युद्द प्रभावित इराकबाट नेपाली चेलीको आग्रह

(अपडेट- लौ सरकारले सारा नेपाली ईराकबाट हटाउने भन्दै ईराकमा काम गर्न लगाएको प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री माधव नेपालले त्यहाँ गएका नेपालीलाई बरु बैधानिक बनाउने तर सबै नेपालीलाई हटाउन नहुने भनेर संबन्धित निकायलाई निर्देशन दिएका हुन्)

-गीता शर्मा / इराक

आज सम्पूर्ण इराकमा आफ्नो ज्यानको वाजी थापेर पनि आफ्नो लगायत परिवारको रोजी रोटीको लागी इराकको अमेरिकी कम्पनी तथा इराकी कम्पनीमा थुप्रै नेपाली कामदार छन् । त्यहाँ कार्यरत कामदारहरूको सम्माननीय प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायत नेपाली जनताको हक हितको लागी आफ्नो आफ्नो क्षेत्र तथा पदमा रहनु भएका सम्पूर्ण मानवअधिकारकर्मी तथा बुद्धिजीवीहरूका म केही अनुरोध गर्न चाहन्छु । र केही यथार्थताको स्मरण गराउन चाहन्छु ।

अहिले आएर वास्तवमै कति नेपाली इराकमा काम गर्दै छन् भन्ने स्पष्ट रूपमा गणना नभएपनि जहाँसम्म लागेको छ ४० हजार भन्दा बढि नेपाली इराकमा काम गर्दै छन् । हाल आएर हामीलाई यस्तो जानकारी प्राप्त भएको छ कि जुन देशबाट इराकमा प्रवेश गर्न इजाजत दिइएको छैन त्यो देशको कामदारहरूले २० जुलाईबाट २० दिन भित्रमा इराक छोड्नु पर्ने अर्थात् काम गर्न नपाउने भन्ने सूचना प्रकाशित भएको छ । यसले नेपाल सरकारलाई कति घाटा लगाउँछ । अर्थतन्त्रमा कतिको घाटा लाउँछ त्यो कुरा सरकारी पक्षलाई जानकारी होला । तर जहाँसम्म ४० हजार परिवारको रोजी रोटीको कुरा छ त्यसबाट पर्ने प्रत्यक्ष असरको बारेमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ ।

यसै त देशको राजनीतिक अवस्थाको कारण कतिले देशमा भोकै मर्नु परेको छ । कतिको उपचार नपाएर ज्यान गइरहेको छ । दिन प्रतिदिन देशको खस्किँदो अवस्थाले गर्दा कयौं युवा युवती लुकि चोरी ज्यानको वाजी थापेर इराक जस्तो युद्द प्रभावित देशमा आएर काम गर्नु छ । त्यसैमा पनि सरकारले लगाएको इराक प्रतिबन्धले गर्दा ४० हजार परिवारको बिचल्ली हुने दिन नजिकिदैं गएको छ ।

कृपया यस्तो संकटकालबाट मुक्ति गराउन आजको १० दिन भित्रमा नेपाल सरकारले लगाएको इराक प्रतिबन्ध हटाओस् । अनि ४० हजार कामदार परिवारको बिचल्ली हुनबाट जोगाउन सम्पूर्ण नेता कार्यकर्ता तथा बुद्धिजीवीहरूमा विनम्र अनुरोध गर्दछौं । ४० हजार परिवारलाई न्याय दिने नदिने भन्ने कुरा सरकारको हातमा छ । जति सक्दो छिटो इराक प्रतिबन्ध हटाइ दिएर हामी लगायत हाम्रो परिवारको रोजी रोटी खोसीनबाट बचाउनोस । जय पशुपति नाथ ।।।।

  • dev

    यो बस्ताब मा नै सी कुरा हो किनकि इर्का मा ४० हजार नेपाली कम गरे क छन् आज को दिनको दिन मा यदि १० दिनमा सरकारबाट कम गर्नको लागि खुल्ला गरन बहाना नेपालको लागि ठुलो नोक्सान हुन्छा

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • gita khatri

    जहाँ इच्छा तेहाँ उपाय | आफ्नो आफ्नो विचार हो | जुन देशमा मानिस लाई पसुसमन गरीन्छा तेहा सरकार ले किन पर्तिबन्ध खुलाउनु | आज पर्तिबन्ध खुलाउ भोलि इराक मा कुनै नराम्रो घटना हुदा फेरी सर्खार ले केही गर्नसकेन भन्दै सर्खार माथि उपर्दो गर्न हामी पछाडी पर्दैनौ | इराक मा मानब छेती को जिम्मा कसले लिने | कामदार स्वियम आफैले ,या सर्खार ले आगो हो आगो ले पोल्छ भन्ने थाहा हुदा हुदै किन हात हाल्ने | के हाम्रो लागि इराक छोडी बैकलोपिक रोजगार मुलक देश छैनन् | देश मा केही गरि खाउ भन्ने सोचाई हामी नेपाली हरुलाई कहीले आउला, सबभन्दा त आफ्नो घर बलीयो हुनु पर्यो | भोलि छोरा नातिले आफ्नो देशमा केही गरी खानको लागि स्वरोत बनायको खै | ती बिचल्ली चालिस हजार ले नेपालमा गयर आफुले जाने का कामको सदुपयोग गर | कुनैपनि बिरुवा हुर्काउन मुस्किल हुन्छ हुर्कीयर फल टीपी खान सजिलो हुन्छ | तेसैले नेपालमा नै केही गर्छु भन्ने हिम्मत राख | हामी जस्तै बैदेसीक रोजगारको लागि ती देश का मन्छे हरु लग्यको भय हामी तेहाँ गयर काम्पाउने थीयनौ | तीसबै देशका मानीस हरु ले जोराम्रो गरे काछ्न तेस्को सीको गर्दै हाम्रो देश मा पनि केही गर्नुपर्छ भन्ने भावना को बिकाश होवस

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Gita Sharma Reply:

    तपाई को भनाइ एक दम राम्रो हो तपाई को विचार मा तर इराक मा यस्ता कामदार छन् कि जसले कुनै सिप नै जानेका छैनन् रूम सफा गर्नी काम अफिस सफा गर्नी काम गरेर बसेका छन् के हाम्रो देश मा तिनी हरु को लागि पनि केहि गर्न सक्नी अबस्ता छ त ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Deven Reply:

    हामी गार्हो पर्दा मात्रै सरकारलाई गुहार्छौं / प्रतिबन्द लगाएको ठाउं मा जना पनि भएन त/ हामी सबै लाई थाहा भएको हो कि नेपाल सरकार को त्यो हैसिअत छैन इराक को बारेमा सोच्ने लाई/ सबै प्रधान्मन्त्री को लागि दौडिरहेको छ मात्रै/ आफ्नो ज्यान आफै बचाऊ गर्नु पर्ला हो!!!!!!!!!!!!!!!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Gita Sharma Reply:

    ज्यान बचाउन गुहार मागेको होइन मित्र काम गरेर खान देउ भनेको हो !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    gita khatri Reply:

    गीता शर्मा जी सर्बपर्थम मेरो तर्फबता हजुर लाई नमस्कार |
    मेरो भन्नु को आर्थ यो हो की इराक मा रहेय्का सबै कामदारको काम झाडु र ब्रुष गर्ने त पकै होइन होलानी | हाम्रा नेपली दाजु भाइका बुद्धि | के हामी हाम्रो देश मा केही गरन लायक छैनौ | के ती इराक मा कामगर्ने सबै बुद्धु हुन् ती इराकमा कामगर्ने मानीस यती बलीयो र कर्मठ छन् | इराक मा १२ जनालाई बलि दीयको थाहा थीयन| मैले हाम्रा गाउका एक जना दाजुलाई किन जानुहुन्छ तेस्तो खतरनाक ठाउमा ओहा को उत्तर (की भेरीयो रेडियो टेप की भैयो यकै खेप) यहाँ सम्म का हिम्मतीला छन् | भने ती चलीस हजारले पहाडलाई तोडेयर मैदान र मैदान लाई चुलायर पहाड बनाउन सक्छन | नेपाल को जर्जर भयको भुमी लाई उर्बर बनाउन सक्छन | यो कुरा पनि विचार की तपाई ले त तीसबई को खिल्ली उडाउदै हुनुहुन्छ | र नेपाली लाई आफ्नो देशमा कमगर्दा लाज लाग्छ पैसा थोरै हुन्छ | मेरो अर्थ हो की तेस्तो खतरनाक ठाउमा काम गर्नु भन्दा बैकल्पिक ठाउँ खोजन सकिन्छ भन्यको मात्रै हो | जुन्देश मा बारुद संग भाला कुसारी गरीन्छ तेही किन जानुपर्यो | र पैसामात्रै सबै भन्दा ठुलोकुरा होइन | सबभन्दा पहिला जिन्दकी तेस्पछादी पैसा यो कुरा सबैलाई चेतना भया

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Gita Sharma Reply:

    Gita खत्री जी मैले पहिला पनि भनि सके मा हजुर को कुरा मा एक दम १०० % सहमति छु कुरा यत्ति हो कि ४० हजार एउटा परिवार को होइन उनि हरु को विचार हरु फरक फरक छन् तपाई ले भनेको जस्तो नेपाल मा नै आफ्नो सिप को पर्योग गर्न को लागि एउटा कुरा त नेपाल को हालत नही हजुर लाई थाहा भएको कुरा हो हजुर को कुरा एक दम जायज छ मा सहमत छु हजुर सग

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

  • Gita Sharma

    Thank you so much Dadi ji.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Noble

    It will be support to all Iraq co-workers.

    Thanx for your help…

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • नेपाल को निकम्मा सरकार लाई नेपाली को माया लगाएर होला नि तेस्तो निर्णय गरेको? एक त रेमिटान्स बाट चलेको देस अब झन् इराक बाट नेपाली फिर्ता भए पछि कुन गति हुने होला ? ६०१ सबसाद हरु लाई झोला बोकाएर भिक् मग्न संसार भर घुमाउनु पर्ने अवस्था आउन थाल्यो , हरे शिव देस चलाउने कस्ता कुपुत्र परेछन, खाट्टी आमा को दुध खाएको १ नेता पनि रहेन छ धिक्कार छ कुपुत्र हरु लाई , किन आफु ले आफै लाई झुट बोलेर बाचेको कुपुत्र हरु हो , देह त्याग गर तेसरी बाच्नु भन्दा त ….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • गीता खत्री जी
    तपाई को कुरा ठीक छैना किना भने तापैको कोई मान्छे छैना होला भए को भाए म एस्तो कुरा गर्नी थिएना :हाम्रो नेपाल को चलान कस्तो छ भने कुरा कोई पनी आफ्नै दाजू भाई भाए पनी यो कुरा हरु हुन्छा जुनले अली कता कताई बटा कमौना लाग्यो भने त्यसको खुट्टा तन्ना सुरु हुन्छा इति कुरा पौदा कती मान्छेको मनमा घाम लागेको छ! ठीक भयो! कुनले पो सरकार लाई घटा हुनि भयो! भन्छा!!!!!! अबा तली बजउनु होलाआआअ !!!!!!!!!!!!!!!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • गीता खत्री ले भने जस्तो ईराक मा ज्यान को जोख्खिम छैन। नेपाली हरु छ, सात बर्ष देखी काम गर्दैछन। आगोले पोल्ने जस्तो भए को बस्छ? प्रतिबन्ध लगाउनै पर्दैन मान्छे हरु आँफै फर्की हाल्छन नि। पहिला के भयो के भएन त्यो एउटा दुर्घट्ना हो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • चन्द्र गोराथोकी (चेन्नै)

    बैदेशिक रोजगारका लागी दोर्सो,तेस्रो या अन्य मुलुकमा गएर आफ्नो परिवारका लागी रोजीरोटी जुटाउनु नराम्रो कुरा होइन।
    तर हामी नेपालीहरुमा लोभीपन छिटै धन थुपार्ने भाबन धेरै जसोमा प्राय छ नेपालमा बसेर खानपान पोषाक तथा दैनीक बस्तुपनि त्यहाको जागीर बाट जुटाउन मुस्किल छ सरकारी जागीर पाउने कुनै अबस्था पनि छैन प्राईभेट जागीर गरे नगरे एकै हो।
    गिता शर्मा जी तपाईको चाहना नेपालीहरु प्रतिको भावना मैले पनि कदर गर्दछु तर जुन देशमा हाम्रो देशका नागरीकहरुको जनाबर सरह बलि दिईन्छ त्यसैदेशमा मात्र काम नगरि अन्य देश या आफ्नै देशमा काम गर्ने बारेमा ईराकमा कार्यरत नेपालीहरुलाई सल्लास दिनुन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree