पेरिसको म्यूजियममा नेपालका नांगा देउता

gyanendra_no_living_vishnu.jpg

तस्विर र आलेख: ददिराम सापकोटा, पेरिस
 

यौनका मामिलामा नेपाली संस्कृति साघुरो लागेर होला नेपालका देउताजती फ्रान्समा पो छिरेछन त‘ ! फ्रान्सको राजधानी पेरिसमा रहेको नग्न सङ्राहलयमा नेपालका नाङ्गा देउताको भिड देखेपछी यसै भन्दै थिए पेरिसबासी भोलाकान पासन। पेरिसमा रातिपनि खुलैहुने एकमात्र यो सङ्राहलयमा नाङ्गा नेपाली कला यतिधेरै छन कि पत्याउनै मुस्किल पर्छ। नेपाली समाज र संस्कृति प्रेम र यौनका मामिलामा सांघुरो छ भन्ने पश्चिमीहरुको बिश्वासलाई यहाँका नाङ्गा कलाकृतिहरुले क्षणभरमै चकनाचुर पार्छन।


nepal-france-paris-nacked-gods-nepalplus-2.jpgयो सङ्राहलयमा नेपालको शिवालिङ्गलाई ठाउँ ठाउँमै रखिएका छन जसप्रति खासगरी महिलाहरु ज्यादै आकर्षित भएको पाईन्छ। संभोगका विभिन्न आशनहरु देखिने यो नग्न संग्राहलयमा यति धेरै नेपाली काष्टकलाका कृतिहरु छन् कि धेरैमानिसलाई यि नेपाली कला कसरि यहां आइपुगे जस्तो लाग्छ। पुरुषले पछाडिबाट, कोल्टे पारेर,काखमा लिएर, यौन अंग छामेर, समातेर गरिएका यौन कृयाकलापका दृष्यले आदिमकालमा पुरुष थचक्क बस्ने र महिलाको चाँही टाउको तल पारेर निर्दयि तरिकाले सम्भोग गरिन्थ्यो भन्ने कुरापनि एउटा आशनमा उल्लेख छ।
nepal-france-paris-nacked-gods-nepalplus-3.jpg

घर गृहस्थि र सांसारिक मोह त्यागेर हिंडेका गौतम बुद्दसमेत यौनका मामिलामा आकर्षित रहेछन भन्ने देखाएको एउटा कलाले भने यहाँ धेरैको ध्यान आकर्षित गर्छ। थान्का पेन्टिगमा समेत बिरलै भेटिने एउटा कलामा गौतम बुद्दले एउटी महिलालाई च्याप्प च्यापेको देखाईएको छ जहांसंसारिक शक्ती देखाउदै बुद्धभनिएको छ।

तर कलाकारको नाम र तिथिमिति केही उल्लेख नहुनुले कसले यसलाई बनायो र कहाँबाट कसरी ल्याइयो भन्ने थाह हुन सकेन। यसैगरी उत्तेजित शिवले पार्वतिलाई सम्भोग गरेका, यौनाङ्ग समातेका नेपालका यि कलाकृतिले पनि धेरै दर्शकाका आँखा तान्छन।

nepal-france-paris-nacked-gods-nepalplus-4.jpg

भर्खर प्रेममा फसेका बैसालु जोडी र हनिमुन मनाउनेहरुकालागि त यि दृश्य साच्चिकै उत्ताउलिने बिषय हुन्। त्यसैले होला संग्राहलयका कर्मचारी पेरे भन्छन- कहिलेकाही त भर्खरका जोडीले यहाँका नाङ्गा यि हेरेपछी अचम्मैका दृश्य देखाउंछन्।
nepal-france-paris-nacked-gods-nepalplus-5.jpg

पश्चिमाहरु यौनका मामिलामा धेरै खुला हुनाले नेपाली देवताहरुले सम्भोग गरिरहेका यि कलाहरु एउटै परिवारका बाबु आमा, दाजुभाई, छोराछोरी समेत सगै गएर हेरेका दृश्य प्रशस्तै भेटिइन्छन। एशियाली कलाकृति युरोपेलिकालागि सधैं खुल्दुली, आकर्षण र दुर्लभ हुनाले पनि यि यतिबिघ्न आकर्षित भएका हुन।

सात तले यो सङ्राहलयका पहिला तीन तल्ला सम्ममा त नेपालकै कलाहरु छन ज्यादै भेटिन्छन्। नेपालबाहेक यहाँ मेक्सिको, भारत, श्रीलन्का, फ्रान्स, मदागास्कार, नाइजेरिया, जापान, फिलिपिन्स लगायत बिभिन्न मुलुकका कारिब दुई हजार कलाकृती छन्।
nepal-france-paris-nacked-gods-nepalplus-6.jpg

त्यसो त सङ्राहलयका केही कलाहरुले महिलाहरुमा बढी सहनशिलता र परिवारप्रति बढी जिम्मेवारीबोध हुन्छ भन्ने पनि देखाएका छन। मेक्सिकोको एउटा यस्तै कलामा एउटी महिलाले बच्चालाई स्तनपान गराईरहेकाबेला एक पुरुषलाई पछाडिबाट सम्भोग गर्न दिइरहेकी छन्।

 

 

nepal-france-paris-nacked-gods-nepalplus-7.jpg

यसले समग्रमा शायद यौनका ममिलामा पुरुषहरु कति धुर्त र महिलाहरु कति सहनशिल हुन्छन भन्ने देखाउंछन्। भारतीय कलामा एउटा सिंहले महिलालाई सम्भोग गरेको, जापानी कलामा महिलालाई घोडाले सम्भोग गरेको र महिलाको गुप्तागमा घोडाले चाटेका दृयले कलकृति बास्तविकतामा आधारित हुन्छन भन्ने भनाइलाइ नै चुनौती दिन्छन। एउटा यथार्थ केहो भने यहाका कलाहरुले नेपाली कला र संस्कृतिको मनग्गै प्रचार गरेका छन्। १७ मार्च २००६ को नेपाल इन्फो बाट ।


  • अचम्म का कला रहेछन् है संग्राहलय मा त !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Hari Bahadur Lamichhane

    Hami nepali bhayara Nepalma nadekheka kala po perish ko sangrahalaya ma rahechhan ta.Kahai kashaile paisha ko lagi nabhayaka kala pani prachar gareko ta haina tayso nabhaya kalakar ko nam ulekha hunai parne ho haina ra.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree