नेपाल टुक्र्याउने शर्त मानेर को बन्ला प्रधानमन्त्री ?

प्रधानमन्त्री पदका लागि त्रिपक्षिय दौड चलिरहेको छ । तिन वटै प्रमुख पार्टीका तिन नेता प्रचण्ड, झलनाथ खनाल र रामचन्द्र पौडेल मैदानमा छन् । अहिलेसम्मको स्थिति हेर्दा कांग्रेसलाई एमालेले, एमालेलाई माओवादीले, माओवादीलाई तराईका पार्टीले समर्थन गर्ने आशा छ । स्थिति यही हुन्छ भन्ने देखिएको छैन । तर अन्तिम अवस्थामा यी तिन पार्टी मध्ये मधेशी पार्टीहरूले जसलाई समर्थन गर्‍यो उसैले जित्ने अवस्था देखिएको छ । तर स्पष्ट छ- मधेशवादी दलहरूको मुख्य माग सम्पूर्ण मधेशलाई एक स्वायत्त प्रदेश स्विकार्नु पर्ने । त्यो भनेको हाम्रो मात्रिभूमीलाई टुक्र्याउनु । नेपाल आमाको शिरमाथि विखण्डनको छुरी धस्नु हो ।

अहिले राजनीतिक पार्टी फुटेका बेला ती मधेशवादी दलले त्यही शर्त राखेका छन्- हाम्रो मधेश मुद्दा जुन दलले समर्थन गर्छ त्यही दललाई समर्थ गर्छौं । त्यसो भए के प्रधानमन्त्री बन्नका लागि आफ्नै नेपाल आमामाथि छुरी धस्छौ त कांग्रेस, एमाले र माओवादीले ?

माओवादीले सम्पूर्ण मधेश एक प्रदेशको मुद्दा लाई स्विकार गरेन । तैपनि विगतमा माओवादी मधेश मुद्दामा बढि नरम देखिएको हो । एमाले अझ बढि अडिग रहेको हो । नेपाली कांग्रेसले समर्थन र बिरोध दुबै गरेन स्पष्ट सित । अझ भन्दा कुनै स्पष्ट धारणा दिएन । तैपनि स्वर्गीय नेता प्रधानमन्त्री गिरिजा प्रसाद त्यसको विरुद्धमा थिए नै सिंगो नेपाले कांग्रेसले निर्णय नगरेपनि । त्यसैले यी तिन वटै दल समग्र मधेश एक प्रदेशको मुद्दामा सहमत थिएनन् ।

तर अहिले प्रधानमन्त्री पदको दौडाहामा तिन वटै दल मरिमेटेर , ज्यान फालेर लागेका छन् मधेशी दललाई फकाउन । मधेशवादी दलले यही मौकाको फाइदा उठाउँदै शर्त राखेका छन्- मधेशको मुद्दा समर्थन गर्ने दललाई भोट हाल्छौं भन्दै । यिनको मुद्दामा समर्थन जनाउनु भनेको नेपाललाई टुक्र्याउनु हो । आफ्नो पार्टीको सरकार बनाउने, प्रधानमन्त्री पद पड्काउने नाममा कुन दलले देश टुक्र्याउने मुद्दा समर्थन गर्ने रहेछ । कुन दल राष्ट्रियतावादी रहेछ । कुन बिखण्डनवादी रहेछ । सम्भवतः भोलि हुने प्रधानमन्त्री पदको निर्वाचनबाट थाह हुने छ ।

तर हामी भन्छौं-खबरदार नेता हो नेपाल आमामाथि छुरी धस्ने मागलाई संबोधन नगर ।  नेपाली नेपाली फुटाउने, देश टुक्र्याउने, राष्ट्रियतालाई विदेशीको इशारामा बेच्नेहरुको मागलाई संबोधन गरेर कुर्सीमा नबस । यदि नेपाल आमामाथि छुरी धस्ने निर्णयको समर्थन गर्छौ भने ढिलो चाँडो तिम्रा छाती, तिम्रो पार्टीको शिरमाथि छुरी धस्ने छन् ।

  • Mekh Rana

    प्यार् मे सब् कुछ जायज होता है भनेजस्तो के गर्नु हाम्रा प्रमुख तीन दल का नेताहरु कुर्ची को लागि सबै कुरा जायज देखेका छन् हिजो सघियतालाई अपनाउदापनी यस्तै को भन्दा को कम भएर भिडेका थिए । धन्य हो हाम्रा नेताहरु को अपरिपक्क अदुर्दर्शिता सोच ले गर्दा देश टुक्रिने सभावना भो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    bel bdr. rana Reply:

    मेरो बिचारमा एमाले र माओबादी मिलेर र anya साना दल लाई सहमतिमा लियर प्रचण्ड वा ghalanath खनाल जो भयपनी मिलेर प्रधान मन्त्री banda हुनछ तर एक मधेस एक प्रदेस नामाने गरि

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita Sharma

    यिनी हरु ३ जना नै लायक छैनन् तर बिडम्बना यहि हुनी भयो १ जना यही बाट हुन्छन बाबुराम लाई छोडेर फेरी प्रचण्ड लाई नै अघि ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • खबरदार !!! हामीहरुले भोट दिएको एक मधेश एकप्रदेश बनाउन वा जातीय राज्य निर्माण गर्न होइन । हामीहरुले त संबिधान बनाउन हो त्यसैले सिक्किमको लेन्डुप दोर्जे भन्न नखोज ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • नेपाल टुक्र्याउने शर्त मानेर को बन्ला प्रधानमन्त्री ? यो शिर्षकको ठाउँमा नेपाल टुक्र्याउने शर्त मानेर को बन्ला लेन्डुप दोर्जे ? बनेको भए क्या सुहाउथियो होला है लेखक ज्यू ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nepalaama

    मदेश मदेश मदेश

    कुर्ची को खेल जब हुन्छ मदेश को कुरा

    चोर इन्डियन दलाल
    हिन्दी बोल्ने उपेन्द्र एंड उप दलाल नेपाल छोड .बिहारी

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree