फोन नभएपछि राजा वीरेन्द्रको त्यो टेलिग्राम

इन्टरनेटको त कुरै छोडौं त्यति बेला सामान्य नागरिकलाई मात्रै हो र ?राजा रानीलाई समेत कति गाह्रो रहेछ आफ्ना इष्टमित्रसित फोन सम्पर्क गर्न ? राजा वीरेन्द्रका असाध्यै मिल्ने फ्रान्सेली साथी थिए जर्ज ल ब्रेक र उनकी पत्नी आलन ल ब्रेक । ल ब्रेक दम्पत्तीका छोरीको विहे हुने भो । उनीहरूले राजा वीरेन्द्रलाई बिहेमा निम्तो पठाए । तर उपस्थित हुन सकेनछन् । अनि के गर्ने ? कम्तीमा शुभकामना त पठाउनै पर्‍यो । त्यति बेलाको नेपालमा इन्टरनेट हुने कुरै भएन । फोन सुविधापनि गतिलो रहेनछ । 

अनि वीरेन्द्रले पठाएछन् टेलिग्राम । उनले त्यो टेलिग्राम सन् १९६५ को फर्वरी २ तारिख पठाएका रहेछन् । ल ब्रेक दम्पत्ती त्यति बेला कहिले पेरिस त कहिले ल मों सँ मिसेल भन्ने ठाउँमा बस्ने गर्थे । छोरीको बिहे ल मो सँ मिसेलमा हुन लागेकोले वीरेन्द्रको टेलिग्रामपनि उतै पठाइएको रहेछ । त्यति बेला राजा वीरेन्द्रले कूटनितिकालागि कति प्रयास गर्ने रहेछन् भन्ने देखाउँदैन त यसले ?

(सूचना- हामी नयाँ घरमा डेरा सरेकाले साना तिना विभिन्न समस्याहरु देखिन सक्छन् केहि दिनकालागि । त्यसकालागि क्षमा चाहन्छौं । बरु नयाँ डेरामा के के समस्या देखिए औंल्याइदिनु हुन अनुरोध छ-नेपालप्लस)

  • yuvraj rijal

    tapai dera maa hoina ahile baru dera bata ghar maa sarnu bhako chha. badhai chha tapai ko naya basai laai………………………………………………
    mera ke hi prasna haru……..tapai ko uttar paune aasha maa chhu.
    1. nepali ma type hunchha ki bhanera roman maa lekheko khoi nepali font nai ayena.
    2. ali sasto khale lekh lai kam mahatwa dine ki?
    3. ali kati pharak lekh ani bidesh maa bhaye kaa aarthik abasar laai pani sametdai jaane ki?
    4. sasto rajnitik bislesan ta aru blog maa pani herna painchha…….tyesh ko saato padhai(study) ko abasar ani biswabidhalaya ko bare maa ali jaan kaari dine ki?
    5. nepali khana sambandhi resipi haru pani samaabesh garne ki?
    6. dutabaas ra rajdut ko bhanda baru ali ramro post maa bidesh maa kaam garne nepali ko uniharu le gareko sangharsa ra tyehaa samma aaipugda gareko dukha laai jibani type ko banayera rakne ki……..jasle garda aru laai pani laabh hos.
    …………………………………………..yi mera bhawanatmak kura matra hun …..garnai parchha bhanne hoina….tara huda awasya sun maa sugandha hune thiyo.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    admin Reply:

    (रिजालजी तपाईले राम्रो कुरा उठाउनु भयो। पहिलो कुरा नेपालीमा लेख्ने नलेख्ने भन्ने ठाउँमा सानो बाक्सा छ । त्यसमा ठिक लगाउनुभयो भने नेपालीमा आइहाल्छ ।
    -सस्तो खाले लेखलाई कम महत्वनै दिने हो । बरु कुनै लेख कसैलाई सस्तो र कसैलाई महत्व लाग्छ । समस्या कोहि बेला आफुले नी छुट्याउन सकिन्न पाठकको रुचि अनुसार । कोसिस गर्नेछु ।
    -बिदेशमा भएका आर्थिक अवसरलाई कोट्याउनुपर्ने नै हो । एकदम ठिक कुरा । त्यसलाई समेट्न नभ्याएर, नसकेर हो ।
    -राजनितिक लेख नदिँदा राजिनीति नदेउ भन्नेलेपनि ब्लग नपढ्ने रहेछन् । मैले शुरुमा कोसिस गरेको थिएँ । तर केहो केहो नेपाली मानसिकता राजनिति मन पर्दैन भन्दै राजनिति नै पढ्ने, राजनिति गर्ने रहेछ ।
    -विश्वविद्यालयको बारेका लेख दिने सल्लाह राम्रो हो । कतै साथिभाईले लेख्छन् भने लौन सम्पर्क गराइदिनुस।
    -नेपाली खाना समब्न्धि चाहिँ ब्लगमा त्यति राम्रो नहोला कि ? त्यो त वेबमा जतिपनि पाइन्छ अहिलेनै ।
    -तपाईको ६ नंबरको कमेन्ट एकदमै राम्रो हो । मैले पहिले अलि अलि गरेको थिएँ । त्यसलाई निरन्तरता दिने कोसिस गर्ने छु ।
    अन्तिममा रिजालजी तपाईलाई धन्यावाद ।-ददि, नेपालप्लस) ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • नया घर सचैनै राम्रो छ,हुनत हाम्रो नेपाल plus पहिला के कम थियो र,येस्तै हाम्रो वेबसाईट को परगति होस् येही हो सुभकामना,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shreeram chandra bhatta

    नया घरमा डेरा सर्नु भाको मा शुभकामना छ |नया डेरा मा समस्या त भैहाल्छ बिस्तारै समाधान हुन्छ | सबै छेत्र लाई समेटन सकेमा शुन मा शुगन्द हुन्छ | नेपालप्लुस को प्रगति होस |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • नया घरमा डेरा सर्नु भाको मा शुभकामना छ ! daji jii नेपालप्लुस को प्रगति होस | kamana kardachhu bishnu Germany

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rajendra lamsal

    ददी जी डेरा कहाँ सर्नु भए को छ अहिले लेख हरु लेख्दा अझै राम्रो र सरल भासहा मा सबै ले बुज्ने गरि लेख्नु होला कसै लै काखा र कह्सै लै पख लगाएर लेखे को देखिए को छैन र त्यो दिन पनि न ओस येही मेरो शुभ कामना

    (राजेन्द्रजी, डेरा सर्ने भनेको नेपालप्लसको ठाउँ भनेको। बस्ने डेरा होइन। धन्यावाव, ददि) ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree