किन भइरहेछ सेना समायोजनमा बिवाद ?
ब्रिहद शान्ति संझौतामा स्पष्ट रूपमै माओवादी जनसेना (लडाकू) को समायोजन गर्ने भनेर लेखिएको त छ । तर संख्या, मापदण्ड, तरिका, कहिले र कसरि भनेर लेखिएन । वा कति विषय स्पष्ठ सित खुलाइएन । त्यसैले गर्दा माओवादी पक्षले एकातिर अनि कांग्रेस, एमाले र बाँकी साना दलहरुले आआफ्नो ढंगले अर्थ्याए । शान्ति संझौताको प्रमुख पाटो नै सेना समायोजन हो । यो नभै नत नयाँ संबिधान लेखिन्छ । नत शान्ति संझौतानै टुंगोमा पुग्छ । यो तथ्यमा माओवादी, नेपाली कांग्रेस, एमाले र अन्य सबै दल स्पष्ठ छन् । नेपाललाई पुन रगतको खोलोमा परिणत गरेर स्वार्थ पुरा गर्ने केही दलाल नेता र विदेशी बाहेक सेना समायोजन होस्, शान्ति संझौताले पूर्णता पाओस् भन्नेमै छन् । तरपनि सधैँ समस्या सेना समायोजनमै देखिने गरेको छ किन ?
दलहरुबिचको पहिलो समस्या आपसी विश्वासको संकट । सेना समायोजनका विषयमा एक र अर्को दलबिच शंका र उपशंका । नेपाली सेना मा भारतीय र अमेरिकी प्रभाव बढ्दो छ भन्ने विश्वास माओवादीमा छ । नेपाली सेना अन्तिम समय सम्मपनि गणतन्त्रको पक्षमा नदेखिएकाले अबपनि अग्रगमनको बिपक्षमा उभिन सक्छ । त्यसैले नेपाली सेना भित्र रहेको भारतीय र अमेरिकी प्रभावलाई नचलाई राख्नकालागि ति देशहरुले एमाले र कांग्रेसलाई प्रयोग गरिरहेका छन् । प्रभावमा पारिरहेका छन् । अनि एमाले र कांग्रेसपनि नेपाली सेनाको पूर्ण लोकतान्त्रिकरण (माओवादीले भने झैँ ) नभए आफ्नो स्वार्थ कायम राख्न सकिने भन्ने बुझाइमा छन् । यो माओवादी बुझाई हो ।
नेपाली सेना २००७ साल देखि लगातार नेपाली जनताको प्रजातन्त्रका विरुद्ध देखिँदै आएकाले फेरीपनि जनताको वास्तविक प्रजातन्त्रलाई धोका दिन सक्छ भन्ने भयले माओवादीहरु सबै सुरक्षा निकायमा पूनर्संरचना गर्नुपर्छ भनिरहेका छन् । तर यसैलाई एमाले, नेपाली कांग्रेस र केही मधेशवादी दलहरुले माओवादीले आफ्नो स्वार्थ अनुकूल पूनर्संरचना गर्न खोजेको भन्ने आरोप लगाउँछन् ।
संबिधान बनाउनु पहिलेनै आफ्ना जनसेनालाई समायोजन गरिसक्ने वा तितरबितर पार्ने । संबिधान सभा विघटन गर्ने अनि जनप्रतिनिधि बिहिन बनाएर तानाशाही सत्ता सञ्चालन गर्ने । सकेसम्म अनमिनलाई पनि लखेटेर अन्तर्राष्ट्रियरुपमा विश्वासिलो निकायकोपनि अभाव खट्काउने दाउमा एमाले र नेपाली कांग्रेस रहेको । भारतले त्यही खोजेकाले उनीहरू त्यसैको पक्षमा रहेको बुझाई माओवादीको देखिन्छ । संबिधान बनाउनु पहिलेनै जनसेनालाई विघटन गराएर माओवादीलाई सम्पूर्णरुपमा शक्ति बिहिन पारेर तानाशाही सत्ता चलाउँछन् कि भन्ने त्रास माओवादीमा देखिन्छ । आफ्ना सबै जनसेना विघटन गरिसकेपछि संबिधान सभासमेत भंग गरेर नेपाली सेनाको बलमा सत्ता चलाए भने के गर्ने ? अथवा संबिधान बनाएपनि माओवादीलाई सम्पूर्ण रूपमा कमजोर बनाएर पश्चगामी वा यथास्थितिको कै पक्षपोषण गर्ने संबिधान बनाए भने के गर्ने ? त्यत्रो जनसेना, हजारौं कार्यकर्ता र जनताको समर्थन जितेको पार्टीको हालत के होला ? जनतासित गरेका वाचा के होलान् ? माओवादीको त्रास यही हो । अझ अनमिनलाईपनि लखेटे भने कसले बोलिदिन्छ ? किनभने भारत र अमेरिका जस्ता शक्तिले कांग्रेस र एमालेकै पक्षमा समर्थन गर्ने छन् ।
उता एमाले र कांग्रेसमा भने नेपाली सेना पूनर्संरचनाको नाममा माओवादीले आफ्नो अनुकूल बनाउने । नेपाली सेनामा प्रभाव जमाउने । संविधान बनाएर सक्दापनि माओवादी जनसेना यथावत् रहने हो भने भोलि माओवादीले त्यही सेनाको बलमा राज्य सत्ता कब्जा गर्न सक्छ । नयाँ संबिधान बनिसक्दापनि माओवादीका जनसेना यथावत् राखेर निर्वाचनमा जानु पर्यो भने माओवादीले जनसेनाकै आडमा आफ्नो अस्तित्व खत्तम गरिदिन्छ कि ?
माओवादी संबिधान बनाउने कुरामा भन्दा जनसेना समायोजनका कुरामा बढि संवेदनशील देखिनुको कारण के ? संबिधान नबनाउने, मुलुकलाई संकटमा फसाउने र त्यही मौकामा जनसेनाको बलमा देशभरका कार्यकर्ता जम्मा पारेर सत्ता कब्जा गर्ने त होइनन् माओवादीले ? जनसेना समायोजनको कुरा उठिरहेका बेला किन वाईसियल भंग गर्दैनन् ? किन झन बढि तालिम दिन्छन् माओवादीले ? उनीहरूलाई थप सशंकित पार्नुको कारण यो पनि हो । दुई पक्ष बिचका यीनै आशंकानै अहिले लडाकू समायोजन हुन नसक्नुको मुख्य कारण हो । अग्रगामी संबिधान बन्छ । राज्य पूनर्संरचना गरिन्छ । शान्ति संझौतालाई इमानदारीताकासाथ टुंगोमा पुर्याइन्छ भन्ने विश्वास दुबै पक्षमा देखिन्न । अहिले देखिएको सेना समायोजनको मुख्य समस्या नै यही हो ।


नाम विस्त्रित शान्ति सम्झौता भने पनि त्यो वास्तवमा नेपाललाई अस्थीर राख्ने सम्झौता हो । माओवादी लडाकुको संख्या झण्डै २० हजार, हतियार भने ३५०० । यस्तो पनि हुन्छ ? माओवादीले समायोजनको नाममा आफ़्ना लडाकुहरुलाई राष्ट्रिय सेनामा प्रवेश गराई त्यसलाई भित्रैबाट लथालिङ्ग भताभुङ्ग पार्ने, वाइसियल र लुकाएर राखेको हतियारले आक्रमण गरी सपूर्ण सत्त कब्जा गर्ने रणनीति अनुसार यी सब कुकर्म भैरहेका छन । भारतीय शासकहरुको उद्देश्य भनेको नेपालको राज्यसत्तालाई कमजोर अवस्थामा धकेलेर हाम्रो प्राक्रितिक स्रोतसाधन माथि कब्जा जमाउनु हो । उसले बिना प्रतिस्पर्धा नेपालका ६ ठूला जलस्रोत परियोजना हात पारिसकेको छ । भारतीय शासकहरुले नेपालमाथि गर्ने आर्थिक शोषण एमआरपि छपाईसम्म चुलिएकै हो ।
खाडी क्षेत्रको पेत्रोलियम भण्डारको आयु अब १०० वर्ष पनि छैन । त्यस पछिको ठूलो भण्डार भनेको अमेरिकाकै साल्टलेक सिटी उपत्यका र तिब्बतको विशाल पठारमा सुरक्षित रहेको छ जसले पेट्रोलियम पदार्थको विश्वव्यापी मागलाई ३०० वर्ष मज्जाले धान्न सक्ने वैज्ञानिकहरुको बलियो विश्वास छ । त्यसैले युरोपियन युनियन र अमेरिकाको स्वार्थ भनेको नेपालको भूमि प्रयोग गरी तिब्बतलाई चिनबाट अलग्याउनु र त्यहाँ रहेको पेट्रोलियम र विविध खनिज लगायतको अथाह प्राक्रितिक स्रोतमाथि कब्जा जमाउनु हो । त्यसका लागि पनि नेपाललाई भौगोलिक रुपमा टुक्र्याउनु र राष्ट्रिय एकता (जनता बीचको जातीय, धार्मिक, साम्प्रदायिक, सामाजिक सदभाव) छिन्नभिन्न पार्नु जरुरी छ । यो काम गर्नका लागि माओवादीलाई जन्माइएको हो जसले जातीय क्षेत्रीय मुक्तिको नाममा नेपालको अस्तित्व मेटाउने काममा आफ़्नो सम्पूर्ण बुद्धि र शक्ति खर्चिरहेको छ । त्यसैले आतंककारीको सूचिमा परेको माओवादी पार्टीका नेताहरु निर्बिघ्न युरोप अमेरिका भ्रमणमा जान्छन, शीर्षस्थ नेता तथा राज्याधिकारीहरुसंग भेट्छन, सारा कूटनीतिक मर्यादा नाघेर खुलेआम भारतको विरोध गर्छन । त्यसैले अनमिनले पनि नेपालहन्ता माओवादीको हरेक नाजायज हर्कतलाई अनुमोदन गर्दै आएको छ, उसको अनुकुल नीती र योजना पसार्दै आएको छ ।
मन परो वा परेन:
1
0
[Reply]
जिवन Reply:
July 16th, 2010 at 7:52 am
भारतीय दाउ त ठिकै हो तर तपाईले माओवादीलाई भनु भाको कुरो त अलि मिलेन । संघियता हुँदैमा देश टुक्रिँदैन । तपाईको बिचारमा अझै पनि एकात्मक राज्य बनाएर थापा, राणा, बस्नेत, कोइराला कै राम राज्य चलाउने ? सधैं सिमित जातकाले लुट्ने ?
के अन्मिनलाइ लखेटेर समस्या समाधान हुन्छ ? अनमिनले गर्ने काम दलहरुले सल्ट्याउन न त । हेरौं अनि अनम्न त्यसै बसिराख्छ सेना समायोजन गर्न सके ?
मन परो वा परेन:
0
0
[Reply]
हामी अभागी …हिजो पनि लुटियकै हौँ आजपनि लुटिदै छ …भोलि पनि लुटिने छ हुने वाला केहि होइन ..सबै चोर हुन्…..हामी सारा निर्दोस जनता अभागी…किन भारत र अमेरिका लाई दोस दिनु /// आफु गर्न सक्ने केहि होइन ,,,,,साला चोर हरु….
मन परो वा परेन:
0
0
[Reply]
देशप्रेमी Reply:
July 17th, 2010 at 1:57 am
तपाईसित सहमत छु
मन परो वा परेन:
0
0
[Reply]
हो हो…भारत को नियेत चै येही हो हाम्रो देश माथि……..!!! के गर्ने aaja samaya र येस्तई नेपाल आमा कि दुइ चार kaput हरु को कारण ले हामी अब भारत संग पनि kehi भन्न सक्दैनौ !!! ज्यादै दुक्ख लागेर आउछा मलाई ……कुनै दिन हामी नेपाली हरु को अस्तित्व नै लुटिने छ, खाली देश मात्र होइन……..!!! अनि हामी येस्तई केहि स्वविमानी नेपाली हरु अकाल मै मर्ने छौं त्यो दिन देख्न नसकेर……..!!! तर म एक्लै भए पनि यदी yesto दिन आयेछा भने केहि भ्रस्टचारी हरु को चै ………केहि पनि गर्दिन……..!!! किन भने मेरो पनि शरीर मा पनि उही पुर्खा हरु को रगत छ तातो र रातो रगत छ………!!!
मन परो वा परेन:
0
0
[Reply]