सभासद खरिद बिक्रितिर लाग्छन् कि के हो पार्टीहरु ?

अहिलेपनि अवस्था त्यहि बेलाको जस्तो देखिँदै छ । दलहरूका बीचमा अविश्वास झन् बढ्दो छ । कुनैपनि दलको बहुमत छैन । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल आफ्नै नेत्रित्वमा सरकार बनाउन मरेर लागेका छन् । उता एमालेमा झलनाथ खनालको विकल्प नदेखिएपनि केपी ओली पक्ष भित्र भित्रै खुट्टो तान्नमा तल्लिन छ । माओवादीमा बाबुराम भट्टराई कि प्रचण्ड भन्ने लुछाचुँडी सतहमै छताछुल्ल भएको छ । मधेसवादी दलहरुले आफ्नै मोर्चा कसेर बसेका छन् । माओवादी सबै भन्दा ठूलो दल हुनाले उसलेपनि भुसुने दलहरूलाई फकाईरहेको छ । कुनैपनि दलको बहुमत छैन । सरकार सबैलाई बनाउनै परेको छ । प्रधानमन्त्रीको कुर्सीमा सबै दलकालाई नबसि भएको छैन । जसरिपनि सरकार बनाउनै पर्ने मानसिकता हावी भएपछि हुन्छ के ? यो तानातान कहाँसम्म पुग्ला ?

माधव नेपालले राजिनामा दिएको १३ दिन भयो । अहँ दलहरुले कुनै सहमती गर्न सकेनन् । बरु दलहरु फेरीपनि बहुमतिय सरकारमै जाने पक्का जस्तै छ । किनभने दलहरुले आग्रह गरे अनुसार राष्ट्रपतीले सहमतिय सरकार बनाउन थपि दिएको समय भित्रपनि सरकार बनाउन सकेनन् । अहिले राष्ट्रपतीले फेरी बहुमतकै भएपनि सरकार बनाउन आव्हान गरेका छन् ।  मधेशवादी दलसहित तिन प्रमुख पार्टी आफ्नै नेत्रित्वमा सरकार गठन गर्ने होडबाजीमा छन् । यसले उही पुरानो संसदीय कालमा झैं सभासद् खरिद बिक्रीको खतरा संकेत गरेको छ ।

संसदीय कालमा आफ्नै पार्टीको सरकार गिराएर अर्को सरकार बनाउन शेरबहादुर देउवा कस्सिए । त्यसलाई पछि राप्रपाहरुलेपनि निरन्तरता दिए । कुनैपनि दलको बहुमत नभएपछि भेडा बाख्रा झैं थुनेर राखिएको थियो सांसदहरूलाई । कुनै सांसद काठमाडौंका होटेलमा सुरा सुन्दरीका साथ दिनभरि जुवा खेलाएर राखियो । तिनलाई अरुले किन्छन् भनेर बाहिर निस्किनै दिइएको थिएन । कतिपयलाई त काठमाडौंमा राखे जसरिपनि बिक्री हुन्छन् भन्ने अझ खतरा देखेर बैंककसम्मै पुर्‍याइएको थियो ।

अहिले फेरी त्यहि अवस्थाको पुनराव्रित्ति हुने खतरा देखिएको छ । किनभने त्यहि संसदीय कालको जस्तै जसरिपनि सरकार बनाउने घिनलाग्दो दौड दलहरुले शुरु गरेका छन् । सबै दल भित्र समर्थक र बिरोधी तयार पारिएको छ । दलका प्रमुख नेतानै आफ्नै दलका नेता आफ्नो खेमातिर तान्न तल्लिन देखिएका छन् । अहिलेनै दलहरु आन्तरिक रुपमा आफ्नो तिर नेता तान्न भोज भतेर गर्ने,   गोप्य छलफल चलाउने, फकाउने र आफुतिर तान्ने गर्न लागिसकेका छन् । सबै दल आफैले सरकार बनाउने भन्दै छलफल तिब्र पारेका छन् । आफ्नै दाबी प्रस्तुत गर्दै छन् । दक्षिण र उत्तरतिरको भ्रमण गरेर अर्काका कुरा सुन्ने प्रव्रित्ती पनि हावी भएकै छ ।

नेताहरूमा जनता प्रति, देश प्रतिको जिम्मेवारी पटक्कै देखिएको छैन । सबै मस्ती गर्ने, सत्ताको स्वाद चाख्ने, विदेश भ्रमण गर्ने, दाम कमाउने दाउमा देखिएका छन् । देश र जनता प्रतिको जिम्मेवारी होइन जसरिपनि सरकार बनाउने र कुर्सी मा पुग्ने लोभले नेताहरुलाई जे जस्तो संझौतापनि गर्ने मानसिकतामा पुर्‍याउँछ ।

 व्यवस्था फेरिएपनि माओवादीका बाहेक अधिकांश नेता उहि पुरानै छन् बहुदलीय कालकै जो त्यहि संसद खरिद बिक्रीमा संलग्न थिए । तिनको मानसिकता बदलिएको छैन । त्यसैले अब दलहरुले फेरी पनि बहुदलीय कालमा झैं सभासद् खरिदबिक्री शुरु गर्न कत्ति बेर छैन । अहिले दलहरूको आआफ्नै नेत्रित्वमा सरकार बनाउने दौडले त्यहि संकेत गर्दै छ ।

  • gita khatri

    यो सबै बनाउने हामी जनता नै हो । हामी जनता मा चेतना को कमि भो हाम्लाई कुन पार्टी को सीधान्त के हो थाहा छैन । नबुझी अन्धाधुन्ध भोट दिन्छौ कुनै एक ओटा पार्टी लाई बहुमत हुन दीदैनौ जसले गर्दा आज यो हालत भय को हो । अब हामी जनताले यो कुरा बुझनु पर्नी छकी नेताहरु लाई खबरदारी गर्दै सही र जनताको मुल्य र मान्नेता लाई मुलायंकन गर्ने पार्टी लाई भोट दिनु पर्यो (नेपाल मा च्याउ उम्रे सारिका पार्टी छन् र हामी जनताले जुन्पार्टी का नेताले भासन दिन्छन तेतै ताली बजाउदै हीड़नाले यो हालत भयको हो र हामी जनताले बीक्ने र च्याउ सरि का पार्टी लाई खबरदारी गर्दै जोअहीले भयको छ त्यो हुन दिनुहुदैन (कुरा बुझेर)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • yuvraj rijal

    hamra aadarniya neta pradip nepal sarkaar dhalda russia maa rahechhan
    hijo nayapatrika maa euta lekh aayeko rahechha …………………”rajinama pachhi ko sahamati”……………..dadhi jee ko swikriti bhaye saathi haru laai ke hi kura share garna chahanchhu.

    नेपाल का पुलिस पनि क्या अबसरबादी
    हुन्छन ! भेना नभाको बेला पारेर ट्याप्प! सालो , बिचरा कामधेनु
    जस्तो निर्दोष सालो! आखिर मैले येत्रो सम्पत्ति जोडेकै उसैको भर मा त
    हो ! आखिर त्येश ले कसको पो के बिगारेको थियो र नेपाल पुलिस ले
    मेरै प्यारो सालो को खेदो खन्यो …………………येसो हेरी ल्याउदा ………
    हिजो सम्म सरकार थ्यो माधव को ……जता लैजाऊ …जे गर नाई नास्ती
    कतै बाट थिएन …….यी झल्लु पनि मापाका छन् आर्का ले कमाई खाएको
    देखि सहदैनन …………मेरा बिरुद्ध माओबादी संग मिलेर सरकार को खोइरो
    खने….यिन ले सरकार को बिरोध गरया होर मैले येसो कमाएको सम्पत्ति
    मा आखा गाडेको हो ………अझ त्यो बामदेब …….हेर हेर आर्काले गरि खाएको
    पटक्कै देखि नसहने ……..उहिल्लई सरकार ढाल्न बडो हस्ताछर अभियान
    चलाउने ………आज त साच्ची नै भाउन्न भा छ, बिचरो मेरो सालो ले के पो
    गर्या थ्यो र ? त्येही चक्र पथ का मसिना ब्यापारी लाइ पिटपाट गरेर मेरो खाने बस्ने, बेला बेला विदेश जाने जोहो गरिदिन्थ्यो …………….ति ब्यापारी
    पनि कम्तीका छन् र ? माओबादी लाइ पार्टी अफिस मै चन्दा लगिदिने हामि
    लाइ सुको नदिने ? ……………..अबत अत्ति भो ………..यो माओबादी ले मेरो
    गाश खोसेको चुनाब ताका बाट हो …………..अब सरकारै ढालेर अलि अलि
    भाको मुहान पनि बन्दै गराउने भए बा !!…………..के गरोउ त ? पुराना
    क्रान्तिकारी उपन्यास पनि बिक्न छाडे ……उ बेला त संजय थापा ले नाम खूब कमायो ……पाठक लाइ के थाहा र म कस्तो छु भन्ने ? अहिले पो थाहा
    पाएर ….हुन ता ढाट कुरो धेरै दिन टिक्दैन अब २ – ४ दिन त फेरी टिक्नै पर्यो भाको खर्च पनि विदेश गएर सकिहालियो !कामधेनु सालो पनि जेल पर्यो! श्रीमती संग गहना मागोउ भाइले देको दिन्न भन्छे …………….यहि मेसो मा लेखि हलोउ जे त पर्ला ……….नेपाल का पाठक कस्ता छन् मलाई था नभा होर ? लहै अधेरी मा तिर हान्छु ………………………………”राजिनामा पछी को सहमति “

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Balaram Thapa

    गीता खत्रीजी, म तपाईंको विचारसंग १००% सहमत छु । अंग्रेजीमा एउटा उखान छ “People get the type of government they deserve.” अर्थात जनता जस्ता छन नेता र सरकार पनि उस्तै हुन्छन । किनकि नेता बनाउने भनेको जनताले नै हो । जनता आफ़ै लोभीपापी, अवसरवादी, भ्रष्टाचारी, दुराचारी छन भने तिनले चुनेका नेताहरु पनि त्यस्तै त हुन्छन नि । धतुरो रोपेर सुन्तला फ़ल्दैन क्यारे । मैले त धेरै अघिदेखि भन्दै आएको हुं नि सहमतिको सरकार मात्र होइन यही संविधानसभाबाट कुनै संबिधान पनि बन्दैन । जापानको संविधान अमेरिकाले बनाई दिए जस्तै नेपालको संविधान पनि कुनै विदेशी शक्तिले बनाई दिने छ । हाम्रा पार्टी र नेताहरु त्यही परिस्थिति ल्याउन मरिमेटी लागी परेका छन । सियो बनाउन नसक्ने देश, चेलीबेटी बेचेर खान पल्केको जनता र लुटपाट गर्न जन्मेका पार्टी तथा नेताहरुले संविधान बनाउलान भनेर आश गर्नु मरिचिका मात्र हो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree