एन्टिबायोटिक्सको सट्टा खाए हुन्छ लसुन
बिरामी परेपछि के गर्ने होला भनेर मानिसहरू रनभुल्लमा पर्छन् । डाक्टर कहाँ झोलाका झोला औषधी भिडाएर पठाउनाले वाक्क दिक्क भएका छन् आजकाल । तैपनि बिरामी भएको बेला कहाँ जाने, के गर्ने अन्यौलमा पर्छन् । रोगले च्यापेको बेला अझ दुखाई पनि बढि छ भने त जसरिपनि डाक्टरकहाँ दगुर्नै पर्यो मन नलागि नलागिपनि । गयो औषधी भक्कु लेखिदिन्छन् अनि कतिपय औषधी राम्रो भन्दा झन असर पुर्याउँछ । तर अमेरिकी वैज्ञानिकहरूले दुखाई कम गर्नको लागि चाहिँ उपाय सुझाएका छन्- लसुन खाने ।
उनीहरूको भनाईमा लसुन एकदम शक्तिशाली प्रक्रितिक एन्टिबायोटिक हो । डाक्टरी औषधीले झैं लसुनले शरीरका लाभदायक ब्याक्टरीयाहरु मार्दैन । लसुन एन्टिभाइरल र एन्टि फङ्गलपनि हुन्छ । त्यति मात्रै हो र ? दिनदिनै केही पोटी लसुन खाने हो भने इन्फेक्सन (घाउ पाक्ने) क्रम रोकिन्छ, छिटो सुक्छ ।
कसरी थाह पाए त यो ? अमेरिकीहरुले परीक्षण गरे । लसुन तिन महिनासम्म नियमित तरिकाले खाँदा सात जना एड्सका रोगीहरूको टी सेल (टी भनिने कोष) सामान्य देखियो । उनीहरूले प्रति दिन दुई देखि चार वटा पोटी लसुन मात्रै खान्थे । टी सेल एड्स पाक्ने मुख्य कोष हो । एड्सका रोगीहरुमा मात्रै होइन कि अरू रोगमापनि यो प्रभावकारी देखियो । झाडा पखाला, यौनांगमा साना साना बिबिरा उठेर दुख्ने, छाला पाक्ने, अनुहार र अन्तपनि राता राता मसिना दाद जस्ता धब्बा देखिने लगायतका समस्यामापनि फलदायी देखियो । डायबिटिज, एलर्जी, दाँतको दुखाई, क्यान्सर, ठण्डी, मुटुको रोग र उच्च कोलेस्टेरोल नियन्त्रण गर्नपनि लसुन उपयुक्त भएको दाबी उनीहरूले गरेका छन् ।
तर उपचारको लागि खाने लसुन पकाउनु नहुने उनीहरूले बताएका छन् । लसुनका पोटी पिँध्ने र खानु पहिले करिब १० मिनेट खुल्ला राख्नुपर्ने सुझाव दिएका छन् । काँचो लसुन खाँदा नमीठो हुन्छ भने यसो गर्न सकिन्छ- चार पोटी लसुन पिँध्ने । दुई वटा गोलभेँडा काट्ने । ए उटा कागती निचर्ने । त्यसको जुस बनाएर खाने । स्वाद को लागि अलिकति नुन राख्न सकिन्छ। मेशिन छैन भने हातै मिहिनसित पिँधेर पनि जुस खान सकिन्छ । तपाइको शरीरमा इन्फेक्सन छ भने दिनमा केहि पटक यस्तो जुस लिन सकिन्छ ।


Thank you Dadi ji Great
मन परो वा परेन:
7
0
[Reply]
rajesh subedi Reply:
July 8th, 2010 at 2:39 pm
thanks for the natural medicine information.
मन परो वा परेन:
2
0
[Reply]
Thanks for the natural madicine information.
मन परो वा परेन:
0
0
[Reply]
I GIVE THANKS FOR DADI G BECAUSE HE GIVE US SOME NEW GOOD KNOLAGE FOR US PLEASE WRITE AGAIN AGAIN
मन परो वा परेन:
1
0
[Reply]
Thank you for the Good information for us,plz give us more information like this.
मन परो वा परेन:
1
0
[Reply]
It is bettrer infarmation for the patients! thank you very much!!
मन परो वा परेन:
0
0
[Reply]