को बन्छ प्रधानमन्त्री

-नेपोलियन मरहट्टा

को बन्छ प्रधानमन्त्री, बिषय छ देशमा
जो बने ‘नि चलाउन चाहिँ, प्रलय छ देशमा

°°°°°°°°°°°°°°°°°°°°°°°°

हात तान्ने संस्कार छैन, खुट्टै तान्ने प्रबृत्ति छ
बन्नै नपाइ ढल्ने हो कि, यै भय छ देशमा

°°°°°°°°°°°°°°°°°°°°°°°°

पक्ष र विपक्ष हुने, खेलै मज्जा राजनीतिको
कतै बिस्मात कतै, मंगलमय छ देशमा

°°°°°°°°°°°°°°°°°°°°°°°°

जत्ति चुनाब गरे पनि नेता जित्छन्, जनता हार्छन्
तिनको मात्रै अपराजित बिजय छ देशमा

°°°°°°°°°°°°°°°°°°°°°°°°

आशा गरौँ यसपाली, उज्यालो होस् मेची-काली
घनघोर कालरात्रि, समय छ देशमा

  • kaaliko poi

    सत्य हो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jyoti nepal

    को बन्लान प्रधानमन्त्री बन्नै नपाइ ढल्न चलाउनै नपा्य?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree