर उपप्रधानमन्त्री तिन जना बनाउन हुन्छ भने अरु मन्त्रीपनि त्यसैगरि बनाउन किन नहुने ? बरु १२ आठ आठ घण्टा चलाउने नी सबै दलले सबै मन्त्रालय ।

 

सरकार चलाउन फरक नारा, फरक नीति, उद्देश्य, फरक राजनीतिक मार्ग भएका राजनीतिक दलबिच न्युनतम सहमती हो चाहिने ।  देश र जनताको हित गर्छौ भन्ने साझा भावना हो आवश्यक । त्यो भावना भयो भने पद गौण बन्छ । अवश्यै सरकारमा बसेर जनताको सेवा गर्न पद चाहिन्छ नै । तर एउटै पद विविध ब्यक्तिलाई चाहिने किन ? सरकार गठन भएको महिना दिनपनि नहुँदै पदको झिनाझप्टी र लुछाचुँडिको परिणाम हो तिन जना उपप्रधानमन्त्री पद । शुरुमै पदकालागि भएको यो लोभ, यो द्वन्दा, त्यो लुछाचुँडि र तानातानले के सरकार सहज ढंगले सञ्चालन होला ? शुरुमै यसरि पदकालागि मरिहत्ते गर्ने दलहरुले सरकारका अन्य अंगमा कसरि सहमति गर्लान ? सरकारका नीति र कार्यक्रम कसरि लागू होला ?

 

उप्रप्रधानमन्त्री नभइ नहुने भएर तिन जना बनाइसकेपछि तिनको भूमिका के हुने ? काम गर्ने बेला कसले गर्ने निर्णय ? कि एकै विषयमा तिन जनाले तंछडमँछाड गरेर आआफ्नै ढंगले बोल्ने ? आआफ्नै ढंगले अगाडि बढाउने सरकारका काम कारवाही । पदको लागि समान दाबी गरेझैं कार्य तहमा पनि को हाबी हुने भनेर भोली दाबी नहोला ? प्रधानमन्त्री प्रचण्ड बिदेश गएका बेला कार्यवाहक कसले लिने भनेर प्राविधिक कुरा मिलाउन वामदेव गौतमलाई सधैं साथैमा लगेर जाने रे प्रचण्डले । अनि कार्यबाहक प्रधनमन्त्री डा बाबुराम भट्टराइलाइनै बनाउने सहमती भएको छ भन्ने पनि सुनिएको छ । त्यो त उही देउवाले सांसदहरु थुनेर राखे जस्तो होइन र ? असहमतीको यस्तो हद पनि हुन्छ ?

 

फेरी उही संसदिय सरकारको पालमा झैं सरकार तानातानको खेल हेर्नुपर्ने जनताका दिन फर्केका हुन ? तिन दलबिच मर्यादाक्रम र उपप्रधानमन्त्री पदकालागि यतिका दिन बिते । तानतान भए । धाकधम्कि र घुस्साघुस्सी भए । बाँकि साना दलहरुलेपनि त्यसैगरि शर्त माथि शर्त राखेभने के सरकार सञ्चालन सहज ढंगले होला ? यस्तो नाटक गरिरहनु भन्दा त बरु सबै दललाई पुग्नेगरि उपप्रधानमन्त्री संख्या बढाएर सात वा १३ जति बनाए कसो होला ? सरकारमा जान खोज्ने तेह्र दल छन क्यारे । ति सबैलाई पुग्ने गरि बनाउने उपप्रधानमन्त्री । त्यसो भयो भने जनताले कम्सेकम नेताहरु पदकालागि मरिहत्ते गरेको हेर्नु त पर्दैन ।

यो सुझाव कस्तो लाग्यो तपाइहरुलाई ? तपाइसँग झन राम्रो सुझाव छ कि ? राख्नुस है त ?


  • Aba ko bikalpa vaneko, tudikhel ma sabai kursi premi neta haru lai laharai rakhne ra ek2 gardai goli ko salami dine !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Aba ko bikalpa vaneko, tudikhel ma sabai kursi premi neta haru lai laharai rakhne ra ek2 gardai goli ko salami dine!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shrestha

    ho yar yiniharulai tundikhelmai break dance party rakhnu paryo ani antim bhoj bhanera lastma nidharko centre ma goli hannu paryo ….ani bindaas huncha ………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • krishna chaudhari, malaysia

    kursiko lagi ladne dakaharulai thoknai parcha goli. singah darbarma ambus thapne bela bhayo hai mitra ho.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sameer, Doha, Qatar.

    aaba ta sachhai nai neta haru sabailai Samsad Bhawan mai Khallas garne khanko Mission Darbar Hatyakanda Part 2 ko Jaruri dekinchha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sameer, Doha, Qatar.

    aaba ta sachhai nai neta haru sabailai Samsad Bhawan mai Khallas garne khalko Mission Darbar Hatyakanda Part 2 ko Jaruri dekinchha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Keshav,Japan

    हाम्रो देश त्यसै पिछडिएको होइन,त्यसै गरिव बनेको छैन | विश्वोलाई थर्कमान् पार्न सक्ने वीर गोर्खालीहरुको देशले आज यो दुर्दशा भोग्दै छ,भोगिरहेको छ | केही समय अगाडि सम्म अफ्रिकी मुलुक सोमालिया,युगान्दा,इथियोपिया जस्ता अति बिपन्न देश भन्दा नेपाल सम्पन्न मानिन्थ्यो | तर आज ती बिपन्न मुलुक भन्दा नेपाल अझ बिपन्नताको बाटो तिर लम्किरहेको छ | देशलाई हाक्ने जिम्मा पाएका हस्तिहरु आफुले कसैले गर्न नसकेको काम गरेको,देशको लागि ज्यानको बाजी थापेको,अब देशलाई विकासको द्रुतगती दिन रात दिन नभनी लागिपरेको जस्ता मिठा सपना देखाएर, मात्रै कुर्चीको लागि हानथाप गरिरहेका छन | भ्रष्टाचारको कुरा त छदै छ कसरी हुन्छ आफु शक्तिमा पुग्ने भन्ने होड्बाजीले नयाँ नेपाल बन्नसक्छ भन्ने कुरामा जनता ढुक्क हुनसक्ने कुनै आधार भेटिदैन | नेपाल भू-परिवेष्ठित अति सानो मुलुक हो विश्वोको भू-ईतिहासलाई हेर्ने हो भने | विश्वोका ठूला मुलुकहरुमा पनि कुनै त्यस्तो देश छैन जहाँ तीन जना उप-प्रधानमन्त्री भएको होस् |यसलाई जनताले शक्त्तिको लडाईं नभनेर के भन्ने ? जुन देशमा शासकहरु बाट शक्तिको लागि लाज,धर्म,इमानलाई बन्दकी राखिन्छ त्यो देशमा उन्नती हुन्छ भनेर सोच्नु मुर्खता बाहेक अरु केही हुनसक्दैन | नि:सन्कोच नेपाल अहिले तिनै नेताहरुको शक्ती प्रदर्शन गर्ने एउटा थलो भएको छ |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • hari shreshta

    ho ho thok sale haru lai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Aryal NP, Bermuda

    KAHI NABHAKO JATRA HADHI GAUMA. NEPAL MA MT EVEREST CHHA, DESH BECHNE NETA HARU CHAN, BHDDHA JANMEKO LUMBANI CHHA, ABBA 3 UPA PM RA 33 TINKA DEPUTE HUNA PANI SAKCHHA HAI SATHI HARU….

    HERAU NA JATRA ABBA SATTA KO PANI

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Shrawan

    jun jogi aayapani kanai chireko.Hamro deshko netaharulai kin kurshimohle grasta banayako hola.Yo netahaharuma yo rastra ra janata ko laagi yogdan garnuparchha bhanne bhawana kahile bikash hunchha hola.
    eniharuko ghaitama kahile sadbuddi aaula!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Lalit Thapa

    All of them must be blown up at once inside the BICC because they cannot give anything except depression in public. Why only three? At least make one dozen upa pradhan mantri.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • very good

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • suresh tiwari

    बास्तब मा गल्ति माओबादि को हो किन की सम्बिधान सभा को निर्बाचन मा सबभन्दा ठुलो पार्टि भएको नाता ले यस्को सहि समाधान माओबादि ले दिन सक्नुपर्थ्यो तर आफ्नै कार्यकर्ता को चित्त बुझाउने जिम्मा माओबादि अधक्ष्य श्री ३ प्रचन्ड शमशेर लाइ जान्छ तर बिचरा प्रचन्ड मात्र के गरुन आफ्नै नेता बाबु राम लाइ श्री २ नभै कन नहुने भएपछि लाज पचाएर ३ जना उपप्रधानमन्त्री नबनाइ भएन नत्र चुनवाङ बैठक मा झै होला भन्ने डर भएर हो। अर्को तिर एमाले ले दोस्रो बरिएता माग्नु लाइ बङाएर पद लोलुपता को सङ्ग्या दिनु माओबादि को सत्त लोलुपता को पराकस्टा सीबाय केहि होइना।देश अझै पनि सङ्कटकाल मा नै छ त्यसैले ०६२्६३ को आन्दोलन पछि माओबादिलाइ सरकार मा समाबेस गराइएको थियो अर्को अन्तरास्ट्रीय मान्याता लाइ मान्ने हो भने पनि सरकार मा सहभागि भएको दोश्रो ठुलो पार्टि को नाताले पनि एमाले ले दोस्रो बरियता पाउछ र यदी साच्चिकै नयाँ नेपाल बनाउने हो भने बाबुराम लाइ किन उपप्रधान मन्त्री चाहियो। अर्थमन्त्रालय नै काफि छ।नि बाबु राम ले phd गरेको वास्तुकला मा हो कि उपप्रधान मन्त्री मा
    हो?। ब्ल्गर जि ले सोधेको प्रश्न मा मेरो सल्लाह के छ भने नेपाल मा प्रधान मन्त्री देखि मन्त्री सबैले आफ्नो ब्यक्तिगत सम्पति राख्न नपाउने कानुन बनाउनु पर्छ र तिनका बाल बच्चा को पढाइ लेखाइ सरकार ले एउटा पुर्ण सरकारि बिध्धालय मा गराउने ब्यबस्ता मिलायो भने सब समस्या को समाधान चुड्की का भर मा समाधान हुनेछ
    सुरेश तिवारी
    माझठाना ९ कास्की रैकर

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • S. Thapa

    King bhanda Bikalpa maile keehi dhekhena . At least King ko palama yo sab lajamardo kura sunnu paneko thayena hamile ,natra ta sabai sathee harule bhaneko jhai II Darbar kanda nai thke hunchha hola ki kaso sathehau ho?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Dears all,

    Sorry friends for this my comments if touch of someone heart never mind ok!
    we known that we are going to build new nepal but why we are not aggree to accept this new system? however on this situation our lider should have be play a good roll for the Nepalease. Thanks.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Joseph Shrestha

    Thik bhannu bho. Deputy Primie Minister 13 janaa ani Prime Minister 3 janaa (Sarkaar maa saamel 3 wota pramukh dal baata ek ek janaa) raakhe kaso hola? World record ta break hunthyo ni haina ra?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • यसै गर्नुपर्ला जस्तो छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Janta ko man rakhi 1 matra up pradhanmantri banayakoma prachanda lai thanks. Pheri charesnanda jha jasto accidend nadorios. Jay hos pm.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Janta ko man rakhi 1 matra up pradhanmantri banayakoma prachanda lai thanks.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree