प्रधानमन्त्री जसरीपनि भारतीय चाहनाकै
-झपेन्द्र पाठक
माओवादीले जति सुकै मरिमेटेपनि र झलनाथ खनाल जतिसुकै लागिपरे पनि केहिसिप लाग्दैन । महिनौं अघिदेखि माओवादीको नेत्रित्वमा सरकार बन्नुपर्छ भनेर कुर्लिँदै आएको सद्भावना आनन्दीदेवीले हिजोको निर्वाचनमा अकस्मात धूलो चटायो । उता मधेशी जन अधिकार फोरमले माओवादीलाई दिने भन्दै आएको समर्थन लाई लोप्पा खुवायो । यदि माओवादीको नेत्रित्वमा सरकार बनेको भए भारतीय नेपाल राजनीतिले हावा खाने थियो । तुलनात्मक रूपमा भारतको कम चाहनाका झलनाथ खनालको नेत्रित्वपनि भारतले नचाहेकैले त्यो अवस्था स्रिजना भएको हो ।
उता भारतको कडा विरोध नगरेपनि झलनाथ खनाल भारतीयहरूको चाहनाका होइनन् । किनभने उनी एमालेमा माओवादीप्रति बढि नरमदायी धारको नेत्रित्व गर्छन् । माओवादी समर्थनमा झलनाथ खनालको नेत्रित्वमा सरकार बनेको भए माओवादी सरकारमा जाने संभावना थियो । भारत अहिले माओवादी नेत्रित्वको सरकार त के सरकारमा माओवादीको संलग्नतापनि चाहँदैन भन्ने स्पष्ठ छ । भारत माओवादीलाई पुरै निषेध गर्ने पक्षमा छ भने झलनाथ माओवादीलाई बाहिर राखेर जानै हुँदैन भन्ने पक्षमा वकालत गर्दै आएका थिए । त्यसैले अहिले प्रधानमन्त्रीको निर्वाचनमा जे जस्तो खेल देखियो त्यो पुरै भारतीय प्रभवमा हो भनेर बुझ्न कठिन छैन ।
त्यसो भए अबको प्रधानमन्त्री को ? सरकार कसको त ? हिजोको निर्वाचनमा सबै भन्दा कमजोर देखिएका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल नै प्रधानमन्त्री बन्ने संभावना तिब्र बनेको छ । नेपाली राजनीतिमा जादुको पासा नाटकियरुपमा पल्टिए मात्रै हो, नत्र रामचन्द्र पौडेलनै अबको प्रधानमन्त्री बन्ने छन् ।
अहिले नेपाली कांग्रेसमा सबैभन्दा भारतीय चाहनाका व्यक्ति नै रामचन्द्र पौडेल हुन् । स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाको पछिल्लो कार्यकाल देखिनै पौडेल भारत प्रति अनावश्यकरुपमा निकट रहँदै आएका थिए । जुन कुरा कोइरालाले पनि व्यक्त गरेकै हुन् । देउवा भने बिगतदेखिनै अमेरिकी चाहनाका भनेर चिनिँदै आएका हुन् । त्यसैगरी नेकपा एमालेमा केपी र माधव नेपालको गुट बलियो देखिएको छ । मधेशवादी दलहरू त यसैपनि भारतीका गोट्टीनै भए । समग्र मधेश एक प्रदेशको नाममा देश टुक्र्याउने मुद्दा बाहेक तिनिहरूसित प्रजातन्त्र संस्थागत गर्ने, संविधान बनाउने, देशको आर्थिक विकास गर्ने अर्को कुनै मुद्दा छँदै छैन । मधेशका दलहरूलाई उचालेर मधेश टुक्र्याउनु भारतीयहरूको चालबाजी त्यसै स्पष्ठ छँदै छ । मधेशवादी दलहरूको त्यो आकांक्षा पुरा नहुने अवस्थामा भारतीय दबाब, प्रभाव र निर्देशनलाई लत्याउने पक्षमा ती दल हुँदै हुँदैनन् । उता एमालेको शक्तिशाली माधव-केपी गुटपनि कांग्रेससितै मिलेर सरकार बनाउने पक्षमा छ ।
दलहरूले राष्ट्रिय सरकार भनेपनि त्यो गठन हुने अवस्था न हिजो थियो न आज छ । न त भोलि नै हुने अवस्था छ । तिन प्रमुख दलनै मिल्ने नसकेको अवस्थामा राष्ट्रिय सहमतिको सरकार गठन सपना बाहेक केही होइन । दलहरूले आफू राष्ट्रिय सरकारको पक्षमा छु भनेर जनताका आँखामा छारो हाल्न मात्रै त्यो फलाक्ने गरेका हुन् । माओवादी प्रति नरम देखिएका झलनाथ खनाललाई समेत प्रधानमन्त्री हुन नदिने भारतीय खेलका अगाडि माओवादी सहितको राष्ट्रिय सरकार बन्न दिने झन गुञ्जाईस छैन ।
यही बेला केही नेता र पार्टी समेत भित्र भित्रै खरिद बिक्री भएको अड्कल केही बुद्धिजीवी ब्रित्तमा छरिएको छ । आजको भोलि फरक फरक दललाई समर्थन गर्ने, मौन बस्छौं भन्ने दलहरूको शंकास्पद निर्णयले पनि त्यसैलाई बल पुर्याउँछ । अब भोलि हुने निर्वाचनमा प्रधानमन्त्रीको पदमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलनै चुनिने संभावना बलियो छ ।
यदि रामचन्द्र पौडेल प्रधानमन्त्री भएनन् भनेपनि भारतले समग्र मधेश एक प्रदेशको मुद्दामा सहमत गराउन लगाएर मात्रै माओवादी वा एमालेका खनालको पक्षमा सरकार बन्न दिन्छ । त्यो भनेको उसले त्यो पक्षबाट पनि मधेश टुक्र्याउने राजनीतिमा सफलता हासिल गरेरै छोड्छ ।
यदि सरकार कांग्रेसकै नेत्रित्वमा र प्रधानमन्त्री रामचन्द्र पौडेलनै हुने भएपनि दलहरूले सहमतिकै आधारमा चुनेको भए हुने हो । त्यही छनौट भारतीय प्रभाव र दबाबमा हुँदा फेरीपनि नेपालमा भारतीयहरुकै हात माथि पर्न जाने छ । नेपालमा भारतीय प्रभाव झन नांगो रूपमा बढ्दै जाने छ । राजनीतिक पार्टी र नेताहरू झन भारत परस्त हुने छन् । हामी नेपाली भने निरीह बन्दै जाने छौं ।
-पाठक चितवनका पत्रकार हुन् ।


एकदम सहि विश्लेषण जसरि बनेपनि भारतीय पन्जाबाट फुत्किकाना दिदैन त्यो हाम्रै नेताको कारणले हो
मन परो वा परेन:
0
0
[Reply]
ठिक भन्नु भयो मेरो भनाइ पनि त्यहिँ नै हो नेपाल का नेता हरु ले समय मा दिमाग न पुर्य पछि इंडिया ले नेपाल; लै फुल्लुक्की निली दिने ६ .
मन परो वा परेन:
0
0
[Reply]
तपाई को विस्लेषण भन्दा पनि मावोबादी तिर को झुकाब धरै देखिएको छ हाम्रा मावोबादी का नेता हरु बाहिर बाहिर भारत मुर्दाबाद भित्र भित्र आसिर्बाद देउ प्रभु भनेको कुरा कता हराई दिनु भयो कुन्नि हजुर !! ” चावी बलियो सग लगाउनु चोर लाई दोष नदिनु “”
मन परो वा परेन:
0
0
[Reply]
सृजना रिजाल Reply:
July 22nd, 2010 at 7:37 am
झुकाव त देखिएको छ तर अहिले उहाको बिस्लेष्ण चाहि मिल्छा जस्तो लाग्छा है ! चाबी बलियो बनाउ भन्ने कुरो चाहि ठिक लाग्यो गिताजी
मन परो वा परेन:
0
0
[Reply]
munna Reply:
July 22nd, 2010 at 6:10 pm
sahi kuro ekdam sahi andaaz gita ji ko
मन परो वा परेन:
0
0
[Reply]
यो हाम्रो देश नेपालमा राज गर्ने राजनेताको बुद्धि छैन | के यी हाम्रा नेताहरुलाई देश र जनताको लागि केही गरुभन्ने विचार छैन | मलाई लाग्छ यी सबै आफ्नै आफ्नै मनकाकुरा हुन् | जोकसैलाई अर्काको दास भयर बस्न्मन लाग्छ र ? लाग्दैन होलानी | एसको मतलब हाम्रा नेता खुलेयाम आर्काको लगौटी समायार हिद्दैछन त ? यो सबै भन्दा पनि हामी सबै नेपाली को खुटा तान्ने पर्बिर्ती भयर हो | कोहि माथि गयको र गरीखायाको देख्ननहुनी तेसैको परीणाम हो | खै मैले बिर्सेय एक जना नेताले भन्दथे नाच मेरी बुलबुल पैसा मीलेगा | यसरि नै भारतले नेपल्देश लाई नचाय को हो त ? मलाई लाग्छ आब हाम्रा नेताको बुद्धि आउछ | जस्तै गिरिजा बुदाले देश र जनतालाई बल र बुद्धि भय सम्म रुवायो | मर्ने बेलामा केही गर्छु भन्दै थीय बिचार फुत्कीय | तेस्तै यीन ले पनि गर्छन |
मन परो वा परेन:
0
0
[Reply]
किन हामी विवाद मात्रै गर्ने हो ? कुरो जे भय पनि यो बिस्लेशनलाइ पढ्ने अनि मनन गरे पुग्छ / नेता जुन पार्टी को भय पनि राम्रो कामको लागि बधाई र नराम्रो कामको बिरोध गर्ने परम्परा हामीमा हुनु पर्ने टड्कारो खाचो देखिन्छ /
मन परो वा परेन:
0
0
[Reply]
एमालेलाई बिगार्ने सिधै भन्नुपर्दा के.पी ओली हुन् मधेशी पार्टी त अब सिधै देश प्रति माया नभएका र भारतको दलाल भैहाले कांग्रेसको पनि तेही हालत हो । हुन त माथि कमेन्टमा भने झैँ चाबी बलियो गराए अरुलाई दोष दिनुपर्दैन ।
मन परो वा परेन:
0
0
[Reply]
Precise analysis of present scenario in Nepal. Until and unless Leaders do not come together and think for Nepal, India will keep taking advantage of our poor country.
Leaders Please nation first …………
मन परो वा परेन:
0
0
[Reply]