मधेशी-माओवादी गठबन्धन, माओवादीभित्रै विरोध

एनेकपा माओवादी र मधेशी मोर्चाबिच गठबन्धन हुने भएको छ । यो गठबन्धन निकट पुगेको काठमाडौंबाट नेपालप्लस स्रोतले जानकारी दियो । स्रोतका अनुसार माओवादीले मधेशी मोर्चाले राखेका कडा शर्तहरु स्विकार गर्न राजी देखिएपछि उक्त गठबन्धन बन्न लागेको हो । मधेशी मोर्चाले राखेका शर्तमा प्रमुखरुपमा, मधेशीहरुलाई समूहगत रूपमा राष्ट्रिय सेनामा प्रवेश गराउनु पर्ने, समग्र प्रदेश एक स्वायत्त प्रदेश स्विकार गर्नु पर्ने र राज्य पूनर्संरचना बनाउन नपाइने भन्ने छ । मधेशी मोर्चाले ती शर्तहरु मानेर लिखित सम्झौता नै गर्नु पर्ने शर्त राखेका छन् । शर्तमा यदि मधेशी मोर्चाका ती माग पूरा नगरे कुनैपनि बेला सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार भंग गर्न सकिने भन्ने पनि छ ।  तर त्यो गठबन्धन राष्ट्रका लागि घातक हुने, राष्ट्र टुक्र्याउन सक्ने र माओवादी पार्टी पतन हुने भन्दै माओवादी भित्रैबाट विरोध समेत भएको छ ।

त्यसको विरुद्धमा प्रचण्डका निकट रहँदै आएका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र डा बाबुराम भट्टराई, पोलिटब्युरो सदस्य नेत्रबिक्रम चन्द, मोहन वैद्य ‘किरण’ लगायतका शक्तिशाली नेताहरू रहेका छन् । उता माओवादीका अध्यक्ष प्रचण्ड भने मधेशी शर्तलाई मानेर जसरीपनि आफ्नै नेत्रित्वमा सरकार बनाउने पक्षमा गएका छन् । गठबन्धनको विरोधमा लाग्नेहरुले पार्टीमा तीव्र छलफल गराएर मात्रै स्विकार गरिनु पर्ने तर्क गरेका छन् ।

नारायणकाजी श्रेष्ठले यस्ता कडा शर्त राखेर सरकार बनाउँदा पार्टी अध्यक्ष प्रचण्डको बचेखुचेको साखपनि गिर्ने र त्यसले समग्ररुपमा पार्टीलाई नै खत्तम बनाउँछ भन्दै चिन्ता व्यक्त गरेका छन् । श्रेष्ठले त्यस्तो शर्त मानेर सरकार बनाउन नदिन अहिले पार्टीमा तीव्र छलफल चलाउन लागेका छन् । हिजो दिनभरि पनि उनी त्यसैको लागि व्यस्त रहेका थिए । उनी ‘लौन प्रचण्डलाई यस्तो शर्त मानेर सरकार बनाउन दिन रोक्नु पर्‍यो’ भन्दै निकटका केही पत्रकारहरू समक्ष गुनासो पोख्न पुगेका थिए ।

श्रेष्ठले मधेशी मोर्चाले अहिले राखेका कडा शर्त भारतीय मिलोमतोमा ल्याएको र मोर्चा मार्फत भारतले मधेश टुक्र्याउन खोजेको, भारतीय हस्तक्षेप माओवादी समर्थनमै झन् नांगो रूपमा भित्र्याउन खोजेको भन्दै त्यसलाई कुनैपनि हालतमा स्विकार गर्न नहुने तर्क राखेका छन् ।

मधेशी मोर्चाका कडा शर्त मानेर सरकार बनाएपनि तिनलाई विश्वास गर्न नसकिने, दीर्घकालीन नहुने र तिनले कुनैपनि बेला समर्थन फिर्ता लीन सक्ने हुनाले तिनका शर्त मान्न नहुने भन्दै तिनले सरकार बनाउन नहुने अडान राखेका हुन् । मधेशी मोर्चासित मिलेर सरकार बनाउँदा एमाले र नेपाली कांग्रेस संसद बाहिर रहने, प्रतिपक्षी बलियो हुनालेपनि सरकार टिक्न नसक्ने, गणतन्त्रवादीहरू कमजोर बन्ने, प्रतिक्रियावादीहरू झन् बलियो बन्ने, ठूला दललाई बाहिर राख्दा संविधान बनाउनपनि सहज नहुने र बनिहालेपनि त्यस्तो सरकार अलोकप्रिय हुने भन्दै त्यसलाई घातक कदम भनेका छन् ।

  • gita khatri

    श्रीमान पर्चंड के सुन्नु पर्दै छ यो कानले फुतायर होइन जुटायर नेपाल आमा अहीले सिकिस्त र जर्जर भय्की छिन् | नेपलामा लाईमलम पट्टि को जरुरत छ | किन नुनरचुच्क चर्किने कामगर्दै छौ | श्रीमान पर्चंड के तिम्रो सब्द कोषमा युनीटी भन्ने सब्दको खडेरी पर्यो की के हो | सत्ताको लागि जे मनलाग्यो तेही गर्ने अब नेपलामा को भाबबेहोल छाती लात्ताले हान्न पनि लाग्यो त स्याबास बाबु छोरो हुनुत तिमि जस्तो | मैखाऊ मिलाउ मैभुडी भरु | मैसुखासयल गरु

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • gita khatri

    श्रीमान पर्चंड के सुन्नु पर्दै छ यो कानले फुतायर होइन जुटायर नेपाल आमा अहीले सिकिस्त र जर्जर भय्की छिन् | नेपलामा लाई मलम पट्टि को जरुरत छ | किन नुन र चुच्क छर्किने काम गर्दैछौ | श्रीमान पर्चंड के तिम्रो सब्द कोषमा युनीटी भन्ने सब्दको खडेरी पर्यो की के हो | सत्ताको लागि जे मनलाग्यो तेही गर्ने अब नेपल आमा को भाबबेहोल छातीमा लात्ताले हान्न पनि लागेउ त स्याबास बाबु छोरो हुनुत तिमि जस्तो | मैखाऊ मिलाउ मैभुडी भरु | मैसुखासयल गरु

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sagar Sharma

    If prachanda accepts their conditions then he will be nothing but a puppet of India. Is he mad? or only it is unnecessary rumor.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita Sharma

    सहमतीय सरकार बनाएर बाबु राम लाई अघि जान दिन नासकिनी है दाहाल जी !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prabhat

    प्रचण्ड तिमि सत्ता का लागि जे पनि गर्न सक्ने दुइ खुट्टे जनाबार हौ त्यो त थाहा थियो तर एती तल झर्न सक्छौ भन्ने बिस्वाश थिएन, जनयुद्ध बिर्सियोउ कि ? राजनैतिक मुल्ल्य मान्यता र आदर्श पनि बिर्सियोउ कि कसो? हुन् त कर्म थलो भारत नै हो सबै लाई थाहा छ तर देश न बेच ……………….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Barsa

    नालायक,फटाहा,डाका रहेछ यो प्रचंडे त ………….कुर्सि र पद को लागि एसले त देश कै बलात्कार गर्ने भो त // थुक्काआआआआ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • प्रचण्डले बाबुरामलाई कसै गरे पनि अगाडी जान नदिने भए बिचार बाबुरामलाई । साँधेको कहिले झर्छ र खाउँला भने जस्तो हुने भो बाबुरामलाई ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • यो पद को लागि भैशी पुजा सम्म गर्न सक्ने प्रचंडेलाई राजनैतिक मूल्या,मन्यत्ता,आदर्श, के कुरा गर्ने ? यो त सबै जंगल मा छाडेर आयो | अबत कुर्ची भन्दा अर्रु के नै देख्छ र ? डाका ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mekh Rana

    सता र कुर्चीको लागि देशलाई नै दाउमा राखेर बनाउने सरकार कति दिन तिक्ला ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Balaram Thapa

    मित्रहरु,
    याद रहोस्, नारायण काजी श्रेष्ठ प्रचण्डका अत्यन्त निकटका नेता हुन । अब श्रेष्ठले नै प्रचण्डले मधेसी मोर्चाको देशघाती सर्त मान्ला भन्ने डरले सो नगराउन पत्रकारहरुको समेत गुहार मागे पछि प्रचण्डको नक्कली राष्ट्रवाद र सक्कली सत्तालिप्सा नाङ्गेझार भ​एन र ? प्रचण्डले सर्वसत्तावाद लाद्न खोज्दा दुई-तिहाई भन्दा बढीको समर्थन प्राप्त सरकार छोडेर भाग्नु पर्र्यो । एक वर्ष सम्म राष्ट्रिय स्वाधिनता, नागरिक सर्वोच्चताको नाममा अनेक उटपट्याङ आन्दोलन गर्र्यो तर सर्वत्र बल्ड्यांग खानु पर्र्यो । कालापानीमा मार्च गर्न जाने भनेर धक्कु दियो, महेन्द्रनगरबाटै विदेशी प्रभुलाई दर्शन नमस्कार गरेर नकचरो हरियो दाँत देखाउंदै फ़र्क्यो । सत्तामा छंदा चुं नबोल्ने, सत्ताच्युत भ​ए पछि कूटनीतिक मर्यादाको सबै सिमा नाघेर सिमा समस्याको नाममा भारतीय जनताको आस्थामा चोट पुग्ने अभद्र हरकत गरेकोले भारतीय जनताले पहिले कहिल्यै कोहि पनि नेपाली नेता विरुद्ध प्रयोग नगरेको “कमिने प्रचण्ड​” जस्तो गाली सुन्न नेपाली जनता वाद्य हुनु पर्र्यो । देशलाई बन्दी र जनतालाई घरमै कैदी बनाउने अनिश्चित कालिन आमहडताल गर्र्यो, जनताकै प्रतिरोध खाएर नाकले भुईं टेक्नु पर्र्यो । असंभवै नहुने सहमतीय सरकार बनाउने आकर्षक बहानामा झलनाथेलाई सिखण्डी बनाएर माकुनेलाई राजिनामा गर्न वाद्य बनायो, नाजायज सार्त मानेर बहुमतीय सरकार बनाउने दौडमा लागेको छ । होइन​, यो माओवादीको के कुरामा विश्वास गर्ने ? यसले त देशलाई यसरि नै अस्तव्यस्त, भताभुङ्ग र खरानी पार्ने भो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree