हामी हौं नेपाली
-दिलिप योन्जन /अस्टिन, अमेरिका
देशको तापले पग्लियो हिमाल, हामी झैं रोएर
सकिन्न कहिले युद्धको पिडा, आसुले धोएर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौं, हामी हौ नेपाली।
°°°°°°°°°°°°°°°°°°°°°
आमालाई रुवाई यो भुमी रंगाइ नगरौं है हत्या
आफ्नो देश आफैं आगोले सल्काई नदेखाउ बिरता
मतभेद त्यागी बैरिभाव छोडी बनाउ है नेपाल
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौं, हामी हौ नेपाली।
°°°°°°°°°°°°°°°°°°°°°
बिरता देखाई नहँसाउ सत्रु दाजु-भाई लडेर
हिमाल झैं अग्लो अटल बिश्वास मेटिन्न मेटेर
चम्किलो सुर्य हातले कहिले छेकिन्न छेकेर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली ।



मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली ।
kabitako ko bhav राम्रो छ / तर के गर्ने hami नेपालीको charitra Bhupi को तलको कविताको हरफले bataucaha.
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टायाई दिनुपर्ने,
हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग-रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटि हौं
एउटा मानोरञ्जक खेलका सामाग्री,
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित
हो, हामी मानिस कम र बढ्ता गोटी हौं
We have seen so many changes in the past 50 years but we have not change from what Bhupi wrote more than 50 years ago.
मन परो वा परेन:
0
0
[Reply]
तपाइको कबिता निकै समय सपेक्षछ तर के हो साथी आफु अमेरिकामा बसेर देशको बारेमा कबिता लेख्ने तपाई जस्तो मान्छे नेपालमै बस्नुस अनि हुन्छ देशको बिकाश बुद्धिजिबी वर्ग सबै अमेरिका भासिने अनि कसरि हुन्छ त देशको बिकाश ?
मन परो वा परेन:
0
0
[Reply]