माओवादी फुटाउन भट्टराईलाई प्रधानमन्त्रीको प्रस्ताव ?

माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहने जनमतको संख्या उल्लेखहरूमा देखिएको छ । मधेशवादी लगायतका केही दल सहित एमाले र नेपाली कांग्रेसले समेत माओवादी अध्यक्ष पुष्पकमल दहाललाई कुनैपनि हालतमा नस्विकार्ने बरु बाबुराम भट्टराईलाई स्विकार गर्न सकिने बताएपछि त्यो जनमत चुलिएको हो । उनले अर्थमन्त्री हुँदा प्रतिपक्षीले दिएको चुनौतीलाई चिर्दै केही सकारात्मक काम गरेकालेपनि जनमानसमा बाबुराम भट्टराईतिर सकारात्मक आँखा सोझ्याएका हुन् । आफ्नै पार्टीको लोकप्रिय नेता प्रधानमन्त्री हुने पक्कानै थियो भने माओवादीले किन त्यो मौका गुमायो ? तर के साँच्चिनै बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उमेदवार बनाएको भए कांग्रेस र मधेशवादी दलहरुले स्विकार गर्थे त ?

बुझ्नु पर्ने कुरा के हो भने पार्टीबाट जो सुकै जुन पदमा रहेपनि व्यक्ति विशेषको निर्णय चल्दैन । पार्टीले दिएको निर्देशन अनुसार चल्नुपर्छ । त्यो अवस्थामा प्रधानमन्त्री भट्टराई भएको भए आफ्ना केही नयाँ अक्किल र योजना सायद लागू गर्न सक्दा हुन् । नत्र समग्ररुपमा उनलेपनि पार्टीकै निर्देशनमा सरकार चलाउने हो । दाहाल प्रधानमन्त्री भएपनि उही पार्टी निर्देशनमै । कटुवाललाई बर्खास्त गर्ने निर्णयमा प्रधानमन्त्रीका रूपमा दहाललाई दोषी देखेपनि त्यो निर्णय समग्र पार्टी निर्णय थियो । त्यो ठाउँमा यदि भट्टराई प्रधानमन्त्री हुन्थे भनेपनि उनले त्यही निर्णय नगरि धरै थिएन । त्यसैले यदि कुनैपनि व्यक्ति उसको पार्टी निर्णय अनुसार चल्छ भने भट्टराई र दाहाल प्रधानमन्त्री हुनुमा के भेद रह्यो ?

पार्टीमा सरकारको अर्को पक्ष हो भारतीय प्रभाव । माओवादीमा डा बाबुराम भट्टराई भारतप्रति बढि नरम भनेर आरोपित हुँदै आएका छन् । त्यसका केही कारण छन् । संसदीय दलसित मिलेर राजतन्त्र फाल्ने, संसदीय राजनीतिमा भाग लिने पार्टीगत नीति बाबुराम को हो । माओवादीले गत संविधान सभाको निर्वाचनबाट प्रमुख दल बन्दापनि सरकार चलाउन नदिएको, नपाएको द्रिष्टान्त अनि अहिलेसम्म गरिएका सडक आन्दोलनबाट शून्य हातलागी भएपछि उनको नीतिको आलोचना हुँदै आएको छ । पार्टी अब संसदीय दलदलमै भासिने हो कि भनेर चिन्ता गर्नेहरु बढिरहेका छन् । त्यसैले पार्टीका कडा मार्गका भनेर चिनिनेहरु फेरीपनि उनलाई बलियो बनाउन चाहँदैनन् । हुन त संसदीय राजनीतिमा आउने दोष भटराई एक्लैमाथि लगाउनु उचित होइन नै । किनभने त्यो समग्र पार्टी ले नै निर्णय गरेको हो । उता प्रचण्डलाई नै प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णयपनि प्रचण्ड एक्लैले गरेका होइनन् । केन्द्रीय समितिबाटै पास भएको हो ।

त्यसो त भट्टराईलाई भारतीय प्रभावको भनेर आलोचना गर्नुकापनि केही कारण छन् । माओवादीका आधा दर्जन भन्दा बढि नेता संकटकालको बेला भारतको पटनामा पक्राउ परे । त्यति बेला एकै ठाउँमा सँगै भएका मध्ये बाबुराम भट्टराईका निकट मानिने देवेन्द्र पौडेल (अहिले पोलिटब्युरो सदस्य), देवेन्द्र पराजुली लगायतका केही नेतालाई भारतीय प्रहरीले पक्राउ नगरेकोले त्यसमा भारतीय घुसपैठ भएको आरोप अहिलेसम्म लागिरहेको छ । त्यो घटना पार्टीकै केही नेताको सुराकीबाट गराइएकोले त्यसको  छानबिन गरेर कारवाही गर्नुपर्ने माग उठ्दा बाबुराम भट्टराई पक्षलेनै बचाउ गरेको आरोप छ । त्यस घटनापछि यो स्वयं माओवादीकै केन्द्रीय सदस्यबाटै सार्वजनिक गरिएको हो जनआस्था लगायतका पत्रपत्रिका र किताब मार्फतनै ।

संकटकाल लगाएर माओवादीलाई आतंककारी घोषणा गरेका बेला भारतमा माओवादी नेतालाई खोजी खोजी पक्राउ गर्ने । तर त्यही संकटकालका बेला केन्द्रीय सदस्य वामदेव क्षेत्री भने भारतीय सरकारी सेवामा रहेछन् । उनलाई भने भारतीय प्रहरीले किन केही गरेन ? यसलाईपनि माओवादीका केन्द्रीय तहका नेताहरूले बारम्बार उठाएका हुन् । पक्राउ परेका मध्येपनि प्रचण्ड र वैद्य पक्ष भनिनेहरुलाई व्यापक यातना दिने तर बाबुराम पक्ष भनिनेहरुलाई कम यातना दिने गरेकोपनि सार्वजनिक भएकै हो ।  त्यसैले भट्टराई प्रधानमन्त्री बने भने भारतीय प्रभाव अझ बढ्छ भन्ने धार बलियो छ ।

भट्टराईको जनमानसमा प्रभाव बलियो देखिएपनि पार्टी पंक्तिमा कमजोर छ । पार्टीमा अहिलेसम्मपनि कडा लाईनका भनेर चिनिने वैद्य समूह बलियो छ भट्टराई भन्दा । अझ त्यसमा अहिले त प्रकाश श्रेष्ठ पक्षहरू थपिएका छन् । उनी प्रचण्डका निकट छन् । श्रेष्ठको पक्षले प्रचण्ड पछिको पार्टी अध्यक्ष प्रकाशलाई उभ्याउने कोसिस गरेका छन् । त्यसका बारेमा नेपाल कम्युनिष्ट पार्टीका एक मात्र जीवित नरबहादुर कर्माचार्यले ‘प्रचण्ड पछिको नेत्रित्व लिन सक्ने तगडा नेता प्रकाश नै हो’ भन्दै सार्वजनिक गरिसकेकै हुन् । त्यसैले माओवादीका तिन उपाध्यक्ष मध्ये प्रतिस्पर्धा हुनु स्वाभाविक छ । एकले अर्कोलाई आफू भन्दा शक्तिशाली पदमा जान रोक्नु पनि उत्तिकै स्वाभाविक छ । पार्टी पंक्तिमा उत्तिकै बलिया रामबहादुर थापा ‘बादल’ त झन भैहाले।

संयोग हो वा वास्तविकता, संकटकालका बेला पार्टी छोडेर भाग्ने र पलायन हुनेपनि बाबुराम भट्टराई पक्षकै धेरै देखिएकालेपनि उनको स्कूलिङको आलोचना हुने गर्छ । संकटकालमा पक्राउ परेका रेखा शर्मा र क्रिष्णध्वज खड्काले सेनाको भेषमा पार्टी नेता पक्राउन सेल्टरमा सेना लिएर जाने गरेको आरोप थियो र पार्टी कारबाहीमा थिए । खड्का र रेखा शर्माले त पार्टी हेडक्वाटरनै ताकेर सेनालाई लगेको आरोप लागेको हो । पार्टी खुला राजनीतिमा आएपछि तिनलाई पार्टीमा भित्र्याउन भट्टराइनै लागि परेछन् । उता मुमाराम खनाल, मुक्ति प्रधान, मणी थापा जो पार्टीबाट पलायन भए ति सबै भट्टराई पक्षकै मानिन्थे ।

हुन त प्रचण्डले पनि नगरेका होइनन् । तैपनि भट्टराई माथि पार्टीमा कार्य मूल्यांकन र क्षमताका आधारमा भन्दा निकटताका आधारमा पदोन्नति गर्ने अनि आसेपासेहरुलाई निकट राख्ने प्रव्रित्ती छ भन्ने आरोपपनि लाग्ने गरेको छ ।  सरकारमा हुँदा हिसिला यमीले खानेपानी संस्थान र नेपाल वायुसेना निगममा मनलागी आफन्त भर्ती गर्दा आँखा चिम्लिएको आरोप लाग्छ । यमीको भर्ती प्रकरणले त्यति बेला नेपाली सञ्चार माध्यममा निकै आलोचना खेपेको हो ।

दुई ठूला छिमेकी देशसित द्वन्द्व बढाएर भन्दा तिनलाई विश्वासमा लिएर, चलाखीपूर्ण नीति अपनाएर फाइदा लिनुपर्छ भन्ने पक्षमा छन् बाबुराम भट्टराई । जुन वास्तविकता हो । तर त्यही पक्षलाई पार्टीमा उनका आलोचकहरूले भारतसित निकट हुनका लागि भनेर आरोपित गर्छन् । त्यसलेपनि उनलाई सायद कमजोर बनाउनै बल पुग्छ ।

अहिले बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रूपमा उभ्याउनुका पछाडि दुई कारण देख्छन् माओवादीहरु । पहिलो पक्ष त भट्टराईलाई प्रधानमन्त्री बनाउनैका लागि नभएर पार्टीमा द्वन्द्व गराउनु । उनलाई उमेदवार बनाएको भएपनि मत दिँदैनथे भनिन्छ । त्यसले गर्दा एक त पार्टीमा द्वन्द्व चर्काउने थियो । अर्को लोकप्रिय नेतालाई अलोकप्रिय बनाउनु । अर्को पक्ष उनलाई प्रधानमन्त्री बनाउन खोज्नु माओवादी पार्टीलाई पुरै संसदीय भासमा फसाउनु र यदि माओवादीकै प्रधानमन्त्री बन्नु छ भने भारतीय प्रभावका भनेर चिनिएका उनलाई विजयी गराएर भारतीय हात माथि पार्नु ।

हुनत माओवादी भित्र बाबुराम भट्टराईमाथि लगाइने गरेका त्यस्ता कतिपय आरोपहरू निराधार र उनको बढ्दो लोकप्रियतालाई खस्काउनैका लागि पनि हुन सक्छ । तर पनि ति आरोपहरू माओवादीभित्र उचालिने र चर्चा भने बारम्बार हुने गर्छन् । जसले गर्दा भट्टराईलाई सायद कमजोर बनाउने गर्छ ।

बाहिर जतिसुकै आलोचना भएपनि प्रचण्ड अझैपनि सुझबुझपूर्ण, सबैलाई मिलाएर लैजान सक्ने, कठिन अवस्थामापनि नआत्तिने, संयम, चलाख, संकटपूर्ण अवस्थामा स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले झैँ जिम्मेवारी लिने र एक्लैपनि निर्णय गर्न नडराउने नेताका रूपमा चिनिन्छन् । अहिलेको अवस्थामा भट्टराईलाई नउभ्याएर प्रचण्डलाईनै अघि सार्नु त्योपनि अर्को कारण हो ।

  • -राम गुरुङ

    असाध्यै वास्तबिकता ददी जी यो विष्लेषणमा । तर प्रचण्ड पक्षका कमजोरीपनि दिने कि ? नत्र भट्टराईमाथि अन्याय होला नी !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • यस्तै पनि हुन सक्छ खेलाडीहरुको वास्तविक खेल तर बाबुरामलाई दोष दिने कुनै ठाउं छैन यो लान्छाना लगाएर उनलाई पतित गराउने चालबाजी मात्र हो । मलाई माओबादीका नेताहरु मन पर्दैन तर बाबुरामलाई र एकदुईलाई भने म निकै सम्मान गर्छु किन भने उनि राष्ट्र भक्त हुन् र नेपाली जनताको लागि र देशलाई अग्रगमनको दिशामा लग्न सक्छन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Kranti

    मोबदिलाई फुटेर फुट्ने भए टिकरा टुक्रा भै सक्ने थियो तर भएन फुतेना ,झिंगाको सरापले डिङ्ग मर्दैन भने झैँ हुन्छा ,माओबादीले जान्यो भने भएभरका ससाना बमहरु + एमाले संग राम्रो सम्बन्ध गस्नु पर्ला एदी तिनीहरु कमुनिस्थारू हुन् भने!!! होइन भने फुटे हुन्छा टुक्रा टुक्रा परे हुन्छा कांग्रेस बाट फुटेका घुच्छे थारु महन्ते ठाकुरे हरुको झुण्ड पार्टीले मौका पुछा त.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Balaram Thapa

    यो लेख ददिजीको नभ​एर उहाँको नाममा बाबुराम विरोधी कुनै माओवादी नेताले लेखेर दिएको जस्तो छ । म माओवादीहरुको विरोधी हुं । त्यसो भन्दैमा मेरो विरोध निरपेक्ष रुपमा सबै माओवादीहरु प्रति बराबर छैन​, हुन पनि सक्तैन । नाम चलेका माओवादी नेताहरुमा म बाबुरामको कम विरोध गर्छु, उनका सकारात्मक सोच र कामको प्रशंसा पनि गर्छु । उनले गरेको सबभन्दा प्रशंसनीय काम भनेको संसदीय उपयोगको नीति हो । यसले माओवादी पार्टी र नेताहरुलाई खमेर रूज र पोलपोट हुनबाट जोगाएको छ भने त्यस्तो पार्टी र त्यस्ता नेताहरुको सनकमा हुन सक्ने कत्लेआमबाट लाखौं नेपालीको ज्यान जोगिएको छ । उनको अर्को दूरगामी महत्वको सोच भनेको नेपाललाई भारतीय संघमा लैजानु हो जसले नेपाल र नेपालीको आर्थिक सम्रिद्धि जेट विमानको गतिमा अघि बढ्छ । यो दोस्रो सोचले बाबुरामलाई “भारतीय दलाल​” भन्ने आरोप लागेको छ जुन एकदम गलत र पूर्वाग्रही छ । दलाल ती हुन जो चर्को स्वरमा राष्ट्रियताको नारा भट्याउंछन तर भित्रभित्रै विदेशी मालिकहरुको चाकडी गर्छन्, उनीहरुको स्वार्थ अनुसार देशको राजनीति गर्छन ।

    लेखको अन्तिम प्यारामा प्रचण्डको प्रशंसामा जुन प्रशस्ती लेखिएको छ​, त्यसले उक्त लेख प्रचण्ड पक्षीयले लेखेको प्रष्ट छ । हजारौं मान्छेको ज्यान लीसके पछि गोहीको आँसु बगाउंदै धुरुधुरु रोएको नाटक मन्चन गर्ने, फ़रक विचार राख्नेलाई तथानाम घटिया गालीगलौज गर्ने, कुकुरले जस्तै हगि मुती सके पछि दैलो देख्ने, विदेशी प्रभु नाखुस हुना साथ आत्तिंदै आन्दोलन फ़िर्ता लिने, अझै १०-१५ लाख जनता अझै मार्नु पर्छ भनेर खुल्लम खुल्ला डुक्रंदै हिंड्ने, काग बढी चलाख हुँदा के जाति खान पुग्छ भने जस्तै एकलकांटे निर्णय जबर्जस्ती कार्यान्वयन गराउंदा बल्ड्यांग मात्र खाने, डन कुइजोटले जस्तै हावामा तरवार नचाएर क्रान्ति पूरा हुन्छ भनेर सोच्ने अविवेकी, असयमी, हिंसावादी, सनकी प्रचण्डको स्वस्ति वाचन गर्नुको कुनै अर्थ छैन । आखिर यिनि साडी उचालेर फ़्यांयचा देखाइदिने धम्कीको भरमै आफ़्नो काम पट्याउन खोज्ने नानीमैया दाहालकै गोत्रका न परे ।

    (बलरामजी ले सत्य भन्नु भयो। यो लेख अन्यत्रबाटकेहि पहिले आएको हो। लेखकले नाम उल्लेख नगरिदिनु भनेकाले नगरिदिएको हो। बाबुरामको बिरोध र प्रचण्डको गुनागान गाउने उद्येश्य नभएर आखिर ब्लग भनेकै बहस र छलफल चलाउनु, पाठकले लेखकलाई पाठ सिकाउनु, सचेत गराउनु, फरक बिचारलाईपनि स्थान दिनु न हो भन्ने सोचेर जस्ताको त्यस्तै राखिएको हो। भाषाभने सम्पादन गरिएको हो। यसमा लेखकले लेखेझैं मेरो हुबहु समर्थन र बिरोध दुबै छैन। मैले सचेत गराउन खोजेको कुरा संझाइदिनुभएकोमा तपाईलाई धन्यावाद। -ददि, नेपालप्लस)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Sam Reply:

    I am fully agree with u

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Gita Sharma Reply:

    Totally with you balaram ji मलाई संका लागेको थियो यो लेख अरु बाट आयको हो भन्ने किन कि यहाँ त बाबुराम को मात्र खोइरो खनिएको छ !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sam

    Dadiram is worst writer and he is making this page as prachanda’s personal page,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Raj

    Mayobadi ko khel naya haina?
    Prachanda ko Guru pani Kamal Thapa nai Ho.
    Thapa ko Naya niti …………..Arco janam ….Puspa kama….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Lekali

    एकपटक यी बलराम नामका मित्रले लेखेको लेख नेपालप्लसमा नै पढ्न पाए विचार स्पस्ट हुने थियो । प्रतिक्रियाहरु निकै पढियो तर पनि बुझ्न निकै गार्हो भैराख्या छ । अनि ददी जीले पनि वास्तविक पत्रकारिताको धर्म निभाउनु भएन । बाबुराम कुनै बेबकुफ होइनन् राजनीतिले खारिएर तालु खुइलिएका नेता हुन् भलै विपक्षीले उचाल्ने र थचार्ने गरीराखुन तर पार्टी के हो र पार्टीको निर्णय के भन्ने कुरा राम्रो संग बुझ्दछन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Balaram Thapa Reply:

    लेकालीजी,
    म पनि तपाईं र नेपाल प्लसका अन्य विज्ञ पाठक जस्तै देशको कहाली लाग्दो स्थिति प्रति चिन्तित एक सचेत साधारण नागरिक मात्र हुं । म लेखक होइन । तर तपाईंको जिज्ञासा मेरो लागि प्रेरणा र चुनौती दुबै बनेको छ । कुनै दिन समसामयिक विषयको लेख लिएर नेपाल प्लसमा अवश्य हाजिर हुनेछु । त्यस बेला पनि शिकारु लेखकलाई सकारात्मक सुझाव दिएर अघि बढ्ने प्रेरणा दिनु होला ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ekalavya Sharma

    यो लेख माहोबादी भिर्त्रको प्रचण्डको हनुमानलै लेखेको हुनुपर्छ / बेकारमा म त ददिजी पनि प्रचण्ड-पुजारी भन्ठानेको /

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • gita khatri

    बास्तम मा नेता खान र मोज्गर्न्लाई जन्मेका हुनकी कुन्नि र जनता टुलु टुलु नेता ले खायको हेर्नलाई जन्मेय रहेछन की जस्तो लग्न थाल्यो | हामी जनताले त कुनै तेतालाई नभयर उसको बिचार्र र आदर्स को सम्मान गर्नुपर्छ | हाम्रो लागि पर्चंड, बाबुराम, या तिनको ठाउमा कुनै असल झुम्रे आउथ्यो भने पनि तेस्लाई स्विकार्नुपर्छ | कुरा रहयो झगडा को झगडा हुनु राम्रो कुरा हो मेरो विचार मा | जब हामी बिचमा खराब चिज ,तत्तो को पर्बेश हुन्छ तेस्लाई झगडा नामको साबुनले पखालिन्छ र फ्रेश बनाइन्च | जबहामी आगो बल्न चाहान्छौ भने पनि दाउरालाई थोस्नु पर्छ | दाउरा नठोसी सम्म बल्दैन होइनर | अर्को कुरा नेता र गगटो मा केही फरक छैन | अगाडी पछाडी दुबैचाल चल्न जनेयाका | अनि भारत र चीन लाई किन दोष दिनु यो कुरा त नाच्न जान्दैन आगन टेढो भने जस्तो भयो नी | आफ्नो घरपरिवार आफै समाल्न सक्दैनौ अरु लाई कति दिन दोष दिन्छौ | माछा मिठा काँढा तिता | भारत ले चन्दा र अनु दान दीदा राम्रो भारत बोल्दा नराम्रो | सक्छौ भने भारतको अनुदान अस्विकार गर | जय पशुपति अब नेतालाई भन्दा पनि हाम्रा जनता लाई बुद्धि देउ |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • लेख राम्रो छ । र पनि
    यदी सबैकुरा पार्टिले निर्णय गरे अनुसार प्रधानमन्त्रीले गर्ने हो भने । देशमा हुने गरेको भष्ट्रचार पनि के पार्टिकै निर्णय अनुसार भएको हो? पार्टिको निर्णय अनुसारमात्रै प्रधानमन्त्री चल्नेहो भने, प्रधानमन्त्रीको योग्यता के त? के प्रधानमन्त्री पार्टीको निेर्णयमा शहि गर्ने मेसिन मात्रै हो ? यदि यस्तो हो भने किन चाहियो त्यस्तो प्रधानमनन्त्री जसको आफ्नो केहि बुद्धि, विवेक हुँदैन भने?
    लेखक महोदय नेपालको राजनैतिक पार्टिहरुलाई यो कुरा सझाईदिने की, पार्टि प्रधानमन्त्री

    नवराज

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • शेर्पा जी

    हैन बाबुराम जी को हातमा चै कुन किसिमको चमत्कार छ र बन्या? नाम को अगाडी Dr हुदैमा मानिस सबै बुद्दिमानी हुदैनन् , हामी त्यो कुरा नबिर्सौ कि उ पनि एक खेलाडी हुन् बनेर!
    गरम बसेर नेपाल देख्ने बनेका येस्तई हुन्

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Balaram Thapa Reply:

    शेर्पाजी,
    मेरो लागि मै बुद्धिमान । तपाईंको लागि तपाईं नै बुद्धिमान । आफ़्नो लागि सबै आफ़ै बुद्धिमान । तर त्यो बुद्धि समाज र देशका लागि कति उपयोगि अथवा कति घातक भन्ने मात्र फ़रक हो । बाबुराम भट्टराई निश्चय नै एकजना विद्वान हुन, माओवादी पार्टीका एक प्रभावशाली नेता हुन । उनी अरु माओवादी शीर्ष नेता भन्दा कम घातक​, कम खतरनाक छन भन्ने मात्र मेरो आग्रह हो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Ram magar Reply:

    खेलाडी भए पनि देश भक्त हुन् । आफ्नो देशको लागि हित हुने कामको लागि खेलाडी बन्नु पर्छ मित्र तर गेम खेल्दा जनताले दिएको खेलको नियम पालना गर्नु पर्छ हो बाबुरामले यहि नियम पालना गरेका छन् र गर्नेछन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • krishna kharel from vietnam

    माओबादी भित्र बाबुराम भन्दा बुद्दिमान नेता कोहि पनि हुन सक्दैन! हुन त आफ्नो आफ्नो विचार र आस्था हो तर मलाई त बाबुराम भट्टराई नै अहिले को समय आनुसार चल्न सक्ने र देश लाई सहि दिसामा लैजान सक्ने नेता हुन् जस्तो लाग्छ! म
    माओबादी को पूर्व कार्यकर्ता र अहिले समर्थक हु तेसैले यो नेपालप्लस को माध्यम बाट प्रचण्ड जी लाई यो भन्न चाहन्छु कि अरु लाई पनि केहि गर्ने मौका दिनुस!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree