सत्ताकालागि नेपाल र खनालबिच झण्डै परेछ कुटाकुट

नङ्ग्राले झाम्टा मारेर शिकार फुत्कियो भने कस्तो हुन्छ बाघलाई ? भन्छन् बहुलाउँछ । अनि शिकार ताकेर बसेको बाघलाई शिकार गर्न बाधा पार्‍यो भने ? उपनि त्यसै गरि रन्थनिन्छ । रिसले आगो बन्छ । माधव नेपाल प्रधानमन्त्रीको शिकार फुत्किएर बहुलाए जस्ता भएका छन् । उता नेपालको हातबाट फुत्किएको शिकार ताकेर बसेका छन् एमाले अध्यक्ष झलनाथ खनाल । खनाल अघि देखिनै माओवादीलाई एक्लै छोड्न हुन्न भन्ने नरमपन्थी । उता नेपाल माओवादीका कट्टर विरोधी । नेपालमाथि दक्षिणपन्थी धारतिर निकट भएको आरोप लगाउँदै आएका खनाल पक्षले । उता माओवादीको समर्थक र आफ्नै सरकारको विरोधी भएको खनालमाथि आरोप लगाउँदै आएका नेपाल पक्षले । दुबै पक्षको भित्रभित्र नीतिगत मारामार त थियो नै । तर गत शनीबार चाहिँ प्रधानमन्त्री नेपाल र पार्टी अध्यक्ष खनालबिच झण्डै पिटापिट नै भएछ ।

नेता, सेना र दरबार भित्रका गोप्य क्रियाकलाप छताछुल्ल पार्न कहलिएको पत्रीका न पर्‍यो जनआस्था साप्ताहिक । आजको अंकमा उसले नेपाल-खनालबिच पर्नै लागेको मारपिटका बारेमा सारा खोतलेर सार्वजनिक गरेको छ । शनिवार एमालेको स्थायी समितिको बैठक डाकिएको रहेछ बिहान । निहुँ खोज्ने त जहाँपनि केपी ओली नै भैहाले । त्यस बिहानपनि ओलीले खनाललाई संसदीय दलको नेता वा पार्टी अध्यक्ष मध्ये एउटा पद मात्रै लिनुपर्छ भनेछन् खनाललाई । त्यो छिनोफानो नभइ बैठक बस्न नसक्ने सक्दैन भनेपछि खनाल तात्तिएछन् । खनालले आफूलाई पार्टी भित्रैबाट असहयोग भएको, खुट्टा तान्ने काम गरेको र केन्द्रीय कमिटीमा हनुमान चलाउने काम गरेको आरोप लगाएछन् ।

अनि त नेपाल जुरुक्क उठेर खनालमाथि जाइ लागे । खनालले पार्टीलाई धूलो पारेको, माओवादीको दलाली गरेर आफ्नै सरकार गिराउन लागेको, ०४८ को आम निर्वाचनपछि खनालले संसदीय दलको उपनेता नपाउँदा संसदको ब्याक बेन्चमा गएर बसेको, आधिकारिक उम्मेदवारलाई राष्ट्रिय सभामा हराउन बोगटी काण्ड मच्चाएको, पार्टीको निर्णय बोक्न नसकेको, उनको निजी महत्त्वाकांक्षा चुलिएको, प्रधानसेनापतिलाई निकाल्ने भनेर माओवादीसित गोप्य सहमती गरेको आरोपपनि लगाएछन् । लगायतका आरोप लगाएछन् । पार्टी अध्यक्ष चलाउन असफल भएकोले महाधिवेशन बोलाउनुपर्ने माग समेत गरेछन् ।

खनालपनि के कम ? उनले पनि जवाफ दिए- तपाईंले १५ वर्ष पार्टी चलाएको पनि देखियो, यत्रो पार्टी ३३ सिटमा झरेको पनि भोगियो । बालुवाटारमा बसेर तपाइले के के गरिरहनु भएको छ भन्ने सबै जानकारी मलाई छ भनेर धम्क्याए । अनि नेपाल निकै आक्रोशित बने । अनुहार रातो भएछ । अनि झलनाथको नाकैमा औंलो लगेर खनालको खोइरो खन्न थालेछन् । खनाल को अनुहार रातो भएछ । उनी थरर काप्न थालेछन् । अनि खनालले पनि ‘मलाई असफल बनाएर को सफल हुँदो रैछ देखाइदिन्छु’ भनेर नेपालको नाकतिर औंलो सोझ्याउँदै चुनौती दिएछन् । नेपाल र ओलीबिच कुटाकुटको स्थिति बनेपछि केन्द्रीय कमिटीको बैठकको मिति तोक्न बसेको बैठक त्यस विषयमा कुनै निर्णय नगरी समाप्त भएछ ।

  • रबिन्द्र

    मरून चोर नेताहरु, यिनको कामै सत्ताको लागि लड्ने हो जनताको लागि भनेर लड़छान यी कहिल्यै ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    kuls Reply:

    Aba mare pani hunthyo chor neta haru, alik nepal ama lai shanti milthyo ki……khali kurshi ko lagi jhagada garyo, duniya lai natak dekhayo baas……tyo bhanda kehi garna sakchhan yo neta haru nepal ko laagi…???

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सहविर

    यी भ्रस्ट हरुबाट देशको भलाई कहिल्यै हुदैन
    न संबिधान बन्ने छ न जनताको लागि केहि गर्छन
    खालि पदको लडाई
    एमालेको त झन् सिद्दान्तनै लुटी खाने

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • राम प्रसाद घिमिरे क्यालिफोनिया

    जे गर्छौ गर आफ्नो राष्ट्र र राष्ट्रिता लाइ नभुले
    ब्याग्तिगत स्वार्थमा भन्दा राष्ट्र र जनतामा
    ध्यान दिए राम्रो हुन्थ्यो होला कि ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • gita khatri

    य नेकपा यमाले भनौदा हरु हो किन येसरी फोहोरे खेल खेलछौ तिमि हरु को इजत छ अलिकति तिमि येतिसम्मा गिरी सकेका छौ किन डुंगगुरेय मुसा बनेर आफ्नो पार्टी लाई काटी काटी छीया छीया बनाउदै बस्दै गर्छौ हिजो पनि त तिमि हरुनै सबै मैले र पार्टी फुतायाका नै हौ अब एस मा कानै ठुलो कुरो भो र बामदेव , झल्लुनाथ खनाल र तिम्रा आसय र पासे लागेर माओबादी मा गय पछाडी सायद दुइ तीहाई बौमत हुन्छ होला अनि त सबै खीचातनी खतम अनि माधव नेपालको पनि मुखभरी को पीडालु हुन्छ नेताहरु को बुद्धि पटक्कै छैन (साप पनि न मर्ने लौरा पनि नाभाचीने) लौ झल्लुनाथ र बामदेव गौतम बुद्धि छ भने आजै जाओ (आज यो हालत बनाउने पनि यमाले पार्टी नै हो हिजो पार्टी नफुटे को भय आज यो हालत हुनी थीयन भुत बाट शिक्षा लिदै बर्तमानमा राम्रो गर्दै जानुपर्ने मा त झगडा गर्दै छौ फेरी पनि पिपल पाते नेता गरि खाऊ (बिग्रे देश बिग्रिन्छ दुखपायमा जनताले पाउछन)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • krishna kharel from vietnam

    के मकुले ले मर्न खोजेको त होइन ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita Sharma

    सत्ता को लागि नलड़नी र आफ्नै पाटी भित्र दुस्मन भएर नबस्नी यहाँ कुन पाटी छ र ? यिनी हरु त मान्छे होइन दानाब हरु हो जुन पाटी भित्र पनि लडेका छन् तर नेकपा एमाले ले चाही बाहिर नै देखाई दियो फरक यति हो !! जय पशुपति नाथ !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • शेर्पा जी

    हैन हो ? क- कसको बीच कुटाकुट हुन लागेको रे ? नेपाल र खनाल बीच हुन सक्छ तर त्यो ओली को नाम चै का बाट आको बिचमा?
    गल्ति बाए माफी पाऊ है हजुर.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ram

    के नाकमा औला मात्र लगाएको हान्नु नि ड्यांग कि ड्यांग गोलि तर गोलि हान्न लगाउने चाहि हुन् ओली । तर यो बिषयमा सबै नेतालाई सोध्नुस हो हुदै नभएको हो र हाम्रो पार्टीलाइ टुक्र्याउने चालबाजी हो सडयन्त्र हो भन्नेछन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kuls

    के झगडा मात्रै गरि रहेका होलान बरु गोलि नै हाना हान गरेर सब सोत्तोर भए त यो जनता ले पनि अलिक आफ्नो तरिका ले आफ्नो देश को संबिधान बनाउन त पौठे होलान……….‘मलाई असफल बनाएर को सफल हुँदो रैछ देखाइदिन्छु’ भन्ने यो डाकु खनाल र इनका येस्तई आफ्नो तुजुक देखाउने घमण्ड ले गर्दा नै आज देश अध्यारो मा रुमलिएको छ………..!!!
    के समस्या को समाधान खाली रिस लडाई र झगडा मात्रै हो त………??? एसले के देखौना खोजे को हो खनाल को यो स्क्रिप माथि प्रश्न अबश्य गरिओस ……!!! लाज पनि लाग्दैन यिनीहरु लाई एउटा देश को पथप्रदर्शक को स्थान मा बसेर सडक का भुश्याहा कुकुर को जस्तो टोक्ने कुरा गर्न……….!!! पाप लाग्छन यिनी हरु लाई नेपाल आमा को……….!!! छि धिक्कार छ ……!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree