राष्ट्रिय सहमतीकालागि खनालको सकारात्मक प्रयास

नेपाली कांग्रेस र एनेकपा माओवादीले आआफ्नै प्रधानमन्त्री चुन्न दौडधूप गरिरहेका छन् । भोट माग्ने क्रममा प्रचण्ड राप्रपा नेपालका नेता सूर्यबहादुर थापा सम्म पुगे । उनले अन्य सबै खाले साना दलसितपनि भेटेरै भोट मागे । नेपाली कांग्रेसलेपनि भएजति सबै दलसित आफ्नै दलका नेतालाई जिताउन मत मागे । तर आफ्नै पार्टीको छिर्की लागेर बुधवार प्रधानमन्त्री बन्न नसकेका झलनाथ खनाल अहिले सहमतीकोलागि दौडिरहेका छन् । यो सकारात्मक पक्ष हो ।

किनभने कुनै नाटकीय परिवर्तन भएन भने आज हुने मतदानमापनि कुनै पार्टीको स्पष्ठ बहुमत आउने स्थिति बनेको छैन । साना दलहरू कुनैपनि पार्टीलाई मत दिने पक्षमा छैनन् । मधेशवादी दलहरू मधेश टुक्र्याउने सहमति नगरेसम्म मत नदिने पक्षमा दाउ हेरेर बसेका छन् । प्रमुख पार्टीको मतभिन्नतामा लडिरहेका बेला आफ्नो मतलाई उनीहरू धमिलो पानीमा माछा मार्ने जालका रूपमा प्रयोग गर्न खोजिरहेका छन् ।

अहिले आम नेपाली आकांक्षा भनेको चित्त बुझ्दो ढंगले विगतमा भएका सहमति अनुसार जनसेनाको थान्को लगाउने । तिन प्रमुख दलहरू मिल्ने । सहमतिमै सरकार बनाउने र नयाँ संविधान बनाउने । तर अहिले प्रमुख दलहरुनै विगतमा पञ्चायतको प्रिष्ठपोषण गरेका, नेपाली जनतालाई दशकौं तानाशाहहरूको पञ्जामा राखेका र देश टुक्र्याउन दाउ हेरेर बसेकाहरुको दैला दैलामा मत माग्न गएर जनताको उपहास गरिरहेका छन् । त्यसले प्रजातन्त्र फस्टाउँदैन बरु झन कमजोर बनाइरहेको छ । प्रतिक्रियावादी, बिखण्डनवादी र पञ्चायती व्यवस्थाका खम्बाहरूलाई नै बलियो बनाइरहेको छ । प्रजातान्त्रिक दलहरूलाई नै कमजोर पारिरहेको छ ।

प्रधानमन्त्री पदका लागि भोलिपनि बुधवार जस्तै दलहरू तानातानको अवस्थामा रहने तर कसैकोपनि बहुमत आउने अवस्था छैन । पटक पटक हुने यस्तो निर्वाचनले विदेशी चलखेललाई झन बढाउँछ । सभासद् र पार्टीहरू किनबेच गरेरै भएपनि निर्वाचन जित्ने विगतको घ्रिणित खेललाई दोहोर्‍याएर गणतन्त्रलाई पत्रु बनाउँछ ।

अहिले देशका समस्या कुनै एक दलले नेत्रित्व गरेर समाधान हुन सक्दैन । एक्लो दलको सरकारलाई सफल हुनपनि दिँदैनन् । त्यसैले झलनाथ खनालले भोलि हुने निर्वाचनलाई मुलुकको लागि दुर्घटना भनेका छन् । साँच्चै यो दूर्घटनानै हो । उनले नेपाली कांग्रेस र एनेकपा माओवादीलाई प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको सरकारकालागि आव्हान गरेका छन् । बिगतमा उनको भूमिका जे जस्तो रहेपनि अहिले उनले सहमतिका लागि गरेको प्रयास प्रशंसनीय मान्नुपर्छ । ढिलै भएपनि नेकपा एमालेका अध्यक्ष खनालको यो प्रयास, बुझाई र गम्भीरता स्वागतयोग्य छ । प्रशंसनीय छ । अझैपनि  त्यसलाई लत्याएर एमालेसित उल्टो मत माग्ने, निर्वाचनमै जान्छौं भनेर माओवादी र कांग्रेसले बाह्रै टक्का नगरुन् ।

  • सहविर

    अब प्रचण्ड जी र राम चंद्रेकोपानी बुद्दी फिरोस
    झलनाथलाई धन्याबाद

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Kranti

    मुला पार्टीका नेताहरुले झालेलाई २/३ प्रधानमन्त्री नबनाउनु बामपन्थी भानौदोको नक्कली खोल ओढेर मौका यै हो भनि भेडा बाख्राको मुल्यमा आफ्नो मत बेच्न हो. नत्र अबहाए आहिले संसदमा भएका बामपन्थी सभासदले एकलौटी गर्यो भने जाबो प्रधानमन्त्री त के एकलौटी संबिधान नै बंछा. यसको मूल बाधक भनेको के पी ओली ,सी पी माले, नारायण बिजुक्षे, अनि बाकी सब के के जति सबैको दोस छ, अब प्रजातन्त्र बादी र गनातान्त्रबदिको कित्ता छुट्टिनु पर्छा वा सक्दैन भने सहमतिमा नभए बहुमतीयमा जाऊ मिलेका कुरा लागु गर नमिलेका मुद्दा जनमत बाट वा आर्को चुनाबमा लागु हुने गरि राखे हुन्छा, भएको नियम लागु गर्न नसक्ने नेतालाई के को संबिधान चाहियो???

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • बेल भक्त

    बामपन्थी हुँ प्रजातन्त्र बादी हुँ भनेर नेपाल र नेपाली को माया छ भनि स्याल कराए जस्तो गरि किन करायर जनतालाई धोका दिन्छौ ?? बामपन्थी हरु एक जुट भयर संबिधान नबनायर प्रधानमन्त्री को कुर्सि को पछी लागेर किन भागेको ? आहिले संसदमा भएका बामपन्थी सभासदले एकलौटी गर्ने भने नत मधेश टुक्र्याउने हरु सफल हुन्छन नत राष्ट घाती काँग्रेश नै प्रधानमन्त्री त के एकलौटी संबिधान बन्दछ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prabhat

    झलनाथ पिध नभएको लोटा जस्तै हो कुनै पनि बेला ढल्किन सक्छ. १२ दिन को समय हुदा खै राष्ट्रिय खोजेको? देश लाई अनिर्णय को बन्दि बनाएर राख्ने? जनता लाई सधै ढाट्ने. आफ्नो म्याद थप्न क लागि सहमति हुने त्यो पनि रति को १२ बजे सम्म तर देश लाई निकाश दिन क लागि त्याग गर्न नसक्ने? याद गर जनता भन्दा ठुलो सक्ति संसार मा कुनै पनि सक्ति छैन.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prabhat

    झलनाथ पिध नभएको लोटा जस्तै हो कुनै पनि बेला ढल्किन सक्छ. १२ दिन को समय हुदा खै राष्ट्रिय सहमति खोजेको? देश लाई अनिर्णय को बन्दि बनाएर राख्ने? जनता लाई सधै ढाट्ने. आफ्नो म्याद थप्न का लागि सहमति हुने त्यो पनि रति को १२ बजे सम्म तर देश लाई निकाश दिन का लागि त्याग गर्न नसक्ने? याद गर जनता भन्दा ठुलो सक्ति संसार मा कुनै पनि सक्ति छैन.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • yuvraj rijal

    अरु जस्तो भए पनि झलनाथ अलि इमान भाका नेता हुन् !
    जसरि प्रचण्ड लाइ बिदेशी र देशी दलाल हरु मिलेर हात खुट्टा
    बाध्ने काम गरेका छन् तिनै देशी दलाल मध्ये के पी र माधव ले
    झलनाथ लाइ बाधे !!!!!! इतिहास ले यी दलाल हरु लाइ पक्कै पनि
    माफि दिने छैन !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rajendra lamsal

    ददी जी नमस्ते होइन एउटा मन्त्रि मनाडल चैन गर्न त येत्रो दिन लाग्दो रहे छ तेत्रो मान्छे मारेर संबिधान सहभा को चुनाब भयो अब ई चोर हरु को खोपडी मा कहिले बुधी पलाउने हो दिक्क लग्न लागि सक्यो एउटा मन्त्रि मण्डल घटन गर्न र पद लुप्त हुन को लागि एस्तो दौड धुप छ संबिधान कहिले बन्ने हो जनता ले दिन भर काम गरेर आराम संग रति सुत्न कहिले पाउने हो दिन भर काम गरे को सरिर रति सुत्दा कसै ले मर्चन कि भन्ने नेपाली जनता को चिन्ता कहिले हतौचन ईनी हरु ले

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sagar Sharma

    “नौ सय चुहे खाके बिल्ली हजको चली ” भनेजस्तै हो यो | प्रचण्डको नेतृत्वमा २/३ कै सरकार थिएन र ? यै झलनाथ हैन धोका दिने !
    जे होस् अहिले चाही माकुने र ओलीले खुट्टा बाँधेर फुटबल खेल्न पठाए अनि गोल गर्न सकिनस मौका गुमाइस भनेर फिर्ता बोलाए |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • laxmi Gurung

    जेठो नेपाली कुपुत्र , भारतीय सुपुत्र काँग्रेस लाइनै उभ्याउने जसले राम्रो संग आफ्नु इसारा बुझ्छ, अफ्नुकाम सजिलो संग लिन सकिन्छ ! उही हो हर्ताकर्ता, होइन भने अलि लेंड़े माइलो काँग्रेस एमाले पनि कोशीस गरेको तर अलि अलि घुर्की पनि लगाउने भएकोले कम प्राथमिकता दिएको हो! कान्छो काँग्रेस मधेसी प्रिथाकबादीहरु अलि कम बुद्धि र सामर्थ्य भएकोले साइडमा राखेर कुरा सिकाउंदै छ ! तर भाबिसेको लागि येही एयूदै सुपुत्र छन् जो आफै संग आउंछ र उसको घर पनि अफैसंगा ल्याएर बिसाल घर बनाउने बिचार छ भारतको !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Raag

    सहमतिमा ल्याउने तरिका एमालेको हातमा रह्यो येस्मा कुनै शंका भएन ,एदी मधेसी बाबुहरुले प्रचण्डलाई मन पर्दैन भने रामचन्द्रको पनि खैरियत देखिएना याध्ह्यापी एमाले र माओबादी बाहेक गर्यम गुरुम बाकी रहेको २३ दल रामेको पोल्टामा जदनी गच्छु थारु+मह्न्ते+……+ दक्षिणी प्रभुको अशिर्बदले पनि केहि नहुने भैसक्यो मधेसको मुद्दा झन् तर्सि ओझेलमा पर्ने नै भो तिमीहरुको एक मधेस एक प्रदेस संबिधान सभाबाट २/३ ले पास गर्नु पर्ने नै भो येइ भयो खुसीको कुरो, आनी माकुनेको कामचलाउ प्रधान मन्त्रीको समय पनि लम्बियो तेसरी पनि एमालेलाई फाइदाको फाइदा होइन कि कसो??????? मोबदिलाई मुखा अ बुचो लाउने काइदा यो पो रहेछा, धत् प्रचंडे माछा माछा भ्यागुतो भनेको यै होइन ??????????? अब रामेको कांग्रेसी सरकारको भन्दा त कम्मुनिस्त्को नाताले उही माकुनेको सरकालाई समर्थन गरि कमुनिस्ट हरुको चाहना आनुसारको संबिधान बनाऊ बस खत्तम. हौइना भने पाख पाख आर्को पालीमा उही एमाले भन्दा सानो पार्टीमा झरेर चित्त भुझेर बसौली.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    laxmi Gurung Reply:

    पुष्पकमलको उधारो वचनबाट तिनको आहत आँतमा शीतल जलको हरहर वर्षा भयो। यसपाला भने हुने भएँ! ती फुर्किए। उता बराबिचरा माधव-केपी परे धर्मसंकटमा। झलनाथको बाटो छेकुँ, हात पर्न लागेको दुर्लभ सिंहासन जानाजान गुमाएको बात लाग्ने। नछेकुँ, परम् कृपाकारी कांग्रेसका नजरमा कृतघ्न ठहरिने। कुटिलमति तिनले गज्जपको जुक्ति रचे। सही ठोकेर बैनास्वरूप दुईतिहाई मत पाए झलनाथ सदर, नत्र मैदानबाटै बदर। सिंहासनको छेवैमा पुगेर अभागी झलनाथ बदर भए।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree